content
stringlengths
31
27.4k
नवरात्र सुरु, देवी मन्दिरहरूमा दर्शनार्थीको भीड काठमाडौं । सोमबारबाट नवरात्र सुरु भएसंगै देवी मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । काठमाडौंका भगवती मन्दिरमा पनि दर्शनार्थीहरूको घुइँचो लागेको छ । भद्रकाली, शंकटा, दक्षिणकाली, रक्ताकाली, इन्द्रायणी, चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगव...
भक्तपुरका विभिन्न शक्तिपीठमा दर्शनार्थीको भीड {भिडियोसहित} भक्तपुर । घटस्थापनाका दिन भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका नौ शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ । रातका समयमा यहाँका बासिन्दाल...
बजार अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बढाउन निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसहित चार मन्त्री र सचिवहरूसहितको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ...
करिब १० लाख भ्रष्टाचार गरेपछि गाविस सचिवसहित २ जनाविरुद्ध मुद्दा काठमाडौं । धनुषाको तत्कालिन चक्कर गाविसका सचिव राम रतन मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आइतबार उनीहरुलाई विशेष अदालतमा मुद्धा दर्ता गरेको हो । उनीहरुले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ...
चुनावी सुरक्षाबारे सुरक्षा निकायसँग छलफल काठमाडौं । निर्वाचन आयोगले आसन्न संसदीय निर्वाचनको सुरक्षाबारे सुरक्षा निकायसँग आइतबार छलफल गरेको छ । आज आइतबार आयोगले नेपाली सेना, नेपाल प्रहरी, सशसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग छलफल गरेको हो । आजै आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा दलहरूस...
३ दिनदेखि केयूकेएलमा तालाबन्दी काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा कर्मचारीहरुले तालाबन्दीसहित धर्ना दिएका छन् । केयूकेएलमा रहेको बिभिन्न कर्मचारी संगठनहरुले प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यको राजीनामा माग गर्दै तालाबन्दीसहित धर्ना दिएका हुन् । केयूकेएललाई अघि बढाउन कार्यकारी अधिकृत शाक्य अ...
ठूलो मात्रामा लागुऔषधसहित ६ जना पक्राउ काठमाडौं । ठूलो परिमाणको लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । आज आइतवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो। सार्वजनिक हुनेमा लागुऔषध खैरो हेरोइनतर्फ २ जना, नियन्त्रित लागुऔषध एम्पुलतर्फ ३ जना र लागुऔषध एम्पुल बससहित ...
‘प्रेमगीत ३’ को हिन्दी संस्करण भोलिदेखि नेपालमा प्रदर्शन हुने काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा भोलि सोमबारदेखि प्रदर्शन हुने भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया फिल्मले पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको छ । निर्माताले सेन्सर सिफारिसको पत्र पनि...
हतियारसहित युवक पक्राउ काठमाडौं । कपिलवस्तु प्रहरीले हतियार सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको शिवराज नगरपालिका–३ बलुहवा २७ वर्षीय प्रेम थारु रहेका छन् । उनलाई प्रहरीले घरबाटै शुक्रबार साँझ पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, अन्दाजी १ सय ग्राम बारुद र ५ थान छर्रा बरामद गरेको छ । वि...
सौतेनी आमाको घाँटीमा खुकुरी हानेर हत्या गरी फरार सौतेनी छोरा पक्राउ काठमाडौं। सामान्य विवादमा सौतेनी आमाको घाँटीमा खुकुरी हानेर हत्या गर्ने सौतेनी छोरा पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका–७ रंगपुर टोल बस्ने २५ वर्षीय जय किशोर यादवलाई प्रहरीले पक्राउ गरेको हो । जय किशोरलाई प्रहरीले शुक्रबार वीरगञ्ज इनर्वाबाट पक्राउ ...
युक्रेनमा ‘जनमत संग्रह’: घर–घर पुग्दै सेना किभ । रुसमा सामेल हुनको लागि स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएको बीबीसीले जनाएको छ । ‘तपाईले मौखिक जवाफ दिनुपर्छ र सिपाहीले पानामा जवाफ चिन्ह लगाउँछ र राख्छन्’, एनरहोडरकी एक महिलाले बीबीसीलाई भ...
नवौं राष्ट्रिय खेलकुदः खोटाङले जित्यो ११ स्वर्ण खोटाङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतिष्पर्धामा खोटाङले ११ स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो करातेमा छ वटा, पौडीमा दुई वटा, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा ...
