content
stringlengths
31
27.4k
७२ लाख रुपैयाँ अवैध रकमसहित बोर्डरबाट पक्राउ परे सुभाष नेपाल । स्रोत नखुलेको ७२ लाखसहित १ नेपाली पक्राउ परेका छन् । नेपाल–भारत सीमा सुनौलीबाट सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको हो । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजा...
३० हजार रुपैयाँ घुस लिएकी कम्प्युटर अधिकृतलाई भ्रष्टाचार मुद्दा काठमाडौं । सेवाग्राहीसँग रंगेहात घुस रकम सहित पक्राउ परेकी कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत उनले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा उनले सेवाग्राहीसँग घुस म...
सबै सरकारी कर्मचारीले पुरा बाहुला भएको लुगा लगाउन मन्त्रालयको आग्रह ​​​​काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कर्मचारी पुला बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ । मुलुकभर फैलिएको डेंगुको प्रकोपबाट बच्न सबै कर्मचारीलाई यस्तो बताएको हो । जसअनुसार कर्मचारीहरुलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिव...
दिउँसै खुकुरी हान्दै हिँड्ने ब्लोन पक्राउ मकवानपुर । मकवानपुर प्रहरीले दिउँसै खुकुरी हान्दै हिँड्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१२ सिक्रेनी बस्ने जोनसागर ब्लोन रहेका छन् । उनले सोही स्थानका २६ वर्षीय बिरन घिसिङलाई खुकुरी हानेको थियो । ब्लोनलाई प्रहरील आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । जोनसा...
५४ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम काठमाडौं । ५४ जना प्रहरीे ट्राफिक नियन्त्रण तालिम लिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले तालिम १४४ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । सोही कार्यालयमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट...
१६ वर्ष अघि साथीको जन्मदिन मनाउदा परेको थियो फाईट, कतारबाट पक्राउ परे मगर काठमाडौं। काठमाडौं प्रहरीले ज्यान मार्ने उद्योगमा फरार रहेका एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विसं २०६३ साउन २ गते काठमाडौं महानगरपालिका–३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार ...
सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प महानगरले गरायो बन्द {भिडियो} ललितपुर। ललितपुर महानगरपालिकाले लगनखेल बसपार्क नजिक सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प बन्द गराएको छ । आइतबार महानगरको टोलीले केहि संरचना हटाई तारजाली लगाएर पम्प बन्द गराएको हो । सार्वजनिक जग्गामा रहेको उक्त पम्प खाली गर्न पटक पटक स...
एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय झण्डा आधा झुकाइने (भिडियो) काठमाडौं । सरकारले बेलायती महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहा...
गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो’ सार्वजनिक, सिंगल शटमा खिचियो भिडियो काठमाडौं । विभिन्न लोकप्रिय गीतहरुका गायक सञ्जिव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो । आफूले गाउने गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो’ मा पनि केही नयाँ प्रयोग गरेका छन् । संगीतकार वसन...
१५ वर्षीया किशोरी अर्धचेत अवस्थामा भेटिईन्, सामूहिक बलात्कार भएको थियो कैलाली । कैलालीको घोडाघोडीमा एक १५ वर्षीया किशोरी अर्धचेत अबस्थामा भेटिएकी छ । उनीमाथि सामूहिक बलात्कार भएको बताईएको छ । घोडाघोडी नगरपालिका १ सुखडमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी किशोरीलाई चार जना युवकले बलात्कार गरेको खुलेको छ । ‘सानो काम ...
राष्ट्रपति किमले घोषणा गरे उत्तर कोरियालाई परमाणु हतियार सम्पन्न देश काठमाडौं । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले आफ्नो मुलुक परमाणु हतियार सम्पन्न देश भएको घोषणा गरेका छन् । यसका लागि उत्तर कोरियाले एक कानुन पास गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले यसबारेमा जानकारी दिएको खबरमा ...
सुन चोरीका आरोपी सरकारी वकिल कार्यालयबाटै फरार देउखुरी । सुन चोरीका आरोपी फरार भएका छन् । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका हुन्। घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल...
आइटी कम्पनीका सञ्चालक साइबर अपराध मुद्दामा पक्राउ काठमाडौं । साइबर अपराध मुद्धामा प्रहरीले ललितपुरबाट एक आइटी कम्पनीका सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीका ५० वर्षीय प्रशन्न पोखरेल रहेका छन् । उनलाई साइबर ब्युरो कार्यालयले पक्राउ गरेको हो। उनी जिनिस सोलुसन कम्पनीका सञ्चालक हुन...
