content stringlengths 31 27.4k ⌀ |
|---|
सिन्धुपाल्चोकमा सडक दुर्घटनामा एकको मृत्यु दुई घाइते सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका– १ फुस्रेमा आज ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे निवासी ३४ वर्षीय सीताराम दोङ रहेका छन् । गम्भीर घाइते एकजनालाई बीर अस्पतालक... |
आईसीसी टी-२० विश्वकप फाइनल : खेलको नतिजा उल्ट्याउन सक्ने ५ स्टार खेलाडीहरू काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२१ को उपाधि भिडन्तमा आज आइतबार न्युजिल्याण्ड र अष्ट्रेलिया भिड्दैछन्। सेमिफाइनलमा इंग्ल्यान्डलाई हराएर न्युजिल्याण्ड फाइनल पुगेको थियो भने अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
यस... |
लगातार २ पटक विश्वकपको फाइनलमा हारको बदला एकैपटक ! काठमाडौं। टि–२० विश्वकपको फाइनलमा आज अस्ट्रेलिया र न्यूजिल्याण्ड भिड्दैछन् । आज बेलुकी नेपाली समयअनुसार पौने ८ बजे दुबइमा हुने यो खेलमा न्यूजिल्याण्डसँग पहिलो पटक विश्वकपको उपाधि जित्ने मौका छ । न्यूजिल्याण्ड टि–२० विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो । यसअघि २ पटक... |
चितवनबाट २८ जना एमाले महाधिवेशन प्रतिनिधि छनोट (नामावलीसहित) चितवन । नेकपा (एमाले)चितवनले १०औँ राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि छनोट गरेको छ। २८ जनाको लागि २ सय ६ जनाको मनोनयन पत्र दर्ता भएपछि कार्यदलले शनिबार अबेरसम्म छलफल गरी सर्वसम्मत रुपमा छनोट गरेको हो।
महाधिबेशन प्रतिनिधि छनोट कार्यदलमा एमाले केन्द्रीय... |
१८ लाख नगदसहित छ जना जुवाडे पक्राउ काठमाडौं । प्रहरीले रु १८ लाख नगदसहित छ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले छ जना व्यक्तिलाई रु १८ लाख सात हजार ५३० नगद र ताससहित पक्राउ गरेको हो ।
निजलाई सा... |
श्रेष्ठको अध्यक्षतामा पदाधिकारीसहित केन्द्रीय समिति घोषणा काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालको संयोजक शम्भु श्रेष्ठको अध्यक्षतामा पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय सदस्य घोषणा भएको छ ।
सङ्गठनका उपाध्यक्षमा प्रकाश खतिवडा, उपाध्यक्ष शितल साह, महिला उपाध्यक्षमा भवानी कार... |
प्रचण्ड विरामी परेपछि रोकियो कार्यक्रम, एमाले र लोसपादेखि सीके राउतसम्म सक्रिय महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरी आउने कार्यक्रम आज स्थगित भएको छ । अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।
आज महोत्तरीको रामगोपाल... |
करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई रु १६ लाख क्षतिपूर्ति दमौली ।करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।
ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ ... |
बेहुलीले आफ्नो बिहेमा पाहुनासँग खानाको प्रतिप्लेट १२ हजारका दरले पैसा मागिन् काठमाडौं। एउटी बेहुलीले आफ्नो बिहेमा आएका पाहुनासँग भोजमा खाना खाएवापत प्रतिप्लेट १२ हजार रुपैयाँका दरले पैसा मागिन् । ती बेहुलीले आफ्नो बिहेको रिसेप्सन पार्टीमा खर्च गर्नको लागि आफू र आफ्ना बेहुलासँग पैसा नभएको भन्दै पाहुनाहरुसँग १ जनाबाट ९९ ... |
बुबालाई बन्चरो प्रहार गर्ने छोरा २० वर्षपछि पक्राउ काठमाडौँ ।कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका अभियुक्तलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । लमजुङको राईनास नगरपालिका ४ बस्ने वर्ष ४१ का चन्द्रप्रसाद पराजुलीलाई प्रहरीले पक्राउ गरेको हो । १ मंसिर २०५८ मा पराजुलीले आफ्नै बुबा वर्ष ५५ का खगेश्वर पराजुलीलाई बन्चरो ... |
