content stringlengths 31 27.4k ⌀ |
|---|
राजधानीमा थाई शैक्षिक मेला काठमाडौं । नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर राजधानीमा चौथो थाई शैक्षिक मेला प्रारम्भ भएको छ ।
गुणस्तरीय शिक्षाका निम्ति दक्षिण पूर्वी एशियामा ख्याति कमाएका थाइल्याण्डका आठवटा विश्वविद्यालयले भाग लिएको एक दिवसीय शैक्षिक मेलाको परराष्ट्रसचिव शङ्... |
सिरहामा धमाधम खुले कृषिजन्य उद्योग, हालसम्म १४ सय घद्योग दर्ता लहान । सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ।
जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ। दर्ता गरिएका मध्ये ५५८ ... |
सासुलाई बञ्चरो प्रहार गरेको अभियोगमा बुहारी पक्राउ काभ्रे । आफ्नै सासुलाई बञ्चरो प्रहार गरेको अभियोगमा एक बुहारी पक्राउ परेकी छन्।
४८ वर्षीया सासु धौमती सार्कीलाई धारिलो हतियार बञ्चरो प्रहार गरेको अभियोगमा पाँचखाल नगरपालिका ९ बस्ने २३ वर्षीया सरिता सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
घरायसी बिवादको कारण सर... |
चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ ललितपुर । उपत्यकाका विभिन्न स्थानमा सुन चाँदीका गरगहना, नगद, मोबाइल, ल्यापटप लगायतका सामान चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौं र ललिपुरको विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १४ बल्खुस्थित सु... |
घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जना पक्राउ काठमाडौं । ५ लाख रुपैयाँ बराबर रकमको दुई कोठे घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जनालाई काठमाडौं महाबौद्धबाट बिहीबार दिउँसो महानगरीय प्रहरी बृत्त बालजुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काठमाडौं सितापाईला बस्ने मकवानपुर राक्सिराङ गाउँपालिका ४ ... |
दाङमा इसाई धर्म प्रचार गर्ने चार जना पक्राउ दाङ । धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका ... |
विद्यालयका अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ परासी । रु ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक ... |
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे प्रमुख सल्लाहाकारको राती साढे १० बजेपछि फेसबुक पोस्ट काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे बिहीबार दिनभर चर्चा भएपछि राती प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले फेसबुकमा एक पोस्ट शेयर गरेका छन्। उनले फेसबुकमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य ठिक रहे... |
‘विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने’ काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरूले यात्रुहरुसँग अझै सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गरी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय ... |
पक्राउ पर्नु अघि के भनेका थिए रवि लामिछाने र युवराज कँडेलले ? काठमाडौं । पत्रकार सालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले बुधबार आ–आफ्नो फेसबुक वालमा आफूहरु निर्दोश रहेको र निष्पक्ष छानविन हुन माग गरेका थिए।
रवि लामिछानेले भनेका थिए, ‘आरोप लगाउने मरेर गएपनि आरो... |
पत्रकार पुडासैनी प्रकरण : रवी लामिछाने, अस्मिता कार्की र यूवराज कँडेल पक्राउ काठमाडौं। माउन्टेन टेलिभिजनका तत्कालीन पत्रकार सालिक राम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले न्यूज ट्वान्टी फोर टेलिभिजनको ‘जनतासँग सिधा कुरा’ शोका पत्रकार रवी लामिछाने र सोही कार्यक्रमका अर्का सहकर्मी यूवराज कँडेललाई बिहीबार प्रहरीले नियन्... |
प्रधानमन्त्री ओली अस्वस्थ काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली अस्वस्थ भएका छन् । हालै सिंगापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्री ओली फेरि अस्वस्थ भएका हुन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली अस्वस्थ भएको जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री ओलीलाई ज्वरो आएको छ । प्रधानमन्त्री अस... |
एशियन पेन्टस् उद्योगमाथि मुद्दा दायर हेटौँडा । नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर गरिएको छ। नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि मुद्दा दायर गरेको हो।
