content
stringlengths
31
27.4k
साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बोहरा अघि बढे भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बोहराको अग्रता कायम रहेको छ । १४ हजार सात सय ५५ मत गणना हुँदा बोहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् । उनको निकटम प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाणले  चार हजार नौ सय १० मत प्राप्त गरेका छन् । यति...
स्वतन्त्र उम्मेद्वार कापर भन्दा कति मतान्तरले पछि छन् महन्थ ठाकुर ? जनकपुर । महोत्तरी क्षेत्र न ३ लोकतान्त्रिक समाजवादी पार्टी का अध्यक्ष महन्थ ठाकुर पछि परेका छन् । नेकपा एमालेका बागी उम्मेदवार राम आधार कापरले उनलाई पछि पारेका हुन् । कापर ठाकुर भन्दा करिब १४ सय मतले अगाडि छन् । कापरले २८९३ मत ल्याउँदा ठाकुरले १५४५ मत ...
झापाका पाँच क्षेत्र मध्य कहाँ कसको अग्रता ? झापा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापामा नेकपा (एमाले)का अध्यक्ष ओलीसहित अर्का उम्मेदवार देवराज घिमिरे अग्रस्थानमा छन् भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र पार्टीका उम्मेदवारले एक÷एक ठाउँमा अग्रस्थान बनाएका छन् । क्षेत्र...
काठमाडौँ ६ मा रास्वपाका खनालको अग्रता कायमै काठमाडौं । काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल सात हजार सात सय ९६ मतसहित अग्रस्थानमा रहेका छन् । अपराह्न ३ बजेसम्म कूल १३ हजार तीन सय ४३ मत गणना हुँदा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार ६८ मत प्राप्त गरेका छन् । नेपाली ...
राजनीतिको यात्रामा तत्कालको जय–पराजय र अंकगणितले तात्विक प्रभाव पार्दैनः राजन भट्टराई काठमाडौं । काठमाडौं–४ मा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले निर्वाचनमा लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएको र एक पटकको जय–पराजय सधैँभरिको जय–पराजय हुन नसक्ने बताएका छन् । उनले संसदीय निर्वाचनको तत्कालको जय–पराजयले व्यक्ति र ...
राति २ बजेसम्म काठमाडौंका १० क्षेत्रमा को अगाडि ? काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ । काठमाडौँका विभिन्न १० स्थानमा सोमबार विहानदेखि सुरु भएको मतगणना अधिकांश स्थानमा अहिले पनि जारी छ । सोमबार दिउँसोदेखि सुरु भएको काठमाडौँ क्षेत्र नं १ को मतग...
दाङ २ः अग्रता फराकिलो बनाउँदै रेखा, हजार बढी मतले पछि परे शंकर पोखरेल दाङ । दाङ २ मा माओवादी केन्द्रका रेखा शर्माले अग्रता कायमै राखेकी छन् । ८ हजार ५ सय मत गणना हुँदा सत्तागठबन्धनकी उम्मेदवार शर्माले एमालेका शंकर पोख्रेल भन्दा १ हजार २० मतले अग्रता लिएकी हुन् । शर्माले ३ हजार ६ सय ७३ मत प्राप्त गरेकी छिन् भने एमालेका ...
जुम्लामा माओवादीकी गोमा भन्दा झण्डै तेब्बर मतले अगाडी छन् ज्ञानेन्द्र शाही जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले अग्रतालाई बढाउदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ८ सय ४७ मत ल्याएका छन् । उनकी निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी गोमा गौतमले २८४ मत पाएकी छिन् ...
कञ्चनपुर २ मा एनपी साउदको अग्रता काठमाडौ । कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिएका छन् । कृष्णपुर नगरपालिकाको १ नम्बर वडाको मत गणना सम्पन्न हुँदा साउदले ११८ मतले अग्रता लिएका हुन् । उक्त वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३२७ मत पाएका छन् । उनक...
मकवानपुर २ मा विरोध खतिवडाले लिए अग्रता मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिएका छन् । खतिवडाले अहिलेसम्म १ हजार ९ सय २० मत ल्याउँदा उनलाई एमालेका महेश बर्तौलाले १ हजार ६ सय ५ मतका साथ पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ सय १ मत ल्याएका छन् । ...
