content
stringlengths
31
27.4k
उपत्यकाको प्रदूषित खानेपानीले हैजा काठमाडौं । उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा...
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायौँः उपसभापति खड्का सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनमा नेकपा एमालेको भन्दा एक लाख ५० हजार मत बढी ल्याएको बताएका छन् । सुर्खेतमा आइतबार जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले एमालेले भन्दा डेढ लाख बढी मत ल्याएको बताएका हुन् । ‘हामीलाई जनताले ल...
डिसी नेपालले ‘Happy Group’ संग बिताएको ‘पहिलो प्रहर’ {फोटो फिचर} काठमाडौं । भनिन्छ जो धेरै हाँस्छ उ धेरै बाँच्छ । यस्तै स्वस्थ्य बाँच्नका लागि भक्तपुरको ‘Happy Group’ ले शारिरिक मानसिक थकानबाट मुक्तिको उपाय खोज्दै प्रत्येक शनिबार भक्तपुर वरपरका विभिन्न स्थलहरुमा हिडेर यात्रा (हाइकिङ) गर्ने गरेको छ । यहीँ हाइकिङको यो पट...
निर्वाचन गर्न कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको विकल्पसहित प्रस्ताव काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय गर्न सरकारलाई एक वा दुई चरणमा निर्वाचन गर्न दुवै विकल्प दिएको छ । आयोगले एकै चरणमा गर्ने हो भने कात्तिक अन्तिमको मिति प्रस्ताव गरेको छ भने दुई चरणमा गर्दा कात्तिक अन्तिम र ...
राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ: विरोध खतिवडा काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका विरोध खतिवडाले राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्री पद छाड्ने बताएका छन् । पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले राष्ट्रिय सभाबाट बज...
काठमाडौं महानगरले ल्यायो चालू आर्थिक वर्षभन्दा करिब ७ अर्ब धेरै बजेट काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७९र८० का लागि काठमाडौं महानगरकी उप प्रमुख सुनिता डंगोलले सो बजेट प्रस्तुत गरेकी हुन् । महानग...
वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचन नियुक्त काठमाडौं । नेपाल वायुसेवा निमगको महाप्रबन्धकमा निगमकै वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई नियुक्त गरिएको छ । सरकारले उनलाई महाप्रबन्धकमा अस्थायी रुपमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी उनलाई अस्थाय...
रग्बी १५ मा नेपाल आधिकारिक प्रवेश काठमाडौ। कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसंगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ को आधिकारिक खेल खेलेको छ । प्रतिद्धन्दी बंगलादेशको पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकोले दुबै टोली उक्त उपलब्धिका लागि निकै खुशी देखिएको थियो । बंगबन्धु बंगलादेश–नेपाल अन्तर...
नवनिर्वाचित एन्फा अध्यक्षसहित कार्यसमितिले लियो शपथ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले पदभारको शपथ ग्रहण गरेका छन् । नेम्वाङसहितको नयाँ कार्यसमितिलाई बुधबार एन्फा मुख्यालयमा निर्वाचन समितिले शपथ ग्रहण गराएको हो । असार ६ गते भएको एन्फाको निर्वाचनबाट अध्यक्षमा नेम्वाङसहित ...
सामाजिक संजालमा भाइरल यी व्यक्ति को हुन् ? जसलाई मानिसहरूले अमिताभ बच्चन भनिरहेका छन् ? काठमाडौं । एक अफगान शरणार्थीको केही वर्ष पुरानो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो तस्बिर विश्व प्रसिद्ध फोटोग्राफर स्टिभ म्याककरीले आफ्नो सोसल मिडिया ह्यान्डलमा सेयर गरेका छन् । यो तस्बिर सार्वजनिक हुनेबित्तिकै इन्टरनेटमा...
मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन (तस्बिरहरु) काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ । एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको...
सुत्केरी गराउँदा डाक्टरले बच्चाको घाँटी छिनाइदिए, टाउको गर्भमै छोडेर शरीर मात्र बाहिर निकाले काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा चिकित्सकीय लापरवाहीको गम्भीर घटना बाहिर आएको छ । प्रदेशको एक ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले सुत्केरी गराउने क्रममा बच्चाको टाउको काटेर गर्भमै छोडिदिएका छन् । त्यसपछि ३२ वर्षीया हिन...
१ किलो चियापत्तीको मूल्य डेढ लाख रूपैयाँ, असमको सुनौलो चियाले बनायो रेकर्ड काठमाडौं । उत्तरपूर्वी भारतको आसाम राज्य चिया खेतीका लागि प्रसिद्ध छ। असममा एकभन्दा बढी किसिमका चिया खेती गरिन्छ र विश्वभरका क्रेताहरूले महँगो मूल्य तिरेर किन्छन्। भर्खरै भएको लिलामीमा असमको एक किसिमको चियाले नयाँ कीर्तिमान कायम गरेको छ । यस लिल...