ब्राउनसुगरसहित १ किशोर पक्राउ झापा । प्रहरीले विर्तामोड नगरपालिका–३ बाट प्रतिबन्धित लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ। हिजो बेलुका साढे ५ बजे प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले विर्तामोड५ का १९ वर्षीय कालु दासलाई पक्राउ गरेको हो। उनलाई शंका लागेर चेक जाँच गर्दा निजको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरेको...
कैलालीकी आस्था मोहना नदी किनारमा मृत फेला, चार दिनदेखि हराइरहेकी थिईन् कैलाली । धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था शर्मा मृत अवस्थामा फेला परेकी छिन्। उनको शव नेपाल–भारत सीमामा पर्ने त्रिनगर मोहना नदी किनारमा शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सोमेन्द्र राठौरले जानकारी दिए। उनी ...
लाइसेन्स निकाल्न खेताला बनेकाहरु पक्राउ काठमाडौं । सवारीको लाइसेन्स निकाल्न खेताला बन्नेहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–११ टाँडीका २० वर्षीय मनिष श्रेष्‍ठ, सिन्धुली दुधौली नगरपालिका–४ का २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँपालिका–१ का २४ वर्षीय ईन्द्रबहादुर शाही सिन्धुली दुधौली नग...
क्रिकेटर सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ जारी भएको छ। उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले आज अनुमति दिएको छ। उनीविरुद्ध १ नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ। पीडित किशोरीले उनीविरुद्ध किटानी जाहेरी दिएकी छन्। त्यसबारे अ...
पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर पाेखरा। पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ। पोखरा-९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो। महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो। महेन्द...
काठमाडौंमा मनी एक्सचेन्ज सञ्चालकका २० लाख लुटपाट काठमाडौं । काठमाडौंको म्हैपीमा १ मनी एक्सचेन्ज सञ्चालक लुटिएका छन् । गए राति मोटरसाइकलमा आएको अपरिचित समूहले मनी एक्सचेन्जका सञ्चालक प्रकाश श्रेष्ठको साथबाट २० लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । श्रेष्ठ ठमेलस्थित ओरेन्टल मनी एक्सचेन्जका सञ्चालन हुन् । घटनाबारे काठमाड...
प्रहरीलाई घुस दिन खोजेपछि… काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा १ युवक पक्राउ परेका छन्। प्रहरीले काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई बुधवार राति पक्राउ गरेको हो । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा ८८ प ४७८५ नम्बरको मोटरसाइकल च...
होटल सञ्चालकलाई फोन गरेरै सन्दिपले रुम बुक गरेका थिए काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले काठमाडौंको होटल सञ्चालकलाई नै फोन गरेर रुम बुक गरेको खुलेको छ । होस्टलमा बस्दै आएकी बालिकालाई राति अबेर पारेर सन्दिपले होटलमा लगेको बताईन्छ । पीडितको बयान अनुसार उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् । तर ल...
मध्येरातमा होटल छिरेर ७ घन्टापछि निस्केका थिए सन्दीप काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पीडित बालिकासहित ५ भदौमा राति अबेर होटल काठमाडौं इनमा पुगेको पाईएको छ । मंगलबार सन्दीपविरुद्ध बलात्कारको उजुरी परेपछि अनुसन्धान सुरु गरेको प्रहरीले सन्दीप उक्त होटलमा पुगेको पाईएको हो । होटल पुग्दा सेतो क्याप...
चीनमाथिको निर्भरता घटाउन अमेरिकाले लियो ठूलो कदम, ५० अर्ब डलर लगानी गर्ने निर्णय काठमाडौं । अमेरिकामा बाइडेनको सरकारले सेमीकन्डक्टर उद्योग (कम्प्युटर चिप्स) मा ५० अर्ब डलर लगानी गरेर यस क्षेत्रमा चीनमाथिको निर्भरता अन्त्य गर्ने बताएको छ । अमेरिकाले हाल सेमीकन्डक्टर उत्पादन गर्दैन। अमेरिका विश्वभर बन्ने चिप्सको ३० प्रति...
सन्दिप र पीडित बालिका सिनामंगलको होटल भित्र पसेको फुटेजमा देखियो काठमाडौं । नाबालिग बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै क्रिकेटर सन्दीप लामिछाने विरुद्ध गौशाला प्रहरीमा उजुरी परेको छ । बालिकाले दिएको जाहेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा राति जबरजस्ती बलात्कार गरेको भनिएको छ । प्रहरीले विस्तृत अनुसन्धान थालेको छ ...
प्रहरीले भन्योः सन्दिपले पटक-पटक बलात्कार गर्ने होटलको कोठा नम्बर ३०५ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कारको जाहेरीबारे प्रहरीले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको छ। विज्ञप्तिमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौं ल्याई सिनामंगलको होटल काठमा...
