content stringlengths 31 27.4k ⌀ |
|---|
वालुवाटारमा गठबन्धनको बैठक जारी काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ। वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेकाे हाे।
स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो। १७ चैतमा बसेकाे गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय ... |
चुनावी तालमेलकाे माेडालिटी तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै काठमाडौं। सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलकाे माेडालिटी तयार गर्नेबारे छलफल हुने भएकाे छ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतकाे दुई दिने औपचारिक भ्रमण गरेर... |
तीन डीआईजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा काठमाडौं। प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध दायर रिटको पेसी आज पनि तोकिएको छ।
आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो। तर, हेर्न ... |
भरतपुर महानगरको प्रमुख पद माओवादी केन्द्रलाई नछाड्ने चितवन कांग्रेसको निर्णय चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा कांग्रेसको उमेदवार रहनेगरी गठबन्धनका दलहरुबीच चुनावी तालमेल गरिने नेपाली कांग्रेस चितवनले निर्णय गरेको छ ।
पार्टी कार्यालय कमलनगरमा आज (आइतबार) बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी बैशाख ३० गते हुने ... |
सैनिक कल्याणकारी कोषको सम्पति रु ६४ अर्ब काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब रु ६४ अर्ब पुगेको जानकारी दिएका छन् । विसं २०३२ मा रु एक करोड २४ लाख एक हजारबाट स्थापना भएको सैनिक कल्याणकारी कोषको रकम माघ मसान्तसम्म आइपुग्दा रु ६३ अर्ब ९७ करोड २६ लाख ६० हजार पुगेको बताए ।
राजदल गण... |
देश चिनाउने माध्यम खेलकुद होः मन्त्री आले बारा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको बताएका छन् । आज बाराको सिमरामा आयोजना गरिएको १२ औँ जीतपुर सिमरा गोल्डकप २०७८ को समापन समारोहमा मन्त्री आलेले देशको नामलाई विश्वव्यापी रुपमा चिनाउन र नागरिक ... |
राष्ट्रपति भण्डारीबाट घोडेजात्रा अवलोकन काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । सो अवसरमा उनले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमशः उपसेनानी श्रीवत्स सिलवाल र सहसेनानी प्रवीण लामिछाने तथा शो–जम्पका ... |
मेलम्चीको पानी काठमाडौँ लैजाने प्रक्रिया अन्तिम चरणमाः मन्त्री चौधरी काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्ने बताएका छन् । आज हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर... |
मतपत्रको परीक्षण छपाइ सुरु काठमाडौं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ सुरु भएको छ ।
मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकीन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यसैबीच प्रमुख निर्वाचन आयुक्त दिन... |
गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छः मन्त्री बडू काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली सङ्घ (एनआरएनए)ले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।
बुधबार काठमाडौँमा सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै उनले संवैधानिक व्यवस्थानुसार न... |
निर्वाचन आयोगबाट राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । आयोगले १७ बुँदै निर्देशन दिएको हो ।
आयोगले भनेको छ, ‘नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३, निर्वाचन आयोगको तेश्रो पञ्चवर्षीय रण... |
नेपाल प्रहरी र सशस्त्रमा पेन्सन १६ वर्षमा झार्न प्रस्ताव काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा जवान र हवल्दारको १६ वर्षमै पेन्सन बनाउने प्रस्ताव गृह मन्त्रालयबाट स्वीकृत भएको छ ।
प्रहरी प्रधान कार्यालयले १६ वर्षेमै पेन्सन पाउने व्यवस्थाका लागि अगाडि बढाएको प्रस्तावमा गृहमन्त्री वालकृष्ण खाणले सहमति जनाएका छन् ।... |
ठेकेदारले स्थानीय तह निर्वाचनमा लड्न नपाउने काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको व्यक्तिलाई उम्मेदवार हुन नपाउने निर्णय गरेको छ ।