बर्दिया २ मा एमालेका राठौंरलाई पछि पार्दै रेशम चौधरीका बुवाले लिए अग्रता बर्दिया । बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनामा चौधरीले तीन हजार ४३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले एक हजार ९१० मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार पंकजस...
रुपन्देही २ मा दुई पौडेलबीच टक्कर, घण्टीका पौडेलको अग्रता कायमै रूपन्देही । रूपन्देही २ मा नेकपा एमालेका बिष्णु पौडेल पछि परेका छन् । २ हजार १ सय मतगणना हुँदा पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल भन्दा ९१ मतले पछि छन् । रास्वपाका गणेश पौडेलले ७९८ मत ल्याएका छन् भने बिष्णु पौडेलले ७०७ मतले पछ्याइरहेका छन्। तेस्...
दाङ १ मा मेटमणीलाई पछ्याउँदै शान्ता, शान्ताको पछिपछि घण्टी दाङ । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीले अग्रता कायम राखेका छन् । सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले एक हजार दुई सय मत गन्दा ४०४ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले ३२५ मतसहित मेट...
गुल्मी २ मा झाँक्रीलाई पछि पारे विष्टले गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण बिष्टले अग्रता बनाएका छन् । केहि समय अघि मात्र मतगणना सुरु भएको यस क्षेत्रमा १ सय मत गणना हुँदा बिष्टले ६१ मत प्राप्त गरेका छन् । उनलाई एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ३२ मतका साथ पछ्याइरहेकी छिन् । मतदानका क्रममा बिभिन्न वि...
कैलाली १ र ३ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई अग्रता कैलाली । प्रतिनिधिसभा निर्वाचनको कैलालीमा मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै मतपरिणाम आउने क्रम जारी छ । कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुईवटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । कैलाली क्षेत्र नं १ मा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र कै...
ललितपुर २ मा एमालेका महर्जन अघिअघि, लौरो पछिपछि काठमाडौं । ललितपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यको चुनाव चिह्न लौरो हो । ललितपुर क्षेत्र नं २ का निर्व...
दोस्रो स्थानमा उक्लिएका सागर र देउवाबीचको मतान्तर कति ? काठमाडौं । डडेल्धुरामा स्वतन्त्र उम्मेद्वार सागर ढकाल दोस्रो स्थानमा उक्लिएका छन् । ५०० मत गन्दा तेस्रो नम्बरमा रहेका ढकाल एक हजार मत गणना हुँदा कांग्रेस बीपीका कर्णबहादुर मल्ललाई उछिन्दै दोस्रो नम्बरमा उक्लिएका हुन् । यस क्षेत्रमा एक हजार मत गणना हुँदा प्रधानमन्त...
भक्तपुर २ः झन्डै ७ सय मतले पछि परे महेश बस्नेत काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेत फराकिलो मतान्तरले पछि परेका छन् । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार २०२ मत ल्याएका छन् भने बस्नेतले ५ हजार ५१० मत प्राप्त गरेका छन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका ...
सुनसरी– ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको सुरुआती अग्रता सुनसरी । सुनसरी क्षेत्र नं ४ मा मतगणना सुरु भएको छ । इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । तीन सय मतगणना गर्दा कार्कीले एक सय ३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका ज...
दाङ ३ मा कोमल वलीलाई उछिन्दै दीपक गिरी पहिलो नम्बरमा काठमाडौं । दाङ क्षेत्र नम्बर ३ मा गठबन्धनका दीपक गिरीले अग्रता बनाएका छन् । उनले नेकपा एमालेकी कोमल वलीलाई उछिन्दै पहिलो नम्बरमा आएका हुन् । दाङ ३ मा १३१८ मत गणना हुँदा गिरीले ६११ मत ल्याएका छन् भने वलीले ४८८ मत प्राप्त गरेकी छिन् ।
काठमाडौं–९ मा एमालेका श्रेष्ठ अघि, स्वतन्त्रका पोखरेल नौ मतले पछाडि काठमाडौं । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्णगोपाल श्रेष्ठ एक हजार एक सय ४४ मतसहित अगाडि छन् । नौ मतले पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल एक हजार एक सय ३५ मतस...