क्लोज क्याम्प सकेपछि पीडितलाई लिएर घुम्न निस्केका थिए लामिछाने काठमाडौं। भदौ ५ गते अघि कप्तान सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्पमा थिए । ६ भदौमा टिम पाँच खेलको टी–२० क्रिकेट सिरिज र एकदिवसीय अभ्यास खेल खेल्नका लागि भनेर क्लोज क्याम्पमा राखेको थियो। सबै खेलाडीले भदौ ४ गतेसम्म अभ्यास गरेका थिए ।...
भारतका सेनाध्यक्षले भेटे प्रधानमन्त्रीलाई काठमाडौं । नेपाल भ्रमणमा रहेकाभारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । आज मंगलबार दिउँसो सिंहदरवारमा पुगेर उनले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् । उनी पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका हुन् । उनले सोमबार राष्ट्रपति विद्...
खैरो हेरोइनसहित ८ जना पक्राउ, १० लाख रुपैयाँ बढी बरामद काठमाडौं । लागू औषध नियन्त्रण व्युरोले खैरो हेरोइनसहित ८ जनालाई पक्राउ गरेको छ । ब्यूरोले आज मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४० दशमलव ५ ग्राम खैरो हेरोईनसहित ३ जना र २४७ ग्राम खैरो हेरोईनसहित ५ जनालाई पक्राउ गरिएको जनाएको छ। पक्राउ पर्नेमा ललितपुर भैसिपाटी...
जसले उपचार गराउन साथी जान्छु भन्थे, उसैको गर्दनमा खुकुरी हाने.. सिन्धुली। १ साउनको दिन थियो । टंक बहादुर उपचारको लागि काठमाडौं जानलाई सबेरै उठेका थिए । उठ्ने बित्तिकै टंकलाई रिंगटा चल्ला जस्तो भयो । मन स्थिर भएन, एक्कासी रिस उठ्यो । रिसकै झोँकमा उनले के सोचे, घरको ढोका छेउमैरहेको सिरुपाते खुकुरी बोकी छिमेकीको घरमा गए। ...
प्रहरीलाई आयो गोप्य सूचना, बरामद भयो १ करोड बढीको सामग्री काठमाडौं । नवलपरासी प्रहरीले १ करोड रुपैयाँ बढीको अवैध सामग्री बरादम गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलमा गरेको सवारीसाधन जाँचका क्रममा अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो। प्रहरीका अनुसार पश्च...
एकै परिवारका ३ जनाको हत्या गर्ने आरोपित सार्वजनिक उदयपुर । जिल्लाको बेलका नगरपालिका–७ गोवाटार बस्ने एकै परिवारका ३ जना सदस्यको हत्यामा संलग्न आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । एकै परिवारका ३७ वर्षीय राज कुमार बस्नेत, उनकै श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीय सुजन बस्नेतको हत्या भएको थियो । धारिलो हतिया...
भारतीय सेनाध्यक्ष मनोज पाण्डे काठमाडौंमा काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी आज दिउँसो नेपाल आएका हुन्। पाण्डे पाँच सदस्यीय टोलीसहित काठमाडौं आइपुगेका हुन्। पाँच दिने भ्रमणमा जनरल पाण्डेले सैनिक मञ्च टुंडिखेलस्थित वीर स्मारकमा श्रद्धा...
ढुंगा गिट्टीको ठेक्का लगाउँदा भ्रष्टाचार, तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं ढुंगा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा तथा ठेक्का लगाउँदा नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको भन्दै बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्...
नक्कली भ्याट बिल जारी गरेका ३ जना विरुद्ध १० करोड रुपैयाँ बढीको मुद्दा दायर काठमाडौं। नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्धा दायर गरेको छ। राजस्व अनुसन्धान विभागले उनीहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौ...
दशैँका लागि हवाई टिकट बुकिङ धमाधम काठमाडौँ। दशैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन्। दशैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ। वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ। उनीहरु आफन्त र मान्यजनबाट टिका तथा आशि...
मासिक ३० हजार कमाई हुने भन्दै भारत पुर्‍याएर ६ लाखमा मृगौला बेच्ने ४ जना कारागार चलान काठमाडौं जबरजस्ती भारत पुर्‍याएर मृगौला बेचेको आरोप लागेका ४ जना कारारगार चलानभएका छन् । काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश सुनाएसँगै उनहरु कारागार चलान भएका हुन्। उनीहरुले नुवाकोट छहरेका एक युवकलाई ...
उपत्यकाको विभिन्न ३ स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ काठमाडौं । काठमाडौं प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट अबैध लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट २ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ४९ एम्पुल फेनारगन, ४९ एम्पुल नुर्फिन र ४९ एम्पुल डाईजेपाम समेत बरामद गरेको...
