content
stringlengths
31
27.4k
समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्छ : कमल थापा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनताको समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताएका छन्। अध्यक्ष थापाले मुलुकको राष्ट्रियताको सम्वद्र्धन र संरक्षणका लागि पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढनुको विकल्प न...
‘दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँछ’ काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले दसैं, तिहारजस्ता चाडपर्वको अवसर पारेर आयोजना हुने चियापान कार...
बिपी कोइराला क्यान्सर अस्पतालमा मङ्सिर १ गतेदेखि ईएचएस सुरु काठमाडौं । पछिल्लो समय सुधार हुँदै गएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यही मङ्सिर १ गतेबाट विस्तारित स्वास्थ्य सेवा (ईएचएस) शुरु गरिने भएको छ। शुरुमा साँझको समयबाट सेवा शुरु गर्न लागिएको हो। अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका ...
कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति पुनलाई काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारको राजकीय भ्रमणमा गएकाले कार्यबाहक राष्ट्रपतिको रुपमा उप–राष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिइएको छ। राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी उनलाई तोकिएको जनाइ...
जनअपेक्षाअनुसार प्रभावकारी ढङ्गले काम अगाडि बढाउनुपर्छ : वरिष्ठ नेता खनाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन्। पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान ...
दुई दशकदेखि थुनिएरै कोठामा लमजुङ। यहाँस्थित सुन्दरबजार नगरपालिकाका एक युवा दुई दशकदेखि आफ्नै घरको कोठामा बन्दी अवस्थाको जीवन बिताउँदै आएका छन्। सुन्दरबजार नगरपालिका–२ हाँडेटारका ३४ वर्षीय राजु विकको मानसिक सन्तुलन गुमेपछि दुई दशकदेखि कोठामै बन्दी अवस्थामा रहँदै आएका हुन्। उनको मानसिक सन्तुलन गुमेपछि जसलाई जतिबेला पनि ह...
‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’ काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आन्तरिक द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको मौलिक विधि र सफलता विश्वका लागि उदाहरणीय भएको बताएका छन्। सर्बियाको बेलग्रेडमा जारी अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १४१ औँ सम्मेलनअन्तर्गत ‘अन्तर्राष...
आबुधावी डायलग : मन्त्री विष्टले सम्बोधन गर्ने काठमाडौं । श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम आबुधावी डायलगमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सम्बोधन गर्ने भएको छ। बुधबार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने पाँचौ मन्त्रीस्तरीय बैठकमा उनले सम्बोधन गर्ने श्रम मन्त्रालयले...
हुण्डी कारोवारको १३ लाख बरामद काठमाडौं । विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ ढाटबाट एक भारतीय नागरिकबाट अवैध रुपमा ल्याएको दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले आज पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनीको झोला जाँचका क्रममा उक्त रकम फेला पर...
सीको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा : मुख्यमन्त्री पोखरेल काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणबाट नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्। उनले चिनियाँ राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य ...
बमकाण्डका आरोपी मोहम्मद आलमको म्याद ७ दिन थप काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ। अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म...
गैरआवासीय नेपालीको निर्वाचनमा उम्मेदवारी शुल्क दश लाख काठमाडौं । गैरआवासीय नेपाली सङ्घको निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ। सङ्घको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क रु एक लाखदेखि १० लाखसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए। गत महाधिवेशनमा ...
जब प्रज्ञा प्रतिष्ठानको पर्दा खुल्यो‍‍‍… काठमाडौं । हिउँदको शुरुआतसँगै पाँच बज्दा नबज्दै सूर्यास्त हुने तरखरमा थियो। राजधानीमा हल्का चिसोको महसुस हुन थालिसकेको थियो। यता नेपाल प्रज्ञा प्रतिष्ठानमा भने कला संस्कृतिका माध्यमबाट साहित्यप्रेमीको मन तताउने तयारी हुँदै थियो। कला, साहित्य तथा संस्कृतिमा गहिरो लगाब भएका मूर्धन...
डिन अग्रवालमाथि कालोमोसो दल्ने विजय थापा आत्मसमर्पण गर्ने तयारीमा काठमाडौं । शैक्षिक अभियन्ता विजय थापाले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र (डिन) कार्यालयका डिन डा. जगदिश अग्रवालमाथि कालो मोसो दलेको घटनाको सम्पूर्ण जिम्मा आफूले लिने बताउँदै आजै प्रहरी प्रशासनमा आत्मसमर्पण गर्ने घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्...