उद्यो... |
१०० भन्दा बढी यात्रु बोकेर उडेको विमान आकस्मिक अवतरण काठमाडौँ । मस्कोको विमानस्थलमा बिहीबार एक विमानले आकस्मिक अवतरण गरेको छ।
उडिरहेको विमानमा समस्या आएपछि आकस्मिक अवतरण गरेको विमानमा रहेका सबै यात्रु सकुशल रहेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ।
एक सय भन्दा बढी यात्रु सवार रहेको यो विमान मस्को क्षेत्रको झुकोभस्... |
प्रधानमन्त्री मर्माहत काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरेका हुन् ।
यस्तो छ... |
गोसाइँकुण्ड स्नान गर्न गएका युवकको लेक लागेर मृत्यु रसुवा । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ।
जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी बस्ने २३ वर्षीय दीपक ढकालको निधन भएको हो।
समुद्र सतहदेखि १४ हजार १... |
आज देशभर जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक... |
नियन्त्रित लागूऔषधसहित ४ जना पक्राउ काठमाडौं । रुपन्देही, बुटवल उपमहानगरपालिका ४ ट्राफिक चोकबाट स्याङजा मल्याङकोट गाउँपालिका ४ बस्ने २२ वर्षीय प्रदिप शाही र सोही ठाउँ बस्ने २७ वर्षीय रामचन्द्र गिरीलाई नियन्त्रित लागूऔषध नाट्राजेपाम १ सय ट्याब्लेट सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय बुटवलबाट... |
पत्रकार पुडासैनी आत्महत्या प्रकरणः रवी लामिछानेमाथि गम्भीर आरोप (मर्नुअघिको भिडियो) काठमाडौं। गएको साउन २० गते चितवनको एक होटलमामा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियो सार्वजनिक भएको छ।
नेपाल आज यूट्युबमा अपलोड गरिएको भिडियोमा मृतक पत्रकार पुडासैनीले आत्महत्याको कारण न्य... |
सुदूरपश्चिममा बिहीबार सार्वजनिक बिदा धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबारप्रकाशित सूचनामा जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निक... |
भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ : प्रदीप गिरी काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाईदिने’ चेतावनी दिएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा सांसद गिरीले नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै... |
‘नेपाल–भारत सिमाना, तराई डुबानको समाधानका लागि कुटनीतिक पहल आवश्यक’ काठमाडौं। गृहसचिव प्रेम कुमार राईलेले नेपाल भारतबीचको सिमाना, तटबन्ध तथा तराई मधेश डुबान समस्याको दीर्घकालीन समाधानका लागि कुटनीतिक पहल गरिनुपर्ने बताएका छन्।
संघीय संसद अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा गृहसचिव राईले तराई ... |
भक्तपुरको सूर्यविनायकका ८ हजार गाँजाका बोट फडानी भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ठूलोगाउँमा रहेका करीब आठ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ ।
महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागुऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फड... |
झापामा जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ झापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–२ मा ज्याला मजदुरी काम गर्ने धनकुटा पात्लेखोला घर भएका २३ वर्षीय सन्तोष तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहर... |
घुस मागेको अभियोगमा मुद्दा काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका सिरहाका इञ्जिनीयर जगदीशप्रसाद साह र सवइञ्जिनीयर उमा श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विद्यालयको शौचालय निर्माणको भुक्तानी दिन सहज बनाइदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । उनीहरुलाई बिगो बम... |
तीन देशका गैरआवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष एक आवासीयसहित तीन गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा ओहोदाका प्रमाणपत्र बुझाउनेमा नेपालका लागि रुसका आवासीय राजदूत अ... |
भ्रष्टाचार नियन्त्रण गर्न नेता नेपालको ध्यानाकर्षण काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्।
वरिष्ठ नेता नेपालले युवाहरुलाई उद्यमशील बनाउन पनि प्रोत्साहनको नीति लिन सरकारलाई सुझाव दिए। स... |
