content
stringlengths
31
27.4k
राजेन्द्र लिङ्देनको चुनावी अभियानका लागि नेपाल आउँदै मनिषा कोइराला काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा उभिने बताएकी छन् । ‘युवा, गतिशील र दूरदर्शी नेता राजेन्द्र लिङ्देन पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको ...
टी–२० विश्वकपः भारतले इंग्ल्यान्डलाई दियो १ सय ६९ रनको चुनौती काठमाडौं । टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई १ सय ६९ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाको एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो । भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३...
सुदूर पश्चिममा मध्यराति शक्तिशाली भूकम्पको धक्का काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रमा आज मध्यराति शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार डोटी जिल्लामा केन्द्र विन्दू बनाई गएको सो भूकम्प ६ दशमलव ६ रेक्टर स्केलको हो । मध्यराति २ बजेर १२ बजे शुरु भई केही सेकेन्डसम्म गएको सो भूकम्पले सुदूरपश्चिमका अधिका...
‘चाइना साउथर्न एयरलाइन्स’ले नेपालमा पुनः उडान भर्ने काठमाडौं । ‘चाइना साउथर्न एयरलाइन्स’ले नेपालमा पुनः उडान भर्ने भएको छ । चीनको ग्वाङझाउ एयरपोर्टबाट ‘चाइना साउथर्न एयरलाइन्स’ले उडान भर्ने एयरलाइन्स कम्पनीले जनाएको छ । मंसिर १३ गतेदेखि काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा ल्याण्ड गर्ने जनाइएको छ ।
सागर ढकालको भिडियो भाइरल भएपछि ७७ वटै जिल्लामा निर्वाचन आयोगको यस्तो निर्देशन काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न गराउन निर्देशन दिएको छ । आयोगले उम्मेदवारका साथै निर्वाचनमा खटिएका कर्मचारी, अनुगमन...
निर्वाचनमा किन आकर्षित भयो नयाँ पुस्ता ? काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा मतदाताका घर-घर पुर्‍याउन दिनरात खटिएका छन् । निर्वाचनमा मुख्य प्रतिष्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवार बीच नै हुने हो । तर प्रजातान्त्रिक शासन व्यवस्थ...
चीनले पाँच वर्षमा नेपाललाई उपलब्ध गरायो करिव ५० अर्ब सहायता काठमाडौँ। चीनले पाँच वर्षको अवधिमा नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहायता प्रदान गरेको छ। चीनले उक्त सहायता आर्थिक वर्ष सन् २०१६/१७ देखि २०२०/२१ सम्मको पाँच वर्षको अवधिमा नेपाललाई उपलब्ध गरेको हो। अनुदान, व्याज बिनाको ऋण र सहुलियतपूर्ण ऋण शिर्षकमा चीनले उक्त सहा...
बझाङमा ढुङ्गा लागेर घाइते महिला वडा सदस्यको हेलिकोप्टरमार्फत उद्धार धनगढी । बझाङमा भीरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाको साइपाल गाउँपालिका–३ माथिल्लो कायाकी स्थानीय एवं वडा सदस्यसमेत रहेकी २८ वर्षीया डिकी गुरुङ घर नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथिबाट ढुङ्गा खस्दा गम...
भोली चन्द्रग्रहण लाग्दै, के गर्ने के नगर्ने ? काठमाडौं । कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई ...
कांग्रेसका उम्मेदवार प्रदीप पौडलको १७ बुँदे प्रतिबद्धता सार्वजनिक काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि सोमबार प्रतिबद्धता पत्र सार्वजनिक ग...
जनकपुरमा बोलेरो दुर्घटनाः नवजात शिशुसहित आमाको मृत्यु, ६ जना घाइते जनकपुरधाम । बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार...
मङ्गलबार चन्द्रग्रहण लाग्दै, यि राशिलाई हुनसक्छ घातक काठमाडौं । कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह र...
बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु धनगढी । बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको हो । आइतबार बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका...
फोहोर नउठेको भन्दै जितपुरसिमरावासीले लगाए उपमहानगर कार्यालयमा ताला बारा । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर क्षेत्रमा लामो समयदेखि फोहोर नउठेको भन्दै स्थानीयवासीले उपमहानगरपालिका कार्यालयमा ताला लगाएका छन् । फोहोर नउठ्दा पुरै बस्ती दुर्गन्धित भएको र समस्या समाधान गर्न उनीहरूले दबाबस्वरुप तालाबन्दी गरेका हुन् । यसअघि ...
