content stringlengths 31 27.4k ⌀ |
|---|
श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्न माग काठमाडौं । श्रमिक महिला रक्षक सङ्घले अनौपचारिक क्षेत्रमा क्रियाशील श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्न माग गरेको छ।
सङ्घले आज यहाँ आयोजना गरेको ‘सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जन क्षेत्र’ विषयक अन्तक्र्रियामा सांसद रामकुमारी झाँक्रीले अनौपचारिक क्षेत्रमा ग... |
नेपाल र युएईबीच हवाई सेवा सम्झौता काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स(युएई) का बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ।
क्यानाडाको शहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो।
महासभामा नेपालका तर्फबाट सहभागी भएका संस्कृति, पर्यटन तथा नागरिक... |
हातहतियार तथा लागूऔषधसहित अमडुवाबाट २ जना पक्राउ सुनसरी । बर्जु गाउँपालिका ३ अमडुवाबाट हातहतियार र लागूऔषध सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका ५ मगर टोल बस्ने २७ वर्षीय करण कुमार चौधरी र सोही ठाउँ बस्ने २१ वर्षीय प्रकाश चौधरी रहेका छन्।
उनीहरुको साथबाट मेड इन... |
कृषि विकास बैंक ह्याकिङ प्रकरण : लाहान शाखाकै शाखा प्रमुख पक्राउ काठमाडौं । कृषि विकास बैंकबाट लुटिएको रकम प्रकरणमा मुछिएको आरोपमा सोही बैंकका शाखा प्रमुख पक्राउ परेका छन्।
ह्याकिङ प्रकरणमा मुछिएको भन्दै कृषि विकास बैंक सिराहा लाहान शाखाका सुनीलकुमार झालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी का... |
श्रम ऐन कार्यान्वयनको माग गर्दै पेप्सी कम्पनीका श्रमिक आन्दोलित काठमाडौँ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरण... |
काठमाडौंमा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका १५ हलचोकबाट पार्किङ गरी राखेको प्रदेश–३–०२–००१ ब ६८८ नम्बरको मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी घर भएका २१ वर्षीय सुजन लामा, धादिङ महादेवस्थान थाक्रे गाउँपलिक... |
पर्साका सम्सुदिन मिया हतार हतार गरेर हिड्दै थिए, त्यसपछि… काठमाडौं । पर्सामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको पर्सागढी नगरपालिका ४ भेडाहा टोलबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित वीरगंज महानगरपालिका ३१ मिलनचोक नवका टोल बस्ने ५५ वर्षीय सम्सुदिन मियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी क... |
कामदारको हकहितलाई ध्यान दिएर काम गर्छु : बिष्णु प्रसाद गैरे काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका नव निर्वाचित अध्यक्ष बिष्णु प्रसाद गैरेले कामदारको हितलाई ध्यान दिएर काम गर्ने बताएका छन्।
शनिवार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष गैरेले कामदारको हित र व्यवसायीको अनुकुलतामा कामगर्ने बताएका हुन् ।... |
गृहमन्त्री चढेको हेलिकप्टर मौसम खराब भएपछि आकस्मिक अवतरण रामेछाप। गृहमन्त्री रामबहादुर थापा सवार सेनाको हेलिकोप्टर रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । प्रदेश २ को सुरक्षा गोष्ठीमा कार्यक्रममा भाग लिन जनकपुर तर्फ जान लागेको एमआई – १७ हेलिकोप्टर मौसम प्रतिकूलताका कारण रामेछाप विमानस्थलमा अवतरण भएको छ ।
सिन्धुली ... |
साढे १८ हजार रुपैयाँसहित कौडा खेल्ने १२ जना पक्राउ भोजपुर । भोजपुरमा साढे १८ हजार रुपैयाँसहित कौडा खेल्ने १२ जना पक्राउ परेका छन्।
जिल्लाको षडानद नगरपालिका १ बार्ता बस्ने एकराज कार्कीको घरमा कौडा खेलिरहेका कार्की लगायत १२ जनालाई नगद १८ हजार ७ सय रुपैयाँ र १६ थान कौडा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
विशेष सूच... |
वडाध्यक्षको छोरालाई कैँची प्रहार गर्ने पक्राउ धरान । धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई हिजो साँझ पसलमै आक्रमण भएको थियो ।
... |
जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते सल्यान। सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कपुरकोट गाउँपालिका–४ किमुचौरबाट तरकारी बोकेर कपुरकोट आउँदै गरेको लु१च ४२५३ नंको जिप हिजो राति दुर्घटना हँुदा किमुचौर निवासी ६७ वर्षीया कर्मी पुनको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइत... |
दुर्घटनामा तीन जनाको मृत्यु मकवानपुर। मकवानपुरमा बिहीबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ७९४२ नं को बसको ठक्करबाट सिन्धुपाल्चोकका ४२ वर्षीय चश्मभक्त श्रेष्ठको मृत्यु भएको हो । यस्तै भीमफेदीमा ना ६ त ६०३५ नं को ट्रयाक्टर दुर्घटना हुँ... |