शुभेच्छा थापाको चलचित्र ‘लक्ष्मी रानी’ कार्तिक १ बाट देशभर प्रदर्शन हुँदै काठमाडौं । शुभेच्छा थापा द्वारा निर्देशित चलचित्रत्र ‘लक्ष्मी रानी’ कात्तिक १ गतेदेखि देशभर एकैसाथ प्रर्दशन हुन लागेको छ। नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ दर्शकहरुको रोजाइमा पर्नेमा निर्माण पक्ष ढुक्क छ। शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी...
विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राज्य अमेरिकाको वाशिङटन डीसीमा आयोजना हुने बैठकका अतिरिक्त विश्व बैंक समूह तथा अन्तर्राष्ट...
महराको अदालत देखि अस्पतालसम्मका दृश्य (भिडियो) काठमाडौं। जिल्ला अदालत काठमाडौंको परिसरमा गाडीबाट झर्दै गरेका कृष्णबहादुर महरालाई हेर्नेको भिड थियो। यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज मङ्गलबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको थियो। गाडिबाट ओर्लिंदा पत्रकारका क्यामेर...
रारादेखि छायाँनाथ धामसम्म हेलिकोप्टर सेवा शुरु मुगु । दुई महिना अघि सुरु गरिने भनिएको रारादेखि छायानाथ धामहवाई प्याकेजको मंगलवार परीक्षण उडान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षितगरी मंगलवार सदरमुकाम गमगढीदेखि छायानाथसम्म सिम्रिक एयरको नाईन एनएएलपिकल साईन हेलिकप्टरबाट परीक्षण उडान सम्पन्न गरिएको हो । परीक्षण उडान...
चिनियाँ राष्ट्रपतिको सुरक्षा व्यवस्था मजबुत बनाएको भन्दै एआइजिपीद्वारा धन्यवाद व्यक्त काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका महामहिम राष्ट्रपतिको २ दिने नेपाल भ्रमणको सिलसिलामा सुरक्षा व्यवस्थापनलाई मजबुत बनाई उत्कृष्ट रुपमा आ–आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले सम्पन्न ग...
विश्व खाद्य दिवस भव्यताका साथ मनाउने सरकारको तयारी काठमाडौं । सरकारले ३९ औं विश्व खाद्य दिवस भव्यताका साथ मनाउने भएको छ । कृषि विभागले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भोली असोज २९ गते (अक्टोबर १६ तारिक) का दिन विश्वभर मनाइने सो दिवसमा नेपालमा पनि भव्य रुपमा मनाउने जानकारी गराएको हो। ‘पहलः स्वस्थ आहार, भोकमुक्त स...
‘चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशको सम्बन्ध सगरमाथाझैं उचाई र सागरझैं गहिराईमा पुर्याएको छ’ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सगरमाथाझैं उच्च र सागरझैं गहिराईमा पुर्याएको बताएका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्को...
नेपालकाे जलविद्युतमा लगानी गर्न एनआरएनलाई अर्थमन्त्री खतिवडाको आग्रह काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्। अर्थमन्त्री खतिवडाले गैर आवासीय नेपालीहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने आश्वासन पनि दिए। ...
२५ सय अमेरिकी डलरको अनेसास पुरस्कार डा. लुइँटेललाई काठमाडौँ । यस वर्षको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज राम लामा ‘अविनाशी’ विशिष्ट प्रतिभा पुरस्कार त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेललाई प्रदान गरिने भएको छ। तीन सदस्यीय पुरस्कार छनोट समितिको केही दिनअगाडि अमेरिकामा बसेको बैठकले साहित्यकार ...
मेस्सीबिनै अर्जेन्टिनाको आधा दर्जन गोल एजेन्सी। स्टार खेलाडी लियोनल मेस्सी र सर्जियो अग्युरोबिना मैदान उत्रिएको अर्जेन्टिनाले  फिफाको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । दुवै हाफमा ३-३ गोल गरेको अर्जेन्टिनाका लागि लुकास अलारियोले २० औं मिनेटमा गरेको गोलले नै टोलीलाई अग्र...
भारतमा आजदेखि नेपाल र भारतका ऊर्जा सचिवको बैठक शुरु हुँदै काठमाडौं। नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुँदैछ। बैठक दुई दिनसम्म चल्ने सो बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकु...
सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण गरिने रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकलाई विस्तृत सूचना दिन सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण गर्नेभएको छ। निकुञ्जको वार्षिक कार्यक्रमअनुसार सौराहामा रहेको सम्पर्क कार्यालयमा डिजिटल डिसप्लेसहित आधुनिक सूचना केन्द्र स्थापना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका सू...
राष्ट्रपति सीको राजकीय भ्रमण सम्पन्न, नेपाल-चीन सम्बन्ध नयाँ युगमा प्रवेश काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको दुईदिने राजकीय भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ...
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना सर्बिया प्रस्थान काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १४१औँ सम्मेलनमा भाग लिन आज सर्बियाको बेलग्रेड प्रस्थान गरेका छन्। अध्यक्ष तिमिल्सिना नेतृत्वको सङ्घीय संसद्को प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यद्वय खिमलाल भट्टराई र बद्रीप्रसाद पाण...
शीर्ष राजनीतिक भेटघाटले समस्या समाधानमा सहज हुन्छ : सभापति देउवा काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चियापनजस्ता कार्यक्रममा हुने शीर्ष राजनीतिक भेटघाटले मुलुकका ठूला समस्यालाई वार्ता, छलफल र सहमतिद्वारा समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन्। काङ्ग्रे...
भक्तपुरकाे नवदुर्गा गणमा राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोजाग्रत पूर्णिमाका अवसरमा आईतबार भक्तपुरस्थित नवदुर्गा गणको दर्शन गरेकी छन्। दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुखबाट गरिदै आएको पुजाको निरन्तरता स्वरुप उनले भक्तपुर नगरपालिका वडा नम्वर ९ स्थित नवदुर्गा...
काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुन्छ : अध्यक्ष दाहाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुने गरेको बताएका छन्। काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर आय...
राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान… काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिएका थिए। नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उनको मुद्रा खु...
काँग्रेसको चियापानमा प्रधानमन्त्रीले भने, ‘देउवा र पौडेलसंग ४५ वर्षदेखिको सम्बन्ध छ’ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसंग आफ्नो ४५ वर्षदेखिकै सम्बन्ध रहेको बताएका छन्। नेपाली कांग्रेसले आईतबार सानेपास्थित पार्टी कार्यालयमा गरेको चियापान समार...
सोमबारदेखि भारतमा नेपाल र भारतका ऊर्जा सचिवको बैठक काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुने भएको छ। बैठक दुई दिनसम्म चल्ने सो बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुम...
नेपाली काँग्रेसको चियापान कार्यक्रम (भिडियोसहित) काठमाडौं । नेपाली कांग्रेसले बिजया दशमी, दीपावली तथा छठको अवसरमा आईतबार चियापान कार्यक्रम गरेको छ । केन्द्रीय कार्यालय सानेपामा भएको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव कुमार नेपाल, डाक्टर बाबुराम ...
‘चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकबीच सम्बन्ध नयाँ युगमा’ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चीनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छन्। राष्ट्रपति भण्डारीले आज गरेको एक ट्वीट सन्देशमा चि...
यी हुन् नेपाल र चीनबीचका भएका बीस बुँदे सम्झौता काठमाडौं । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ। नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान प्रदान ग...
जर्मनी टर्कीलाई हतियार विक्री नगर्ने बर्लिन (रासस/सिन्ह्वा) । टर्कीले सिरियाली कुर्दिस समूहमाथि विगत चार दिन यता गरेको अन्धाधुन्ध हवाई आक्रमणलाई लिएर जर्मनीले टर्कीलाई हतियार बिक्री गर्न रोक्ने बताएको छ। बर्लिनले भनेको छ, “टर्कीले जर्मनीबाट आपूर्ति भएको हतियार सिरियाली कुर्दिस समुदायमाथि लक्षित गरिएको र यसबाट सर्वसाधार...
‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको चीनसँग भएका सम्झौता तथा समझदारीबाट नेपालले तेस्रो मुलुकसम्म सरल पहुँच प्राप्त गर्नसक्ने थप आधार विकास भएको बताएकी छन्। राष्ट्रपति भण्डारीले आफ्नो मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्र...
चिनियाँ राष्ट्रपति सी चिनफिङ रात्रिभोजमा (फोटोफिचर) काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विशिष्ट व्यक्तित्वहरु सरिक भएका छन्। आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा आज साँझ यहाँ आयोजित राजकीय भोजमा म...