फ्लोरल बिकिनीमा उषा उप्रेतीले गरिन् गर्मीलाई च्यालेन्ज, १३ तस्वीरहरु काठमाडौं । टिकटकको छोटो भिडियोबाट चर्चा कमाएपछि पछिल्लो समय म्युजिक भिडियोकी अत्यन्तै व्यस्त मोडल बनेकी उषा उप्रेतीले इन्टरनेटको गर्मी बढाएकी छिन् । उनले फ्लोरल बिकिनीमा स्विमिङ पूलमा फोटोसुट गरेकी छिन् । इन्स्टाग्राममा शेयर गरिएका तस्वीरहरुमा उषा उप्...
अर्थमन्त्री शर्मासँग विश्व बैंकका प्रबन्ध निर्देशकको शिष्टाचार भेट काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोग...
साराको बोल्ड पहिरन, जसका कारण कार्तिक आर्यनले मन थाम्न सकेनन् (१२ तस्वीरहरू) काठमाडौं । बलिउड इन्डस्ट्रीका धेरै यस्ता स्टार छन् जसले छोटो समयमै मानिसको मनमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । यी केही स्टारमा सारा अली खानको नाम पनि आउँछ । त्यसैले पनि उनी हरेक दिन हेडलाइन्सको हिस्सा बन्ने गर्छिन् । सारा हालै मुम्बईको एक का...
निउरो खोज्न जाँदा बेपत्ता भएकी युवती बाघले खाइरहेको अवस्थामा फेला काठमाडौं। चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीको शव बाघले खाएको अवस्थामा फेला परेको छ। भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की रेखा बस्नेतलाई बिहान ७ बजे स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बाघले बेपत्ता बनाएको थियो। उनलाई खोज्...
चितुवाको आक्रमणबाट बालकको मृत्यु दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट आज एक बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट स्थानीय पाँच वर्षीय सुपिम्र रिलामीको ज्यान गएको हो । घरको आँगनमा खेलिरहेको अवस्थामा रिलामी चितुवाको आक्रमणमा परेका हुन् । उनको शव घरभन्दा २०० मिटर टाढाको छपेली सामुदायि...
पोर्चुगल पठाइदिन्छु भनी साढे ३३ लाख ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौं । युरोपेली राष्ट्र पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–४ बालुवाटार घर भई हाल टोखा नगरपालिका–६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका...
के नेपालमा आफ्ना सैनिक राख्ने वातावरण बनाउँदै अमेरिका ? काठमाडौं। अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने इच्छा व्यक्त गरेको छ। पछिल्ला दिनहरुमा अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब पनि दिइरहेको छ। पछिल्लो समय अमेरिकी सेनाको प्यासिफिक कमाण्डका ...
सन्तोषले ल्याए ‘रेला नगरौँ न हौ’ काठमाडौं। पूर्वेली मौलिकताको थेगो ‘रेला नगरौं न हौ’ शीर्षकमा नयाँ वेब शृङ्खलाको निर्माण आरम्भ गरिएको छ । ओमेगा नेपालको प्रस्तुति रहेको यस शृङ्खलामा नेपालमा घट्ने घटनाहरूलाई समेटेर समसामयिक विषयवस्तुमा आधारित रहेर धारावाहिक रुपमा निर्माण गरिने जानकारी प्राप्त भएको छ । यस शृङ्खलाका परिकल्...
भारतकी यी हट मोडललाई देख्दा तपाईं पनि चकित पर्न सक्नुहुन्छ काठमाडौं । विश्वभर भर्चुअल इन्फ्लुएन्सरको बढ्दो संख्याको बीचमा एक भारतीय इन्फ्लुएन्सरले पनि यस क्षेत्रमा प्रवेश गरेकी छिन्। देशको पहिलो भर्चुअल इन्फ्लुएन्सरका रूपमा परिचित कायराले इन्स्टाग्राममा १ लाख फलोअर्स पूरा गर्न लागेकी छिन् । जहाँ उनको तस्बिर र रिललाई मा...
शरीरमा यी ७ चिन्ह भएका महिलाहरु हुन्छन् धेरै भाग्यशाली ! काठमाडौँ। जीवनको हरेक मोडमा भाग्यके साथ दियोस् भन्ने सबैको चाहना हुन्छ । महिला र पुरुष दुवैको शरीरमा केही यस्तो चिन्ह हुन्छ जसलाई भाग्यशाली हुने संकेत मानिन्छ । भौतिक र संरचनात्मक संरचनाको आधारमा शुभ चिन्हको बारेमा पनि जानौं- १. खुट्टामा कोठी – समुद्र शास्त्रका अ...