आलेख : लैङ्गिक हिंसाका उजुरीकर्ता महिला, पीडित पुरुष ! रोल्पा । गत भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेलमा अनौठो उजूरी आयो। उजुरी थियो, ‘म मेरो श्रीमतीबाट हिंसामा परेँ, न्याय पाउँ।’
रोल्पा नगरपालिका–६ रिमसकका भानवहादुर विकले यस्तो उजूरी दिएका हुन्। महिला तथा बालबालिकाको मात्रै उजूरी हेर्दैआ... |
सरकारी जग्गा किर्ते गरी कम्पनीको नाममा बनाएको अभियोगमा ६ जना पक्राउ काठमाडौं । काठमाडौं चन्द्रगिरी नगरपालिका २ को कित्ता नम्बर १०१ को ९२ रोपनी सरकारी जग्गालाई किर्ते कागजातहरु बनाई सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा त्रिपुरा सुन्दरी गाउँपालिका ३ मुल... |
राजस्वमा स्वच्छता कायम गरी कार्य सम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन्।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै अर्थमन्त... |
नेकपाले संवैधानिक व्यवस्थामाथिनै प्रहार गर्यो : बालकृष्ण खाँड काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ नेकपाले संवैधानिक व्यवस्थामाथिनै प्रहार गरिरहेको आरोप लगाउँदै मान्य नहुने चेतावनी दिएका छन्।
प्रमुख सचेतक खाँडले संघीय लोकतान्त्रिक गणतन्त्र माथिनै प्रहार हुनेगरी केपी ओली... |
चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको नेता साउदको दाबी काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एनपी साउदले चिनियाँ कम्यनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको दावी गर्दै गम्भिर आपत्ति जनाएक छन्।
काँग्रेस नेता साउदले नेपालको स्वतन्त्रता, राष्ट्रिय... |
गाईगोरु मृत्यु प्रकरण : छानबिन समितिद्वारा प्रतिवेदन पेश काठमाडौं । नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले आज गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ।
गृह मन्त्रालयका अनुसार छानबिन समितिले उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले... |
काठमाडौंको होलिडे इन होटलबाट पेस्तोलसहित ४ पक्राउ काठमाडौं । काठमाडौंको शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलबाट पेस्तोलसहित ४ पक्राउ परेका छन्।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।
उनका अनुसार प्रहरीले यही... |
‘राष्ट्रलाई समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण’ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दै गएको बताएका छन्।
अध्यक्ष दाहालले समाजलाई अनुशासित र मर्यादित बनाउन पनि खेलकुद क्षेत्रको भूमिका व... |
उपनिर्वाचनमा एकताबद्ध हुन कार्यकर्तालाई निर्देशन काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कास्की निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीको उम्मेवारलाई विजयी गराउन कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्... |
‘सनराईज फष्ट म्युचुअल फण्ड’ मा लगानी गर्दै सनराईज बैंक काठमाडौं । सनराईज बैंकले सनराईज क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आएको ‘सनराईज फष्ट म्युचुअल फण्ड’ बाट सेयर बजारमा दीर्घकालीन सोचका साथ लगानी गर्ने जनाएको छ ।
बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी असोज ८ गतेदेखि एक अर्व रुपैयाँ बराबरको १० करोड इकाई यु... |
बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न मिडियालाई उपराष्ट्रपतिको आग्रह काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न संचार माध्यामहरुलाई पनि आग्रह गरेका छन्।
उपराष्ट्रपति पुनले नागरिक अधिकारको रक्षा गर्ने दायित्व पनि संचार माध्यामहरुले पूरा गर्न सक्ने पनि स्मरण ग... |
रोजगारी सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायलाई मन्त्री विष्टको आग्रह काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरेका छन्। मन्त्री विष्टले श्रमिकको हित हुने गरी रोजगारीको अवसर सृजना गर्न नेपाल सर... |
काठमाडौँको माईतीघरमा कृषि प्राविधिकहरुको दवावमुलक आन्दोलन सुरु काठमाडौँ । कृषि प्राविधिकहरुले ‘एक गाउँः एक प्राविधिक’ सम्बन्धि निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंमा दवाव आन्दोलन सुरु गरेका छन्। काठमाडौंको माईतीघर मण्डलामा मंगलबार भेला भएका कृषि प्राविधिकहरुले ‘एक गाउँः एक प्राविधिक’ सम्बन्धि सरकारले गत... |