लागूऔषधसहित धनुषाबाट २ जना पक्राउ काठमाडौं । लागूऔषधसहित धनुषाबाट २ जना युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी धनुषाले शुक्रबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धनुषाधाम नगरपालिका–५ गोदार बस्ने १८ वर्षीय संन्तोष यादव र सोही ठाउँका २१ वर्षीय महबुद खान रहेका छन्। प...
समानुपातिकतर्फको मतपत्र छपाइ सकियो काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि तथा प्रदेश सभाको चुनावका लागि प्रदेशको समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न गरेको जनाएको छ । आयोगले प्रदेश १ का लागि ३८ लाख १३ हजार, मधेस प्रदेशका लागि ३७ लाख ९३ हजार, बागमती प्रदेशका लागि ३८ लाख ९३ हजार गण्डकी प्रदेशका लागि २० लाख ४२ ह...
राष्ट्रपतिविरुद्ध वक्तव्यवाजी नगर्न पत्रकार महासंघलाई प्रेस चौतारीको चेतावनी काठमाडौं । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघलाई राष्ट्रपति विद्यादेवी भण्डरीविरुद्ध वक्तव्यवाजी नगर्न चेतावनी दिएको छ। भक्तपुरको नगरकोट बैठकपछि महासंघले जारी गरेको वक्तव्यप्रति आपत्ति जनाउँदै प्रेस चौतारीले राष्ट्रपति भण्डारीविरुद्ध वक...
राष्ट्रपतिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित काठमाडौं । राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई दर्ता गरिएको सबै रिटको सुनुवाइ स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दर्ता भएको रिटको सुनुवाइ आज शुक्रवार स्थगित भएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगरेर ...
सुसाइड नोट लेखेर बेपत्ता भईन् युवती काठमाडौं । ललितपुरको धोविघाटबाट एक युवती बेपत्ता भएकी छन् । हिजो घरबाट हिँडेकी ३० वर्षीया जेरुसा राई बेपत्ता भएकी हुन् । उनले सुसाइड नोट लेखेर हिजो घरबाट हिँडेकी ललितपुर प्रहरी प्रवक्ता सुधीर राज शाहीले बताए । उनका अनुसार युवतीको अन्तिम लोकेसन सुन्दरीघाँट देखिएको छ । राई मोडलिङ गर्दै...
घरमा रङ लगाउन आउनेले चोरे काठमाडौंमा ८ तोला बढी सुनका गहना काठमाडौं । काठमाडौं प्रहरीले सुनका गरगहना चोरीको आरोपमा २ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नुवाकोट तारकेश्वर नग...
गाडीमुनि खेल्न पुगेका थिए १७ महिने बालक, गाडी गुडेपछि किचिदियो भक्तपुर । भक्तपुरको मध्यपुर थिमि लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार खेल्दाखेल्दै गाडीमुनि पुगेका एक १७ महिने बालकको गाडीले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रे...
टिम बाहिर परेपछि नवयुगले आक्रोश पोखे काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान नवयुग श्रेष्ठले आफूलाई चलखेल गरेर टिम बाहिर राखेको भन्दै आक्रोश पोखेका छन् । उनले आज सामाजिक सञ्जालमा ‘विदेशी प्रशिक्षक हुँदा टिममा पर्ने भएपनि नेपाली प्रशिक्षक हुँदा आफू टिममा नपर्ने’ गरेको लेखेका छन् । ‘रोगको लक्षणः विदेशी हुँद...
अभिनेता दयाहाङलाई पुत्र लाभ काठमाडौं । अभिनेता दयाहाङ राई बाबु बनेका छन् । उनकी पत्नी बेनुका राईले छोरा जन्माएको पारिवारिक स्रोतले बतायो । राईदम्पतीका यसअघि एक छोरा छन् । दयाहाङ र बेनुकाको बिहे २०६५ साल फागुन २ मा भएको थियो । २०६९ सालमा बेनुकाले पहिलो सन्तानका रूपमा छोरा सामदुङहाङलाई जन्म दिएकी थिइन् ।
होटलको फ्रिज खोल्दा भेटियो बँदेलको मासु, होटल सञ्चालक पक्राउ काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ गरेका छन्। बिहीबार बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन्। उनलाई शुक्ल...