नेकपा एसको अग्रता कहाँ–कहाँ ? काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणनामा धादिङ र सल्यानमा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।  धादिङमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ६ सय मात गन्दा ३१९ मतसहित अग्रता कायम गरेका हुन् । नेकपा एमालेका भूमि ...
सप्तरी– १ मा कांग्रेसको अग्रता, पछ्याउँदै जनमत पार्टीका राउत राजविराज । सप्तरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा जारी रहेको मतगनणामा लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले छ सय ९२ म...
दाङ १ मा मेटमणि चौधरीको अग्रता, शान्ता पछिपछि काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन् । सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले दुई सय मतगन्दा ८९ मत प्राप्त गरेका छन् ।  यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छ...
काठमाडौं ७ मा घण्टीलाई पछि पार्दै सूर्य अगाडी, मानुषी तेस्रो स्थानमा काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली पछि परेका छन् । उनलाई एमालेका श्याम घिमिरेले पछि पारेका हुन् । घिमिरेले ९४८ मत पाउँदा घण्टीका पराजुलीले ८५६ मतका साथ पछ्याइरहेका छन् । साथै? माओवादी केन्द्रकी मानुषी यमि ६९८ मतका साथ त...
इलाम २ मा पछि परे सुवास नेम्वाङ काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा एमालेका सुवासचन्द्र नेम्वाङ पछि परेका छन् । केहि समय अघि मात्र सुरु भएको मतगणनाको प्रारम्भीक परिणाम अनुसार नेम्वाङ कांग्रेसका डम्बर बहादुर खड्कासँग पछि परेका हुन् । यस क्षेत्रमा अहिलेसम्म ६७० मत गणना हुँदा नेम्वाङले २७५ प्राप्त गरेका छन् भने नेपाली कांग...
काठमाडौं ८ मा लौरो र घण्टीबीच भिडन्त, कलमका जीवनराम श्रेष्ठ चौथोमा काठमाडौं । काठमाडौं ८ मा लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठलाई उछिन्दै अगाडी आएका हुन् । सायमीले ११३७ मत ल्याएका छन् भने श्रेष्ठले १०९१ मत ...
दाङ ३ मा कोमल वलीको अग्रता, घण्टीको कति ? दाङ– दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एमालले अग्रता बनाएको छ । दाङ ३ मा ८५५ मत गणना हुँदा नेकपा एमालेकी कोमल वलीले ३ सय ३६ मतका साथ अग्रस्थानमा छिन् । उनलाई गठबन्धनका दिपक गिरीले पछ्याइरहेका छन् । नेपाली कांग्रेसका नेता गिरीले ३२१ मत ल्याएका छन् । साथै, यस ...
स्थगन भएकामध्ये दुई स्थलमा मतदान जारी नवलपरासी। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएकामध्ये दुई मतदानस्थलमा आज मतदान भइरहेको छ । स्थगित भएकामध्ये नवलपरासीपूर्व जिल्लाको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयमा आजै मतदान कार्य प्रारम्भ भए...
चुनाव जितेमा मुस्ताङका योगेश गौचन सम्भवत: कान्छो सांसद बन्ने कास्की। मुस्ताङमा जारी मतगणनाको रुझान हेर्दा मुस्ताङका योगेश गौचन सबैभन्दा कान्छो सांसद बन्ने देखिएको छ । मुस्ताङमा आधा मतगणना हुँदा कांग्रेसका गौचनले एमालेका प्रेमप्रसाद तुलाचनालाई पछि पार्दै हालसम्म थकालीले २०३५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार १६५७ ले ...
उपेन्द्र र सीके राउतको निर्वाचन क्षेत्र सप्तरी–२ को मतगणना सुरू सप्तरी। सप्तरी १ र २ को मतगणना सुरु भएको छ । सोमबार बिहान ९ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिएका छन् । मतपेटिका संकलन कार्य मध्यरात सम्पन्न भएको सप्तरी ३ र ४ को मतगणनाका लागि बिहान १० बजे सर्व...
जीप दुर्घटना हुँदा बैतडीमा चारजनाको मृत्यु बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, रमेश साउद र सहायक हवल्दार अर्जुन कठायत छन् । एकजनाको शव दुर्घटनाग्रस्त जिपमुनि रहेकाले निकाल्ने प्रयास भइरहेको छ । दुर्घटनामा घाइते भएका चारजनालाई नेपाल...