कावासोतीको खरकट्टा जंगलमा ट्रक र कार ठोकिँदा ५ जनाको मृत्यु नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार एक-आपसमा ठोकिँदा ५ जना यात्रुको ज्यान गएको छ। कावासोती नगरपालिका–८ मा पर्ने पूर्व–पश्चिम राजमार्गमा हिजो राति कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार पाँचै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरास... |
इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० जनाको मृत्यु, दर्जनौँ घाइते जकार्ता । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन्।
अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी ग... |
नेमकिपाको सातौँ महाधिवेशनबाट पनि अध्यक्षमा नारायणमान बिजुक्छे काठमाडौं । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनबाट नारायणमान बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ।
आज साँझ सम्पन्न महाधिवेशनले सर्वसम्मतिबाट नारायणमान बिजुक्छेलाई निर्वाचित गरेको हो। नयाँ कार्यसमितिमा प्रेम सुवाल, सुनिल प... |
संविधान संशोधनको मुद्दामा सङ्घर्ष जारी : राजेन्द्र महतो काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मुद्दामा आफूहरूको सङ्घर्ष जारी रहेको बताएका छन्।
राजपा सिरहाका अध्यक्षमण्डल सदस्य रामबहादुर महतोको १३औँ दिनको पूण्यतिथिमा आज आयोजित श्रद्धाञ्जलिसभामा नेता महतोल... |
वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १० ठेगाना भएकी ४६ वर्षीय विमला थापालाई थापागाउँ बानेश्वरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असार २६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरि... |
दशैंमा घर जाने यात्रुहरुलाई टिकट र गाडीको समस्या हुँदैन् : महानिर्देशक हमाल काठमाडौं । दशै, तिहार, छठ, नेपाल सम्वत्लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापन लगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन्।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल... |
सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु काठमाडौं । कपिलवस्तु, चितवन र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।
कपिलवस्तु : कपिलवस्तु नगरपालिका ११ निगालीस्थित सडकमा लु.२३ प १५१४ नम्बरको स्कुटरले साइकललाई ठक्कर दिँदा आइतबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक बाणगंगा नगरपालिका ५ ... |
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक शुद्धिकरणका लागि युवाहरुले चासो दिनुपर्ने बताएका छन्। ‘नेपाल युथ एसडीजी सम्मिट’को शनिबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाज परिवर्तका लागि राजनीतिमा युवालाई चासो दिन आग्रह गरेक... |
दशैँमा घर जाँदै हुनुहुन्छ ? यस्तो छ भाडा दर (सूचि सहित) काठमाडौं । दशैं तिहारका लागि आइतबारबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। टिकट अनलाइन मार्फत र टिकट काउण्टरमै गएर बुकिङ गर्न सकिने भएको छ।
‘अनलाइनमार्फत टिकट लिँदा भाडादर त्यहीँ लेखिएको हुन्छ भने काउन्टरमा पनि भाडादर लेखिएको हुन्छ। तर कतिपय गाडीवालाले निर्धारित भाडा... |
दाजुलाई खुकुरी प्रहार गरी भाईले गरे झु*ण्डिएर आत्मा*हत्या इलाम । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन्।
दाजु विष्णु घर नजिक रहेको आफ्... |
काठमाडौंबाट २४ जना जुवाडे पक्राउ काठमाडौं । टोखा नगरपालिका ९ म्याग्दी चोकस्थित रवि गौचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका १० बस्ने ६४ वर्षीय सोभित केसीलगायत ९ जनालाई नगद ७६ हजार ३ सय ८० रुपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
साथै सोही स्थानस्थित धनकुटा बाजोगडा नगरपालिका १५ घर भएकी ३५ वर्षीया... |
समुदायको पहिचान नै भाषा, कला र संस्कृति हो : ईश्वर पोखरेल काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सबै भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
उपप्रधानमन्त्री पोखरेलले भाषा, कला र संस्कृति सबै समुदायको पहिचान भएकाले त्यसको संरक्षण गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।
थारु समूदायक... |
निर्माण आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीयलाई मन्त्री पुनको आग्रह काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले स्थानीय जनताले विकास निर्माणका आयोजनामा सकारात्मक वातावरण बनाउन आग्रह गरेका छन्।