काँग्रेस नेता सिंह ८ दिनपछि डिस्चार्ज काठमाडौं। अस्वस्थ भएपछि राजधानीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह सोमबार ८ दिनपछि डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको उनी निकट विद्यार्थी नेता यूपी लामिछानेले जानकारी दिए।
गत सोमबार दिउँसो स्वास्थ्यमा ... |
‘तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग’ ललितपुर। कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग भइरहेको बताएका छन्। फोर एच नेपालको संयोजनमा सोमबार ललितपुरमा आयोजित ‘एशियाली कृषि सम्मेलन तथा प्रदर्शनी २०१९’ का अवसरमा कृषिमन्त्री खनालले नेपालसँग हालसम्म यूरिया मल ... |
भ्रष्टाचार मुद्दामा मुछिएका पूर्व नासुले गरे आत्महत्या काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतमा मुद्दा खेपिरहेका एकजना पूर्व नायब सुब्बाले आत्महत्या गरेका छन्। मालपोत कार्यालय कलंकी काठमाडौंमा रहँदा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा संलग्न रहेको भन्दै अख्तियार अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा... |
आज साउनको अन्तिम सोमबार : देशभरका शिवालयमा भक्तजनको घुइँचो काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
आज (सोमबार) बिहानैबाट काठमाडौंको पुशपतिनाथ, धरानस्थित पिण्डेश्वरधाम, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश... |
आज मुस्लिम धर्मावलम्बीको महान पर्व बकर इद, देशभरका मस्जिदमा घुईँचो काठमाडौँ । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।... |
अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न रहेको आरोपमा बालुवाटारबाट एक जना पक्राउ काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित कोठामा बस्दै आएका चितवन भरतपुरका ३६ वर्षीय नसिव तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अ... |
कैद भुक्तानीपछि पुनः कल बाइपासमा… काठमाडौँ । कल बाइपासमा अदालतले तोकेको कैद भुक्तानी गरेका व्यक्ति पुनः सोही गैरकानूनी कार्यमा सङ्लग्न भएको पाइएको छ।
चितवनको भरतपुर महानगरपालिका–१८ घर भई काठमाडौँको बालुवाटार बस्दै आएका ३६ वर्षीय नसिव तामाङ पक्राउ परेपछि उक्त रहस्य खुलेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)... |
बालिकाको उपचारार्थ सहयोग हस्तान्तरण संखुवासभा । संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले संखुवासभा भोटखोलाकी ९ महिनाकी बालिकाको उपचारार्थ सहयोग प्रदान गरेको छ।
कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले कोरियामा नै कार्यरत पेम्बा नुर्वु भोटेकी छोरी मिक्मा चिप्पा भोटेको सहयोगार्थ अभियान चालिएको थियो।
संखुवासभा सम्पर्क परिवारले... |
नेपाली काँग्रेसको निर्देशिका पारित काठमाडौं । नेपाली काँग्रेसले पार्टीको निर्देशिका पारित गरेको छ।
नेपाली काँग्रेसको आईतबार बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको विभिन्न तहको कार्य समिति समायोजन गर्ने गरी पार्टीको निर्देशिका सर्वसम्मतिले पारित गरेको हो।
साविकको कार्य समितिलाई नै समायोजन गर्ने गरी वडा तहसम्म पनि स... |
ह्वासिङ सिमेन्टलाई जग्गा भाडामा दिने सम्झौता गैरकानूनी भएको संसदीय समितिको ठहर काठमाडौं। संसदीय समितिले ह्वासिङ सिमेन्टले स्थानीय तहसँग जग्गा भाडामा लिन गरेको सम्झौंता गैरकानुनी भएको ठहर गर्दै रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले धादिङको बेनिघाट–रोराङ... |
नेपालमा वर्षेनी पाँच हजार व्यक्तिद्वारा आत्महत्या काठमाडौँ । नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन्। प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन्।
प्रहरी प्रधान कार्या... |
भोलि इस्लाम धर्मावलम्बीको महान चाड बकरिद विराटनगर । इस्लाम धर्मावलम्बीको महान चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ।
बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन्।
यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान सम... |
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना काठमाडौँ । मनसुनको न्यून चापिय रेखा औसतभन्दा केही दक्षिणतर्फ सरेकाले केही दिन भारी वर्षाको सम्भावना नरहेपनि आज देशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, आज देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चि... |