जुवाखालबाट नगदसहित १५ जना पक्राउ बर्दिया । प्रहरीले बर्दियाको जुवाखालबाट १५ जना जुवाडेलाई पक्राउ गरेको छ । मधुवन नगरपालिका–४ माचड चोकमा रहेको सोमई थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरीसमेत रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढोढर...
पोखराबाट मुस्ताङ उडेको समिट एयरको विमानको इन्जिनमा खराबी देखिएपछि… पोखरा । पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको विमानको इन्जिनमा खराबी देखिएको छ । विमानमा खराबी देखिएपछि पुनः पोखरा नै फर्काइएको छ। पोखरा विमानस्थलबाट बिहान ७ बजेर ५९ मिनेटमा उडेको थियो । विमानमा खराबी देखिएपछि ७ मिनेटमै पोखरा फर्काएर आपत्कालीन अवतरण ...
११ जनाको डाँका समूह र प्रहरीबीच मध्यराति गोली हानाहान काठमाडौं । बाराको एक ग्याँस कम्पनीमा लुटपाट गर्न पुगेका डाँका समूह र प्रहरीबीच मध्यराति गोली हानाहान भएको छ । बारा प्रहरीले उक्त घटनामा संलग्न डाँका समूहका २ जना सदस्यलाई नियन्त्रणमा लिएको छ । जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहिस्थित ग्यास सिलिण्डर बनाउने एरोटेक प्र...
गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छः प्रधानमन्त्री देउवा काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान ...
सरकारले समयमै होसियारी अपनाएकाले अर्थतन्त्र लयमा आयोः अर्थमन्त्री शर्मा काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारम...
प्रकाश चलचित्रले सम्झाएको सेतो भैंसी २०५५ सालको जेष्ठको दोश्रो हप्ता तिरको कुरा हो, म ६ बर्षको थिएँ। साँझ पर्न लागेको बेला आफ्नो मातहतमा भएका बाख्रालाई गोठमा बाधेँ, अनि भोलि पनि तिनै बाख्रासँग जंगल जाने बाचा गरेर घरमा पसेँ। आँगन पुग्दा नै मिठो बास्ना आयो। घरमा मासु पाक्दैछ भन्ने थाहा पाएँ। सायद आमाले कसौंठीमा मासु भुट्...
अन्डरवर्ल्ड डन दाउद इब्राहिम कहाँ छन् भन्नेबारे उनका भाइ इकबालले खुलासा गरे काठमाडौं । धेरै आतंकवादी घटना गराउने दाउद इब्राहिम कहाँ लुकेका छन् ? यी प्रश्नहरू अक्सर उठ्छन्। धेरै पटक उनी पाकिस्तानमा लुकेर बसेको भनिन्छ । तर अहिले एनसीबीको सोधपुछमा उनका भाइले दाउद कहाँ छन् र कसरी आफ्नो कालो कारोबार गरिरहेका छन् भन्ने बताएक...
सेरेना विलियम्सले ४०० वटा हीरा जडित जुत्ता लगाएर युएस ओपन टेनिस म्याच खेलिन् काठमाडौं । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स अहिले वर्षको अन्तिम ग्रान्ड स्लाम प्रतियोगिता यूएस ओपन २०२२ मा भाग लिदै छिन्। उसले आफ्नो पहिलो खेलमा शानदार जित हासिल गरिन्, जुन यादगार बनेको छ। यो खेल जितभन्दा हीराको कारण चर्चामा छ । वास्तवमा २३...
हतकडी लगाएका व्यक्ति नदीमा हाम फालेर फरार धनगढी । कैलालीमा एक व्यक्ति हत्कडि सहित नदीमा हामफालेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका–४ का २८ वर्षीय शंकर चौधरी हत्कडि सहित नदीमा हाम फालेर फरार भएका हुन् । फरार भएका चौधरीलाई उनका बुबा शम्भु चौधरीले कुटपिट गरेको अभियोग लगाएपछि प्रहरील...
फिनल्यान्डकी प्रधानमन्त्रीप्रति ऐक्यबद्धता जनाउदै विश्वभरका महिलाले सेयर गरे नाचेको भिडियो हेलसेन्की। फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिन यस हप्ता आलोचनामा परेपछि विश्वभरका महिलाहरूले सामाजिक सञ्जालमा ऐक्यबद्धता देखाउँदै आफूले नाचिरहेको भिडियो सेयर गरेका छन्। उनी साथीहरूसँग मातेको अवस्थामा नाचेको भिडियो सामाजिक सञ्...
गृहमन्त्रीको पिएसओ कार्कीमाथि अनुसन्धान काठमाडौं । नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालिएको स्पष्ट पारेको छ । केही दिनदेखि छापा तथा अनलाइनमा ‘सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति ...