रुपन्देही–४ मा मतगणना शुरू रुपन्देही। रुपन्देहीको ४ नम्बर निर्वाचन क्षेत्रको मतगणना शुरू भएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार बिहान साढे ९ बजेदेखि मतगणना शुरू भएको हो । रुपन्देहीको कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए । प्रतिनिधिसभा सदस्यमा सत...
कास्की २ मा स्वतन्त्रका कँडेलको अग्रता कास्की । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै एक सय ६२ मत प्राप्त गरेका छन्, भने नेकपा (एमाले) की विद्या भट्टराईले ए...
धनुषा–३ मा मतगणना जारी, एमालेको अग्रता धनुषा। मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ । अहिलेसम्म प्रदेशका आठ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना सुरु भएको छ । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सो क्षेत्र...
बाँके क्षेत्र नं ३ को मतगणना सुरु बाँके। बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा मतगणना सुरु थालिएको हो । बाँके क्षेत्र नंं १ र २ को मतगणना बिहान १० बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए। प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा गठबन्ध...
देवचुलीमा मतदान जारी, नवलपुरमा ६६ प्रतिशत मतदान नवलपरासी । बर्दघाट–सुस्तापूर्वको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान जारी रहेको छ । आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्...
काठमाडौं–७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो काठमाडौँ। काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा  सार्वजनिक भएको छ। प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले  १७७ मतसहित अग्रता लिएका हुन्। उता, अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेद...
महोत्तरीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ६५ प्रतिशत मत खस्यो महोत्तरी । महोत्तरीमा कुल मतको ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ३ लाख ९७ हजार मतदाता छन् । जसमध्ये २ लाख १५ हजार  १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको छन् । मतदानस्थलमा स्थानिय निर्वाचनको जस्तो खासै उ...
सिन्धुपाल्चोकमा ५६.२१ प्रतिशत मत खस्यो सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा ५६. २१ प्रतिशत मत खसेको छ । आइतबार बिहान सात बजेदेखि सुरु भएको सम्पन्न मतदानमा एक लाख ४६ हजार तीन सय ४९ मत खसेको छ । पुरुष ८० हजार ८ सय ६२ जना ६५ हजार ४ सय ४२ जना महिलाले मतदान गरेका छन...
हिमाली गाउँका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी ताप्लेजुङ । ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू सोमबार मात्र सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सोमबार बिहान हेलिकप्टरमार्फत ल्याउने तयारी भएको मुख्य निर्वाचन अधिकृत निर्मला...
बैतडीमा ११३ वर्षीया महिलाले गरिन् मतदान बैतडी । बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपाली १ सय १३बर्षको उमेरमा मतदान गरेकी छन् । उनले यसअघिका अधिकांश चुनावमा मतदान गरेकी छन् । २०१५ सालमा चुनाव हुँदा मानमती ४९ वर्षकी थिइन् । उनले त्यसयताका सबै चुनावमा भोट हालेको बताइन् । जेठो मतदाताका कारण उनी...
मनाङमा मतदाताको उल्लासपूर्ण सहभागीता, ७३ प्रतिशत मत खस्यो लमजुङ । हिमालपारिको जिल्ला मनाङमा  मतदाताको उल्लासपूर्ण सहभागीता रहेको छ ।  जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुस्पराज शर्माका अनुसार मनाङमा ६ हजार सात सय ७९ मतदाता रहेकोमा  अस्थायी मतदाता ७३ प्रतिशत मत खसेको छ ।  जिल्लामा जम्मा ४ हजार ८ सय ४५ मत खसेको छ । ...
काठमाडौंमा मतपेटिका संकलन सुरु (फोटोफिचर) काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो । मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य सुरु भएको छ । काठमाडौंका १० स्थानमा म...
सिद्धार्थनगर– ११ मा विवाद, एक जना घाइते भैरहवा । रुपन्देहीको सिद्धार्थनगर–११ मा रहेको मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका –११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा  स्थानीयबीच  विवाद सृजना भएको थियो । सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको ...