एनसेलले ल्यायो ‘इण्डिया भ्वाइस प्याक’ काठमाडौं । नजिकिँदै गरेको चाडपर्व लक्षित गरेर एनसेल आजियाटा लिमिटेडले तीनवटा नयाँ भ्वाइस प्याक ल्याएको छ । यस अफरबाट एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्ने भएका छन् । यी प्याकहरू शुक्रबारबाट लागू हुने बताइएको छ । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरूले यी भ्वाइस प्...
बिहे गरेको भोलिपल्टै विदेशीलाई नागरिकता दिन मिल्दैन–कमल थापा काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी नागरिकलाई विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा कुनैपनि हालतमा सहमति हुन नसकिने बताएका छन्। गृहजिल्ला मकवानपुरको बकैया गाउँपालिकामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै थापाले यस...
यूएन पुगेर युक्रेनी राष्ट्रपतिले भने-रुसलाई कारबाही गर्नु पर्छ काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हुन् । रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको ...
अब्दुल्लाहले बाहिर राखेका खेलाडीलाई हुमागाईंले गराए कमब्याक काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा गरेको छ । नेपाली टिममा परेका नयाँ खेलाडी दुवै स्ट्राइकर हुन् । टिममा थ्री स्टार क्लबका...
लुम्बिनीमा डेंगुको संक्रमणबाट ३ जनाको मृत्यु बुटवल । डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीनजनाले ज्यान गुमाइसकेका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार...
रुकुमपूर्वमा बस दुर्घटना, ३ जनाको मृत्यु सुर्खेत । रुकुम पूर्वमा बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् । बिहीबार दिउँसो साढे २ बजेटको समयमा जिल्लाको भूमे गाउँपालिका(३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो । काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्...
प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार नेपालमा रिलिज नहुने काठमाडौं । नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन भोली शुक्रबार प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो । विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक÷दुई दिन रिलिज गर्न नस...
४ जना मृत अवस्थामा फेला काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । गौशला नगरपालिका–२ निगौल चोक डेरा गरी बस्ने ५७ वर्षीया सहिमुन खातुन सोही ठाउँस्थित बाटो छेउमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ बदमपुरस्थित घरको पिँढीमा रहेको खाटमा सिन्धुपाल्चोक इन...
अख्तियारको ‘स्टिङ अपरेसन’, अभियुक्तलाई अदालतबाट धमाधम सफाइ काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई ८ वैशाख ०७८ मा ‘स्टिङ अपरेसन’ मा रोक लगाउने आदेश दियो । भन्यो, ‘स्टिङ अपरेसनसम्बन्धी प्रावधान प्रत्यायोजित विधायनसम्बन्धी अवधारणा अनुकूलसमेत रहेको नपाइएको र उक्त प्रावधान अनुसन्धान अधिकारीलाई स्वेच...
गृहसचिव सिंह पुगे प्रहरी प्रधान कार्यालय काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंह आज बिहीवार नेपाल प्रहरी प्रधान कार्यालय पुगेका छन् । कार्यालयको निरीक्षण गर्नका लागि उनी त्यहाँ पुगेका हुन् । निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् । निरीक्षण भ्रमणका क्रममा गृह सचिव सिंहले प्रहरी प्रधान कार्यालयस...
विप्लवले चुनाव बहिष्कार गर्ने काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा बहुमतले मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । विप्लव नेतृत्वको नेकपा बहुमतले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बताईन्छ । पार्टीभित्र चुनावमा भाग लिने नलिनेमा दुई धार भएपनि विप्लब भने चुनावमा भाग नलिएर बहिष्कारमा लागेको एक नेताले बत...
टुकुचालाई खोला भन्न नसक्नेले नेपाललाई कसरी देश प्रमाणित गर्छ ?–बालेन्द्र काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको आदेशप्रति प्रश्न गरेका छन् । महानगरपालिकाले टुकुचा खोला खोज्दै यसमाथि बनेका संरचना भत्काउन थालेपछि यसविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको छ। जसमा अदालतले टुकुचा खोलामाथि बनेका घर नभ...
टुकुचा मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश काठमाडौं । काठमाडौं महानगरले टुकुचा खोला खोजी जारी राखेको र भौतिक संरचना भत्काउन लागेको भन्दै परेको रिटमा उच्च अदालत पाटने प्रमाण झिकाउन आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्...