बैठकपछि आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ... |
स्थानीय निर्वाचनः उम्मेदवारले मनोनयन पत्रसहित १८ बुँदे मापदण्ड पालना गर्दैै स्वघोषणापत्र बुझाउनु पर्ने काठमाडौं । निर्वाचन आयोगले आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका उम्मेदवारले मनोनयनपत्रसहित स्वघोषणापत्र पनि बुझाउनुपर्ने जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै... |
गठबन्धनका दलहरूसँंग चुनाव लड्न हामीलाई मज्जा आउँंदैन: ओली भक्तपुर । एमालेका अध्यक्ष केपी ओलीले सरकारमा रहेका राजनीतिक दलहरूले अबको चुनावमा गठनबन्ध गरेर गए मात्रै एमालेसम्म भिडन् सक्ने भन्ने सही कुरा बुझेको, तर उनीहरूले गठबन्धन गर्दा पनि एमालेलाई हराउन नसक्ने रहेछ भन्ने कुरा बुझन बाँंकी भएको बताएका छन् ।
गठनबन्धन गरे पन... |
२४औँ वार्षिकोत्सवको अवसरमा रिपोर्टर्स क्लबद्वारा विभिन्न विधाका पुरस्कार घोषणा काठमाडौं । रिपोर्टर्स क्लब नेपालले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा वितरण गर्ने विभिन्न विधाका पुरस्कार घोषणा गरेको छ । क्लबले यही चैत १७ गते काठमाडौँमा आयोजना गर्ने विशेष समारोहका बीच ती पुरस्कार वितरण गर्ने जनाएको छ ।
यस वर्षको कृष्णप्रसाद... |
प्रचण्डलाई भेट्न एनआरएनए नवनिर्वाचित पदाधिकारी खुमलटारमा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए ।
भेटका अवस... |
देशको अर्थतन्त्र संकटतर्फः केपी ओली बुटवल । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् । बढ्दो महंगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको उनको भनाइ छ ।
एमालेले लुम्बिनीमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ... |
श्रीलङ्कामा परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्... |
सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन्ः अध्यक्ष ओली चन्द्रौटा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने बताएका छन्।
कपिलवस्तुको तौलिहवामा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरे । नेपाली ... |
‘स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पुर्याउँदै छन्’ ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पुर्याएर सेवा गर्दै आएको बताएका छन् । ललितपुर महानगरपालिका–२८ को वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उनले पहिलो पटक अधिकार सम्पन्न भएको ... |
भारतले महाकाली नदीमा एकतर्फी तटबन्ध बनाएकोप्रति एमालेको ध्यानाकर्षण काठमाडौं । एमालेले भारतले दार्चुलाको महाकाली नदीमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयमा सरकारको ध्यानाकषर्ण गराएको छ । एमाले स्थायी कमिटी बैठकले दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली नदी किनारमा भारतले निर्माण गरिरहेको स्थायी तटबन्धको विरोध ज... |
विआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।तीन दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता गरेका हुन् ।
‘अध्य... |
‘केपी बा आइ लभ यु’ भनेर कम्युनिष्ट पार्टी चन्दैनः अध्यक्ष नेपाल गुल्मी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीले पार्टीलाई प्रालि जस्तो बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा केपी बा आइ लभ यु भन्न सिकाएकाले अहिलेको अवस्था सृजना भएको आरोप लगाएका छन् ।
केपीले पार्टी निर्माणमा योगद... |
एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश कमिटीले पायो पूर्णता काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ । नेकपा एसले पार्टीका ३१ वटा केन्द्रीय विभाग र ७ वटा प्रदेश कमिटीलाई पूर्णता दिएको हो ।
केन्द्रीय विभागमध्ये सम्मानित नेता झलनाथ खनालले विदेश विभागको जिम... |
शेरबहादुरजी धोका दिने मान्छे होइन, गठबन्धन हुन्छः माधवकुमार नेपाल काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्याधिक विश्वास रहेको जनाएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राखेको सर्त ... |
पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश, म्यानेजर जोशी एक लाख धरौटीमा रिहा काठमाडौं । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका नायक पूर्ण विक्रम शाह (पल शाह)लाई तनहु जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहिबार शाहलाई ... |
पल शाह प्रकरणः थुनछेक बहस सकियो, आदेश आजै आउने तनहुँ । नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए ।
उनी भन्छन्, ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’ उनका अनुसार जा... |
चुनावमा होमिएका राजनीतिक दल बल्ल घोषणपत्रको तयारीमा काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलका नेता, कार्यकर्ताहरु यति बेला चुनावी अभियानमा केन्द्रित छन्।
चुनावी परिणाम आफू अनुकूल बनाउन ठूला पार्टीका ठूला नेतादेखि सबै साना दलहरु तीब्र रुपमा प्रचार प्रसारमा लागेका छन्। तर देश... |
विवेकशील साझाको मिलन पाण्डेपक्ष बिभिन्न दलसँग गठबन्धन गर्दै अघि बढ्ने काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
रवीन्द्र मिश्र पक्षले पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको, तथा पार्टीको विधान संशोधन गरेको निर्णयविरुद्ध... |
सात दिनभित्र बक्यौता रकम तिर्न एयरलाइन्सलाई प्राधिकरणको अल्टिमेटम काठमाडौं । पटकपटक ताकेता गर्दा पनि केही एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारबाही गर्ने भएको छ । प्राधिकरणले हाल सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने विभिन्न सात एयरलाइन्सलाई कारबाहीको तयारी गरेको हो । ... |
यस्तो छ प्रधानमन्त्री देउवालाई चुनावकै मुखमा भवन उद्घाटन गर्नुपर्ने कारण काठमाडौं । पछिल्ला केही दिनयता विभिन्न जिल्लामा आयोजित कार्यक्रममा व्यस्त बनेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चाँडै तनहुँ जाँदैछन् ।
नुवाकोट, रामेछाप, दोलखा र काभ्रेमा आयोजना गरिएका कार्यक्रममा सहभागी भएका देउवा १० चैत... |
भिक्षुलाई साढे ६ करोडको चिठ्ठा पर्यो, हजारौं मानिसलाई लाइन लगाएर सबै पैसा बाँड्दैछन् काठमाडौं। थाइल्याण्डका एक जना बौद्ध भिक्षुलाई १८ मिलियन भाट (६ करोड ५८ लाख रुपैयाँ) बराबरको लट्री पर्यो । त्यसपछि उनले आफूले जितेको पैसा मानिसहरुलाई बाँड्न सुरु गरे । यी भिक्षुले आफूले जितेको पैसा स्थानीय मानिसहरु, अन्य मन्दिरहरु र वि... |
माथिल्लो तामाकोसीले पैदा गरेको आत्मविश्वासः स्वदेशी लगानीमा सम्भव छ ठूला परियोजना काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासँग जोडिएको सबै काम सम्पन्न भएको छ । स्वदेशी लगानीको राष्ट्रिय गौरवको आयोजना ११ वर्ष लगाएर निर्माण सम्पन्न भएको हो । ऊर्जा एवं देशको भौतिक विकासका जानकारले यस आयोजनालाई नेपाली मोडलको एक ‘विश्व... |
कांग्रेसले गठबन्धनभन्दा पनि धेरै सिट जित्न महत्व दिन्छः कांग्रेस प्रवक्ता डा.महत नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउने भन्ने विषयलाई केन्द्रमा राखेको बताएका छन् । कांग्रेसले सबैभन्दा बढी सिट कसरी हास... |
कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट हुने (तालिकासहित) काठमाडौं। कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । सोही आधारमा बोर्डले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ ।
जेठ १६, १७ र १८... |
स्थायी शिक्षकको परीक्षा दिन जाँदा परिचयपत्र पनि देखाउनुपर्ने काठमाडौं । स्थायी शिक्षकको परीक्षाका लागि परीक्षार्थीले अब प्रवेशपत्रसँगै परिचयपत्र पनि देखाउनुपर्ने भएको छ । शिक्षक सेवा आयोगले चैत १५ देखि २१ गतेसम्म गर्न लागेको लिखित परीक्षामा प्रवेशपत्रसँगै आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य गरेको हो ।
शिक्षक सेवा आयो... |
कतारको प्रदर्शनी मेलामा नेपाली अलैंची ताप्लेजुङ । नेपालमा उत्पादन गरिएको अलैंची कतारको राजधानी दोहाको प्रदर्शनीमा राखिएको छ । पाँच दिनसम्म सञ्चालन भएको कतार एस्पोमा नेपाली अलैंची प्रदर्शन गरिएको हो ।
दोहामा पाँच दिन सञ्चालन भएको कतार एक्पो सम्पन्न भएको छ । त्यस एस्पोमा नेपाली अलैंची प्रदर्शनीमा राखिएको हो । फुङलिङ नगरप... |