स्कुटरको डिक्कीबाट २ लाख रुपैयाँ चोरी, एक पक्राउ काठमाडौं । स्कुटरको डिक्कीमा राखेको नगद २ लाख रुपैयाँ चोरी गरेको अभियोगमा ललितपुर भैंसेपाटी बस्ने बाँके सितापुर नगरपालिका ३ खजुराका ३५ वर्षीय मोहन मगर भन्ने मोहन खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका २५ भैंसेपाटी बस्ने ३० वर्षीय शिबराम आले मगरको... |
सदस्य पाठकद्वारा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रको अनुगमन डोटी । रेडियो प्रसार सेवा विकास समितिका सदस्य दीपक पाठकले रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलको अनुगम गरेका छन्।
शनिवार दिपायल पुगेका पाठकले रेडियो नेपालको अनुगमन गरेका हुन्। उनले रेडियोका सम्पूर्ण सामग्री, स्टुडियोलगायत कर्मचारीहरुस... |
अवैध लागूऔषध सहित ६ जना पक्राउ काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिका १ घुमाउने भन्ने स्थानबाट तेह्रथुम लालिगुराँस नगरपालिका २ बस्ने २० वर्षीय सुजित भण्डारी समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब १ केजी सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी मारेककटहरेबाट खटिएको प्रहरीले को १७ प १०६० नम्बरको मोटरसाइ... |
महिलाको घाँटीबाट सिक्री थुत्ने गिरोह प्रहरी फन्दामा काठमाडौं । विगत केही समयदेखि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकलमा सवार व्यक्तिहरूले पैदल हिँडिरहेका महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्री तानेर लुटी फरार भएका घटना सार्वजनिक हुँदै आएका छन्।
त्यस्तै घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई काठमाडौं बसुन्धरा तथा ललितपुर... |
एउटा शिक्षकका भरमा विद्यालय पाल्पा । तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय एक शिक्षकको भरमा सञ्चालनमा छ । यहाँ छ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ। विद्यालयमा महीनाभरिमा दश दिनमात्र पढाइ हुने गरेको छ । अरु दिन विद्यालय खोल्ने र बन्द गर्ने मात्र काम हुन्छ । चालू शैक्षिक सत्रमा छ विद्यार्थी विद्य... |
बस दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ८ पुग्यो धादिङ । बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन ।
शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँत... |
आज साउन २५ गतेको राशिफल आज मिति २०७६ साल साउन २५ गते । तदनुसार सन् २०१९ अगस्ट १० तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, दशमी, १३ः०८ उप्रान्त एकादशी तिथि शनिबार ।
मेष
काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ।
वृष
साझेदारी लगानीमा फाइदा हुनेछ । आकश... |
अवैध लागूऔषध सहित ४ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका ८ गैरीगाउँस्थित सडकबाट पाँचथर फालेलुङ गाउँपालिका ८ ठेगाना भएका २३ वर्षीय सन्तोष लोवा र पाँचथर फिदिम नगरपालिका ९ ठेगाना भएका २१ वर्षीय सम्पन्न लावतीलाई अवैध लागूऔषध खैरो हेरोइन ५ ग्राम, नगद १ लाख रुपैयाँ र बा ९४ प ८०६० नम्बरको मोटरसाइकल सहित बिहीबार साँझ प्... |
बस दुर्घटनामा काँग्रेसद्वारा दुःख व्यक्त काठमाडौं। नेपाली काँग्रेसले धादिङको वेनीघाट रोराङ गाउँपालिका–३ त्रिशुली नदीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४६९ नम्बरको रात्रिबस त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु हुनाका साथै दर्जनौँ यात्रु बेपत्ता भएका छन् ।
काँग्रेस सभापत... |
यसरी पक्राउ परे गाउँपालिका अध्यक्षलाई २ करोड नदिए ज्यान मार्ने धम्की दिनेहरु काठमाडौं । दुई करोड नदिए ज्यान मार्ने धम्की दिने कार्यमा संलग्नलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं रानीबारी बस्ने रामेछाप लिखु गाउँपालिका ७ तिल्पुङ घर भएका ३० वर्षीय लोप्सन लामा तथा मिलन तामाङ भन्ने बाबुराम तामाङ र उनका सहयोगी काठमाडौं... |
सेनाले सबै जिल्लामा विद्यालय सञ्चालन गर्ने काठमाडौं। नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो ।
पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रद... |