मुक्तिनाथ मन्दिरको भेटी अब बैंक खातामा बलेवा। हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैंक खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ। प्रभु बैंकले क्यूआर कोड सेवा सुचारु गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवद्र्धन गरिएको हो। नेपाल राष्ट्र बैँक पोखरा कार...
सिद्धूको हत्याको बदला लिन दाउद इब्राहिमका सहयोगीसहित ७ ग्याङ एकजुट, नगद पुरस्कार घोषणा काठमाडौं । कुख्यात ग्याङ्स्टर भूपी राणा पनि पञ्जाबी गायक सिद्धु मूसेवाला हत्या प्रकरणमा जोडिएका छन् । राणाले सिद्धु मुसेवालाको हत्याको बदला लिने बताएका छन् । हत्याराको जानकारी दिनेलाई ५ लाख पुरस्कार दिने पनि राणाले घोषणा गरेका छन् । ...
बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने काठमाडौं । जिल्ला अदालत काठमाडौँले बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिनेगरी भएको अन्तरकालीन आदेश बदर गरेको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले आज यसअघि गत चैत २५ गते बतास समूहका पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो । यो आदेशसँगै उक्त स...
नेपालको अर्थतन्त्र धरासायी हुन सक्छः कमल थापा हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको अर्थतन्त्र कुनै पनि बेला धरासायी हुन सक्ने बताएका छन् । बुधबार राप्रपा नेपालले हेटौंडामा आयोजना गरेको वर्तमान चुनौती र विकल्प विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विदेशबाट आउने रेमिट्यान्स अलिकति मात्रै पनि घ...
विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार, हेर्नुहोस् तस्बिरमा काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ। तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान पौडे १० बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन-एनएइटी विमानमा सवार सबैको दु...
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत ओखलढुंगा । ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको मोलुङ गाउँपालिका ५ बस्ने ४४ वर्षीय तारा नाथ पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती क...
सांसदले सभामुखलाई ताला चाबी बुझाए! काठमाडौं । संसद् बैठकमा सामान्यतः सांसदले जनताका पिर मर्का र विकासका एजेन्डा लिएर सहभागी हुन्छन् । शनिबार भने एक सांसद ताला र चाबी लिएर पुगे । उनी हुन्– नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महत । जुम्ला– १ का सांसद महतले सभामुखलाई उक्त ताला र चाबी बुझाएका छन् । प्रमुख प्रतिप...
युक्रेन-रुस युद्धका यी मुटु कमाउने तस्विरहरूको लागि जिम्मेवार को हो ? काठमाडौं । युद्धले विनाश मात्र गर्छ। युद्धले हिंसा मात्र दिन्छ। युद्धले आँसु मात्रै मिल्छ र छरिएका कुराका निशान मात्र बाँकी रहन्छ । छरिएका सहर होस् वा छरिएका मानिसहरू। शरीर, मन, सोच, जीवन, भविष्य र जीविकोपार्जन… यो युद्धले के मात्र भत्काउँदैन । यो लड...
ताइवानमा आक्रमण गर्ने चीनको योजनाले सनसनी, अमेरिकाले सेना पठाउने काठमाडौं । ताइवानमा आक्रमण गर्ने चिनियाँ सेनाको योजना रहेको अडियो लीक भएपछि यसले सनसनी मच्चाएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि चीनले ताइवानमाथि पनि आक्रमण गर्न सक्ने आशंका अमेरिकाले पटकपटक व्यक्त गरेको छ । अर्कोतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले...
दिपक पासवानको हत्याको आरोपित दुई जना पक्राउ बारा । बाराको जितपुरसिमरा २० निवासी दिपक पासवानको हत्याको आरोपित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा गोठ टोलदेखि करिब ५०० मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा दिपक पासवानको शव प्रहरीले जेठ ६ गते बर...
अमेरिका, अस्ट्रेलिया, भारत र जापानको ‘क्वाड’ सम्मेलन ठिक अगाडि चीनको ठूलो भविष्यवाणी काठमाडौं । जापानको राजधानी टोकियोमा हुने क्वाड सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार जापान पुगेका छन् । उनी बाहेक यस संस्थाका अन्य तीन देश अमेरिका, अष्ट्रेलिया र जापानका राष्ट्र प्रमुखहरु पनि बैठकमा सहभागी हुन...
एशियन अमेरिकी भेलामा बौद्ध हुँदै अमेरिका आएर मेयर बनेको कथा वासिंगटन डिसी। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस प्रमुख अतिथि रहेको एउटा भव्य कार्यक्रममा चीनको तिब्बतबाट शरणार्थी हुँदै नेपालको बौद्धमा आइपुगेको संघर्षको कथा प्रस्तुत गरिएको छ। मे बीस शुक्रबार  वासिंगटन डिसीको जोन अफ क्यानेडी सेन्टरमा एशियन अमेरिकनहरुको एउटा ...