रोकिएका केन्द्रमा मतदान कार्य सुचारु गर्ने प्रयासमा आयोग काठमाडौं । निर्वाचन आयोगले विभिन्न स्थानमा रोकिएका मतदान प्रक्रिया सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ । अपरान्ह साढे ३ बजेसम्म रोकिएका १५ मतदान केन्द्रको मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको आयोगको भनाइ छ । साथै आयोगले अहिले देशभर शान्तिपूर्ण रूपमा मतदान...
संविधान, गणतन्त्र र समावेशीताका लागि मतदानः बिमलेन्द्र निधि जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले संविधान, लोकतान्त्रिक गणतन्त्र र समावेशीताको सुदृढीकरणका लागि बढिभन्दा बढी नागरिक मतदानमा सहभागी हुनुपर्ने बताएका छन् । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ को प्रदेशसभा १ स्थित नगराइन नगरपा...
तस्बिरमा हेर्नुहोस् शीर्ष नेताहरूको मतदान काठमाडौं । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचनको आज मतदानको दिन मतदान जारी छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दा...
गर्भवती कुकुर्नीलाई २५ जना कलेजका विद्यार्थी मिलेर सामूहिक बलात्कार काठमाडौं । दिल्लीमा एउटा यस्तो क्रुरताको घटना बाहिर आएको छ, जसले तपाईलाई लज्जित तुल्याउनेछ । एक गर्भवती सडक कुकुरलाई पहिले २५ विद्यार्थीहरूको समूहले सामूहिक बलात्कार गरेको थियो, त्यसपछि लाठीले कुटेर मारिएको थियो। आरोपितहरू दक्षिण दिल्लीको डन बोस्को टेक...
मुलुकभर निर्वाचन जारी, अवस्था कस्तो ? {भिडियो} काठमाडौं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । देशभर छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दि...
होटल इच्छा दिनभर प्रहरीको घेरामा, सत्ता शक्तिको दुरुपयोग नगर्न स्वतन्त्र उम्मेदवार वाग्लेको आग्रह बारा । बारा क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको लगानी रहेको सिमरास्थित होटल इच्छामा शनिबार दिनभर नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ३ मा रहेको होटल परिसर भित्...
यी हुन् निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था काठमाडौं । आइतबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आम निर्वाचनका क्रममा मतपत्र बदर हुन नदिन मतदाता शिक्षामा समेत बल गरिरहेको छ । निर्वाचनको पूर्वसन्ध्यामा मतपत्र बदर हुने अवस्था उल्लेख गर्दै...
स्थिर समयको फुर्सदमा पत्नीसँग साग केलाउँदै ओली काठमाडौं । आइतबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । मतदान सुरुहुनु ७२ घण्टा अघिबाट स्थिर समय चलिरहेको छ । यस अवधिमा मतदाता भेटघाट देखि प्रचारप्रसारसम्मका सबै कुरा बन्द भएपछि उम्मेदवारहरु फुर्सदमा छन् । सामाजिक संजाल मार्फत पनि उम्मेदवारहरुले मतदातासंग भोट माग्न नप...
निर्वाचनको सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग काठमाडौं । नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुर...
यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिच...
मतदान अधिकृत मतदान केन्द्रमै मदिरा सेवन गरेर गएपछि… कपिलवस्तु । नैतिक आचरण विपरीत मदिरा सेवन गरेको आरोपमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । जिल्लाको क्षेत्र नम्बर ३ (२) को कृष्णनगर नगरपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर ’ख’ केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट हटाइएको हो । प्रत...
सिरहामा दुई थान बेवारिसे भरुवा बन्दुक बरामद सिरहा । सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खोला किनारमा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब निरीक्षक सुवाष बुढाथोकीका अनुसार हातहतियार बोकेर केही मानिस घुमिरहेको भन्ने स...
निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कस्ता सेवासुविधा पाउँछन् ? काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ । देशभरका २२ हजार दुई सय २७ मतदान केन्द्र, एक सय ४१ अस्थायी मतदान केन्द्र र १० हजार आठ सय ९२ मतदानस्थलमा मतदान अधिकृत, सहायक मतदान अध...