स्वतन्त्र उम्मेदवार भन्दै धमाधम रवि लामिछानेको पार्टीका उम्मेदवारलाई भोट माग्दै निश्चल बस्नेत काठमाडौं । निर्देशक निश्चल बस्नेत अचेल फुर्सदमा छन् । लामो समयदेखि उनले नयाँ चलचित्रमा काम गरिरहेका छैनन् । ‘लूट ३’ को निर्देशनको तयारीमा रहेका बस्नेत फुर्सदको समय सामाजिक सञ्जालमा प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारलाई भोट ...
थ्रिडी कमिक् बुक सार्वजनिक काठमाडौं । शान्तिको डायरी नामक थ्रिडी कमिक बुक सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डमा आज आयोजित कार्यक्रममा शैक्षिक र प्राविधिक विषय समावेश यस बुक विमोचन भएको हो । वरिष्ठ समाजसेवी तथा लेखिका भद्रकुमारी घलेले उक्त पुस्तक सार्वजनिक गरेकी हुन् । पुस्तक पढ्न थ्रिडी चश्मा आवश्यक पर्ने रुपक क्रियश...
ह्वात्तै बढ्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ४ सयले बढेर प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ...
त्रिशुलीमा बस खस्यो, २० जना घाइते काठमाडौं । धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो । बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए । घाइते...
जसपा अध्यक्ष यादवको प्रचार प्रसार गर्ने चिकित्सकलाई आयोगको स्पष्टिकरण काठमाडौं । जसपाका अध्यक्ष एवं सप्तरीका उम्मेदवार उपेन्द्र यादवको प्रचार गरेको बारे राम राजा प्रसाद सिंह प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रन्जितकुमार सिंहलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । यादवले सेयर गरेको फेसबुक पेजमा डा. झाले गरेको प्रचार...
देश खान होइन देशको शत्रु खान उम्मेदवार भएको हुँ: स्वतन्त्र उम्मेदवार खड्का भैरहवा । रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्काले कुनै पनि उम्मेदवार ठूलो सानो नहुने भएकाले राज्यले समान व्यवहार गर्नु पर्ने बताएका छन् । वहालवाल गृहमन्त्रीसहित २२ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा सबैलाई स...
तोसिमाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा निर्वाचन आयोगको भ्याकेट निवेदन काठमाडौं । निर्वाचन आयोगले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ । आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको हो । आयोगले कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेश खारेजीको मा...
अरिङ्गालले टोक्दा बझाङमा एक बालकको मृत्यु धनगढी । बझाङका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका(८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहीबार मृत्यु भएको हो । भाइटीका मान्न माइतीघर डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै मामाघर गएका उ...
मेला, महोत्सव, जात्रा र प्रदर्शनी गर्न प्रशासनको रोक सुर्खेत । आगामी ४ मंसिरमा हुने चुनावलाई लक्षित गर्दै जाजरकोटमा लाग्ने सबै मेला, महोत्सव, प्रदर्शनी , सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले कात्तिक २० गते देखि मंसिर ४ गते सम्मा सबै कार्यहरु रोक्न आदेश दिएको छ । प्रतिन...
लामिछानेविरुद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’मा, लामिछानेतर्फको बहस सकियो काठमाडौं । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस आज हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस बुधबारदेखि प...
थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे ...
सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुझाँयो प्रतिवेदन काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विभिन्न १२ विषयमा ९९ बुँदासहितको सुझाव प्रतिवेदन सिफारिस गरेको छ । समितिका संयोजक खिमलाल देवकोटाले सरकारका तहहरूबीचको कार्य जिम्मेवारीमा प्रष्टता नआ...
शववाहनमा आइन् बेहुली, लाशहरूको बीचमा बिहे गरिन् ! काठमाडौं । एक जोडीले विवाहको लागि यस्तो ठाउँ रोजे, जुन देखेर पाहुनाहरु पनि छक्क परे । दम्पतीले आफ्नो जीवनको सबैभन्दा विशेष पल यस्तो ठाउँमा मनाउने निर्णय गरे जहाँ मानिसहरू सामान्यतया शोकमा पुग्छन्। दम्पतीले अन्तिम संस्कार स्थलमै बिहे गरेका थिए । मामला अमेरिकाको हो। क्याल...