युक्रेनमा ज्यान गुमाउने रूसी सैनिकका परिवार के भन्छन् ? स्टीभ रोजेन्बर्ग, मस्को (बीबीसी) । एलेक्सेन्ड्रा तथा एन्टोनिना गिर्जाघरमा एउटा शवपेटिका छ। रुसको राष्ट्रिय झण्डाले बेरएको उक्त पेटिकामाथि एउटा टोपी र एउटा तस्बिर छन्।
मिखाइल ओर्चिकोभ मोटर राइफल ब्रिगेडका सहकमान्डर थिए। युक्रेनमा भएको सैन्य कारबाहीका क्रममा उनको मृ... |
युक्रेनमा रूसी सेना कमजोर हुँदै, खाद्यान्नलगायत आधारभूत सामग्रीको अभाव काठमाडौं । रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमण जारी राख्न सङ्घर्ष गरिरहेको बेलायती रक्षा मन्त्रालयको पछिल्लो गुप्तचर आकलनले जनाएको छ।
“युक्रेनमा कमजोर हुँदै गएको रुसी आक्रमणलाई खाद्य सामग्रीको समस्याले घेरिरहेको छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ।
सैनिक... |
लमजुङमा पर्यटकले एकआपसमा रङ दलेर मनाए होली लमजुङ । लमजुङमा विदेशी पर्यटकले एकआपसमा रङ दलेर होली पर्व मनाएका छन् । अन्नपुर्ण पदमार्गको प्रवेशद्धार लमजुङको सदरमुकाम बेसीशहरमा रंग दलेर शुभकामना साटासाट गरी होली मनाएका हुन् ।
फ्रान्सबाट नेपाल घुम्न आएकी इभानले पनि होली पर्व रमाइलो लागेको बताईन् । उनले भनीन् आफुले दुई तीन व... |
पर्यटन प्रवद्र्धनका लागि मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्छः मन्त्री आले काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।
फागु पूर्णिमा (होली पर्व)का अवसरमा आज ज्यापु समाज यल ललितपुरले आयोजना गरेको संस्कृ... |
नेपालबाट विद्युत निर्यातका लागि भारतसँग संवाद भइरहेको छः मन्त्री भुसाल काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको बताएकि छिन्। उनले जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई आह्वान पनि गरिन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपा... |
जलवायु परिवर्तनले महिला र वालवालिकामा गम्भिर असर पारेको छः मन्त्री रेग्मी काठमाडौं । नेपालले जलवायु परिवर्तनका कारणले तापक्रममा वृद्धिको असरले हिमाली शृङ्खलाहरुमा हिउँ पग्लिँदै गएको र त्यसले नदीहरुमा सुक्खापनको वृद्धि भएकाले जनजीवनमा गम्भीर असर पारेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गरेको छ ।
जलवायु परिवर्त... |
स्थानीय तह निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ ।
यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ । एक भन्दा बढी राजनीत... |
संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ सच्याउन माग काठमाडौ । नेपालको सञ्चार क्षेत्रका जानकारहरुले हालैको ‘संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै त्यसलाई सच्याउन माग गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ डिजिटल तथा अनलाइन विभागको आयोजना र अनलाइन ट... |
किर्ते बिल बनाई अनियमितता गर्ने चार कर्मचारी निलम्बित ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालको फार्मेसीमा औषधीको किर्ते बिल बनाएर अनियमितता गरेको विषय बाहिरिएसँगै चार जना कर्मचारी निलम्बित भएका छन् । अनियमितताबारे यथार्थता नआउँदासम्मका लागि अस्पतालको फार्मेसी फाँटमा कार्यरत चार जना कर्मचारीलाई निलम्बन गरिएको हो ।
अस्पताल... |
कुलोको समिति गठन गर्ने भनि एमाले प्रवेश गराएकोमा माओवादी नेताको आपत्ति (विज्ञप्तिसहित) दाङ। माओवादी केन्द्रका चारजना नेताले कुलोको समिति गठन गर्ने भनेर एमाले प्रवेश गराएकोमा आपत्ति जनाएका छन्। तुलसीपर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्न भनेर हस्ताक्षर गराएर एमाले प्रवेश गराएको भन्दै उनीहरूले आपत्ति जनाउ... |
एन्टी डोपिङ अभियानलाई सार्थक तुल्याउँछौँः मन्त्री गहतराज
काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने बताएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी खेलकुदमा एन्टी डोपिङसम्बन्धी १७औँ एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा मन्त्री गहत... |
एमसीसी बारेको भ्रम चिर्न कांग्रेसले तयार पार्यो पुस्तक काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी सम्झौताबारे प्रष्ट पार्न पुस्तिका प्रकाशन गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ शीर्षकको पुस्तकनै प्रकाशन गरेर यसबारेको भ्रम चिर्न लागेको हो ।