चिनियाँ राष्ट्रपतिको सम्मानमा सांंस्कृतिक झाँकी प्रदर्शन काठमाडौं । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागत तथा सम्मानमा नेपालका विभिन्न जातजाति तथा संस्कृति झल्कने सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानब...
सीको भ्रमणले नेपाल–चीन सम्बन्ध अझै दरिलो र कसिलो बनाउँछ : पूर्वमन्त्री पाण्डे काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले चिनियाँ राष्ट्रपतिको दुई दिने भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझै दरिलो र कसिलो बनाउने सुनाए । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले ...
तीनकुनेमा उद्यान निर्माण सम्पन्न काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी काठमाडौँ महानगरपालिकाले तीनकुनेमा पार्क निर्माण सम्पन्न गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीनकुने हुँदै आउँदा आकर्षक र हरियाली वातावरण भएको उक्त पार्कमा विभिन्न फूल सजाइएको छ । निकै मेहनत गरी चिटिक्क बनाइएक...
चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले बहुआयामिक लाभ लिन्छ : दाहाल चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताएका छन्। नेकपा चितवनले आज माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ विमोचन तथा दिवाकर भुसालको पूर्णकदको शालिक अनावरण सम...
एडिबीले सार्वजनिक गर्यो पञ्चवर्षीय रणनीति काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको अर्थतन्त्र सुदृढ एवं समावेशी तुल्याउने पञ्चवर्षीय रणनीति साझेदारी सार्वजनिक गरेको छ। रणनीतिअनुसार आगामी दुई वर्षमा औषतमा नेपाललाई ५० देखि ६० करोड अमेरिकी डलर ऋण प्रवाह हुने अपेक्षा गरेको छ। नेपालको दिगो आर्थिक विकासमा सघाउँदै नेपा...
काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ घाइते काभ्रे । काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। पन्ध्र जना घाइते भएका छन्। महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो। मृत्यु हुनेमा महाभारत गाउँपालिकाक...
साउदी फण्ड फर डेभलप्मेन्टले नेपाललाई ३४० करोड सहुलियत ऋण प्रदान गर्ने काठमाडौं । साउदी फण्ड फर डेभलप्मेन्टले नेपाललाई ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गरेको छ । साउदी फण्ड फर डेभलप्मेन्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निमाणका लागि नेपाललाई सहुलियत ऋण उपलब्ध गराएको ह...
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि काठमाडौं झिलीमिली (फोटोफिचर) काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको स्वागतका लागि काठमाडौंका विभिन्न स्थानहरु सिंगारिएका छन्। उनको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्म सडकमा व्यानर तथा गेटहरु निर्माण गरिएका छन्। राष्ट्रपति विद्यादेबी भण्...
आबुधाबिमा साहित्यिक कार्यक्रम हुँदै, दुई श्रष्टालाई सम्मान गरिने युएई । सगरमाथा साहित्य प्रतिष्ठानले दुई जना साहित्यकर्मिलाई सम्मान गर्ने भएको छ। यहि अक्टोबर १८ तारिखमा युएईको आबुधाबिमा एक कार्यक्रमको आयोजना गरि उहाँहरुलाई सम्मान गर्न लागिएको प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र समरसले जानकारी दिए। सम्मानित हुन लाग्नु भएका ...
चिनियाँ राष्ट्रपति सीलाई न्यानो स्वागत र अभिवादन गर्छौं : राप्रपा (संयुक्त) काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने राजकीय भ्रमणलाई सुखद् अवसरको सङ्ज्ञा दिँदै न्यानो स्वागत र अभिवादन गर्ने जनाएको छ। पार्टीका अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनील...
सिन्धुपाल्चोक बस दुर्घटना : काँग्रेसद्वारा दुःख व्यक्त काठमाडौं । सिन्धुपाल्चोकमा भएको बस दुर्घटना बारे नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ। शुक्रबार मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौँ तर्फ आउँदै गरेको हेलम्वु यातायातको बा २ ख २७१५ नम्बरको बस इन्द्रवती ग...
‘चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालले एउटा नयाँ मोड लिन्छ, म उत्साहित छु’ : सुजाता कोइराला काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण भव्य सफल हुने विश्वास दिलाएकी छिन् । उनले भनिन्, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति...