अनशनरत डा. केसी आफ्नै खर्चमा काठमाडौं गए धनगढी । स्वास्थ्य क्षेत्र सुधारको माग विगत राख्दै १० दिन देखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै अर्चमा काठमाडौं गएका छन् । सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं गएका उनका सहयोगी डाक्टर अमृत जैशीले बताए । उनी अहिले पौने ५ बजेको...
फिल्म ‘प्रेम गीत ३’ हिन्दी संस्करणलाई रिलिजका लागि फुकुवा काठमाडौं । फिल्म ‘प्रेम गीत ३’ को हिन्दी संस्करण रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले आज बुधबार हिन्दी सँस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो । वितरक र निर्माताले रिलिजका लागि प्रकृया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनु...
जागिर खाने होइन स्वरोजगार बनाउने शिक्षामा जोड दिऔँः मन्त्री राई उदयपुर । प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले बजारमा बिक्ने खालको जीवन उपयोगी शिक्षामा जोड दिनु पर्ने बताएका छन् । उदयपुरमा आयोजित कार्यक्रममा उनले शिक्षाविना देश विकास नहुने तर आजको आवश्यकताको आधारमा शिक्षा दिनु लिनु पर्ने बताए । उनले आजको आवश...
२८ दलले बुझाए बन्दसूची सुर्खेत । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गरेका छन् । कर्णाली प्रदेशमा भने २८ दलले बन्दसूची बुझाएका छन् । प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनेहरूमा राष्ट्रिय जनमोर्चा, म...
राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेस काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गर्नुभएको राष्ट्रप...
राष्ट्रपतिको कदमप्रति उपराष्ट्रपति असन्तुष्ट, भने– संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टी जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न ...
न्यू प्लाजा अगाडिको पोलमा आगलागी {भिडियोसहित} काठमाडौं । काठमाडौंको न्यू प्लाजा अगाडि रहेको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरी आगो निभाइएको छ । बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकार...
दुई जनाकाे शव फेला धनगढी। कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाकाे शव फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–१२ र धनगढी उपमहानगरपालिका–१ मा शव भेटिएकाे हाे। प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार गोदावरी-१२ शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेट...
धरानबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ, साढे दुई लाख नगद बरामद सुनसरी। धरान उपमहानगरपालिका–१० स्थित हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१६ बस्ने ३३ वर्षीय जीवन बस्नेत लगायत रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको ...
फरार रामपति २१ बर्षपछि पक्राउ रुपन्देही । रुपन्देहीमा हत्या घटनाका फरार प्रतिवादी २१ बर्षपछि पक्राउ परेका छन् । हत्या घटनाका फरार प्रतिवादी रामपति अहिर यादवलाई  प्रहरीले घटनाको २१ वर्षपछि पक्राउ गरेको हो । २०५८ साल साउनको २१ गते राति २ बजे रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल गरि बस्ने खडकबहादुर श्रेष्ठलाई कु...
क्रिकेट खेलका नियमहरूमा आईसीसीले गर्‍यो ठूलो परिवर्तन, के-के छन् नयाँ नियम ? काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेट खेलका नियममा धेरै परिवर्तन गरेको छ । सौरभ गांगुलीको नेतृत्वमा रहेको पुरुष क्रिकेट समिति (एमसीसी) को सिफारिसमा मुख्य कार्यकारी समिति (सीइसी) ले यी परिवर्तनहरू पठाएको थियो । एमसीसीको स...
कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन आयोग पुगे विश्वप्रकाश काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार ...
बन्दसूची बोकेर आयोग पुगिन् रेशमपत्नी रन्जिता काठमाडौं । रेशम चौधरीकी श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी आफै निर्वाचन आयोग पुगेकी छन् । समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन उनी आयोग पुगेकी हुन् । चौधरीको पार्टीले प्रतिनिधि सभा र ७ वटै प्रदेशका लागि समानुपातिक उम्मेदवारको सुची बुझाउन लागेको ...
बन्दसूची बुझाउन निर्वाचन आयोग पुगे दलका नेताहरू काठमाडौं। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरू निर्वाचन आयोगकको कार्यालयमा पुगेका छन् । निर्वाचन आयोगले बन्दसूची बुझाउन दलहरूलाई ३ असोजसम्म अन्तिम मिति तोकेको थियो । आयोग स्रोतका अनुस...