अमेरि... |
राप्रपाले गठन गर्यो भूतपूर्व सैनिकहरुलाई समेटेर संगठन काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा_ले भूतपूर्व सैनिक कर्मचारीहरुको संगठन बनाएको छ । भूतपूर्व सैनिक कर्मचारीहरुलाई समेटेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपाले भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको हो ।
परिषद् घोषणा सभालाई सम्बोधन गर्दै राप... |
आज मध्यरातदेखि संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस सरकारकाे सिफारिसमा राष्ट्रपतिले संसदकाे अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमाेदन गरेको थियो । |
नेपाली बजारमा पेट्रोलको मूल्य ह्वात्तै घट्ने संकेत, रुससँग सस्तोमा तेल किन्न भारत तयार काठमाडौं। युक्रेनमा आक्रमणका कारण युरोपेली संघले रुसबाट तेल र ग्यास आयातमा कटौती गर्ने निर्णय गरेको छ । बेलायतले पनि यो वर्षको अन्त्यसम्म रुसी तेलबाट छुटकारा पाउने फैसला गरेको छ । अमेरिकाले पनि रुसबाट आयात गरिने तेल र ग्यासमा प्रतिबन... |
अब केवलकार चढेर सराङकोटबाट ‘सनराइज’ हेर्न सकिने पोखरा। पाेखरामा बनेको अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा अाउनले भएकाे छ। १ चैत १ देखि सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो। पोखरा–१८, सेदीदेखि सराङकोट जोड्ने केवलकार फागुन पहिलो सातादेखि नियमित सञ्चालनमा आ... |
उत्कृष्ट १० तस्वीरलाई रु १०\१० हजार नगद प्रदान गरिने काठमाडौं । साँस्कृतिक संस्थानले देशका मौलिक वेषभूषा, गरगहना, जीवनशैली, रहनसहन, रीतिरिवाज, संस्कार, चाडपर्व, जात्रा, जातीय एवं साँस्कृतिक महत्वका विभिन्न तस्वीर समेटेर ‘साँस्कृतिक तस्वीर पुस्तक’ प्रकाशन गर्न लागेको छ ।
संस्थान स्थापनाको स्वर्ण महोत्सव (असार ५) का अवसर... |
नेपालका कम्युनिष्ट पार्टी अमेरिकी साम्राज्यवादीका दलाली बनेः मोहन वैद्य काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले नेपालका कम्युनिष्ट पार्टी अमेरिकी साम्राज्यवादीका दलाली बनेको आरोप लगाएको छ ।
२५-२९ फागुनसम्म चलेको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्र, एकीकृत समाजवादी... |
साउदी अरबका राजकुमार भोलि नेपाल आउने
काठमाडौं । साउदी अरबका परराष्ट्रमन्त्री भोलि नेपाल आउने भएका छन्।
परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा साउदी अरबका परराष्ट्रमन्त्री तथा राजकुमार फैसल विन फरहान अल साउद दुई दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।
भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैस... |
रूसका १२ हजार सैनिक मारिए किभ (बीबीसी) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्।
एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएका छन... |
ऐतिहासिक नेपाल-जापान सम्बन्धः नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा काठमाडौं । सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि ज... |
प्रेस चौतारी नेपालको महाधिवेशनमा एघार पत्रकार सम्मानित पोखरा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट विभिन्न ११ जनालाई सम्मान गरेका छन् । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज पोखरा सभागृहमा भएको उद्घाटन समारोहमा उहाँले नगदसहित दोसल्ला र सम्मान... |
पर्यटन मन्त्री आलेद्वारा उपचारका लागि आर्थिक सहयोग प्रदान काठमाडौ. । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि खुट्टाको समस्या भएर उपचार गर्न नसकेका डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । आज शुक्रबार मन्त्रालयमा... |
नेपाल बारको अध्यक्षमा आठ जनाको उम्मेदवारी काठमाडौं। नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता... |
के चीनले रूसलाई सहयोग गर्न सक्छ ? मस्को (बीबीसी) । रुसले युक्रेनमा आक्रमण गरेपछि उसलाई एक्लो पार्न अमेरिका, ईयू र ब्रिटेनले जस्तै प्रतिबन्धहरू लागु गर्नका निम्ति अस्ट्रेलियाले चीनलाई आग्रह गरेको छ।