विषादी प्रयोगशाला प्रदेश सरकारले नै बनाउने काठमाडौं। प्रदेश सरकारले पनि आ–आफ्नै प्रदेशमा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना तय गरेका छन । खाद्य बस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकार आफैले १–१ वटा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने... |
नक्कली नोट छाप्ने उपकरणसहित चार पक्राउ काठमाडौं । नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्द... |
‘जलवायु परिवर्तनसँग लड्न शाकाहारी खानेकुरा खानुहोस्’ बीबीसी । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले शाकाहारी खानेकुराले जलवायु परिवर्तनका नकारात्मक प्रभावससँग जुध्न मद्दत गर्ने बताएका छन्।
भूमि प्रयोग र जलवायु परिवर्तनसम्बन्धी एउटा प्रमुख प्रतिवेदनले पश्चिमा मुलुकहरूमा हुने मासु र दुग्ध उत्पादनको ठूलो खपतले विश्वको तापमान ब... |
४५ यात्रुमध्ये मृत्यु हुने ३ जनाको सनाखत, १६ को उद्दार (नामावलीसहित) सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ। १६ को जीवित उद्धार गरिएको छ।
मृतक तीनै जनाको पहिचान खुलेको छ। उनीहरू सर्लाही ब्रहम्पुर... |
त्रिशुली बस दुर्घटनाः मृत्यु हुने तीन जना एकै परिवारका (नामसहित) काठमाडौं। धादिङको सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा ब्रमपुरी गाउँपालिका ४ सर्लाहीका राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरब रौनियार छन्। प्रहरीका अनुसार उनीहरू एकै परिवारका हुन्।
सर्ला... |
प्रधानमन्त्री आइतबार स्वदेश फिर्ता हुने काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर आइतबार स्वदेश फर्कने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए।
“शुक्रबार आउनुहुन्छ कि भन्ने थियो, तर स्वास्थ्य परी... |
लागूऔषध सहित २ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका १४ बल्खुबाट कुलेश्वर बस्ने मोरङ रंगेली नगरपालिका ६ घर भएका २६ वर्षीय लक्की सिंहलाई लागूऔषध नाईट्राभेट २८ थान, ट्रामा ३ सय २० थान, गाँजा करिब ५० ग्राम र नेपाली ४४ हजार रुपैयाँ तथा भारतीय १ हजार १ सय रुपैयाँ सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
मोरङ, उर्ला... |
चोरी गर्ने क्रममा मकवानपुरका प्रशान्त थोकर कलंकीबाट पक्राउ काठमाडौं । काठमाडौ महानगरपालिका-१४ कलंकीबाट सतुंगल बस्ने मकवानपुर थाहा नगरपालिका ताखेल घर भएका २८ वर्षीय प्रशान्त थोकरलाई सालकको खपडा जस्तो देखिने बस्तु ८३ टुक्रा, कस्तुरीको विना जस्तो देखिने बस्तु १ वटा र करिब ६० हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका वाइरिङका ... |
उत्तर कोरियाले साइबर आक्रमण गर्न सक्ने भन्दै नेपालमा सतर्कता काठमाडौं। उत्तर कोरियाले उच्चस्तरका साइबर हमलाहरू गर्दै विभिन्न देशका ब्याङ्कहरूबाट पैसा लगेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि वित्तीय संस्थाहरूलाई सचेत बनाइएको अधिकारीहरूले बताएका छन्।
राष्ट्रसङ्घको एउटा गोप्य प्रतिवेदनमा उत्तर कोरियाले आफ्ना हातहतियार पर... |
प्रतिनिधिसभा बैठक छोडेर सांसदहरु क्यान्टिनमा भुलेपछि… काठमाडौं । बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा विधेयक पारित गर्नलाई एक चौथाई सांसद पनि नपुगेपति सभामुखले बैठक नै स्थगित गर्नुपर्यो।
सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७६ पारित गराउने क्रममा सांसद देव प्रकाश तिमिल्सिनाले गणपुरक सख्या नपुगेको भन्दै प्रश्न... |
संसदमा सांसदका रोचक प्रस्तुति : एसी बिग्रेकोदेखि मन्त्रालय छिर्न नपाएको गुनासो काठमाडौं। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरुले बैठक कक्षको एअर कण्डिसन बिग्रिएको देखि शून्य र विशेष समयमा उठेका विषयमा सरकार र सम्बन्धि मन्त्रीबाट सम्बोधन हुन नसकेको भन्दै सम्बन्धीत निकायलाई निर्देशन दिन सभामुखको ध्यानाकर्ष गराएका छन... |
अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)काे नाम परिमार्जन अमेरिका । अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) ले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा महत्वपूर्ण १३ वटा निर्णयहरू गरेको छ । ईन्जाको प्रथम वार्षिक उत्सवमा व्यवस्थापन समितिको सिफारिसमा केन्द्रिय समितिले उक्त निर्णय गरेको हो ।
अगस्ट २ ,२०१९ का दिन बसेको बै... |
तीज भड्किलो नबनाउन प्रशासनको आग्रह काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन अपिल गरेको छ।