डा केसीको जीवनरक्षा गर–चिकित्सक संघ काठमाडौं । नेपाल चिकित्सक संघले अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ । संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा अबिलम्ब वार्ता निष्कर्षमा पु¥याई डा केसीको जीवन रक्षा गर्न माग गरिएको छ । डा केसी चिकित्सा क्षेत्र सुधार सम्बन्धी ७ बुँदे माग गर्दैै धनगढीमा भाद्र...
अब टिकटक र पब्जीमाथि प्रतिबन्ध काबुल । तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जना...
डेंगीबाट २० जनाको मृत्यु काठमाडौं । मुलुकभर डेंगी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म डेंगीबाट २० जनाको मृत्यु भइसकेको छ। हालसम्मको तथ्यांक अनुसार डेंगी संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ। त्यसमध्ये ललितपुरमा संक्रमितको संख्या धे...
महिला साफ च्याम्पियनसिपः फाइनलमा यस्तो हुनसक्छ नेपालको प्लेइङ सेट काठमाडौं । महिला साफ च्याम्पियनसिपले पहिलो पटक नयाँ च्याम्पियन पाउँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे सुरु हुने खेलको विजेता साफको नयाँ च्याम्पियन बन्ने पक्का छ । आयोजक नेपाल र बंगलादेशबीच उपाधिको लागि भिडन्त हुँदैछ । नेपाल साफ च्याम्पियनसि...
सोलुखुम्बु पुगे प्रचण्ड र जनार्दनसहितको टोली काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्री एवम् उपमहासचिव जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन् । प्रचण्ड र अर्थ मन्त्री शर्मा सहितका नेताहरु आज सोमबार बिहान सोलुखुम्बुतिर लागेका हुन् । उनीहरुको साथमा प्रदेश नम्बर १ का इन्चार्...
कमलपोखरी क्षेत्रमा टुकुचा नदी खोज्दै महानगर काठमाडौं । काठमाडौं महानगरपालिकाको टोलीले कमलपोखरी क्षेत्रमा टुकुचा नदी खोज्न थालेको छ । नगर प्रहरीको टोलीले त्यहाँ टुकुचा नदीकाके उत्खनन् सुरु गरेको छ । सम्भावित क्षेत्र पहिचान गर्दै सो ठाउँमा डोजर चलाएर उत्खनन् थालिएको हो । महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी ब...
अझै केही दिन वर्षा हुने मौसमविद्को दाबी काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए। उनले भने, “मनसुन न्यून चापीय रेखा सरदरभन्...
५ वर्षको अन्तरालमा लमजुङमा १५७ जनाले गरे आत्महत्या लमजुङ । लमजुङमा आत्महत्याको घटना बढेको छ । जिल्लामा पाँच वर्षमा १५७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रकाश श्रीमलका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा २२ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी ०७५/०७६ मा ३४ जना, ०७६/०७७...
मिटर ब्याजी पीडितको आन्दोलन स्थगित काठमाडौं । मिटर ब्याजी पीडितहरुले सरकारसँगको पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेका छन् । काठमाडौंको माइतघर मण्डलामा आइतबार पत्रकार सम्मेलन गरेर किसान मजदुर संघर्ष समितिले सरकारसँग भएको ५ बुँदे सहमतिपछि आफूहरुले आन्दोलन स्थगित गरेको जानकारी दिएको हो । सरकारले माग पूरा गर्न सहमत भएपछ...
खेलौना बन्दुक देखाएर युवतीले बैंक लुटिन्, बैकबाट लुटेको लाखौं रकम भने युवतीको आफ्नै काठमाडौं । खेलौना बन्दुक देखाएर एक युवतीले बैंक लुटिन् । बैंकबाट १६ लाखभन्दा बढी रकम लिएर उनी भागिन् । चाखलाग्दो कुरा के छ भने युवतीले आफ्नो खातामा जम्मा गरेको पैसा मात्र लुटिन् । युवतीले बैंक लुट्दा लाइभ भिडियो पनि बनाएकी थिइन् । जुन अ...
७०२ जनाको कैद सजाय मिनाहा र माफी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरुको कैद माफ गरेकी छन् । राष्ट्रपतिले असल चालचलन भएको आधारमा पासाङ शेर्पासहितका २०३ जना र इन्द्र...
विभिन्न स्थानमा ३ जना मृत फेला काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको सभापोखरी गाउँपालिका–१ गैरीगाउँ बस्ने ६७ वर्षीय सुरेन्द्र पन्त आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन् । स्याङजाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सेतीखोलाको किनारमा पुतलीबजार नगरप...
बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायतमा काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा नारायण खड्का बेलायत पुगेका छन् । सो समारोहमा सहभागिताका लागि बेलायत सरकारले नेपाल सरकारलाई आमन्त्रण गरेको थियो । मन्त्री डा खड्का शनिबार राति हिथ...
जबरालाई सर्वोच्च अदालत जान रोक लगाइयो (भिडियोसहित) काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत जान रोक लगाइएको छ । महाअभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएपछि जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गर...
करिब ५३ अर्ब सहुलियतपूर्ण ऋण लिने–दिने सम्झौतामा हस्ताक्षर काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ४१ करोड ५० लाख अमेरिकी डलर (करिब ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। आइतबार अर्थ मन्त्रालयमा विश्व बैंक र अर्थ मन्त्रालयबीच डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्य...
सरकारको निर्देशनपछि सुरक्षा निकाय हाई अलर्टमा काठमाडौं । सरकारको निर्देशनपछि सुरक्षा निकायहरु उच्च सतर्क ‘हाई अलर्ट’ मा रहेको जनाईएको छ । नेपाली सेनाको गुप्तचर निकाय डिएमआई, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग उच्च सतर्कमा रहेका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्बाेच्च अदालत जान...
महाभियोगको टुंगो नलागेसम्म चोलेन्द्र सर्वोच्च फर्किन मिल्दैन–बारका पूर्वअध्यक्ष श्रेष्ठ काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालत फर्किन नमिल्ने बताएका छन् । आइतबार सर्वोच्च परिषरबाट प्रतिकृया दिँदै उनले संविध...
उपसचिवलाई घुस दिने बीबी एयरवेजका सीईओविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उपसचिवलाई २२ लाख ५० हजार रुपियाँ घुस दिएको आरोपमा बीबी एयरवेजका सीईओविरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता भएको छ । मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस दिने बीबी एयरवेजका कार्यकारी अधिकृत हरिभक्त श्र...
‘जबरा अदालत फर्किन्छु भन्नु अदालतमाथिको मजाक’ काठमांडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भन्नु अदालतमाथि मजाक भएको टिप्पणी गरेका छन् । आज आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निलम्वित प्रधानन्यायाधीश जबरा ...
२ महिनामा प्रहरीले समाते ४३ फरार अभियुक्त उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक वर्षमा अदालतबाट सजाय तथा बिगो जरीवाना तोकिएको ४३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले गत साउन र भदौ महिनामा अदालतले विभिन्न मुद्दामा सजाय तथा बिगो जरीवाना तोकिएको अभियुक्तहरूलाई पक्राउ गरि फैसला कार्यान्वयनका लागि ज...
निर्वाचनमा केन्द्रित गतिविधि गर्न एमालेको आग्रह लमजुङ । नेकपा एमाले लमजुङले अबका सबै गतिविधि निर्वाचन केन्द्रित गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार मदन–आश्रित भवनमा बसेको १०औं सचिवालय बैठकले ४ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा यस्तो आग्रह गरेको ह...
अछामका दुबै सांसदले गराए सरकारको ध्यानाकर्षण काठमाडौं । अछाम पहिरोको क्षतीबारे अछामका दुबै सांसदले संसदमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै अछामका दुबै निर्वाचन क्षेत्रबाट निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद डा भीम रावल र यज्ञबहादुर बोगटीले घटनाबारे ध्यानाकर्षण गराएका हुन् ।...
गृह मन्त्रालय र मिटर ब्याज पीडित किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति काठमाडौं । गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार बिहान भएको वार्तामा ५ बुँदे सहमति भएको हो । सहमतिपछि संघर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदे...
अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु सहभागी छन् । सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु सहभागी भएका छन् । एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्य...
कांग्रेस संस्थापनइतर समूहको बैठक काठमाडौंमा जारी काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक काठमाडौंमा बसिरहेको छ । बैठक ठमेलस्थित एक होटेलमा बसिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको रणनीति तय गर्न बैठक बसेको हो । बैठकमा शेखर–गगन समूहका मान्छे छन्, त्यहाँ गठबन्धनका ना...