प्रधानमन्त्री स्कट मरिसनले रुसबाट थप गहुँ किन्न चीनले गरेको हालैको सम्झौताको आलोचना गरेका छन्।
उनले त्यसले रुसलाई “आर्थिक ... |
क्यासिनोले बुझाए रु ८७ करोड रोयल्टी काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आजसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८७ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जान... |
पुरुषप्रधान सोचका मान्छेहरूसँग लड्न अत्यन्तै अप्ठेरो छः नेविसंघ महामन्त्री उर्मिला थपलिया नेपाली कांग्रेसको भ्रातृसंघ नेपाल विद्यार्थी संघ (नेविसंघ)की महामन्त्री उर्मिला थपलिया एक दिन मात्रै तामझामको साथ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुभन्दा पनि समाजलाई महिला हिंसामुक्त बनाउने बाटोमा लाग्नुपर्ने बताउँछिन् । महि... |
यही हुन् माओवादी केन्द्रका प्रस्तावित केन्द्रीय सदस्यहरू (नामसहित) काठमाडौं। माओवादी केन्द्रले केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जना केन्द्रीय सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् ।
समानुपातिक र खुलतर्फ दलित पुरुषतर्फबाट
शंक... |
युरिक एसिडको दुखाइबाट तत्काल छुट्कारा पाउन यसो गर्नुहोस् काठमाडौं । पछिल्लो समय युरिक एसिड आम समस्या जस्तै बनिरहेको छ । यरिक एसिडका पीडाबाट धेरै मानिसहरु गुज्रिरहेका छन् । के हो त युरिक एसिड ? । युरिक एसिड रगतमा पाईने एक प्रकारको पदार्थ हो । या भनौं हामीले खाने खानाबाट आउने प्युरिन ब्रेकडाउन हुँदै गएपछि बन्ने प्रोडक्ट ... |
भौतिक पूर्वाधार मन्त्री यादवद्वारा लामोसाँघु जिरी सडकखण्डको निरीक्षण काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव नेतृत्वको टोलीले लामोसाँघु जिरी सडक खण्ड र सडक डिभिजन कार्यालय चरीकोटको आज निरीक्षण गरेको छ । टोलीले सडकको अवस्था, सुधारका मापदण्ड, कालोपत्र, पिच गर्दा प्रयोग गरिएका वस्तुगत सामग्री र गुणस्त... |
आगलागीको घटनाप्रति वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक रामचन्द्र पौडेलले दमौलीमा भएको आगलागीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । आईतबार साँझ तनहुँको दमौली आइपुगेका पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन्... |
भिसा र टिकटबिनै जहाज चढेको घटना छानबिन समितिले बुझायो प्रतिवेदन काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिना पासपोर्ट र टिकट विमानसम्मै पुगेको घटनाबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
९ फागुन राति विमानको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्स... |
आगलागीको घटनाप्रति श्रममन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त
तनहुँ । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा आइतबार बिहान आगलागीको घटनाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुःख व्यक्त गरेका छन् ।
आगलागी भएको केही समयपछि आगो निभाउन सिम्रिक एयरको हेलिकप्टरबाट दमौली आइपुग्नुभएका मन्त्री... |
बैंकिङ कसुरमा दोषी ठहर भएका श्यामसुन्दर घिमिरे पक्राउ काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भएका काभ्रे पाँचखाल–९ का ३६ वर्षीय श्यामसुन्दर घिमिरे पक्राउ परेका छन् ।
गत २८ मंसिर र २७ माघमा उच्च अदालत, पाटन ललितपुरले उनलाई बैंकिङ कसुरमा २६ लाख रुपैयाँ जरिवाना र आठ दिनको कैदको फैसला सुनाएको थियो ।
तर, फरार रहँदै आएका उनलाई आइ... |
युद्ध अपराध के हो ? रूसमाथि किन अनुसन्धान गरिँदैछ ? लण्डन (बीबीसी) । रुसले सर्वसाधारणमाथि हमलाहरू गरेका आरोपसँगै युक्रेनमा सम्भावित युद्ध अपराधमाथि एउटा अनुसन्धान शुरू गरिएको छ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युद्ध अपराध, मानवता विरुद्धका अपराध र नरसंहार माथिका आरोपमा प्रमाण जुटाउने काम भइ... |
१ करोड डलर टाउकोको मूल्य तोकिएका तालिबान नेता सिराजुद्दीन हक्कानी पहिलो पटक सार्वजनिक काठमाडौं। अफगानिस्तानका अन्तरिम गृहमन्त्री र तालिबानका बरिष्ठ नेता सिराजुद्दीन हक्कानी पहिलो पटक सार्वजनिक रुपमा देखिएका छन् । पाकिस्तानी अखबार डनका अनुसार हक्कानी उक सरकारी कार्यक्रममा सहभागी भए र उनका केही तस्वीरहरु पनि सार्वजनिक भए... |