जन्मदिनमा रिलायन्स लाइफ इन्स्योरेन्सको बाल जीवन बीमा पोलीसी उपहार काठमाडौँ। आम नागरिकमा बिमा प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ। बिशेष गरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियान जस्तै भइरहेको छ। आफनो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुवा आमाले समयमा नै जीवन बिमामार्फत सुरक्षित गर्ने क्रम जन्मदिनलाई पार्न थाल...
सेयर बजार ७.३२ अंकले बढ्यो काठमाडौँ। साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ। आजको कारोबारमा नेप्से ७.३२ अंकले बढेर १ हजार ९३८.३० विन्दुमा पुगेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४६ करोड ७९ लाख रुपैयाँमाथिको सेयर कारोबार ...
तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन मकवानपुर । तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर आजै काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अ...
प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतको भेट काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको ...
दुई प्रतिशतभन्दा कम सवारीसाधनमा मात्रै जडान भयो ‘इम्बोस्ड नम्बर प्लेट’ काठमाडौं । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको ‘इम्बोस्ड नम्बर प्लेट’ जडान अति सुस्त देखिएको छ । सरकारले इम्बोस्ड नम्वर प्लेट जडान गर्न ठेक्का गरेको छ वर्ष नाघ्दा अहिलेसम्म दुई प्रतिशतभन्दा कम सवारीसाधनले मात्रै जडान गरेको पाइएको छ । सरकार...
निर्वाचनको १५ दिनअघि र मतगणना नसकिएसम्म मदिरा किनबेचमा रोक जुम्ला । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको केही समयअघि र पछि जुम्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचन आचार संहिताको विषयका बारे छलफल गर्न बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिएसम्म मदिरा किनबेचमा रोक लगाउने निर...
७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न काठमाडौँ। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै ७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न गरेको छ। डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्...
प्राधिकरणले सोध्यो ‘वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण’ काठमाडाैं । उडान तालिका स्वीकृत नगराई यात्रुलाई बोर्डिङ पास दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै उडान स्वीकृत नभई बोर्डिङ पास दिएर विमानस्थल...
बथानबाट एक्लिएको छावाको उद्धार चितवन । बथानबाट एक्लिएको हात्तीको एउटा छावालाई आज मेचीनगरबाट उद्धार गरिएको छ । भारतबाट आइतबार नेपाल पसेको करिब आठ महिनाको सो छावा मेचीनगरको वडा नं ४, ६ र ७ का विभिन्न स्थानमा डुल्ने गरेको थियो । वन कर्मचारी र स्थानीय बासिन्दाले सो छावालाई मेचीनगर–७ गोमनसरीबाट नियन्त्रणमा लिएर मेचीनगर–४ स्...
…त्यसपछि सन्दीपले मेरो फोन खोसे काठमाडौं । बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो। लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै आजदेखि थुनछेकको बहस सुरू भएको छ । जिल्ला...
“मैले कहाँ जाने भन्दा सन्दीपले ‘लेट्स सी’ भनेर भित्री बाटो हुँदै नगरकोट पुर्याए” काठमाडौं । बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो। लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्त...
जलवायु परिवर्तनलाई बहुसरोकारको विषय बनाउन सरकारलाई सुझाव काठमाडौं । जलवायु परिवर्तनलाई बहुसरोकारको विषय बनाई अघि बढ्न सरकारलाई विज्ञहरूले सुझाव दिएका छन् । जलवायु परिवर्तन अहिलेको वैश्विकरूपमै पेचिलो विषय भएकाले बहुक्षेत्रगत तहमा समन्वय, सहकार्य र सहभागिताले मात्रै यसले निम्त्याउने समस्यासँग जुध्न सहयोग पुग्ने विज्ञको ...
माओवादीले भने जस्तो शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन सम्भव छ ? काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरी मुलुकको सामाजिक आर्थिक रुपान्तरण सम्भव नभएको दोहोर्‍याउँदै आसन्न निर्वाचनमा उक्त विषयलाई फेरि प्राथमिकताका साथ उठान गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाच...