कैलालीको पूर्वी क्षेत्रका वस्ती डुवानमा धनगढी । विहीबारदेखिको वर्षाका कारण आएको बाढीले कैलालीको पूर्वी क्षेत्र डुवानमा परेको छ । वर्षाका कारण कान्द्रा, मोहना नदीका साथै स–साना नदीको बहाव बढेपछि त्यसक्षेत्रका बस्तीहरु डुवानमा परेको कैलाली प्रहरीले जनाएको छ । कैलालीको भजनी नगरपालिका–८ स्थित पथरैया नदीको पानीको सतह बढेर स...
अछाम पहिरोमा परी ६ जनाको मृत्यु, १० जना अझै बेपत्ता काठमाडौं । अछाममा पहिरोमा परेर ६ जनाको मृत्यु भएकको छ। लगातारको वर्षापछि आएको पहिरोले पुरिएर १० जना अझै बेपत्ता छन् । जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी कम्तीमा चार घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ। तुर्माखाँदा गाउँपालिका ५ मा पहिरोमा पुरिएका...
दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्दै, कहाँको भाडा कति ? यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ खोलिने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदे...
सबैभन्दा कम मतदाता मनाङ, मुस्ताङ र डोल्पामा काठमाडौं । निर्वाचन आयोगले आज शुक्रबार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार आगामी निर्वाचनको लागि कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेका छन् । सबैभन्दा बढी मतदाता मोरङ, झा...
७३ वर्षीय वृद्धबाट झापामा २ जना बालिका बलात्कृत झापा । झापामा १ जना व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन् । बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ । ती दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बि...
पेस्तोल र गोलीसहित बुटवलबाट १ जना पक्राउ रूपन्देही । बुटवल–९ इटाभट्टास्थित होटल नमोबुद्धबाट १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ३ राउण्ड गोलीसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भई हाल बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्तोस सलामी रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले...
ट्राफिकको विद्यार्थी चालक लक्षित सुरक्षा चेकिङः १२ सय ७७ जनालाई कारवाही काठमाडौं । विद्यार्थी चालक लक्षित सुरक्षा चेकिङ अन्र्तगत आज ३६ जना चालकलाई ट्राफिक प्रहरीले कारवारी गरेको छ । कारवाहीमा पर्नेमध्ये कागजपत्र साथमा नबोकेका २० जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १५ जना र तीन जना सवार एक जना विद्यार्थी चालक छन...
भारतबाट इन्धनको मूल्य घटेर आयो काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगमका उच्च स्रोतले बतायो । डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्र...
गुप्तचरका इन्सपेक्टर कुँवरको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर काठमाडौं । मुलुकको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत ताराबहादुर कुँवरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर भएको छ । शुक्रबार विशेष अदालका न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको...
बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकेपछि फरार अशोक ७ वर्षपछि पक्राउ मोरङ । बलात्कार मुद्धामा कसुरदार ठहरपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केराबारी–५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत मोरङले ३ चैत २०७२ मा गरेको फैसलाले बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय ठहर ग...
‘न्यायाधीश नियुक्तिमा मेरो चलखेल छैन’ काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश नियुक्तिमा आफूले चलखेल नगरेको दावी गरेका छन्। बिहीबार प्रतिनिधिसभा अन्तरगतको महाभियोग सिफारिस समिति बैठकमा बयान दिन पुगेका पूर्वअध्यक्ष श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि लगाएको आरोप निराधार भ...
महिलाले बोकेको झोला चेक गर्दा भेटियो करिब २८ किलो चरेस काठमाडौं । पर्सा प्रहरीले करिब २८ किलो चरेश सहित ३ महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला मनहरी गाँउपालीका–८ की ४२ वर्षीया कल्पना मोक्तान, ३६ वर्षीया कवितामाया बल र २३ वर्षीया रीता विश्वकर्मा रहेका छन् । उनीहरूलाई पर्सा जिल्ला पर्सागढी नगरपालिक...
महानगर अगाडी फुटपाथ व्यापारीको धर्ना {भिडियोसहित} काठमाडौं । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै साना व्यापारिहरुले काठमाडौं महानगर अगाडी धर्ना दिएका छन् । फुटपाथमा व्यापार गर्नु रहर नभई बाध्यता नभएको भन्दै उनीहरुले बिहीबार महानगर अगाडी धर्ना दिएका हुन् । नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा सहभागीहरुले...