कार्यालयले सूचना जारी गर्दै आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गर्दै मनोरञ्... |
नेपाल आयो ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्ने ‘मास प्रिन्टर’ काठमाडौँ । झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ । हिजो बुधबार दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ। एकडेढ महिनापछि सो उपकरण प्रयोगमा आउने विभागका प्रवक्ता तीर्थराज खनालले जानका... |
यस्तो छ मुगुको एकमात्र नगरपालिकाको नीति तथा कार्यक्रम मुगु। मुगु जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट बुधवार सार्वजनिक गरेको छ।
गत असार १० गते उद्घाटन भै ३१ गते समापन भएको छायाँनाथ रारा नगरपालिकाको पाँचौ नगरसभाले सर्वसम्मत पारित गरेको नीति तथा कार्यक्रम र बजेट बुधवार सार्... |
काँग्रेस ट्रेड यूनियन खारेजको विरुद्धमा काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आधिकारिक ट्रेड यूनियन खारेज गर्न नहुने बताएको छ । काँग्रेस संसदीय दलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निजामती कर्मचारीहरुको आधिकारित ट्रेड युनियन खारेज अस्वीकार्य हुने बताएको छ ।
निजामति कर्मचारीबारे विधेयकमा हाल संसदको राज्यव्... |
‘मलाई बचाइदिनुहोस् ! डाक्टर बनेर देशको सेवा गर्न चाहन्छु’ काठमाडौं । बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँच वर्षीया मियुङ्ग पुन मगरलाई सहयोगको अपिल गरिएको छ। रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी मगरको परिवार र आफन्तले सहयोगको अपिल गरेका हुन्।
‘मियुङ्ग पुन मगर बचाऔं अभियान’ ले सहयोगी मनहरुका लागि ग्लोबल आई.ए... |
९.९ मेगावाटको जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै फिदिम । ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना आगामी हप्ता राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।आयोज नाको प्रवद्र्धक रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक कुवेरमणि नेपालका अनुसार आयोजनाको आन्तरिक रूपमा विद्युत् उत्पादनको परीक्षण कार्य सम्पन... |
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि….. धादिङ । सुन जस्तो पँहेलो धातुसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको वेनिघाट रोराङ गाउँपालिका ९ मझिमटार स्थित पृथ्वीलोकमार्गमा खटिएको प्रहरी टोलीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा २४ तोला अबैध सुन जस्तो देखिने पँहेलो ... |
भारतको दादागिरी, सीमावर्ती क्षेत्रमा बाँध जस्तै सडक बन्दै नेपालगञ्ज। भारतले बाँके जिल्लाको सीमावर्ती क्षेत्रमा सडकजस्तो बाँधको निर्माण अघि बढाएपछि बाँकेको दक्षिण–पश्चिम भेगका बासिन्दा फेरि त्रसित भएका छन्।
जिल्लाको हिरमिनिया गाउँ अगाडि पिप्रहवा गाउँबाट पश्चिमको क्षेत्रमा भारतले सडकजस्तो बाँध विस्तार गर्न थालेको हो।
झण्... |
उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा दिन्न: मन्त्री पण्डित काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा नदिने स्पष्ट पारेका छन्।
मन्त्री पण्डितले अध्ययन विदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको उल्लेख गर्दै उचित कारण... |
कास्कीमा सबैभन्दा बढी भ्रष्ट्राचार, एक वर्षमा ८३२ उजुरी पोखरा । गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो। आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष २०७५/७६ को त... |
रुद्राक्षको दानामा लगाइएको प्लाष्टिकको क्लिप प्रहरीले हटायो भोजपुर । ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउन भन्दै लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ। ठेकेदारले किसानबाट बगान खरीद गरी आफूखुशी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लिप हटाएको हो। क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त... |
प्रधानमन्त्री ओलीलाई जगन्नाथ पुरी भ्रमणको निमन्त्रणा काठमाडौँ । भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिएका छन् । सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण... |
पहिरोको खस्न थालेपछि सिंगो वस्ती त्रासमा बाजुरा। बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिरो खस्न थालेपछि ४५ परिवार त्रसित बनेका छन् । लगातारको वर्षाका कारण यहाँ पहिरो खस्न थालेको छ ।