कामपा-२७ मा कांग्रेसका खड्गी विजयी काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय भएका छन्  । खड्गी नेकपा (एमाले) का चिनियामान बज्राचार्यलाई २३८ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन्। खड्गीले एक हजार ५४१ मत प्राप्त गर्दा बज्राचार्यले एक हजार ३०३ मत प्राप्त गरे...
रुसले युक्रेनको मारिउपोललाई पूर्ण रूपमा कब्जा गर्यो काठमाडौं । रुसले महिनौंको लडाइँपछि युक्रेनको तटीय सहर मारियुपोल कब्जा गरेको घोषणा गरेको छ । युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि रूसी अधिकारीहरूले मारियुपोल कब्जाको लागि अन्तिम युद्ध शहरको अजोभस्टल स्टिल प्लान्टमा चलिरहेको बताए। महिनौंदेखि युक्रेनी सेनाले यस प्लान्टमाथिक...
कविलासी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी सर्लाही । कविलासी नगरपालिकामा कांग्रेसका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । कविलासी नगरपालिकाको अन्तिम मत परिणामअनुसार कांग्रेसका उम्मेदवार ब्रम्हदेव राय निकटतम प्रतिस्पर्धी जनता समाजवादीका राम नरेश रायलाई १७८१ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । ब्रम्हदेव...
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी चितवन। रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। मेयरमा कांग्रेसका प्रल्हाद सापकोटा निर्वाचित भएका हुन्। सापकोटाले निवर्तमान उपमेयर समेत रहेकी एमालेकी विमला दुवाडीलाई आठ हजार ७१ मतअन्तरले पराजित गरेका हुन्...
खजाना खोजिरहेको टोलीले भेट्टायो ४ हजार किलो सुन, यसको मूल्य ३० अर्ब रूपैयाँ काठमाडौं । खजानाको खोजीमा जुटेको एक टोलीले हिटलरको समयको ठूलो खजाना फेला पारेको दाबी गरेको छ । खोज टोलीका अनुसार हिटलरको अर्धसैनिक बलले वेश्यालयको रूपमा प्रयोग गरेको दरबारमुनि लुटिएको सुन र बहुमूल्य वस्तुहरूको भण्डार फेला परेको छ। एउटा खजाना खो...
दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो काठमाडौं । निर्वाचन आयोगले दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खसेको जनाएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ...
काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा काठमाडौं।ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधनलाई होल्डमा राखेको छ । उपत्यकाको विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमा २३६ वटा दुईपाङ्ग्रे र २२ वटा चारपाङ्ग्रे रहेका छन् ।काठमाण्डौ उपत्यका...
स्याङ्जाको वालिङमा जीप दुर्घटना, मानवीय क्षति भएकाे आशंका काठमाडौं। स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी मानवीय क्षति भएको छ । घटनाकाे विस्तृत विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। सिक्रेदेखि वालिङतर्फ आउँदै गरेक...
कामपाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान? काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन् । सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्...
अष्ट्रेलियामा बुद्ध जन्मस्थलसम्बन्धि दिग्भ्रम सच्याउने निर्देशक इयान ग्रिन सम्मानित अष्ट्रेलिया । अष्ट्रेलियाको बेन्डिगोमा निर्माणाधिन विश्वकै ठूलो बौद्ध स्तुपामा बुद्ध भारतमा जन्मिएको भनी उल्लेख गरिएको गलत सन्देश हटाइएको छ । लुम्बिनि -कपिलबस्तु विश्वब्यापी अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको आग्रहमा उक्त गलत संदे...
दक्षिण कोरियाको नयाँ सरकार र उत्तर कोरियाली शासक किम जोङ उनबीच टकरावको डर काठमाडौं । कोरियाली प्रायद्वीपको बदलिएको अवस्थामा उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो हतियारलाई नयाँ धार दिन थालेका छन् । उनको कट्टर प्रतिद्वन्द्वी देश दक्षिण कोरियामा कडा कदम चाल्ने वाचा गरेका युन सुक-योलले मंगलबार पदभार ग्रहण गर्दैछन्। दुई द...
राजस्थान रोयल्सलाई झट्का, पत्नीले सन्तान जन्माउने मिति आएपछि हेटमायर घर फर्के काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को सिजनमा राजस्थान रोयल्सले सातौं जित दर्ता गरेको छ । शनिबार भएको खेलमा राजस्थानले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । यो जितसँगै राजस्थानको टोली प्लेअफको दौडमा पुगेको छ तर शीर्ष ४ मा पुग...
मोटरसाइकल दुर्घटनामा ३० वर्षीय युवकको मृत्यु रोल्पा। रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेका छन्। रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नंको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपल...
मौसम : चट्याङसहित वर्षा हुने सम्भावना काठमाडौं । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली...