मनाङ १ मा ६ हजार ७७९ मतदाताका लागि २८ मतदान केन्द्र मनाङ । आइतबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनाङ क्षेत्र नम्बर १ मा कूल ६ हजार ७७९ मतदाताका लागि २८ वटा मतदान स्थल र मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । यस क्षेत्रमा ३ हजार २८१ पुरुष मतदाता छन् भने ३ हजार ४९८ जना महिला मतदाता छन् । यस क्षेत्रमा तीन वट...
मौन अवधिमा प्रचार गरेको भन्दै पर्साबाट दुई जना पक्राउ वीरगञ्ज । मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् । पर्सा–४ मा पर्ने कालिकामाई गाउँपालिका–१...
१८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकले मतदान गर्न पाउने, सबैभन्दा धेरै मधेशमा काठमाडौं– आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देशभरबाट १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकल मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा देशभरबाट १८५ जना मतदाताले भोट हाल्न पाउने भएका हुन् । जसम...
प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने आयोगको निर्णय काठमाडौं । निर्वाचन आयोगले प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको छ ।  पत्रकार तथा सञ्चारमाध्यमलाई मतगणनाको सूचना प्राप्तिमा सहज गराउन प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको आयोगले जनाएको छ । त्यस्तो प्रेस कर्नरमा निर्वाचन अधिृकत वा अ...
‘३० लाखमा पनि चुनाव जित्छ यार’ भनेपछि मनाङ्गेलाई आयोगद्वारा २५ हजार जरिवाना काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेश सभा सदस्य मनाङ (२) का उम्मेदवार, एवम् गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङ्गे) लाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । गुरुङले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च ...
नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी गर्ने ४४ भारतीय पक्राउ काठमाडौं । नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटमार्फत पेशेवररूपमा अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको...
देशकै प्रमुख व्यापारिक नाका ७२ घण्टाका लागि बन्द वीरगन्ज । वीरगञ्जको इनर्वास्थित भन्सारको मुख्य सडकमा शुक्रबार सशस्त्र प्रहरीले बेरिकेट लगाई वाहन तथा व्यक्तिको आवतजावतमा रोक लगाएको छ । निर्वाचनका बेला सीमापारिबाट हुन सकिने सम्भावित आपराधिक गतिविधिलाई रोक्न आवतजावतमा रोक लगाइएको हो । भारतसंँग जोडिएका जिल्लाको सबै नाकाला...
नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानका रु...
सेना र प्रहरीले पुल बनाइदिएपछि हाटसिंजावासीलाई मतदान गर्न जान सहज जुम्ला । अविरल वर्षापछि आएको बाढीले बगाएको पुल निर्माण भएपछि  हाटसिंजावासीलाई आवतजावतमा सहज भएको छ । बाढीले कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने पुरानो काठको पुल बगाएपछि आवतजावतमा समस्या हुँदै आएको थियो ...
मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने प्रेस काउन्सीलको चेतावनी काठमाडौं । प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा...
धनुषामा एक ट्रक अवैध मदिरा बरामद धनुषा । धनुषा प्रहरीले भारी मात्रामा अवैध मदिरा बरामद गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरेको छ । निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक...
रवि लामिछानेमा राजनेता बन्ने क्षमता छः अभिनेता रमेश उप्रेती काठमाडौं । अभिनेता रमेश उप्रेतीले चितवन पुगेर रवि लामिछानेको पक्षमा भोट मागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज चितवनको नारायणी तिरमा आयोजना गरेको चुनावी सभामा पुगेका उप्रेतीले रवीमा राजनेता बन्न सक्ने क्षमता रहेको दाबी गरेका थिए । उनले वर्षौ देखि देशले र...
चितवन पुगेर दिपाश्रीले भनिन्– रवि दाई तपाई ढुक्क भएहुन्छ काठमाडौं । कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चितवन पुगेर रवि लामिछानेको पक्षमा भोट मागेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज चितवनको नारायणी तिरमा आयोजना गरेको चुनावी सभामा पुगेकी निरौलाले आफु रविको फ्यान भएको भन्दै घण्टीमा भोट हाल्न आह्वान गरेकी हुन् । उन...
विगतका निर्वाचनमा बुथ कब्जा हुने गरेका स्थानमा हवाईगस्ती गरिने काठमाडौं । निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ । आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनकुमार थपलियाले स्वाभाविक रुपमा शतप्रतिशत मत खसे म तबदर गरी उक्त केन्द्रमा पुनः मतदान हुन...