पहिरोका कारण यहाँका बासिन्दा विस्थापित हुने खतरा रहेको स्थानीयवासी धनबहादुर बोहराले जानकारी दिए। “घर माथिबाट पहिरो खस्दै छ, अन्यन्त्र ... |
वडा अध्यक्षको घरमा अज्ञात समूहद्वारा आगजनी मुगु । मुगुको खत्याड गाँउपालिका–३ जाम गाँउको बजार क्षेत्रमा आइतबार राति अज्ञात समुहले आगो लागाउदा तिन घर पुर्ण रुपले ध्वस्त भएका छन् ।
आइतबार राति करिब १२ बजे खत्याड गाँउपालिका–२ जाम गाउँको बजार क्षेत्रमा रहेका सोही वडाका वडा अध्यक्ष लालबहादुर मल्लको घरमा अज्ञात समुहले आगो लाग... |
नारायणकाजीको टिप्पणीः सरकारमा छौं भनेर घमण्ड नगरौं गोरखा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैपक्षसँग आग्रह गरेका छन्।
पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रे... |
दीगो विकासबारे छलफल गर्न नगरकोटमा जम्मा हुँदै देशैभरका सांसद काठमाडौं। संघीय संसदको दीगो विकास तथा सुशासन समितिले प्रदेश सभाका सांसदहरुसँग दीगो विकास र सुशासनसम्बन्धि प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले दीगो विकास र सुशासनका लागि ठोस कार्ययोजना तय गरी कार्यान्वयनमा लै... |
आज नागपञ्चमी पर्व : चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिँदै काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र... |
४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न काठमाडौं। २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन् ।
पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक... |
कर्मचारीको नयाँ तलबमान सार्वजनिक (विवरणसहित) काठमाडौं। सरकारे बजेटमा व्यवस्था भएअनुसार कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । मन्त्रिपरिषदको गएको बिहीबार बसेको बैठकले नयाँ तलबमान तोकेको हो। आइतबार सरकारका प्रवक्ता सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटो सरकारले कर्मचारीको नयाँ तलबमान निर्धारण गरेको जानकारी दिए ।
न... |
घुस लिएको अभियोगमा अधिकृत पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक जना अधिकृतलाई पक्राउ गरेको छ।
अख्तियारले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाले जनाएको छ।
आयोगका अन... |
मन्त्रिपरिषद्का यस्ता छन् १९ निर्णय काठमाडौं। सरकारले सडक सुधारका लागि एशियाली विकास बैंक (एडीबी)बाट २१ अर्ब ऋण लिने तयारी थालेको छ । एको मन्त्रिपरिषद बैठकले एडीबीबाट ऋण लिनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।
सो रकमले सडक तथा राजमार्ग सुधार गरिने सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाल... |
न्यायलयप्रति किन असन्तुष्ट बन्यो सरकार? काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले गरेका निर्णयहरु न्यायालयले रोकेको प्रति असन्तुष्ठी जनाएका छन्।
मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारको गरेका निर्णयहरुमा न्यायलय ... |
संसदीय समितिमै भावुक बने पर्यटनमन्त्री भट्टराई कामाठाडौं। संस्कृति नागरिक उड्डयन तथा पर्यटनमन्त्रीमा नियुक्त भएपछि योगेश भट्टराई आइतबार पहिलो पटक संसदीय समितिमा उपस्थित भए। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोलाइएका नवनियुक्त मन्त्री भट्टराईलाई समितिका सदस्यहरुले बधाई दिँदा मन्त्री भट्टराई भने भावुक... |
तनहुँका सुमन थापा काठमाडौं आउदै थिए, जब नागढुंङ्गामा प्रहरीले चेकजाँच गर्यो, त्यसपछि… काठमाडौं । पछिल्लो समय चन्द्रागिरी नगरपालिका २ नागढुङगामा प्रहरीले कडा चेकजाँच गर्न थालेपछि दैनिकजसो अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरु पक्राउ पर्दै आएका छन्।
राजधानीबाट पश्चिमतिरका जिल्लाबाट आउनै एउटै रुट नागढुंगा भएपछि त्यो ठाउँ... |
‘महिला-बालबालिका-जेष्ठ नागरिकलाई प्रदान गर्ने सेवा अझै बढी विश्वासिलो हुनुपर्छ’ काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले उच्च लगाव एवम् व्यवसायिकतासाथ काम गरी महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अझै बढी विश्वासिलो सेवा प्रदान गर्नुपर्ने बताएका छन्।
प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथ... |