यसवर्ष आर्थिक वृद्धिदर ५.८ र मूल्य वृद्धि ६.३ प्रतिशत: विश्व बैंक काठमाडाैं । विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन आज सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन ९जिडिप...
उनी उदास भएपछि गीत गाएर सहज महसुस बनाउने प्रयास गरेको थिएः सन्दीप लामिछाने काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै आजदेखि थुनछेकको बहस सुरू भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा सन्दिपको बयान पेश गरेको छ । बयानका क्रममा सन्दीपले आफु होटलको कोठा भित्र उजुरी दिने केटीसँग गफ गर्दा...
उडान रद्द हुँदा काठमाडौँमै रोकिएका यात्रुलाई आज दिल्ली लगिदै काठमाडाैं । आइतबार काठमाडौँ–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले आज दिल्ली लैजाने भएको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले आज अपरान्ह दिल...
चुनावी कार्यक्रममै बेहोस भए शशांक कोइराला काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला अस्वस्थ भएका छन् । नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस भएका थिए । कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिए...
जनकपुर पुगेर आरजुले भनिन्- गठबन्धनको जीत सुनिश्चित छ महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा देउवाले गठबन्धनबाट अधिकांश बागी ...
दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा रुरु जलबिद्युत परियोजन र सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यि दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ। रुरु जलबिद्युत को सेयर भाउ ७६ र...
कांग्रेस महामन्त्री गगन थापालाई आयोगले पुनः सोध्यो स्पष्टीकरण काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगले कात्तिक ८ गते डेंगुविरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा अझैँ पनि त्यस्तो ...
लमजुङमा हतियार बुझाउन अटेरी लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी हतियार बुझाउन चेतावनी दिए पनि हतियारवालाहरूले अटेरी गरेका छन् । असोज १४ गते एक सार्वजनिक सूचना जारी गर्दै कात्तिक ५ गतेसम्म हतियार बुझाउन अल्टिमेटम दिए पनि हालसम्म ३७ वटा मात्रै हतियार बुझाएक...
धार्मिक हिंसा भड्किन नदिन महोत्तरीमा राजनीतिक दलहरूले सद्भाव र्याली निकाल्ने महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा सबै राजनीतिक दलहरुले सामाजिक सद्भाव र्याली निकाल्ने भएका छन् । बिहीबार मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि शुक्रबार राजनीतिक दलहरुलेसामाजिक सद्भाव ¥याली निकाल्ने तयारी गरेका हुन् । शुक्रब...
बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु बारा । बाराको जितपुर सिमरा-२१ अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ५१ वर्षीया शेख रोकैदा खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी युवराज तिमिल्सेनाले बताए । जंगलमा बाख्रा चराउन गएका बेला उनीमाथि हात्तीले आक्रमण गरेको थियो । ...
एक पालिका एक सहुलियत खाद्य पसल खोल्न सिफारिस काठमाडौं । राष्ट्रिय योजना आयोगले एक पालिका एक सहुलियत खाद्यान्न पसल खोल्न सरकारलाई सिफारिस गरेको छ । नागरिकको खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि आयोगले “आपूर्ति नीति २०६९ को पुनरावलोकन अध्ययन प्रतिवेदन २०७९” मार्फत् यस्तो सिफारिस गरेको हो । एक दशकअघिबाट कार्य...
रोकिएन पटका आतंक, के गर्दै छ प्रहरी ? भैरहवा । हिन्दुहरूको दोस्रो महान पर्वको रुपमा रहेको तिहार यस वर्ष बिदाई संगारमा हुँदासमेत पटाकाको आतंक अझै रोकिएको छैन । उज्यालोको पर्वको रुपमा रहेको यो उमंगको पर्व पनि हो । लक्ष्मीको पूजा, झिलीमिली, रंगोली, र सजावटले तिहारमा रौनकता ल्याए पनि यस्को एउटा अंग पटाका र आतेशबाजी बन्न पु...
नेपाली बजारमा विदेशी फलफूलको प्रभाव बढ्दै काठमाडौं । यतिबेला फलफूल व्यवसायीहरुले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालिमाटी, कुलेश्वर, बल्खु जडीबुटी, एकान्तकुना, जोरपाटी, धु्रमवराहीलगायत काठमाडौँ उपत्यकाको ठाउँठाउँमा फलफूलका थोक बजार छन् । क...