महाधिवेशन प्रतिनिधी कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थक कारबाहीमा लमजुङ । स्थानीय तह निर्वाचनमा लमजुङमा कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कारबाही गरिएको छ । कांग्रेस र पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कांग्रेस महाधिवेशन प्रतिनिधि जीवनकुमार श्रेष्ठ र द्वारिकाप्रसाद मिश्र कारबाहीमा परेका ह...
सुरक्षा ‘संवेदनशील’ रहेका १७ जिल्लामा निर्वाचन आयोगको केन्द्रीय अनुगमन टोली काठमाडौं । वैशाखमा ३० गतेमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ । तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका ती जिल्लामा केन्द्रबाट नै सहसचिवको नेतृत्वमा ट...
अनुगमन टोली परिचालन: आचारसंहिता उल्लङ्‍घन गरे उम्मेदवारी खारेज गर्ने काठमाडौं । निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्‍घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्ने अख्तियार टोलीलाई छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचार...
निर्वाचन अवधिभर मदिरा बिक्री र सेवन गर्न नपाइने लमजुङ। लमजुङमा निर्वाचन अवधिभर मदिरा पदार्थ बिक्री वितरण तथा सेवन गर्न नपाइने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो । प्रमुख जिल्ला...
१३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पिनसिपमा तीन सय भन्दा बढी खेलाडी मिचिगन, अमेरिका । अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १३ औं संकरणमा तीन सय भन्दा बढी खेलाडीको सहभागिता पक्का भएको छ। च्याम्पियनसिप मे १३ र १४ तारिकमा अमेरिकाको मिचिगन राज्यमा हुदै छ। च्याम्प...
इंगेजमेन्ट भइसकेका आफ्ना प्रेमीलाई जेल हाल्ने महिला सई काठमाडौं । असम प्रहरीकी एक महिला सब इन्स्पेक्टरले आफ्नै हुनेवाला श्रीमानलाई ठगी गरेको आरोपमा पक्राउ गरेकी छन् । नौगाउँ प्रहरी चौकीमा कार्यरत सब-इन्स्पेक्टर जुनमोनी राभाले ओएनजीसीमा कथित जनसम्पर्क अधिकारी भएको दाबी गर्ने उनको मंगेतर राणा पोगाग विरुद्ध एफआईआर दर्ता ग...
प्रधानमन्त्री देउवाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो । गठबन्धनले ...
‘धाकड’को ट्रेलरअघि कंगनाको ‘धाकड’ फोटोसुट काठमाडौं । कंगना रनौतको फिल्म ‘धाकड’ को ट्रेलर सार्वजनिक भएको छ । कंगनाले ट्रेलर रिलिज हुनुअघि नै आफ्ना केही ग्ल्यामरस तस्विरहरू सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । कंगना रनौतको यो एक्सन फिल्ममा अर्जुन रामपाल, दिव्या दत्त र शाश्वत चटर्जी लगायत धेरै उत्कृष्ट कलाकारहरु देखिनेछन् ।...
मिथुन चक्रवर्ती अस्पताल भर्ना काठमाडौं । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीका फ्यानहरु अभिनेताको तस्विरका कारण निकै दुखी छन् । अस्पतालको बेडमा सुतेको अभिनेताको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि अभिनेताको स्वास्थ्यलाई लिएर विभिन्न हल्लाहरु पनि उडिरहेका छन् । अस्पतालबाट मिथुनको तस्विर विभिन्न प्लेटफर्ममा शेयर भइरहे...
आर्कटिक क्षेत्र कसको नियन्त्रणमा छ, यहाँबाट तेल र ग्यासको दोहनमा किन यत्रो विवाद ? काठमाडौं । विश्वभर प्राकृतिक स्रोत र वैकल्पिक ऊर्जा स्रोतहरूको लागि व्यापक खोजी भइरहेको छ। धेरै देशहरूले ऊर्जा सङ्कटको सामना गरिरहेकाले पछिल्ला महिनाहरूमा यो खोज तीव्र भएको छ। यस खोजमा आर्कटिक क्षेत्र एउटा यस्तो क्षेत्र हो जसमा धेरै देशक...
२४ घण्टा अघोषित लोडसेडिङले उत्पादन ठप्प, विद्युतको प्राथमिकता घरायसी प्रायोजनलाई भैरहवा । विद्युत प्राधिकरणले उद्योगीलाई विद्युत उपभोग गर्न नदिँदा उत्पादनमा कठौती हुँदै आएको छ । विगत एक महिनादेखि विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी यो सातबाट २४ घण्टा नै अघोषित रूपमा लोडसेडिङको मारमा परेका छन् । अघोषित लोडस...