काठमाडौँमा भएको जलविद्युत सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले विकास आयोजनामा स्थानीय जनताले सकारात्मक भूमिका... |
चोरीका मोटरसाइकलसहित सात पक्राउ मध्यपुरथिमि । भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ ।
सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका–३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका २५ वर... |
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली न्यूयोर्क प्रस्थान काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्। मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि छन्।
मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिध... |
व्यवसायीलाई निराश नहुन अर्थमन्त्रीकाे आग्रह काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले व्यवसायको वातावरण सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन्।
कास्कीको पोखरा उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक अधिवेशनमा उनले देशको अर्थतन्त्र सकारात्मक उन्मुख भइरहेकाले व्यवसायीलाई निराश नभई उत्साहित हुन आग्रह गरे।
... |
सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको ज्यान गयाे, १ घाइते सर्लाही । सदरमुकाम मलङ्गवामा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएकाे छ। एक जना घाइते भएका छन्।
मलङ्गवा–२ स्थित पब्लिक स्कूल माविको बाटो हुँदै गोरखकाली प्रहरी चौकी जाने सडकमा तीव्रगतिमा गुडिरहेको बिआर ३० यु ४११२ नंको भारतीय मोटरसाइकल अनियन्त्रि... |
अवैध लागूऔषध सहित ३ जना पक्राउ काठमाडौं । नवलपरासी (पूर्व), देवचुली नगरपालिका १५ धौलागिरी चोकबाट नियन्त्रित लागूऔषध फेनरागन ३० एम्पुल, नोर्फिन ३० एम्पुल र डाइजेपाम ३० एम्पुल सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगरपालिका २७ बस्ने ३२ वर्षीय डेबिड क्षेत्री र लेखनाथ महानग... |
श्रमजीवी पत्रकार ऐन लागू हुनुपर्ने माग गर्दै भोलि काठमाडौंमा बृहत प्रदर्शन हुने काठमाडौं । श्रमजीवी पत्रकार ऐन लागू हुनुपर्ने माग गर्दै भोलि काठमाडौंको अनामनगरस्थित हनुमानस्थानमा बृहत प्रदर्शन हुने भएको छ।
शनिबार नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय भएको जनाएको छ।
रेडियो नेपालमा श्रमजीवी ... |
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको ज्यान गयो काठमाडौं । महोत्तरी, सर्लाही, सिराहा, रुपन्देही, दाङ, बाँके र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ।
महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित सडकमा ज १ च १८०६ नम्बरको पिकअप गाडीले ज १० प २०६५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा... |
नेपाली काँग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिद्वारा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली, छठ, नेपाल सम्बत् तथा संविधान दिवसको अवसमा शुभकामना आदान–प्रदान, चियापान तथा प्रशिक्षणको आयोजना गरेको छ ।
धन... |
चितवनमा भएको सवारी दुर्घटनामा चार घाइते, एकको अवस्था गम्भीर चितवन । चितवनमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो ४ः५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको ना १ ज ८४२८ नम्बरको म्याजिकलाई विपरीत दिशाबाट आइरहेको लु२... |
अवैध लागूऔषध सहित ४ जना पक्राउ काठमाडौं । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ४ खोर्के लाईन बस्ने २४ वर्षीय शुक्रराज सारु मगरलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ ९ सय २० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा घरभ... |
संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दललाई नेता नेम्वाङको आग्रह काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
उपनेता नेम्वाङले मधेशवादी दलहरुको समेत क्रियाशीलतामा बनेको संविधानमाथि असन्तुष्... |
संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छः सभापति देउवा काठमाडौं। नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।
उनले आज एक विज्ञप्तिमार्फत दिवसले नेपाल... |
संविधानमा सम्झौता गर्न सकिँदैन : उपप्रधानमन्त्री पोखरेल काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चार वर्षअघि विसं २०७२ असोज तीन गते निर्माण गरेको संविधानको पटक–पटक सम्झौता गर्न नसकिने बताएका छन्।