नेपालका उत्कृष्ट मार्गहरूमा साइकल यात्रा गर्न असाध्यै सोख छः अमेरिकी राजदूत थम्प्सन काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालका केही उत्कृष्ट मार्गहरूमा घुम्न जान उत्सुक रहेको बताएका छन् । गत हप्ता मात्र नेपाल आइपुगेका राजदूत थम्प्सनले सामाजिक सञ्जाल मार्फत एक भिडियो सन्देश जारी गर्दै यस्त...
बालबालिकाले बालगृहमै लगाए भाइटीका दमौली। तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् । बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् । आफन्त गुमा...
बिहिबार तिहारको अन्तिम दिन भाइटीका, उत्तम साइत कति बजे ? काठमाडाैं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भोली दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन भोली भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठा...
‘नो नट एगेन’ भन्नेलाई कारबाही गर्ने आयोगको चेतावनीप्रति भीम रावलको आपत्ति काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा ‘नो नट एगेन’ भनेर प्रचार गर्ने निर्वाचन आयोगको चेतावनीप्रति एमाले नेता भीम रावलले आपत्ति जनाएका छन् । आयोगले शीर्ष नेताको तस्बिर राखेर सामाजिक सञ्जालमा प्रचार गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने च...
“नो नट एगेन” भन्दै निश्चल बस्नेतले आयोगलाई दिए फेसबक बन्द गरेर देखाउन चुनौती काठमाडौं। निर्देशक तथा अभिनेता निश्चल बस्नेतले निर्वाचन आयोगलाई चुनौती दिएका छन् । उनले आयोगलाई आफ्नो फेसबुक बन्द गरेर देखाउन चुनौती दिएका हुन् । निर्वाचन आयोगले बुधबार सार्वजनीक सुचना निकाल्दै फेक फेसबुक पेज र ग्रुप हटाउन निर्देशन दिएको थियो ...
निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको छः प्रधानमन्त्री देउवा भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रत...
ऋषि सुनककी पत्नी अक्षता मूर्ति को हुन्? बीबीसी। बेलायतकाे सत्तामा ऋषि सुनकको उदयले भारतको समेत ध्यानाकर्षण गरेको छ जसको कारण उनी पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री हुनु मात्र भने होइन। उनकी श्रीमती अक्षता मूर्ति भारतीय अर्बपति नारायण मूर्तिकी छोरी हुन्। देशका सबैभन्दा प्रसिद्ध व्यवसायीहरूमध्ये एक उनी भारतको बिल गेट्सक...
तिहारलाई भित्रिए मुस्ताङका च्याङ्ग्रा गलकोट– बागलुङका च्याङ्ग्रा व्यापारी हरि शर्माले आठ दिनको पैदलयात्रापछि तिहारका लागि मुस्ताङ्गी च्याङ्ग्रा बागलुङ ल्याएका छन् । दसैँका लागिसमेत बागलुङमा मुस्ताङ्गी च्याङ्ग्रा ल्याएर बिक्री गर्नुभएका शर्माले तिहारका लागि सोमबार आठ दिनको पैदलयात्रापछि बागलुङमा च्याङ्ग्रा भित्र्याएका ह...
इरानका राष्ट्रपतिसँग ओएएनए सदस्य मुलुकका प्रतिनिधिको भेट इरान– इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन (ओएएनए)को १८औँ महासभामा सहभागी सदस्य मुलुकका प्रतिनिधिहरूले इरानका राष्ट्रपति इब्राहिम रइसीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालयमा भएको सो भेटमा उनले अभिव्यक्ति स्वतन्त्र...
उम्मेदवारले कति ठाँउमा खोल्न पाउछन् सम्पर्क कार्यालय ? यस्तो छ आयोगको निर्देशन काठमाडौं– निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ । निर्देशन अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीत...
नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयबाट सूर्यग्रहण अवलोकन गर्न पाइने काठमाडौं– कार्तिक कृष्ण औँसीका दिन आज लाग्ने ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण बत्तीसपुतलीलस्थित नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयमा देखाइने भएको छ । सोसाइटीले काठमाडौँ, मोरङ र उदयपुरबाट पनि ग्रहण देखाउने कार्यक्रम रहेको सोसाइटीका अध्यक्ष सुरेश भ...