कृषिमन्त्री खनालले स्वीकारे गल्ती काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले विषादी परीक्षणबारे भारतीय दुतावासले पठाएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमा नदिएर गल्ती गरिएको स्विकार गरेका छन्।
जेष्ठ २१ गते प्रधानमन्त्री ओलीले सो विषयमा बोलेको तर त्यसको दुई दिनपछि मात्रै भारतीय दुतावासको पत्र दिएक... |
फोनबाट धम्क्याई ७५ लाख माग गर्ने उदय गिरी धापाखेलबाट पक्राउ काठमाडौं । मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गर्ने कार्यमा संलग्न ललितपुर महानगरपालिका–२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गरी भारतबाट समेत फोन गरी बिभिन्न व्यक्तिहरूल... |
मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी काठमाडौँ । मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो ।
आव २०७४/७५ मा मानव बेचविखन तथा ओसारपसारमा ३०८ मुद्दा दर्ता भए पनि २०७५/७६ मा भने ... |
विप्लव नेकपाले विज्ञप्ति नै निकालेर भन्यो ‘चन्दा माग्न आउँदैछौं, पहिलेजस्तै दिनुहोला’ काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आम सर्वसाधारणसँग औपचारिक रुपमै चन्दा मागेको छ। यसअघि देशका विभिन्न स्थानमा विप्लव नेकपाले चन्दा आतंक नै फैलाएको दाबी गरिए पनि नेतृत्वले त्यसलाई स्वीकार गरेको थिएन। तर, अहिले भने लिख... |
जुम्लाको लटरम्म स्याउ जुम्ला । जुम्ला तिला गाउँपालिका १ का कृषक महेन्द्र बुढाको बगैचामा जुम्ली स्याउ पाक्न थाले। स्याउ गत बर्षमा भन्दा यसपालि बढी फलेको छ। तस्वीरः विजय रावत/रासस
|
फुटबल खेलको अभ्यास गर्दै बालखेलाडी खोटाङ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा फुटबल खेलको अभ्यास गर्दै बालखेलाडी। व्यवसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ खोटाङ फुटबल एकेडेमीले जिल्लाका ४१ जना बालखेलाडीलाई सहभागी गराएर निःशुल्क तालीम दिँदै आएको छ। तस्वीर : केदार मगर, खोटाङ/रासस
|
भब्सी खोलामा बेलिब्रिज निर्माण, यातायात सञ्चालन पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको भब्सी खोलामा बेलिब्रिज निर्माणकार्य सम्पन्न भएपछि गए रातिदेखि यातायात सञ्चालन भएको छ।असार २८ गते आएको भीषण बाढीले भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुलमा यातायात अवरुद्ध हुँद... |
आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना काठमाडौं । आज देशका अधिकांश स्थानमा सामान्य बदली भई भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वानुमान महाशाखाले २४ घण्टे सूचना जारी गर्दै मनसुनको न्युन चापिय रेखा नेपालको तराई भागमा रहेकाले देशका अधिकांश स्थानमा सामान्य बदली भई अधिकांश स्थानम... |
कांग्रेसमा संस्थापन इतर पक्षलाई राहत काठमाडौं। लामो समयपछिको विवादपछि नेपाली कांग्रेसले अन्तरिम संरचना गठन प्रक्रियाका बारेमा टुंगो लगाएको। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अन्तरिम संरचना गठनका लागि निर्देशिका निर्माण गरेर आगामी मंसिर महिनाभित्रै संरचना विस्तार गरिसक्ने निर्णय गरेको हो।
बैठकले आगामी मंसिर महि... |
किसानले उत्पादन गरेको वस्तुको जिम्मा सरकारले लिन्छ : मन्त्री अर्याल काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको जिम्मा सरकारले लिने बताएकी छन्।
वालिङ नगरपालिकास्थित १२ र १४ नं वडामा सामूहिक कागतीखेतीको आज शुरुआत गर्दै मन्त्री अर्यालले सरकार अब व्यावसायिकर... |
कमल थापाको कडा टिप्पणीः विदेशीको पैसाले चुनाव लडेका नेताले देशको स्वाभिमान बचाउन सक्दैनन् काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको समस्या समाधान गर्नका लागि नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताएका छन्।
पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शनिबार सम्बोधन गर्दे अ... |
मुख्यमन्त्री गुरुङसँग वडा अध्यक्षहरुको गुनासो ‘हाम्रो त हैसियत नै भएन’ पोखरा । वडा अध्यक्षहरुको एक समुहले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटेर आफ्नो हैसियत निर्धारण गर्न माग गरेका छन्। शुक्रबार भएको भेटका क्रममा उनीहरुले निर्वाचित जनप्रतिनिधि भएर समेत सरकारले आफुहरुलाई मर्र्यादाक्रममा समावेश नगरेको ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.