‘कन्स्टिच्युसन वाच ग्रुपले’ आज आयोजना गरेको ‘नेपालमा लागू भएको वर्तमान संविधानलाई हेर्ने दृष्टिकोण’ विषयको... |
नियन्त्रित लागूऔषध ४ हजार ४४२ एम्पुलसहित ८ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका ३१ शान्तीनगरबाट नियन्त्रित लागूऔषध नुर्फिन १ हजार ३७ एम्पुल, डाइजेपाम १ हजार ४७ एम्पुल र फेनारगन १ हजार ४२ एम्पुल सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भारत डुमरवाना बैरगनिया ठेगाना भएका ३७ वर्षीय राज... |
‘बाँके घटनाको छानवीन नगरी कार्वाही प्रक्रिया अघि बढाउन सकिन्न’ काठमाडौं । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बाँके घटनाको छानवीन नगरी कार्वाही प्रक्रिया अघि बढाउन नसकिने बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल सो घटनामा संलग्नहरुमाथि कार्वाही गर्न माग गरिरहेका बेला मन... |
संविधान समय र माग अनुसार संशोधन गरिनु पर्छ : बाबुराम भट्टराई काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधान समय र माग अनुसार संशोधन गरिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले संविधानमा सबैको स्वीकार्य हुन नसके जनताको असन्तुष्टिले विद्रोहको रुप लियो भने ठुलो दुर्घटना हुन सक... |
संविधानको आधारमा उभिएर अगाडि बढ्नुबाहेक अर्को विकल्प छैन : सुवास नेम्वाङ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले संविधानको आधारमा उभिएर अगाडि बढ्नुबाहेक अर्को विकल्प नभएको भन्दै सफल कार्यान्वनयका लागि सहयोग गर्न सबै दलहरुलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै... |
संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भयाे : काँग्रेस नेता सिटौला काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भएको दावी गर्दै आपत्ति जनाएका छन्।
जनआन्दोलनको रगत र पसिनाबाट बनेको संविधानलाई सिंहदरबारबाटै कमजोर बनाउने काम गरिएकोमा आफूलाई चिन्ता लागेको काँग्रेस नेता सिटौलाक... |
चौथौ संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक छ? काठमाठौं । नेपालको एतिहासिक संविधासभाबाट संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा सङ्घीय, प्रदेश र स्थानीय तहले विशेष रुपमा ‘चौथो संविधान दिवस’ मनाउने तयारी गरेका छन्।
दोस्रो पटक भएको संविधानसभाको चुनावबाट गठित संविधानसभाले निकै लामो मेहनत र सङ्घर्षबाट बनाएक... |
जङ्गली च्याउ खाएर पूरै परिवार अस्पताल भर्ना झापा । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उहाँका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार ... |
साढे ८ केजी चरेससहित ३ जना घोराहीबाट पक्राउ दाङ । घोराही उपमहानगरपालिका १९ खम्बासबाट अवैध लागूऔषध चरेस ८ केजी ५ सय ग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रोल्पा गंगादेव गाउँपालिका ४ बस्ने २१ वर्षीय गणेश वली, २७ वर्षीय भुपेन्द्र थापा र ४० वर्षीय अमृत थापा रहेका छन्।
जिल्ला प्रहरी कार... |
आसरा सुधार केन्द्र रानीबारीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २३औं वार्षिकोत्सव कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा बुधबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनाल तथा उक्त केन्द्रकी अध्यक्ष प्र... |
चाबहिल सडकमा गुडेको ह्विलचेयर… (भिडियो) काठमाडौं । चाबहिल चोकबाटै सुरु हुन्छ चौतर्फी भिडभाड र जामको सास्ती। गौशालातर्फ जानुस् जाम, जोरपाटीतर्फ लाग्नुस् झनै जाम। खाल्डै खाल्डो, उवडखावड र हिलाम्य यो सडकमा यात्रा गर्नु कुनै सजाय भन्दा कम छैन। राज्यलाई कर तिरेका नागरिक दिनदिनै यहाँ सजाय भुक्तान गरिरहेका हुन्छन्। यस्तो भैसक... |
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त चितवन राप्ति नगरपालिका ७ बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
२०५९ पुस २१ गते नुवाकोट साबिक ककनी गाबिस-७ सिम्ले हाल ककनी गाउँपालिका-५ बस्ने ७० वर्षी... |
जबरजस्तीकरणी गरेको अभियोगमा एक युवक पक्राउ झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका १ सितापुरी चौक बस्ने २३ वर्षीय सरोज श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
सरोजले सोमबार राति किशोरीलाई घरदेखि करिब ५ सय मिटर पर जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रह... |