यस्तो छ चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमणको तालिका काठमाडौं । दुई दिने भारत भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको चेन्नई पुगेका छन्। उनलाई चेन्नई विमानस्थलमा तमिलनाडुका गर्भनर बनवारीलाल पुरोहित, मुख्यमन्त्री इडापाड्डी के पलनिस्वामीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र...
सी जिनपिङको नेपाल भ्रमणबारे यस्तो भन्छन् नेकपाका नेताहरु काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले चिनिया राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक भएको बताएका छन् । नेपाल चाइना हिमालयन फ्रेण्डसिप सोसाईटीले भ्रमणबारे शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा नेताहरुले २३ बर्ष पछि हुन लागेको उच्चस्तरीय भ्रमण ऐ...
चीनको सहयोगमा नौतले दरबार पुनर्निर्माण तीव्र गतिमा काठमाडौं । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको काम तीव्र गतिमा अघि बढेको छ। चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो। सन् २०२२ मा सक्ने गरी सम्झौता भए पनि ८० प्रतिशत...
राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित तीन विधेयक आज प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षणसम्बन्धी कानूनलाई संशोध...
चीनमा हुने सातौँ विश्व सैनिक खेलकूदमा भाग लिने खेलाडीको बिदाइ काठमाडौं । नेपाली सेनाले चीनको हुवेइ प्रान्तको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिने खेलाडी तथा प्रशिक्षकलाई औपचारिकरुपमा आज बिदाइ गरेको छ। सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा खेलाडी तथा प्रशिक्षकला...
महरा प्रकरण : पत्रकार सिवाकोटीबिरुद्ध साइबर क्राइमको मुद्धा हाल्ने रोशनीको चेतावनी (पत्रसहित) काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा अनावश्यक घटनालाई जोडी समाचार लेखेको भन्दै रोशनी शाहीले पत्रकार अजयबाबु सिवाकोटी बिरुद्ध बेइजती तथा साइबर क्राइमको मुद्धा दर्ता गराउने चेतावनी दिएकी छन्। शुक्रबार पत्रकारलाई...
च्याङ्ग्रे ‘भ्यू’ टावरको डीपीआर सम्पन्न भोजपुर । पौवादुङ्मा गाउँपालिकामा च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भएको छ । प्रसिद्ध धार्मिकस्थल सन्तानेश्वर मन्दिर र पर्यटकीय क्षेत्र अरुण डाँडालाई पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने कार्य अगाडि बढाइएको छ । गाउँपालिका उपाध्यक्ष सम...
खुर्पा प्रहारबाट पाँच घाइते भोजपुर । भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरूलाई घाइते बनाएको हो । घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ ...
पोलिस, अस्ट्रियाली लेखकलाई नोबेल पुरस्कार स्टकहोम (रासस/एपी) । सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोल्याण्डकी लेखिका ओल्गा टोकारजुक र सन् २०१९ को नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ । सन् २०१८ मा एक विवादास्पद यौनकाण्डका कारण साहित्य तर्फको नोबेल पुरस्कार वितरण गरिएको थिएन । स्वीडि...
दुई लाख नगदसहित सुर्खेतबाट १४ जना जुवाडे पक्राउ सुर्खेत । सुर्खेत प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा १४ जनालाई पक्राउ गर्नुका साथै रु दुई लाख भन्दा बढी नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकाबाट सात-सातजनालाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी...
‘चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई फराकिलो बनाउँछ, अन्तर्राष्ट्रिय जगतमा राम्रोसँग चिनाउँछ’ काठमाडौं । चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले निसन्देह नेपालको निम्ति दिर्घकालिन असर गर्नेगरि दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउने र अन्तर्राष्ट्रिय ज...
भूकम्पले क्षति पुगेका छपन्न हजार घर पुनर्निर्माण नुवाकोट । नुवाकोटमा भूकम्पले क्षति पुगेका छपन्न हजार भन्दा बढी घरको पुनःनिर्माण सम्पन्न भएको छ । जिल्लास्थित अनुदान ‘व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय’को अनुसार हालसम्म ५६ हजार १०७ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदान लिएर भूकम्पले लडाएका घरको पुनःनिर्माण गरेका ...