मतदातालाई असर गर्नेगरी सुकुम्बासी बस्ती हटाउन मिल्दैनः निर्वाचन आयोग काठमाडौं । निर्वाचन आयोगले मतदातालाई असर गर्नेगरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने जनाएको छ । आयोग कार्यालयमा बिहीबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदातालाई असर गर्नेगरुी सुकुम्बासी बस्ती हटाउन नमिल्ने जानक...
अमेरिकी पत्रकार जब काठमाडौं क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार अनुप बोहरा नजिक पुगे {भिडियोसहित} काठमाडौं । काठमाडौं २ का स्वतन्त्र उम्मेद्वार अनुप बोहरा क्रस खुकुरी चुनाव चिन्ह प्रतिअन्तराष्ट्रिय सञ्चार माध्यमहरुले विशेष चासो ब्यक्त गरेको छ । झट्ट हेर्दा बामलोकतान्त्रिक गठबन्धनको तर्फबाट १० वर्षे हिंसात्मक युद्धमा प...
निर्वाचनका लागि जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै काठमाडौं । मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै छन् उनी निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लाग्नुभएको नेपालस्थित जापानी दू...
आइपिएलमा खेलाडी रिटेनको समय सकियो, कुन-कुन खेलाडी रिटेन भए र कुन-कुन निकालिए ? काठमाडौं । आइपिएल २०२३ का लागि खेलाडीहरूको रिटेन्सन लिस्ट आइसकेको छ। सबैभन्दा ठूलो खबर सनराइजर्स हैदरावाद क्याम्पबाट आएको छ । जसले आफ्ना कप्तान केन विलियमसनलाई रिलिज गरेको छ। यससँगै पञ्जाब किंग्सले पनि गत सिजनका कप्तान मयंक अग्रवाललाई हटाउन ...
प्रदीप खड्काले दीपक बोहरालाई मागे भोट भैरहवा । अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का राप्रपाका उमेदवार दीपक बोहोरालाई मतदान गर्न आग्रह गरेका छन् । ‘दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुने छन्,’ भैरहवामा आइपुगेका उनले भनेका छन्, ‘बोहराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु । लुम्बिनी क्...
अछाममा भूकम्पको धक्का अछाम । अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जना...
धादिङमा नौ जनाले मात्रै बुझाए हतियार धादिङ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्षित सुरक्षा समितिको आग्रहपछि धादिङका नौ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यालय र नजिकको प्रहरीचौकीमा हतियार बुझाएका हुन् । निर्वाचनलाई र भयरहित बनाउन जिल्ला सुरक्षा समितिले सम्बन्धित ...
‘८४ सञ्चार माध्यमद्वारा आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण’ काठमाडौँ । आसन्न निर्वाचन लक्षित गरी प्रेस काउन्सिल नेपालले गरेकोे आचारसंहिता विशेष अनुगमनमा ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको पाइएको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गत...
निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका १३ कार्यकर्ता पक्राउ बागलुङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का १३ नेता कार्यकर्तालाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । मंगलबार कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको को...
वैदेशिक रोजगार विभागका नायब सुब्बा ३२ हजार घुससहित पक्राउ काठमाडौं । वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ३२ हजार घुससहित पक्राउ पर‍ेका छन् । वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई...
दाङ १ः मेटमणीलाई शान्ताको चुनौती, शान्तालाई गंगाको डर काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्र रहेको दाङ जिल्लाका तिनवटै क्षेत्रमा रोचक प्रतिष्पर्धा हुँदै छ । अझ दाङ जिल्लाको राप्ती उपत्यकासँग जोडिएको क्षेत्र नम्बर १ को चुनावी दौड हेर्न लायकको छ । यस क्षेत्रमा तिन पूर्व एमाले फरक–...
गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धिः प्रचण्ड लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन् । बहुमतले गठबन्धनलाई जिताउँदा प्रदेशदेखि सङ्घसम्म गठबन्धनकै बलियो सरकार रहने उनको...