अवैध लागूऔषधसहित काठमाडौंमा २ जना पक्राउ काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट सुनसरी भानुचोक नगरपालिका ७ बस्ने २६ वर्षीय आशिष श्रेष्ठलाई नियन्त्रित लागूऔषध डाईजेपाम ९ एम्पुल, नुपिजेसिक ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको... |
जुम्ला बस दुर्घटनामा एकको मृत्यु, पाँच घाइते जुम्ला । कालीकोटको तिला गुफा नगरपालिका–१, नाग्ममा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जुम्लाको सिञ्जाबाट सदरमुकाम आउँदै गरेको ना १ ख ७६६४ नंको बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो।
कालीकोट र जुम्लाको सिमाना रहेको नाग्ममा दुई दिशाबाट आएका बसलाई छक्याउन खोज्दा अनियन्त्र... |
भाइले बालिकालाई बलात्कार गरे, दाइले पनि ‘चान्स’ खोज्दा दुवै प्रहरीको फन्दामा झापा । ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ।
सोमबार राती ११ बजेको समयमा झापा घर भएकी १५ वर्षीय बालिकालाई उनकै २३ वर्षीय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जं... |
बल्ल भयो काठमाडौं पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा काठमाडौं । मुलुकको राजधानी सहर काठमाडौंलाई पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ।
देशका विभिन्न विकट ठाउँहरुमा पनि वर्षाैं अगाडि नै खुला दिसा मुक्त क्षेत्र घोषणा हुँदा पनि संघीय राजधानीमा भने खुला दिसा मुक्त हुन सकेको थिएन।
मंगलबार जिल्ला खानेपानी सरसफाई तथा स्वच... |
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, ३ जना चालक प्रहरीकाे नियन्त्रणमा काठमाडौं । चितवन, धादिङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।
चितवनको भरतपुर महानगरपालिका १ आँपटारीस्थित सडकमा ना १ ज ५२९९ नम्बरको म्याजिक भ्यान अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका भ्यानमा ... |
गुरु नानकको स्मृतिमा सिक्का प्रकाशन हुँदै काठमाडौँ । शिख धर्मावलम्बीका प्रवर्तक श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको छ। गुरु नानकले धर्मका माध्यमबाट समाजिक विकासमा योगदान गरेका कारण बैंकले सम्मानस्वरुप उनको स्मरणमा सिक्का ल्याउन लागेको छ । रू १० हजार, रू एक हजार र रू... |
नेपाल बैंकमा जागिर खुल्यो, कुन पदमा कति ? हेर्नुहोस् काठमाडौं । नेपाल बैंक लिमिटेडमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न प्रदेशका लागि विभिनन तहमा ठुलो संख्यामा कर्मचारीहरु माग गरेको हो ।
योग्यता पुगेका इच्छुक महानुभावहरुले भदौ ३० गते सोमबारदेखि असोज १९ गते सम्म अनलाइनबाट दरखास्त दिन सकिने बैंकले जनाएको... |
सिसिटिभी उद्घाटन गर्न मुख्यमन्त्री राई जिप्रका मोरङमा मोरङ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ सरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङमा जडान सम्पन्न भएको सिसिटिभीको सोही कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच उद्घाटन गरे।
साथै उनले संचालनमा आएका उक्त सिसीटिभी प्रहरी महानिरीक्षक सर्वेन्द्र ... |
गाडी चालक र कार्यालय सहयोगीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुपर्ने प्रस्ताव काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रभावशाली सांसद पम्फा भुसालले गाडी चालक र कार्यालय सहयोगीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुपर्ने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेकी गरेकी छन्।
नेकपाकी सांसद भुसालले कम तलव र सेवामा क... |
काँग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित काठमाडौं। प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्दा चलाउन नपाइने भन्दै विरोध गरेपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका हुन् ।
क... |
सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार काठमाडौं । सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रालिको कर विवादको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
आदेशमा भनिएको छ,... |
सर्लाही गोली काण्डमा संलग्न दुई जना पक्राउ काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार राति भएको गोली काण्डमा संलग्न दुईलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।
गोली काण्डमा संलग्न ईश्वपुर नगरपालिका–११ करमुहान निवासी २७ वर्षीय रञ्जित राय र ३२ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
ईश्वरपुर... |
गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार काठमाडौं । रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आज साँझ गोली प्रहार गरिएको छ।
दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन्।
उनी गाउँपालिका कार्यालय रहेको भवनको माथिल्लो तलामा बस्दै आएका थिए। अध्यक्ष साउदल... |
सवारी दुर्घटनामा परी ५ जना मृत्यु काठमाडौं । कपिलवस्तु, बाणगंगा नगरपालिका १ बुङ्चिस्थित पूर्वपश्चिम राजमार्गमा लु ३ त ७२७२ नम्बरको ट्याक्टर शनिबार साँझ खाल्डोमा पल्टिँदा गम्भीर घाइते भएका ट्याक्टर चालक २७ वर्षीय रामु थारु र सोही ठाउँ बस्ने १७ वर्षीय रंजित बोटेको सामुदायिक अस्पताल पिपरामा उपचारको क्रममा मृत्यु भएको छ।
द... |
काठमाडौं र पोखरामा ९० हजारसहित १० जना जुवाडे पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका ६ महाङ्काल डेरा गरी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका ३ की २८ वर्षीया रिता राई तामाङको कोठामा जुवातास खेलिरहेका रिता लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनीहरुबाट नगद ६६ हजार १ सय ७० रुपैयाँ, ५ सय भारतीय रुपैयाँ र ३ बुक... |
शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन सोचेजस्तो सजिलो छैन : प्रचण्ड काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन सोचेजस्तो सजिलो नभएको बताएका छन्।
अध्यक्ष दाहालले द्वन्द्वकालीन मुद्दालाई टुंगोमा पुर्याउन सत्य निरुपण तथा मेलमिल... |
रुपन्देहीमा गोली हानेर एक जनाको हत्या काठमाडौं । रुपन्देहीमा गोली हानेर एकजनाको हत्या गरिएकोे छ।
आइतबार दिउँसो साढे २ बजेतिर ओमसतिया गाउँपालिका ३ का महेन्द्र कुर्मीलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले डिसी नेपाललाई बताए।
उनका अनुसार घटना रोहणी गाउँपालिकामा भएको हो। ‘लुटेरा समूहले ... |
सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ मा सवारी दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ।
चन्द्रागिरीको मुख्य सडकमा ना ६ ख २७४४ नंको ट्रकले बा ८९ प ४३२९ नंको मोटरसाइकललाई दिउँसो ठक्कर दिँदा मोटरसाइकल पछाडि बस्ने चन्द्रागिरि नगरपालिका–८ बौथलीका २२ वर्षीय मनिष कार्कीको मृत्यु... |
पहिरो जाँदा साँफे-मार्तडी सडक अवरुद्ध बाजुरा । जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडकखण्डमा पर्ने बुढीगङ्गा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ।
शुक्रबार राति आएको पहिरोलाई आज बिहान हटाइए पनि मध्यान्ह पुनः ठूलो पहिरो आएपछि सडक अवरुद्ध बनेको निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुङ्गानाले... |
‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’ चितवन । डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन्।
पत्रकार राजु चौधरीले ... |
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक तयार काठमाडौँ । नेपाल सरकारले ‘विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय’ सम्बन्धी विधेयक सङ्घीय संसद्मा चाँडै लाने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले विधेयकलाई संसद्मा दर्ता गर्न सैद्धान्तिक सहमति दिएको जानकारी दिए।
आयु... |
अपहरण गरि फिराैती रकम माग्ने ४ जना साेल्टीमाेडबाट पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका ९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको गेट अगाडिबाट कास्की पोखरा महानगरपालिका ८ न्यूरोड बस्ने ३८ वर्षीय एल्ली गुरुङलाई अपहरण गरी २ लाख ५० हजार रूपैयाँ फिरौती रकम माग गर्ने कार्यमा संलग्न ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको... |
सिद्धबाबामा दुई जीप पुरिए, एक जनाको घटनास्थलमै मृत्यु, सडक अवरुद्ध काठमाडौं। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबामा पहिरोले दुई जीप पुरेको छ।
शुक्रबार विहान बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जीप र पाल्पाबाट तर्फबाट वुटबल आउँदै गरेको लु २ ख ५९३८ नम्बरको स्कारपियो पुरिएको जिल्ला प्रहरी कार्याल... |
भुमादेवीको हत्यामा संलग्न २ दम्पति पक्राउ काठमाडौं । प्रहरीले हत्यामा सङ्लग्न चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको टोलीले गैँडाकोट नगरपालिका–१५ का ६८ वर्षीया भुमादेवी खत्रीको हत्यामा संलग्न चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
हत्यामा संलग्न खोटाङको दिपु्रङ घर भई हाल गैँडाकोट–८ बस्द... |