बालकोट पुगिन् ओलीकी छोरी! मुगु । मुगु जिल्लामा प्रधानमन्त्रीकि छोरी भनेर चिनिने एक बालिका काठमाडौंस्थित बालकोट पुगेकी छन् । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका वडा नं ८ माग्रींमा बस्दै आएकी उनलाई पूर्वप्रधामन्त्री केपी शर्मा ओलिले अभिभाकत्व ग्रहण गरेका थिए । उनै ठिल्ले साङमु लामा गत बुधबार बालकोट पुगेकि हुन् । कर्णाली ...
‘महापुरुष’ बाट डेब्यु गर्दै अरुण क्षेत्री काठमाडौं। हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ । नयाँ पोस्टर सार्वजनिक गर्दै टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको छ । सार्वजनिक क्यारेक्टर पोस्टरमा अरुणले बाइक कुदाउँदै गरे...
पूर्वन्यायाधीशलाई अन्य नागरिकसरह स्वतन्त्रता काठमाडौं। सर्वोच्च अदालतले न्यायाधीश वा पूर्वन्यायाधीशलाई आमनागरिकसरह विचार एवं अभिव्यक्ति राख्ने स्वतन्त्र रहने ठहर गरेको छ । चार पूर्वप्रधानन्यायाधीशले संसद् विघटन विषयमा सार्वजनिक रूपमा धारणा राखेपछि यस विषयमा परेको रिट सुुनुवाइ गर्दै ‘पूर्वन्यायाधीश आफ्ना धारणा राख्न स्व...
पानीको भाँडोमा डुबेर सोलुखुम्बुको बालिकाको मृत्यु सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका-३ चौलाखर्कमा पानीको भाँडोमा डुबेर एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लोक बहादुर भुजेलकी तीन वर्षीया छोरी सौगात रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आइतबार साँझ घरमा कोही नभएको समयमा आँगनमा राखिएको पान...
नेपालको राजनीतिमा ‘म’वादी सँस्कृति बढ्यो : अध्यक्ष नेपाल काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टी सदस्य लिँदा लिएको प्रतिबद्धतालाई नभुल्न आग्रह गरेका छन् । नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । पार्टीमा आबद्ध हुने क्रममा क्रान्तिकारी बन्ने, दे...
कोभिडबाट तपाइँ अहिलेसम्म बचिरहनुभएको छ भने किन ? जान्नुहोस् पाँच कारण काठमाडौं । तपाईको परिवारमा वा साथीभाइमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित नभएको कोही हुन सक्ने सम्भावना छ । तपाईलाई लाग्न सक्छ कि उनीहरूसँग या त महाशक्ति छ वा उनीहरूलाई थाहा छैन कि कसरी कोभिड परीक्षण राम्रोसँग गर्ने। तर सम्भावना यो छ कि या त तिनीहर...
लमजुङको घनपोखरामा जीप दुर्घटना, १० जना गम्भीर घाईते लमजुङ । लमजुङको मस्याङ्दी गाउँपालिका-२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १० जना गम्भीर घाईते भएका छन् । बेसीसहरदेखि घनपाेखरा जाँदै गरेकाे ग १ ज ७४१७ नम्बरको जीप घनपाेखराकाे भाचेस्थित सडकबाट बीस मिटर तल खसेकाे थियाे । दुर्घटनामा परि १५ जना घाईते भएका छन् । घाई...
पदक विजेता खेलाडी र सदस्य सचिवबीच भेटवार्ता काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका छन् । भेटवार्ता गर्नेमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् । ४ स...
काबुल र वरपर तालिबान शासनको एक वर्ष कस्तो रह्यो लिस डुसेट, काबुल (बीबीसी) । काबुल अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि तपाईँले याद गर्ने सबैभन्दा पहिलो कुरा राहदानीमा छाप लगाइरहेका खैरो स्कार्फ र कालो लुगा लगाएका महिलाहरू हुन्। एक वर्ष अघि देश छोड्न आतुर मानिसहरूको भीडले भरिएको यो हवाई क्षेत्र अहिले शान्त र सफा छ। यहाँ अह...
अमेरिकाको टेक्सासमा बिकिनीमा बोल्ड स्वस्तिमा अभिनेत्री स्वस्तिमा खड्का यतिबेला अमेरिकामा छिन् । अमेरिकाको टेक्सासस्थित समुद्र किनारमा स्वस्तिमाले ‘बीच थेरापी’ लिइरहेको तस्वीर सार्वजनिक गरेर इन्टरनेटको गर्मी बढाएकी छिन् । पछिल्लो साय चपली हाइट ३ र चिसो मान्छे प्रदर्शनमा आएपछि स्वस्तिमा फुर्सदमा छिन् । यो समयको सदुपयोग ग...