ग्लोबल आइएमई र बैंक अफ काठमाडौं बीच मर्जर समझदारीमा हस्ताक्षर, मुलुककै ठूलो बैंक बन्दै काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेडबीच एक आपसमा गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटे...
अब पोखराबाट पनि बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने, सातामा तीनदिन बनारस जाने काठमाडौं ।  बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि साताको तीनदिन बनारस उडान भर्ने बुद्ध एयरले जनाएको छ । सोमबार विज्ञप्ति निकालेर बुद्ध एयरले आउँदो जनवरीबाट पो...
किन एलन मस्कले ट्विटर प्रयोगकर्ताहरूसँग माफी मागे? काठमाडौं । आइतबार एक ट्वीटमा, ट्विटरका नयाँ मालिक एलन मस्कले माइक्रोब्लगिङ वेबसाइट ‘अत्यधिक ढिलो’ भएकोमा प्रयोगकर्ताहरूसँग माफी मागेका छन्। एक ट्विटमा मस्कले भनेका छन्, ‘धेरै देशमा ट्विटर निकै ढिलो भएकोमा म माफी चाहन्छु।’ यसपछि उनले ढिलो हुनुको प्राविधिक कारण बताए । यस...
दार्चुलामा दुई गठबन्धनका कार्यकर्ताबीच झडप धनगढी । दार्चुलामा सत्तारुढ गठबन्धन र बाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचार÷प्रसारका क्रममा दुई समूहबीच भएको विवाद पछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए । झडपमा ...
उच्च मनोबलकासाथ चुनावमा केन्द्रित हुन महानिरीक्षक अर्यालद्वारा युनिट कमाण्डरहरुलाई निर्देशन काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल वाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पुरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् । भर...
निर्वाचन प्रचारप्रसार अब पाँच दिन बाँकी काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भे...
दलहरुले समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरेः पूर्व राजदुत उपाध्याय काठमाडौं । पूर्व राजदुत दीपकुमार उपाध्यायले नेपालका राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा उनले दलहरूले समानुपातिक प्रणालीलाई आसेपासेको भर्ति केन्द्र बनाएको भन्दै  ...
विमानस्थलको सुरक्षासहित आठ सय स्थानमा सेना खटियो, १ सय ४३ टोली तयारी अवस्थामा काठमाडौं । सेनाले एक सय छ महत्वपूर्ण संरचना, कारागार, विमानस्थलको सुरक्षा जिम्मा लिएको छ । नेपाली सेनाले दिएको जानकारी अनुसार त्यसका अतिरिक्त अन्य स्थानको पनि सुरक्षा जिम्मा लिने तयारी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी चुनावी प्रयोजनको ...
थुनामा पठाउने आदेशविरुद्ध पल शाह उच्च अदालत गए काठमाडौं । आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् । नवलपुर अदालतले  बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा ...
काठमाडौं–३ः एमालेका राई र कांग्रेसका चालिसेबीच प्रतिस्पर्धा, चालिसेलाई गठबन्धनकै डर काठमाडौं । मुलुकमा अहिले चुनावी रौनक बढेको छ । चुनावको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ३ मा पनि चुनावी माहौल बढेको हो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो क्षेत्रमा पुराना र नयाँ नेताबीच मुख्य प्रतिस...
एनआरएनएले डोटी भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले डोटीमा भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने ...
आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट गर्छुः अध्यक्ष दाहाल गोरखा।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताएका छन्। चुनावी प्रचार–प्रसारका क्रममा आज बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभाल...
सर्वोच्च अदालतद्वारा ‘नो नट अगेन’ अभियान कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको ...
मालपोत कार्यालय डिल्लीबजारका कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग...
अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य गर्योः बार एसोसिएसन काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य गरेको नेपाल बार एसोसिएसनले निष्कर्ष निकालेको छ । गत मंगलबार टंगालस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले विशेष अदालतको न्याय सम्पादनप्रति असन्तुष्...
टी–२० विश्वकपको फाइनलमा पुग्यो इंग्ल्याण्ड, भारत १० विकेटले पराजित काठमाडौं । इंग्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको एडिलेट ओभलमा आज भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्डले विश्वकपको फाइनलको यात्रा तह गरेको हो । टस जितेर भारतलाई व्याटिङको निम्तो दिएको इं...