तीन सातापछि खुल्यो कर्णाली राजमार्ग जुम्ला । १९ देखि २५ असोजसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । पहिरोका कारण झन्डै ४० किलोमिटर सडक अवरुद्ध थियो । दैलेखोला–जुम्लासम्म १०४ किलोमिटरमध्ये ४० किमि सडक पहिरोले पूर्ण रुपमा अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुको जनजीवन प्रभावित भएको थियो ...
काठमाडौंको बालाजुस्थित एक जुत्ता कारखानामा आगलागी काठमाडौं- काठमाडौंको बालाजुमा आगलागी भएको छ । बालाजुको लोलाङ हाइटस्थित एक जुत्ता कारखानामा भीषण आगलागी भएको हो । आगो नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालित भएका छन् । अहिले घटनास्थलमा ४ वटा दमकल र आधा दर्जन पानी ट्यांकर पुगेको ...
मकवानपुरबाट ११ किलो गाँजासहित एक युवक पक्राउ काठमाडौं– मकवानपुर प्रहरीले अवैध लागूपदार्थसहित एक जनाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बाट ११ किलो ३९० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२२ बस्ने २२ वर्षीय रोशन भन्ने ओमप्रकाश पटेल रहेका छन् ।...
करेन्ट लागेर जनकपुरमा दुई जनाको मृत्यु जनकपुरधाम– दीपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरधाममा दुई जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्वर ९ का सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मिश्र र यादव दुब...
राष्ट्रपतिको उपस्थितिमा देउसीभैली काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ । शीतल निवासस्थितमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थाले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत÷सङ्गीत, नृत्य प्रस्त...
गुपचुप रुपमा जुवा खेलिरहेका ६२ जुवाडे काठमाडौबाट पक्राउ काठमाडौं– प्रहरीले काठमाडौभित्र तिहारमा बेला गुपचुप रुपमा जुवा खेलिरहेका ६२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका वि...
खानेपानीमन्त्री चौधरीलाई आयोगको प्रश्न– सरकारी गाडीको नं प्लेट परिवर्तन गरेको हो की होइन ? काठमाडौं– निर्वाचन आयोगलले आचारसंहिता विपरीत प्रचारप्रसारका क्रममा भएका गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ । आयोगले सरकारी गाडी प्रयोग गरेको विषयमा खानेपानीमन्त्री एवं प्रतिनिधिसभा सदस्यक...
कोप–२७ः ‘कार्यान्वयन सम्मेलन’ हुने काठमाडौं– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७)लाई हालसम्म भएका सम्झौता तथा निर्णय कार्यान्वयन गर्ने सम्मेलनका रुपमा लिइएको छ । यस सम्मेलनमा रियो सम्मेलन सन् १९९२ देखि ग्लास्गो २०२१ (कोप–२६)सम्म भएका सम्झौता, निर्णय र ...
प्रहरीलाई आइपर्ने हर चुनौतीमा सरकारको पूर्ण साथ छः गृहमन्त्री काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले कानुनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतीमा नेपाल सरकार र गृह मन्त्रालयको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी न...
कार्यविधिलाई लत्याउदै पत्रकार महासंघले पौडेललाई दियो पुरस्कार भैरहवा– नेपाल पत्रकार महासंघ रुपन्देहीले कार्यविधि मिचेर पत्रकारलाई पुरस्कृत गरेको छ । वार्षिक साधारण सभाका अवसरमा आइतबार पत्रकार प्रतिक पौडेललाई कार्यविधि विपरित सिद्धार्थ श्रमजिवी पत्रकारिता पुरस्कार–०७८ बाट पुरस्कृत गरेको हो । १५ भदौ ०७९ मा नेपाल पत्रकार ...
पत्रकार महासंघले नै दियो कार्यविधि मिचेर पुरस्कार भैरहवा । नेपाल पत्रकार महासंघ रुपन्देहीले कार्यविधि मिचेर पत्रकारलाई पुरस्कृत गरेको छ । वार्षिक साधारण सभाका अवसरमा आइतबार पत्रकार प्रतिक पौडेललाई कार्यविधि विपरित सिद्धार्थ श्रमजिवी पत्रकारिता पुरस्कार-०७८ बाट पुस्कृत गरेको हो । १५ भदौ ०७९ मा नेपाल पत्रकार महासंघ रुपन्...
राति ९ बजेपछि देउसी भैलो खेल्न रोक बाँके– बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । “अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ”, उनले भन...