डेब्यु खेलमै दुई गोल गरेकी दीपा प्लेयर अफ दी म्याच काठमाडौं। नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेको दुई गोल प्रेरित डन बस्को फुटबल एकेडेमीले शनिबार भारतको केरेला महिला लिगमा पहिलो जित निकालेको छ। पहिलो जित निकाल्ने क्रममा दीपाले महत्त्वपूर्ण दुई गोल गरेपछि डन बस्कोले इमिरेट्स सकर क्लबलाई ५–२ ले हर...
एमालेलाई बहुमतबाट रोक्न मात्रै गठबन्धनको हल्ला भइरहेको छः केपी ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् । लोकतान्तित्रक शेर्पा सँघद्वारा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशल...
लम्पी भाइरसका कारण १७ हजार गाइ मरे काठमाडौं । भारतमा पछिल्लो एक महिनामा १७ हजार भन्दा बढी घरपालुवा जनावरहरू लम्पी छाला रोगका कारण मरेका छन् र मर्ने जनावरमा जसमा धेरैजसो गाईहरू छन् । यो घातक भाइरसले गुजरात, राजस्थान र पञ्जाबलगायत देशका ८ राज्यमा गाईवस्तु मारिरहेको छ । लम्पी भाइरसका कारण गुजरातमा मात्रै दूधको उत्पादन दैन...
केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डा नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीले सो घोषणा गर...
प्याराग्लाइडिङ उडानकै क्रममा पत्रिका विमोचन गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा (कँडेल) ले पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुन नदिन आफूले सक्दो पहल गर्ने बताएका छन् । सराङ्कोटबाट प्याराग्लाइडिङ उडानकै क्रममा ‘टुरिजमपाना’ मासिक पत्रिकाको आज विमोचन गर्दै उनले पर्यट...
महावीर पुनले अमेरिकामा भने- यसकारण नेपालमा नै आविष्कार गरौं इलिनोइ, अमेरिका। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले नेपालमा आविष्कार गरेर नेपालको अर्थतन्त्र तथा नेपालीहरुको जीवनस्तर उठाउनुपर्ने कुरा बताएका छन्। उनले आविष्कार गरेपछि त्यसको उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले नयाँ कुराको खोज र...
बेहोस भएका विद्युतका कर्मचारीको मृत्यु नुवाकोट । नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको खेल खेल्ने क्रममा बेहोस हुँदा ज्यान गएको छ । फुटसल खेल्ने क्रममा विद्युत प्राधिकरण चौघडा सवस्टेसनका कर्मचारी कृष्ण राइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । लिखु गाउँपालिका-४ चौघडा घर भएका २९ वर्षीय राई व...
सल्यानमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु सुर्खेत । जंगली च्याउ खाँदा सल्यानमा एक बालिकाको मृत्यु भएको छ । सल्यान शारदा नगरपालिका–४ साइला कम्दकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका चारमध्ये बालिकाको प्रदेशिक अस्पताल सुर्खेतमा शनिबार दि...
नेकपा विभाजनको मूल कारण को हो, डा सापकोटाको पुस्तकले भन्छः माधव नेपाल काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा विभाजनको मूल कारण को हो भनेर लेखक डा ढाकाराम सापकोटाको पुस्तक (दस्तावेज)ले स्पष्ट पारेको बताएका छन् । राजधानीमा आज आयोजित डा सापकोटाको ‘नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एक...
तोकिएकै मितिमा निर्वाचन गर्न सक्षम छौंः निर्वाचन आयोग काठमाडौैं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न आफूहरु सक्षम रहेको जनाएको छ । बिहीबार सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेलगत्तै आयोगले गरेको पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग...
अल जवाहिरीको लाश खै ? अमेरिकाले मृत्युको पुष्टी कसरी गर्‍यो ? काठमाडौं । गत वर्ष अराजकताको अवस्थामा अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गरेपछि राष्ट्रपति जो बाइडेनले तालिबान शासित अफगानिस्तानलाई आतंकवादीहरूको सुरक्षित आश्रयस्थल बन्न नदिने वाचा गरेका थिए। जब बाइडेनले यो भने उनको नियत स्पष्ट थियो कि दशकौंदेखि आतंक...
सरकारी शिक्षक कागती खेतीमा रमाउँदा… तुलसीपुर। दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ-बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त हुन्छन्। दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम उहाँको बारी बन्ने गरेको छ। शान्तिनगर गाउँपालिका–४ गिधनिया निवासी उनले आफ्नो छ कठ्ठा जग्गामा कागती र केराखेती गरेका छन्। शान्ति...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन चितवन। नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ ।मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविध...
धनगढीका स्वतन्त्र मेयर गोपाल भक्तपुर नगरपालिकामा भक्तपुर । स्वतन्त्र रूपमा काठमाडौं महानगरपालिकामा मेयर पदमा विजयी बालेन्द्र शाहपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गर्न कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र रूपमा विजयी नगर प्रमुख गोपाल हमाल बुधबार भक्तपुर पुगेका छन् । भक्तपुर नगरपालिकाकाको शिक्षा, ...