तत्काल निर्णय नगरे नेपालीलाई छुट्याएको ‘अग्निपथ’को सीट फिर्ता हुन्छ काठमाडौं भारतीय सेना प्रमुख मनोज पाण्डेले ‘अग्निपथ’ अन्तर्गतको गोर्खा भर्तीका लागि तत्काल निर्णय गर्नु पर्ने बताएका छन्। नेपालले समयमै ‘अग्निपथ’ विषयमा निर्णय नदिए नेपालीका लागि छुट्याएको सीट फिर्ता हुने उनले बताएका छन् । अग्निपथ अन्तर्गत भदौ ९ गते बुट...
महिला बसेकै डेरामा गएर महिलामाथि बलात्कार भक्तपुर । भक्तपुर प्रहरीले २५ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ललितले ती महिलालाई गत आइतबार उनकै डेराकोठामा गई जबरजस्ती कर...
भोलीसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए। बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ ।
संसदीय समितिलाई पूर्वप्रधानन्यायाधीशले पनि बयान नदिने काठमाडौं पूर्वप्रधानन्यायाधिहरु संसदीय समितिमा वयानका लागि उपस्थित नहुने प्रतिक्रिया जनाएका छन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले डाकेको छलफलमा नजाने भन्दै सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला का...
भारत पुर्याइएका १६ बालकको उद्धार काठमाडौं । भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरमा रहेको बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनमा रहेको हेल्प क्रस संस्थाको समन्वयमा हिजो उद्धार गरी नेपाल ल्याइएको बताईएको छ । उहाँका अनुसार रुपन्देहीको भित्री ...
इरानले भारतलाई भन्यो– हामीसँग पनि रुससँग जस्तै व्यवहार गर काठमाडौं । युक्रेनसँगको युद्धपछि रुसमाथि अमेरिकी प्रतिबन्धका बाबजुद पनि भारतले रुसी बजारबाट तेल किन्ने क्रम जारी राखेको छ । यस्तो अवस्थामा इरानले सन् २०१९ देखि भारत र इरानबीचको बन्द तेल आपूर्ति फेरि सुरु गर्न चाहन्छ । जसरी रुसको मामिलामा भारतले अमेरिकी दबाबलाई ब...
बाटोमा हिँडिरहेकी महिलालाई तानेर सिसौ घारीमा लगेपछि… झापा । झापा प्रहरीले एक जनालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिना रहेका छन् । उनले एक ३५ वर्षीया महिलालाई सिसौ घारीमा लगेर बलात्कार गरेका थिए । सोमबार दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई उनले ब...
प्रहरी हुँ भन्दै नक्कली पेस्तोल देखाएर ३ थान मोबाइल लुटेर फरार काठमाडौं । नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका–६...
चिनियाँ टोलीद्वारा भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन {भिडियो} काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् । बुधबार ली चान्शुको टोलीले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोक...
सामान्य विवादमै श्रीमतीको घाँटीमा कसे डोरी, गोदावरीको जंगलमा फाले काठमाडौं । ललितपुर प्रहरलाई यही २६ भदौ विहानै फोन आयो । फोनमा भन्दै थियो, ‘फुल्चोकी जंगल छेउमा सडेको अबस्थामा केटीको लास छ ।’ त्यसलगत्तै ललितपुर प्रहरी परिसरका प्रहरी नायव उपरिक्षक दिपक भारतीको टोली त्यसतर्फ लागियो । टोली घटनास्थल पुग्दा अर्धनग्न अबस्थाम...
निलम्बित प्रधानन्यायाधीश जबराले इजलास तोक्ने बिषयमा प्रश्न उठाउन नमिल्ने काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास तोक्ने बिषयमा प्रश्न उठाउन नमिल्ने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा बयानका क्रममा जबराले इजलास तोक्ने संवैधानिक अधिकार प्रधानन्याधिशलाई नै दिएक...
कोरोना अपडेट: थप २ सय बढीमा कोरोना संक्रमण काठमाडौं । नेपालमा थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय पिसिआर परिक्षणका क्रममा ८७ जना र ३ हजार ७ सय ५९ एन्टीजेन परिक्षणका क्रममा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले...
‘ली’ को नेपाल भ्रमणले काठमाडौंको यातायात प्रभावित {भिडियो} काठमाडौं ।  चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका क्रममा काठमाडौंका केहि क्षेत्रमा यातायात प्रभावित भएका छन् । भ्रमणको दोश्रो दिन ली चान्सुको भेटघाटका कार्यक्रमका कारण यातायात प्रभावित भएको हो । ली चान्सुको सवारीमा सडक पूर्व रुपमा बन्द गर्दा अन्...