प्रेस चौतारीको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशमा नयाँ नेतृत्व चयन काठमाडौं । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार भएको प्रथम संयुक्त अघिवेशनले चारै प्रदेशमा नयाँ नेतृत्व चयन गरेको हो । बागमती प्रदेशको अध्यक्षमा शरद सापकोटा, उपत्यकाको अध्यक्ष... |
मधेस र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु जनकपुरधाम ।आजदेखि घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो... |
सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको छः गृहमन्त्री खाँण रुपन्देही । बालकृष्ण खाँणले सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाको ६३औँ वार्षिक साधरणसभामा मन्तव्य राख्दै गृहमन्त्री खाँणले भने “निजी क्षेत्रप्रति राज्यले गरेको भरोसा... |
पुटिनको चेतावनी- थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस् काठमाडौं । युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् ।
उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन् ।
यो टिप्पणी त्यतिबेला आएको ह... |
लेखा समितिको २१औँ वार्षिक प्रतिवेदन पारित काठमाडौं । सार्वजनिक लेखा समितिले आफनो २१औँ वार्षिक प्रतिवेदन पारित गरेको छ । सभापति भरतकुमार शाहले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन समितिको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
समितिले वर्षभरी गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने उद्देश्यले तयार गरिएको मस... |
राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छः नेता सिंह काभ्रे। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद्बाट एमसिसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन्।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजना गरेको नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमिति... |
गृहमन्त्री खाँणसँग अमेरिकी राजदूत बेरीको शिष्टाचार भेट काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज उहाँहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन विषयमा केन्द्रित... |
राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत भएका छन् । अध्यक्ष थापाले पार्टी विधानअनुसार १६ जनालाई केन्द्रीय पदाधिकारीमा मनोनीत गरेको सो पार्टीका प्रवक्त सुरेश आचार्यले जानकारी दिए ।
राप्रपा परित्याग गरी लाक्पा तामाङले गठन गरेको राप्रपा नेपालको नेतृत्व स... |
कालीगण्डकी करिडोरको बागलुङखण्ड कालोपत्रको पर्खाइमा
बागलुङ । दश मिटर चौडा भएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्ड बजेट अभावमा कालोपत्र रोकिएको छ ।
बागलुङको मालढुङ्गादेखि जैमिनी नगरपालिका–८ छिस्तीको पालुङ्खोलासम्म ४८ किमी खण्डको वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ । करि... |
युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न गैरआवासीय नेपाली संघको आग्रह काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न आग्रह गरेको छ ।
‘अझै पनि केही साथीहरु युक्रेनपट्टिको समस्याका कारण पोल्याण्ड प्रवेश गर्न सक्नुभएको छैन । हामीले उहाँहरुलाई सुरक्षित रुपमा पोल्याण्ड प्रवेश गराउने कोशिस जारी र... |
युक्रेनबाट हिँडेर पोल्याण्डको सिमानामा पुगे नेपाली नागरिक (भिडियाे) पाेल्याण्ड । अहिले रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । यो युद्धले गर्दा युक्रेनीले मात्र नभएर युक्रेनमा बसोबास गर्ने नेपाली नागरिकहरुले पनि दुख पाएका छन्। युक्रेनमा भइरहेको युद्धले युक्रेन छोडेर पोल्याण्डको सिमाना पुगेका नेपालीहरुको अवस्था बुझ्न गैर ... |
एमसीसी अनुमोदनसँगै गठबन्धन र सरकार टिकिरहने निश्चित भयो : प्रचण्ड काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र वर्तमान सरकार टिकिरहने निश्चित भएको बताएका छन् ।
खुमलटारस्थित आफ्नै निजी निवासमा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरेर अध्यक्ष प्रचण्डले आइतबार संस... |
वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु, गाउँपालिकामा शोक बिदा तनहुँ । देवघाट गाउँपालिका–३ का तनहुँका वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार वडा कार्यालय सकेर घर फर्किंदै गरेका आलेको भिरबाट खसेको अवस्थामा आज ... |
चितुवाको छालासहित तीन पक्राउ बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैजनाथ गाउँपालिका–५ बाट चितुवाको छालासहित स्थानीय यमबहादुर विश्वकर्मा तथा बर्दियाको मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक ... |
मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा यस्तो छ काठमाडौं । सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको व्याख्यात्मक टिप्पणी पारित गरेको छ।
संसद भवनमै बसेको मन्त्रिपरिषद्क... |
प्रतिनिधि सभाको आगामी बैठक बुधबार बस्ने आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो । सभामुख सापकोटाले आगामी बैठक १८ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् । |
प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरे िछिन् ।
नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकि हुन् । मन्त्रिपर... |
उपत्यकामा एकैदिन १३ सय ९६ जना चालकमाथि कारवाही काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३९६ जना चालकमाथि कारवाहीग गरेको छ ।
शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ७५ जना, मदिरा... |
विदेश जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क काठमाडाैं। सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।
यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ स... |
कांग्रेस-एमाले नेताहरुबीच बालकोटमा छलफल सुरु काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पुनः भेटवार्ता हुँदैछ । वार्ता अघि एमाले र कांग्रेसका नेताहरुबीच बालकोटमा वार्ता सुरु भएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीक... |
चितवनमा नयाँ प्रजातिको ‘सल्ने बगेडी’ चरा फेला चितवन । जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती क्षेत्रस्थित शिव मन्दिर नजिकै सिसौको बोटमा सल्ने बगेडी चरा फेला परेको हो ।
नेपाल पक्षी विद् सङ्घ बागमतीका संयोजक वासु विडारीका अनुसार हिमाली क्षेत्रमा पाइने यो चरा चितवनमा पहिलो प... |
दुई अनलाइन कालोसूचीमा, विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी काठमाडौं । प्रेस काउन्सिलले पत्रकारिताको आचारसंहिता प्रतिकूल हुने गरी समाचार सामग्री सम्प्रेषण गरेको भन्दै दुई अनलाइन समाचार पोर्टललाई कालोसूचीमा राखेको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार नेपाल आज डट कम र सगरमाथाखबर डट कमलाई कालोसूचीमा रा... |
गठबन्धनका बारेमा कांग्रेस गम्भीर देखियोः प्रदीप ज्ञवाली काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गर्न सहयोग मागेको बताएका छन् ।
शुक्रबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा... |
फेरि बालकोट पुगे देउवा काठमाडौं । एमसीसीका विषयमा अन्यौलता बढ्दै गएसँगै विभिन्न राजनीतिक दलका नेताहरूले छलफललाई तीव्रता दिन थालेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।
उनी पार्टी उपसभापति पूर्ण बहाद... |
अभिनेत्री रश्मिका मन्डन्नाको फेसन र स्टाइलमा फ्यान फिदा एजेन्सी। आफ्नो उत्कृष्ट अभिनय र ग्ल्यामरस स्टाइलका लागि परिचित अभिनेत्री रश्मिका मन्डन्नालाई नेशनल क्रसको ट्याग दिईएको छ। फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि उनको फ्यान फलोइङ निकै बढेको छ । सामाजिक सञ्जालमा उनको पछिल्लो तस्विरको प्रतिक्षामा फ्यानहरु छन्। यी सुन्दर अ... |
सञ्चालकद्वारा सहकारीका ६ करोड हिनामिना, ठगी कसुरमा अनुसन्धान सुरु काठमाडौं काठमाडौं को पुरानो बानेश्वरस्थित एक सहकारीका सञ्चालकले बचतकर्ताको रकम आफन्तको नाममा राखी हिनामिना गरेको पाइएको छ । उनीहरुले भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थामार्फत बचतकर्ताबाट उठाएको रकम आफ्ना परिवारका सदस्यका नाममा जम्मा गरी रकम दुरुपयोग ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.