लोसपाको हेराइमा जसपा माओवादीको भाई काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जनता समाजवादी पार्टी (जसपा), नेपाललाई नेकपा (माओवादी केन्द्र)को भाई पार्टी भएको बताएको छ ।लोसपाले शुक्रबार स्थानीय निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरेको घोषणामपत्रमा उक्त कुरा उल्लेख गरेको छ । ‘संविधान सभालाई निर्णायक मोडमा पुर्य...
कर्मचारीको मिलेमतोमा हाइड्रोपावरमा चोरी गर्ने चार जना पक्राउ लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले क्ह्लोलासोथार गाउँपालिका ५ मा रहेको रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्ने सात जनालाई पक्राउ गरेको छ । प्रहरीले वैशाख ९ गते १ बजे रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्न लागेको अवस...
केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनै पर्ने भएको छःगगन थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीलाई ट्युसन पढाउने भएका छन् ।ओलीले नेपाली कांग्रेसले बनाएको घोषणापत्रमा आफ्नो आईडिया चोरेको आरोप लगाएपछि त्यसको जवाफ दिँदै थापाले समय मिलेपछि बालकोट नै पुगेर ट्युन बढाउने बताएका हुन् । ...
नेपाली राजदूत अधिकारीले प्रस्तुत गरे इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र काठमाडौं । इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा उक्त मुलुकका लागि नेपालका गैरआवासीय र...
काठमाडौँ महानगरपालिकाको १६२ पदमा ८५९ जनाको उम्मेदवारी काठमाडौँ। प्रमुख उपप्रमुखसहित काठमाडौँ महानगरपालिकामा १६२ पदका लागि ८५७ जनाको उम्मेद्वारी परेको छ। स्थानीय तह सदस्य निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा उम्मेद्वारी दर्ता भएको हा । यसमा एक पदको प्रमुखका लागि ५६ जना र एक पदक...
ताइवानलाई युक्रेनसँग तुलना गरिएपछि चीन आक्रोशित काठमाडौं । जापानी पूर्व प्रधानमन्त्री शिन्जो आबेले अप्रिल १२ मा अमेरिकी अखबार लस एन्जलस टाइम्समा युक्रेन र ताइवानको तुलना गर्दै लेख लेखेका थिए । लेखमा उनले अमेरिकाले यदि आवश्यक भएमा ताइवानलाई सहयोग गर्न खडा हुनेछ भन्ने स्पष्ट पार्नु पर्ने बताएका थिए । यस लेखको जवाफमा चिनि...
युद्ध रोक्नका लागि पुटिनलाई भेट्न संयुक्त राष्ट्रसंघका महासचिव आफैं रूस जाँदै काठमाडौं । युक्रेनमा रुसले आक्रमण गरेको दुई महिनापछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आगामी अप्रिल २६ मा मस्कोको भ्रमण गर्नेछन्। यस क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग भेट गर्नेछन...
विद्युतीय सवारी साधन प्रयोग गर्न मन्त्री पौडेलको आग्रह काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताएका छन् । विद्युतीय सवारी साधनसम्बन्धी आजको अन्तरक्रियामा उनले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताए...
धनगढी उपमहानगरपालिकाको उपमेयर उम्मेदवारमा विवेकशीलकी ओझा काठमाडौं । विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाएको छ । इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक सङ्घ(संस्थाको संस्थापक रहेको अनुभव छ। उनले महिला सशक्...
पहिलो पटक अवलोकनका लागि चिम्पाञ्जी काठमाडौं । नयाँ वर्षको आगमनसँगै सदर चिडियाखानाले सर्वसाधारणको लागि पहिलो पटक एक जोडी चिम्पाञ्जी अवलोकन कक्षमा राखेको छ। जावलाखेलस्थित सदर चिडियाखानाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी चम्पा (पोथी) र चिम्पु (भाले)ना म गरेका एक जोडी चिम्पाञ्जी अवलोकनका लागि सार्वजनिक गरेको हो। यो एक...
भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी चितवन । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्। असन्तुष्ट पक्षले आज साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्...
अमेरिकी संसदीय टोली आज काठमाडौं आउँदै काठमाडौं । अमेरिकाको उच्च–स्तरीय संसदीय टोली नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्ष पुगेको अवसरमा उनीहरुले नेपालको भ्रमण गर्न लागेका हुन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सिनेटर किर्स्टन जिलिब्रान्ड...
एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीसँग उपाध्यक्ष र कोषाध्यक्षले मागे स्पष्टीकरण (पत्रसहित) वासिंगटन डिसी । गैरआवासीय नेपाली संघको ग्लोवल सम्मेलनका नाममा नेपालमा दुई गुटका छुट्टा छुट्टै नेतृत्व चयन गरेर देखाएको रमिता सकिएको केही दिनमै गैर आवासीय नेपाली संघ, अमेरिकामा उपाध्यक्ष र कोषाध्यक्षले अध्यक्ष बुद्धि सुवेदीसँग स्पष्ट...