भेटिएनन् नदीमा डुबेका किशोरी, २४ घण्टामा पनि पुगेनन् गोताखोर दाङ– दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन् । तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई किशोरी आज दिउँसो पौने २ बजेसम्म पनि नभेटिएका हुन् । घटनास्थलमा रहेका उक्...
घर जग्गा कारोबार : दुई अर्ब ५६ करोड राजस्व सङ्कलन काठमाडौँ। विसं २०७८ असोजमा देशभरका मालपोत कार्यालयले रु सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ बराबरको राजस्व सङ्कलन गरेको थियो। घर जग्गाको कारोबार अपेक्षितरुपमा राम्रो थियो । सरकारले प्राप्त गर्ने राजस्वसमेत उल्लेख्य नै थियो। गत असोजमा भने रु दुई अर्ब ५६ करोड ९३ लाख...
लाभांश पारित गर्न गुराँस लाइफ इन्स्याेरेन्सको साधारणसभा शुक्रबार बस्दै काठमाडौँ। गुराँस लाइफ इन्स्याेरेन्सको वार्षिक साधारणसभा शुक्रबार बस्‍ने भएको छ। सभामा कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। युनियन लाइफ र प्राइम लाइफसँग मर...
थाहा पाउनुहाेस् आजकाे राशिफल काठमाडौं। आजको पात्रो : ३ कात्तिक २०७९, बिहीबार । अक्टोबर महिनाको २० तारिक २०२२ । कात्तिक कृष्णपक्ष दशमी, विष्टि करण, अश्लेषा नक्षत्र, शुभ योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः०६ मा भएको छ भने सूर्यास्त ५ः३० मा हुनेछ । बिहीबार अध्ययन, अनुसन्धान काममा ध्यान दिन उत्तम हु...
३ हजार मिटर स्टिपलचेसमा कर्णालीका दुर्गा बुढाले जिते स्वर्णपदक {भिडियो} काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ३ हजार मिटर स्टिपलचेसमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । पोखरा रंगशालामा सोमबार भएको खेलमा दुर्गाले जितेको स्वर्ण नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको पहिलो हो । बुढाले ...
नेपाल प्रहरीले सिमित स्रोत र साधनका बीच उत्कृष्ट काम गर्दै: प्रधानमन्त्री देउवा {भिडियोसहित} काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सिमित स्रोत र साधनका बीच नेपाल प्रहरीले उत्कृष्ट काम गर्न सफल भएको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्र...
थाहा पाउनुहोस् आजको राशिफल काठमाडौं। आजको पात्रो : असोज महिनाको ३१ सोमबार, २०७९ । तद्नुसार अक्टोबर महिनाको १७ तारिक २०२२ । कार्तिककृष्णपक्ष सप्तमी, वव करण पुर्नबसु नक्षत्र, शिव योग, चन्द्रमा मिथुन राशिमा रहेको छ। आज बिहान सूर्योदय ६ः०४ मा भएको छ भने सूर्यास्त ५ः३३ मा हुनेछ । आजका देवता मित्र र ग्रहदेव बुध रहेको छ । सोम...
अझैँ सञ्चालनमा आएन चौरजहारी विमानस्थल रुकुम पश्चिम । जाजरकोट र सल्यानलाई समेत लक्षित गरेर निर्माण गरिएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित विमानस्थल अझैँ सञ्चालनमा आउन सकेको छैन । विमानस्थल सञ्चालनमा लागि भन्दै आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेटमा सरकारले सरकारले बजेट विनियोजन गरेको थियो । देशका विभिन्न विमानस्थ...
के हो सुत्केरी अवस्थामा हुने ‘पोस्टपार्टम डिप्रेशन’ ? काठमाडौं । आमा बन्नु विवाहित महिलाहरुका लागि सुखद अनुभव हो। सुत्केरी भएपछि महिलाको शरीरमा धेरै परिवर्तनहरु आउने गर्दछ । गर्भावस्थादेखि सुत्केरीसम्म, एक महिलाले धेरै चुनौतिहरुको सामना गर्नुपर्छ र यो समयमा उनले शारीरिक, मानसिक, भावनात्मक र व्यवहारिक रूपमा पनि परिवर्तन...