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् । लु भोली साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँ...
उपत्यकाको फोहर बिहीबारदेखि पुनःव्यवस्थापन हुने काठमाडौँ। एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर भोलि (बिहीबार)देखि पुनःव्यवस्थापन हुने भएको छ। सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न सकेको थिएन। बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोह...
फरेन्सिक विज्ञसहित संसदीय छानबिन समितिको बैठक सुरु काठमाडौं । अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभीको फुटेजमाथि विश्लेषण गर्न विज्ञसहितको संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । मंगलबार बिहान बसेको बैठकले विज्ञसहित बोलाएर नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट अध्ययन गर्नुपर्ने निष्कर्ष निकालिएको...
इटहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका–१२ रिलायसमा आज बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरेका २१ वार्षीय रुपेश दाहाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराट शिक्षण अ...
विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी काठमाडौं। विशेष अदालतले गरेका चारवटा फैसलामाथि छानबिन गर्न भन्दै न्यायपरिषद्मा उजुरी परेको छ । पछिल्लो समय न्यायमा मोलाहिजा गरेको भन्दै न्यायाधीशहरू धमाधम कारबाही परिरहेका बेला विशेष अदालतको फैसलालाई लिएर छानबिन गर्न भन्दै उजुरी परेको हो । उजुरीकर्ताले उच्च सरकारी ...
मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न आयोगले सुरु गर्यो गृहकार्य काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न गृहकार्य सुरु गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रुपबाट सम्पन्न गर्न मतदानस्थ...
अब दलहरुले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैनः सहरी विकासमन्त्री चौधरी काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरुले मानसिकता बदल्न जरुरी भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार होटेल र्‍याडिसनमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्...
चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति देखियोः महासचिव पोखरेल सुर्खेत । नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताएका छन् । सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी...
दुर्लभ चुच्चे ह्वेल समुद्री किनारमै देखिन थाले, वैज्ञानिकहरू चिन्तित आम्सटर्डम । विशेषगरी गहिरो समुन्द्रमा पाइने धेरै अनौठो र विरलै देखिने चुच्चे ह्वेलहरू नेदरल्यान्ड्सको किनारको छेउमा भेटिएका छन् । एसओएस डल्फिन फाउन्डेसनका अनुसार जुलाई १९ मा नेदरल्यान्ड्सको समुद्री तटमा तीनवटा चुच्चो ह्वेलहरू फेला परेका थिए । उक्त ह्व...
‘एक नेपाली, एक पर्यटक’ अभियान सञ्चालन गर्न चेम्बरको प्रस्ताव काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी र पर्यटक भित्र्याउन ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग प्रस्ताव गरेको छ । नवनियुक्त राजदूत अर्यालसँग आज भएको छलफलमा चेम्बर पदाधिकारीले ओमानमा रहेका प्रत्येक नेपालीले एक ओमानी नागरिक भित्र्याउने वाताव...
धार्मिक तथा पर्यटकिय स्थल मनकामना मन्दिर {फोटो फिचर} काठमाडौं । गोरखा जिल्लामा अवस्थित मनकामना मन्दिर नेपालको एक महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थल हो । आफ्नो मनले चिताएको मनोकामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले यो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहिआएको छ । मनकामना मन्दिर, गोरखा जिल...
दश महिनामा दुई खर्ब २३ अर्बभन्दा बढीको बैदेशिक सहायता प्रतिवद्धता प्राप्त काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले २ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ बैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । प्राप...
कांग्रेस महामन्त्री थापा भन्छन्- अब सरकारको बचाउ गर्न सकिँदैन काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए । ‘म पार्टीको कार्यशैली हेर्दा सन्तुष...
डिसी नेपालले मनायो १५ औँ वार्षिक उत्सव {भिडियोसहित } काठमाडौं। डिसी नेपाल प्रा.लिले १५ औँ वार्षिक उत्सव मनाएको छ। स्थापना कालदेखि नै पाठक, दर्शक र स्रोता माझ विश्वासनिय छवी बनाउँदै आएको डिसीले आज भव्यताका साथ १५ औँ वार्षिक उत्सव मनाएको हो। सो अवसरमा संस्थामा आवद्ध सम्पूर्ण पत्रकारहरुलाई प्रोत्साहन स्वरुप सम्मान पनि गरे...