युक्रेनको मारिऊपोल सहर छिटै रूसको नियन्त्रणमा पुग्न सक्ने, अवस्था डरलाग्दो किभ (बीबीसी) । घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह शहर मारिऊपोल रुसको नियन्त्रणमा जाने सम्भावना बढ्न थालेका विवरण आइरहेका छन्। मारिऊपोललाई लिएर रुससँग निःशर्त “विशेष चरणको वार्ता गर्न” आफूहरू तयार रहेको युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले बता...
चुनावका बेला गलत समाचारबाट बच्नुपर्छः अध्यक्ष बस्नेत काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला गलत समाचारबाट बच्नुपर्ने बताएका छन् । उनले भने, “यस्तो बेलामा ‘फेक न्युज’को कारखाना नै चल्न सक्ने खतरा रहन्छ, त्यसैले हरेक समाचार छाप्नुअघि सचेत रहनुपर्छ र हरेक सञ्चारगृहले आफ्ना सञ्चारकर्मीलाई ...
नेकपा एसले घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले घरेलु मदिराको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने प्रतिबद्धता जनाएको छ । नेकपा एसले मंगलबार सार्वजनिक गरेको चुनवाी घोषणापत्रमा उक्त प्रतिवद्धता जनाएको हो । ‘आफ्ना उत्पादनलाई धरासायी बनाउने र सोही काममा प्रयो...
साउदी अरेबियाको रियादमा नियमित उडान, उडान तालिका सार्वजनिक काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयर)ले वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ । निगमले आज एक विज्ञप्तिमार्फत काठमाडौँ–रियाद–काठमाडौँ उडान तालिकासमेत सार्वजनिक गरेको हो । रियाद गन्तव्यका लागि अप्रिल २०२२ र मे मह...
प्रधानसेनापतिले दिए निर्वाचन एकीकृत सुरक्षा योजना अक्षरस पालना गर्न निर्देशन काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले ‘स्थानीय तह निर्वाचन-२०७९’मा नेपाली सेना परिचालन सम्बन्धि निर्देशन दिएका छन् । आगामी वैशाख ३० गते हुने ‘स्थानीय तह निर्वाचन-२०७९’स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल ...
नदीम अंजुमले इमरान खानलाई गालामा चोट लाग्ने गरी थप्पड किन हाने ? काठमाडौं । ९ र १० अप्रिलको मध्यरातमा पाकिस्तानमा इमरान खानको सरकार पतन भयो। सबै नाटक भयो। केहि कुरा बाहिर आयो भने, त्यहाँ भएका कुरा दबाउन असफल प्रयास गरियो। केही रिपोर्टहरू दावी गरिए अनुसार ९ अप्रिलको रात बानिगालामा इमरानको घरको आँगनमा हेलिकप्टर अवतरण भएक...
सबै नागरिकमा खानेपानीको सहज पहुँच पुर्‍याउन आवश्यक छः मन्त्री चौधरी काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले सबै वर्ग, क्षेत्रका नागरिकमा खानेपानीको सहज पहुँच पुर्‍याउन आवश्यक रहेको बताएका छन् । खानेपानी मन्त्रालयले आज राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तर्जुमासम्वन्धी परामर्श कार्य...
सिके राउत र नेपाल सरकारबीच वार्ता काठमाडौं । जनमत पार्टी र नेपाल सरकारबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यन्वयनका विषयमा वार्ता भएको छ। किसान आन्दोलन र जनमत पार्टीको मागहरू सम्बोधन गर्न सरकार सकारात्मक भएको र थप छलफल गरी अर्को चरणको वार्ता हुने जनाइएको छ। जनमत पार्टीले पनि व...
आईडीएबाट प्राप्त हुने १८ अर्ब रुपैयाँ ऋण स्वीकार्ने सरकारको निर्णय काठमाडौं। सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १५० मिलियन अमेरिकी डलर (१८ अर्ब रुपैयाँ)  सहुलियत ऋण सहायता स्वीकार्ने लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार...
निर्वाचन पर्यवेक्षणको लागि ६५ वटा संस्थाले दिए निवेदन काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षकको लािग ६५ वटा संस्थाले निवेदन दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो । ‘सो अवधिभित्र...
डा. बरालकाे नेपाल गीत(भिडियोसहित) काठमाडौं । युवा वैज्ञानिक तथा गीतकार डा. स्वप्निल बरालको गीत रचना, महेश खड्काको सङ्गीत र रजीना रिमालको स्वरमा  ‘राम्रो नेपाल’ गीत सार्वजनिक भएको छ । रामजी लामिछानेले निर्देशन गरेको भिडियोमा प्रियना आचार्यको अभिनय रहेको छ । अमेरिकाको युनिभर्सिटी अफ डेलावेर बाट भौतिक शास्त्रमा विद्यावारि...