पर्यटक माथिको दुर्व्यवहारप्रति दुःख व्यक्त पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले नेपाल भारत सिमास्थित बेलहिया नाकामा यही असोज १९ गते भएको भारतीय पर्यटकमाथिको दुव्र्यवहारप्रति दुःख व्यक्त गरेको छ। सङ्घका अध्यक्ष विकल तुलाचनद्वारा आज जारी विज्ञप्तिमा नेपाल प्रवेश गर्दै गरेका भारतीय पर्यटकमाथि नेपाली पक्षबाट दुव्र्यवहार भ...
किन मनाइन्छ ‘विश्व दृष्ट्रि दिवस’ ? World Sight Day अर्थात विश्व दृष्ट्रि दिवस प्रत्येक वर्ष अक्टोवर महिनाको दोस्रो हप्ताको विहिवार मनाउने गरिन्छ। तसर्थ यस वर्ष अक्टोवर १० अर्थात आश्विन २३ गते परेको छ। आजको दिनमा संसार भर अन्धोपन र अन्धोपन हूनूको कारण चित्र आकरण गर्ने छौं। आज भने “Vision First” अर्थात् “दृष्टि पहिलो प्...
बलात्कारको आरोपमा मालपोतका प्रमुख पक्राउ कञ्चनपुर । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन्। स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। “महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा ...
‘चिनियाँ राष्ट्रपतिलाई सी जिनपिङलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नुहुनेछ’ काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले राष्ट्रपति विद्या भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने बताएका छन्। बिहीबार एक कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले राष्ट्रपति भ...
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख ६ निर्णय काठमाडाैँ । साप्ताहिक रुपमा सरकारले सार्वजनिक गर्ने निर्णय बिहीबार पनि सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गर्दै विश्व वैंकले विद्यालय क्षेत्र विकासमा दिने करिब ३ अर्ब स्वीकार गर्नल...
मध्यपश्चिममा तीन गुणाले बढ्याे पेट्रोलियम खपत नेपालगञ्ज । पछिल्ला पाँच वर्षमा साविकको मध्यपश्चिम विकास क्षेत्रमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ। नेपाल आयल निगम नेपालगञ्ज डिपोका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा पेट्रोलियम पदार्थको खपत झण्डै तीन गुणाले बढेको छ। नेपालगञ्ज डिपोका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ९७...
टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित काठमाडौं । ओमनमा भइरहेको पाँच देश सम्मिलित टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमनसामु ६५ रनको झिनो लक्ष्य पस्केको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमनले उक्त लक्ष्य ११.५ ओभरमा ४ विकेट जाँदा पूरा ग...
बढी भाडा लिने चालकलाई कारवाही काठमाडौं । चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ। यात्रुको गुनासो तथा ट्राफिक प्रहरीको जाँचको आधारमा बढी भाडा असुल्ने चालकलाई कारवाही गरिएको हो। ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीका अनुसार काठमाडौँदेखि पोखरा तथा मुग्लिङदेखि ...
मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६८ प ६८८७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज६प ५८५३ नंको मोटरसाइ...
ओमानविरुद्ध नेपालको खराब प्रदर्शन काठमाडौं । सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्ड्सलाई पराजित गरेको नेपाली टोली घरेलु टोली ओमानसंग नेपाल मात्र ६४ रनमा अलआउट हुन पुगेको छ । टस जितेर पहिले बलिङ्ग गरेको ओमानले खेलको ११ ओभरमा नै नेपाललाई अलआउट बनायो। नेपालका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंक जोड्न सफल भए । आरिफ शे...
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : भौतिक पूर्वाधार विशेष प्राथमिकतामा काठमाडौं । दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ। चीनका राष्ट्रपति सी चिनफिङ यही असोज २५ र २६ गते नेपालको...
स्वास्थ्यमा समस्या आएपछि कृष्णबहादुर महरा अस्पताल भर्ना काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। सोमबारदेखि हिरासतमा रहेका महरालाई नर्भिक अस्पतालमा भर्ना गरेको प्रहरी स्रोतले जनाएको छ। हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि ...
नेपालविरुद्ध अस्ट्रेलियाको पहिलो हाफमा नै तीन गोलको अग्रता काठमाडौँ । विश्वकप छनौट अन्तरगतको तेस्रो खेलमा अस्ट्रेलियाले नेपालविरुद्ध पहिलो हाफमा नै तीन गोलको अग्रता लिएको छ । खेलको छैटौँ मिनेटमा नै जेमी म्याकलेरनले अस्ट्रेलियालाई सुरुवाती अग्रता दिलाए । म्याकलेरनले नै १९औं मिनेटमा अस्ट्रेलियाका लागि दोस्रो गोल थपे । त्...