निर्वाचन आयोग: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण गर्न नपाइने {भिडियोसहित} काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण गर्न नपाइने जनाएको छ । बिहीबार निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै न...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एपीएफको दोस्रो जित {भिडियोसहित} काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । पोखरामा बिहिबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको हो । गण्डकीले दिएको ...
कश्मीरबारे नरेन्द्र मोदीको भनाइले पाकिस्तान आक्रोशित काठमाडौं । भारत प्रशासित कश्मीरबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइलाई पाकिस्तानले अस्वीकार गरेको छ । पाकिस्तानले स्पष्ट रूपमा भन्यो कि उसले प्रधानमन्त्री मोदीको भनाइलाई पूर्ण रूपमा अस्वीकार गर्दछ जसमा उनले दावी गरेका थिए कि उनले ‘कश्मीर मुद्दा हल गरिसकेका ...
लमजुङमा सत्तागठबन्धनका देव गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गराए लमजुङ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्तागठबन्धनका देवप्रसाद गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । संघतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका म...
‘निर्वाचनपछि राप्रपा बलियो शक्तिको रुपमा संसदमा उपस्थिति हुन्छ’ {भिडियोसहित} काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि राप्रपा बलियो शक्तिको रुपमा संसदमा उपस्थिति हुने बताएका छन् । जिल्ला समन्वय समितिको कार्यालय भद्रपुरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय...
अमेरिकी डलरको भाउले बनायो नयाँ इतिहास, अहिलेसम्मकै उच्च बिन्दुमा काठमाडौँ। अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ। डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ थप कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शनिबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १३१ रुपैयाँ ४२ पैसा र बिक...
बौद्ध धर्मावलम्बीहरुले बस्ने “ञ्युङने ब्रत” के का लागि ? {भिडियोसहित} मोरङ । बौद्धमार्गीहरु गुम्बाहरुमा भेला भएर यतिबेला मौन ब्रत (ञ्युङने) बस्ने गर्दछन् । दशैंमा देवी देवतालाई भोग चढाउनका लागि भनेर धेरै काटमार गर्ने गरिन्छ । यी सबै जीवजन्तुहरुको मुक्तीको कामनासहित बौद्ध धर्मालम्बीहरु तीन दिनसम्म मौन ब्रत (ञ्युङने ब्रत...
सर्वसाधारणद्वारा एकान्त कुमारीको हातबाट टीका ग्रहण भक्तपुर । विजया दशमीको अवसरमा आज भक्तपुरको तलेजुमा जीवित देवीको रुपमा पुजिँदै आएकी कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो लागेको छ । एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले सा...
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम काठमाडौं । वडा दसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आममानिस पर्व मनाउन व्यस...
ठाडा दहमा डुवेर एक व्यक्तिकाे ज्यान गयाे अर्घाखाँची। अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा रहेकाे डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएकाे छ। दहमा डुवेका शितगंगा ३ दह निवासी ३७ वर्षिय खिम बहादुर नेपालीकाे घटनास्थलमै ज्यान गएकाे हाे। विहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाकाे प्रहरी टाेली ...
कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली (फोटो फिचर) काठमाडौं । काठमाडौंस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली । टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ ।
सिटी एक्सप्रेसले घोषणा गर्‍यो पहिलो महिनाको १ तोला सुन बिजेता काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्युतिय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने रीना कुमारी तामाङल...
दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती बाजुरा। लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे-मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन। राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो। अम्कोटमा दसैं अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ। चार महिन...
गुरु घिमिरेको समर्थन गर्दै गोकुल बास्कोटाले गरे गगन थापाको आलोचना काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेपाली कांग्रेसका नेता गगन थापाको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता गुरु घिमिरेप्रति सहानुभूति देखाउँदै थापाको आलोचना गरेका हुन् । ‘कांग्रेसमा गगनले आफ्नो ...
जमरा उमार्नका लागि माटो लिनेहरुको भिड {भिडियोसहित} काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन घर–घरमा घटस्थापना गर्नका माटो लिन भक्तपुरको च्यामासिंहमा भने भिड लाग्ने गरेको छ । भक्तपुरको च्यामासिंहमा रहेको ब्रह्मायणी मन्दिर नजिकै खोलाबाट माटो लिनेको भीड लाग्ने गरेको छ । जमरा उमार्नका लागि उक्त स्थानको मा...