प्रहरीका चार जना एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस (सूचीसहित) काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएका छन् । गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार चार जनालाई एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
एमाले नेताहरुको आरोप: देउवा सरकारका १० महिनामा न नयाँ कामको शुभारम्भ भयो, न त शिलन्यास नै ! काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले १० महिने कार्यकालमा नयाँ कामको शुभारम्भ र शिलन्याससमेत गर्न नसकेको आरोप लगाउन थालेका छन्। अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई सर्वोच्च अदालतको प...
कांग्रेसमा उम्मेदवारी सिफारिस गर्दा कुनै रकम नलिन निर्देशन काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधानबमोजिम बाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ । कांग्रेसले आज सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशी...
सरकारले लगानीको सुरक्षा गर्छः गृहमन्त्री खाँण काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले लगानीको सुरक्षा गर्ने बताएका छन् ।नेपालका यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको आज आइतबार काठमाडाैंमा उद्घाटन गर्दै उनले कुनै पनि व्यवसायलाई प्रोत्साहन, संवद्र्...
सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छः मन्त्री यादव काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सार्वजनिक सवारीसाधन व्यवस्थित बनाउन यातायात व्यवसायीले ध्यान दिनुपर्ने बताएकि छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छेटौँ राष्ट्रिय महाधिवेशनकाे राजधानीमा उद्घाटन कार्यक्रममा मन्...
नागरिकता नपाएरै गयो तीन पुस्ता दाङ । नेपालमै जन्मिए बसोबास नै नेपालमै भएको तीन पुस्ताले नागरिकता नपाएको एक परिवारले जनाएको छ । तीन पुस्ताले नागरिकताका लागि अपिल गरे पनि नातिको पाल सम्म आउँदा पनि सहज रुपमा नागरिकता पाउन नसकेको उनीहरूको गुनासो छ । दाङको गढवा गाउँपालिका–८ (साबिक कोइलाबास गाविस–९) मा जन्मिएका अर्जुन भुजले...
आर्थिक समृद्धिका लागि समाजवादको बाटो महत्वपूर्ण छ: माधव नेपाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विकासका साथै जनताको आर्थिक समृद्धिका लागि समाजवादको बाटो महत्वपूर्ण हुने बताएका छन् । पार्टीको काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको जनसभामा अध्यक्ष नेपालले सामाजिक न्याय, समा...
प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन्ः केपी ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन् । शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओ...
अटेरी उम्मेदवारले सार्वजनिक गरे घोषणापत्रः भन्छन्- उम्मेदवारी फिर्ता लिन दबाब आइरहेको छ पोखरा । पोखराबाट सुरु भएको अटेरी अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनमा मेयरदेखि वडाध्यक्षसम्मले आफ्नो दाबी पेस गरेका छन् । उनीहरूले शनिबार एक कार्यक्रमका बीच पोखराको घोषणापत्र सार्वजनिक गरे । ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्...
राष्ट्र बैंकका कर्मचारीले नै चुहाउँछन् मिडियामा गोप्य सूचनाः अर्थमन्त्री काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन्। अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक ...
युक्रेनमाथि आक्रमणको बिरोधमा डा केसीले रुसी राजदूतावास अगाडि प्रदर्शन गर्ने काठमाडौं । डा. गोविन्द केसीले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा प्रदर्शनका लागि आह्वान गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै अभियान्ता डा केसीले भोलि अपराह्न साढे २ बजे नेपालस्थित रुसी दूतावास अगाडि प्रदर्शनमा सहभागी हुन अनुरोध गरे...
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संगीता पहाडी, बुद्धि आचार्य र पौडेलको नाम सिफारिस गरेको थियो ।
हरित अभियानमा योगदान गर्न स्वास्थ्य मन्त्रालयको आह्वान काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जलवायु परिवर्तनको उच्च जोखिम मुलुक रहेकाले स्वच्छ र हरित वातावरणको सिर्जना र प्रवद्र्धनमा आवश्यक योगदान गर्न आह्वानसमेत गरेको छ । मन्त्रालयले विश्वस्वास्थ्य दिवसका अवसरमा आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल वाय...
गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त होः प्रधानमन्त्री देउवा पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकका लागि आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प...
लोसपा अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. जयेन्द्र बज्राचार्यका अनुसार ठाकुरको स्वास्थ्य स्थिति स्थिर र सुधारोन्मुख छ । स्वास्थ्यमा समस्या आएपछि ...
सर्लाहीको मलंगवामा गोली चल्यो, एक जना गम्भीर घाइते सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका छन् । बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको छ । गोली लागेर गम्भीर ...