युवतीलाई अपहरण गरेको आरोपमा तीन जना पक्राउ लहान । युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लग...
मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६८ प ६८८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ६ प ५८५३ नम्बरक...
स्याङ्जामा एक युवकको हत्या वालिङ । स्याङ्जाको हरिनास गाउँपालिका– ५ बलिथुममा गएराति एक युवकको हत्या भएको छ । छ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए। इलाका प्रहरी कार्यालय चिसापानीबाट राति नै घटनास्थलमा...
फर्कने यात्रु बढ्दै कास्की । बडादशैँको मुख्य दिन आश्विन शुक्ल दशमी (विजया दशमी) सकिएसँगै यतिखेर पोखराबाट आआफ्ना कार्यस्थल जाने व्यक्तिका कारण सवारीसाधनमा चाप देखिएको छ । सामान्यतः दशैँको टीका विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरिए पनि कास्की र आसपासका जिल्लामा सकेसम्म विजयादशमीकै दिनमा नै टीका लगाउने प्र...
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि राखिएका ब्यानर च्यातेपछि… काठमाडौं । चिनिया राष्ट्रपति सि चिनफिङको स्वागतका लागि सजाइएका व्यानर च्यातिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार चिनिया राष्ट्रपतिको स्वागतका लागि सजाइएका बानेश्वर नजिकैको बिजुलीबजारमा सजाइएका ब्यानर च्यातेको अभियोगमा उदयपुरका गोपाल सार्की र ...
शनि सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह एजेन्सी । हाम्रो सूर्यमण्डलले उपग्रहहरूको सङ्ख्याको आधारमा नयाँ विजेता ग्रह पाएको छ । वैज्ञानिकहरूले शनिको थप २० वटा चन्द्रमाहरू पत्ता लगाएसँगै अब शनिको चन्द्रमाहरूको सङ्ख्या ८२ पुगेको छ, जसले वृहस्पति र यसका ७९ चन्द्रमाहरूलाई पछि पारेको छ । हाम्रो सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह वृ...
अर्जेन्टिनासँग जर्मनीले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा एजेन्सी। फिफाको मैत्रीपूर्ण खेलमा पूर्व डिफेन्डिङ च्याम्पीयन जर्मनी र अर्जेन्टिनाको खेल बराबरीमा रोकिएको छ । जर्मनीको डर्टमुण्डमा भएको खेलमा घरेलु टिमले पहिलो हाफमा नै लिएको २–० अग्रता अन्तिममा जोगाउन सकेन । पहिलो हाफमा २-० ले पछाडि परेपनि दोश्रो हाफमा अर्जेन्टि...
चिनियाँ राष्ट्रपतिको भ्रमणको मिति सार्वजनिकसँगै तयारी व्यापक काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ । बडादशैँकै बीचमा पनि भ्रमणका अवसरमा द्विपक्षीय वार्ता र सम्झौताको तयारीका लागि नेपाल सरकारका सम्बन्धित निकाय एकाति...
दुई लाख नगदसहित ११ जना जुवाडे पक्राउ काठमाडौं । नेपाल प्रहरीले दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोँगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा आज साँझ उनीहरुलाई पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्साल...
दशैँमा समेत मुख्यमन्त्री पौडेल किसानको खेतबारीमा काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडलले प्रदेशको कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सबैभन्दा धेरै लगानी गरेको बताएका छन्। आज हेटौँडाको विभिन्न कृषि फारम तथा कृषि बालीको अनुगमन तथा अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले आगामी दिनमा समेत लगानी वृद्धि गर्दै जान...
जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ खैरेनीटारमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिकोट पञ्चाल झरना गाउँपालिका–५ निवासी २२ वर्षीय कृष्णप्रसाद आचार्य रहेका छन्। पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा १२ च १८१२ नं को जीपले ठक्कर दिँदा घ...
जर्मनीको हेलमा गोली चल्यो, २ जनाको मृत्यु बर्लिन (रासस/एएफपी) । जर्मनीको हेल नगरमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्यलाई तिब्र बनाएको छ। प्रहरीले ट्वीट गर्दै गोली चलाउने व्यक्तिहरु कारमा चढेर फरार भएका र उनीहरुको खोजी कार्य तिब्र बनाइएको जन...