चरनबाट घर लैजाँदै बाख्रा वेनी। म्याग्दीको धवलागिरि गाउँपालिका– ७ धारापानीमा चरन क्षेत्रवाट बाख्रालाई घर लैजाँदै गरेका स्थानीय कृषक ।
श्रीलंका कसरी विनाशको हदसम्म पुग्यो, अवस्थाको जिम्मेवार परिस्थिति वा सरकार ? काठमाडौं । छिमेकी राष्ट्र श्रीलंकामा सिंगो व्यवस्था ध्वस्त भएपछि जनताले विद्रोह गरेका छन् । राष्ट्रपति-प्रधानमन्त्रीको घर हजारौं जनताको कब्जामा छ । ठूला नेता घटनास्थलबाट बेपत्ता छन् र देशमा यस्तो अराजकताको अवस्था छ कि अब के हुन्छ भन्ने न जनताल...
बहिनी बस चलाउने, दिदी भाडा उठाउनेः छोराछोरी गाडी नचलाउन भन्छन्, दिदी बहिनी मान्दैनन् बुटवल । त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्थिन् कपिलवस्तुकी निमा सारु । उनको सपना थियो–साँच्चै ठूलो भएपछि गाडी कुदाउने । सीप भए जुनसुकै पेसाबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण उ...
सरकारको कार्यशैलीबारे शेखर पक्षले केन्द्रीय समिति बैठकमा समीक्षा गर्ने काठमाडौं । नेपाली का‌ग्रेसको शेखर कोइराला पक्षले सोमबार सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएको छ । आइतबार काठमाडौंको विशालनगरमा बसेको बैठकले केन्द्रीय समिति बैठकमा सरकारको कार्यशैलीको गम्भ...
गृहमन्त्रीज्यूले भ्रूण हत्या गर्नुभयोः शेरबहादुर तामाङ काठमाडौं । प्रमुख प्रतितपक्षी दल एमाले सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिने सरकारी निर्णयलाई भ्रूण हत्यासँग तुलना गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई ...
घरमा बेम्बो प्लान्ट रोप्दै हुनुहुन्छ ? यसरी बनाउनुहोस् माटो काठमाडौं । गुड लक प्लान्ट भनेर चिनिने बेम्बो प्लान्टलाई सुख, शान्ति र समृद्धिको प्रतीक मानिन्छ। यही कारणले गर्दा मानिसहरू यसलाई घरमा राख्न रुचाउँछन्। बजारमा सजिलै पाइने भए पनि यसलाई जोगाइ राख्न भने सजिलो छैन । वास्तवमा, यो रोप्नको लागि माटोलाई राम्ररी तयार गर्...
तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैनः वर्षमान पुन काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । बजेट निर्माणको अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिको प्रवेश गरेको भनिएको विषयमा छानबिनका लागि प्रतिनिधिसभाले आज मात्रै विशेष संसदीय समि...
आगामी आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा काठमाडौं । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद(ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।
काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्यो, एसएलआरको गोली लागेर सुरक्षाकर्मीको मृत्यु काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा गोली चलेको छ । लैनचौरस्थित दूतावासको परिसरभित्र गोली चलेको हो । गोली एसएलआर राइफलबाट चलेको बताइएको छ । त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मीले आफूले बोकेको एसएलआर राइफलबाट आफैंलाई गोली हानेको स्रोतल...
फूलहरूलाई के हिउँद के बर्खा (फोटोफिचर) निरन्तरको झरिका कारण बर्खायाममा फुल विरलै देखिन्छ । तर, काठमाडौंका केही बगैँचा भने सिजनल फूल फूलहरुले सधैँ सुन्दर देखिन्छन् ।
अमेरिकी डलरको भाउमा उछाल, आज फेरि नयाँ उचाइमा काठमाडौं। अमेरिकी डलरको भाउ हालसम्मकै महंगो भएको छ। डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ थप कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहिबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२६ रुपैयाँ...
१४ वर्षीय किशोरीलाई यौन गतिविधिमा संलग्न गराएको आरोपमा ६ जना पक्राउ काठमाडौं । ताप्लेजुङमा एक १४ वर्षीय किशोरीलाई केही होटल सञ्चालक यौन गतिविधिमा संलग्न गराएको आरोपमा ६ जना पक्राउ परेका छन् । किशोरीलाई होटल सञ्चालकहरु मिलेर पालैपालो यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले अनुसन्धानक...
त्रिभुवन विमानस्थल अध्यागमनको सर्भर डाउन  हुँदा उडानमा ढिलाई, यात्रुलाई सास्ती काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको सर्भरमा समस्या आएपछि अन्तर्राष्ट्रियतर्फका उडान प्रभावित भएका छन् । बुधबार दिउँसो अध्यागमनको सर्भर डाउन भएपछि नेपालबाट भारतलगायत तेस्रो मुलुक जाने विदेशी तथा स्वदेशी यात्रु ...
सप्तकोसीमा पानीको बहाव बढ्यो राजविराज । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोसी ब्...