यू–१६ राष्ट्रिय फुटबल टोली जोर्डनतर्फ काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउन २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली आज जोर्डन प्रस्थान गरेको छ ।
सन् २०२० मा आयोजना हुने उक्त च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्त... |
कास्कीबाट हातहतियार सहित ४ जना पक्राउ कास्की । माछापुच्छ्रे गाउँपालिका–२ खम्राङ बस्ने ४८ वर्षीय बम बहादुर तामाङलगायत ४ जनालाई विभिन्न हातहतियार सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
उनीहरुको घरमा राखेको ३ नाल भरुवा बन्दुक, केही मात्रामा बारुद र छर्रा, १३ थान लाईभ राउण्ड, सर्टगनको ३ थान लाइभ राउण्ड, प्रयोग गरिएको २... |
सरकारद्वारा मिठाई पसलहरुको अनुगमनमा तीव्रता काठमाडौं । सरकारले काठमाडौंमा रहेका मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिएको छ।
दशै, तिहारजस्ता चाँड पर्वलाई लक्षित गरेर कृषि विकास मन्त्रालयकै अग्रसरतामा बुधबारबाट काठमाडौंको मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिइएको हो।
कृषि राज्यमन्त्री रामकुमारी चौंधरी नेतृत्वको ब... |
डेंगु नियन्त्रणका लागि संकटकाल घोषणा गर्न काँग्रेसको माग काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ।
राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंक... |
भिडियोमा हेर्नुस् सिंहदरबार अगाडि यसरी उत्रियो ट्राफिक र महानगरपालिका-फलोअप काठमाडौं । सिंहदरबार अगाडि अनधिकृत पार्किङमा राखिएका सवारी साधन कारवाहीमा परेका छन्। फुटपाथ कब्जा गरेर पार्किङमा राखिएका मोटरसाइकलहरू काठमाडौं महानगरपालिकाले उठाएर लगेको थियो भने फुटपाथमा राखिएका गाडीहरूमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले ह्वि... |
घुस लिएको आरोपमा सहायक वन अधिकृत डिसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा डोटीको लानाकेदारेश्वर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत (आठौँ तह) सुरेश चन्द्र डिसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
निजले सेवाग्राहीको काठको छुटपुर्जी सिफा... |
मकाउ पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ काठमाडौं । मकाउ पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका ३ का बिनोद बस्नेत/बिनोदमणि बस्नेत भन्ने ४२ वर्षीय राजु केसीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगारको सिलसिलामा आउ... |
रुकुममा चट्याङ लागेर १ जनाको मृत्यु, दुई घाईते रुकुम पश्चिम । रुकुम पश्चिममा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
जिल्लाको मुसिकोट नगरपालिका १३ डाँडा सिवाङ्ग माल्धुलाका स्थानीयको गोठमा चट्याङ आउँदा ३६ वर्षीय केशरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब ... |
सामूहिक बलात्कारको अभियोगमा ९ जना पक्राउ परासी । एक १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पश्चिम नवलपरासीमा प्रहरीले नौ अभियुक्तलाई पक्राउ गरेको छ। सुस्ता गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरिएको हो।
सोही स्थानमा आइतबार बिहान घरबाट कामको सिलसिलामा बाहिर जाँदै गरेकी एक युवतीलाई स्थानीय दश युवाले डरत्रास दे... |
कतारबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको सुन सहित ३ जना पक्राउ काठमाडौं । कतारबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको सुन सहित ३ जना पक्राउ परेका छन् ।
अवैध रुपमा लुकाई छिपाई ल्याएको १ केजी ४ सय ग्राम सुन सहित तनहुँ छिपछिपे नगरपालिका–७ घर भएका ५० वर्षीय होम बहादुर गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट ... |
पूर्वाधार विकासमा बाह्य लगानी भित्र्याउन काठमाडौंमा ‘शिखर सम्मेलन’ काठमाडौं । काठमाडौंमा यही भाद्र २५ र २६ गते ‘तेस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ ।
नेपाल उद्योग परिसंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलील... |
प्रहरीसँग मात्रै हुने पेस्तोल कसरी पुग्यो लुटेरा समूहसँग? काठमाडौं ।राजधानी काठमाडौंमा लुटपाट र आपाराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरी अहिले सक्रिय छ। यसैक्रममा प्रहरीले आपाराधिक ट्र्याक रेकर्ड भएकाहरुलाई निगरानीमा राखिरहेको छ। उनीहरुका गतिविधिबारे प्रहरीले निगरानी बढाइरँहदा शनिबार राजधानी काठमाडौंको माछापोखरीबाट ८ ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.