रसायनशास्त्र तर्फको नोबेल पुरस्कार ३ जना वैज्ञानिकलाई प्रदान स्टकहोम (रासस/एपी) । यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ। उनीहरुलाई लिथियम–आयन ब्याट्री निर्माणमा उत्कृष्ट कार्य गरेबापत नोबेल पुरस्कार प्रदान गर्न लागिएको नोबेल पुरस्कार छनौट समितिले जनाएक...
हराएका ४८८ महिला तथा बालबालिका फेला दमौली । जिल्लामा तीन वर्षको अवधिमा हराएका ४८८ जना महिला तथा बालबालिका फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयमा ५१३ महिला तथा बालबालिका हराएको निवेदन परेपछि प्रहरीको सहयोगमा ४८८ महिला तथा बालबालिका फेला परेका हुन्। आर्थिक वर्ष २०७४/७५ मा २५६, ०७५/७६ मा २२८ र चालू आर्थिक वर्ष ०७६/७७ मा...
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग एनआरएन कुनै पनि देशको संबिधान त्यो देशको मुल कानुन मानिन्छ । तर संबिधानमा सबै कुरा बिस्तृत रुपमा लेखिएको हुदैन । त्यसैले संबिधान कार्यान्वनको लागी संबिधानको मर्म अनुरुप कानुनहरु निर्माण गरिन्छ। यदी कुनै कानुन संबिधानको भावना बिपरित हुन गएमा बिपरित भएको जती खण्ड स्वत अमान्य गराउन सकिन्...
सिन्धुपाल्चोकमा भव्य रुपमा मनाइयो दही छ्याप्ने जात्रा सिन्धुपाल्चोक । एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका ५ स्थित तौथलीमा सम्पन्न भएको छ । विजया दशमीको भोलिपल्ट असोज २२ गते दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरा सुन्दरी माईलाई दही चढाएपछि एकआपसम...
बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन रसुवा । उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार भ्रमणका क्रममा हराइरहेका दक्षिण कोरियाली ४२ वर्षीय सिसुङ ...
एनआरएनएको नवौं महाधिवेशन : कोषाध्यक्ष र सचिवका उम्मेद्वारले उठाए दोहोरो नागरिकता पाउनुपर्ने माग काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुले दोहोरो नागरिकता पाउनुपर्ने मागलाई जोडतोडका साथ उठाएका छन् । संघको नवौं महाधिवेशनमा भाग लिन विश्वभरिबाट गैरआवासीय नेपालीहरु काठमाडौं आईसकेका छन्। कतिपयले उम्मेद्धवारी...
भोजपुरमा टेम्पो दुर्घटनामा हुँदा एक जनाको मृत्यु काठमाडौं । हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आज अपराह्न १ बजे हतुवागढी गाउँपालिका वडा नम्बर ५ होम्ताङको भित्री सडकमा दुर्घटना भएको हो। दुर्घटना सोही गाउँपालिका वडा नम्बर ४ खैराङका मिलन राईकी आठ वर्षीया छोरी गुर...
‘चिनियाँ लगानी आमन्त्रण गर्नुपर्छ, तर ऋणमा रेल बनाउनुहुँदैन्’ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने बताएका छन्। उनले भने, ‘चिनियाँ राष्ट्रपतिको नेपा...
काठमाडौंको असनमा खडग जात्राको रमझम काठमाडौं । काठमाडौंको असनबासीले हर्षोल्लासका साथ खडग जात्रा मनाएका छन्। दसैंको विजया दशमीको भोलीपल्ट एकादशीका दिन बुधबार काठमाडौंका असनबासीले दसैंको टीका लगाएर खड्ग जात्रा मनाएका हुन्। टोलका सबैभन्दा सानो बालकलाई खडग बोकाएर यो जात्रा मनाउने गरिन्छ। टोलबासीको एकताका लागि पनि यो पर्व मन...
चिनियाँ राष्ट्रपतिको भ्रमण : सुरक्षा व्यवस्था कडा काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । महानगरीय प्र...
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु रुपन्देही । कञ्चन गाउँपालिका–१ राताडाँडास्थित सडकमा बा ९० प ५४०६ नम्बरको स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मंगलबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँका २९ वर्षीय कृष्ण भुर्तेल उपचारको क्रममा प्रादेशिक लुम्बिनी अस्पताल...