वायुसेवा निगमका पूर्वअध्यक्षको निधनको कारण खुल्यो काठमाडौँ ।नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृतु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको पाइएको छ । चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उनको परिवारले आज पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको चार तल्लाबाट ... |
हेलिकोप्टरमार्फत विद्युत् सामग्री ढुवानी काठमाडौँ ।विद्युत् आयोजना निर्माणका सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–१ मा सडक सञ्जाल, विद्युत्, सञ्चारको सेवाबाट टाढा रहेकाले ४६ किलोवाटको पाखाओराली लघुजलविद्युत् आयोजना निर्माणका लागि आवश्यक सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो ... |
प्रधानन्यायधीश जबराको पक्षमा प्रदर्शन गर्ने ६ कानून व्यवसायी पक्राउ काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । कार्यपालिकासँग राजनीतिमा भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ ।
शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्य... |
वकिललाई छक्याएर प्रधानन्यायाधीशको स्वागतद्वारबाट कार्यकक्ष छिरे जबरा काठमाडौं।नेपाल बार एसोसिएसनको निषेध आन्दोलनबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।जबरालाई प्रवेश रोक्न मुल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर अर्के गेट प्रयोग गरी उनी कार्यकक्ष प्रवेश गरेका हुन् ।
बालुवा... |
तासको खालबाट महोत्तरीमा १० जना पक्राउ काठमाडौं ।महोत्तरीको बर्दिबासमा तासको खालबाट १० जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिबास नगरपालिका १ स्थित न्यौपाने खाजा घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई बिहीबार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।पक्राउ पर्नेमा बर्दिबास नगरपालिका १ बस... |
५० लाख ठगीको आरोपमा भारतीय पक्राउ काठमाडौं ।विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रु ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले प... |
किशोरीलाई यौन धन्दामा संलग्न गराएर ग्राहकसँग कमिशन खाएको आरोपमा शिक्षक पक्राउ काठमाडौं । किशोरीलाई यौन धन्दामा संलग्न गराएर ग्राहकसँग कमिशन खाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
प्रहरीको मानव वेचविखन व्यूरोले कुलेश्वरस्थित जनमैत्री क्याम्पसका शिक्षक नेत्र ज्ञवालीलाई पक्राउ गरेको हो । व्यूरो स्रोतका अनुसार शिक्षक ज्... |
बैतडीका प्रसिद्ध धाममा जात्रा हुँदै काठमाडौं ।बैतडीको सुर्नया गाउँपालिका ४ स्थित सनसेरीमाण्डौं मन्दिरमा लागेको जात्रा भव्य रूपले सम्पन्न भएकोछ । बुधबार साँझदेखि लागेको जात्रा बिहीबार बिहान सम्पन्न भएको मन्दिरका पुजारी विष्णुदत्त भट्टले बताए । रातिको समयमा दर्शनार्थीको उपस्थिति बढी हुने गरेको उनले बताए ।
जात्रामा सुर्नय... |
करेन्ट लागेर युवकको मृत्यु तनहुँ ।तनहुँमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो ।
बिहान ७ बजे उनी हातमा मोबाइल लिएको अवस्थामा आफ्नै कोठामा अचेत भेटिएको स्थानीय पवन राना मगरले बताए । बिहान ४ बजे उनलाई करेन्ट लागेक... |
प्रधानसेनापतिद्वारा उच्चपदस्थ भारतीय अधिकारीसँग भेटवार्ता काठमाडौं।भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह र बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्करसँग आज अपराह्न बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।
नयाँदिल्लीस्थित बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा सद्भाव, पार... |
ओखलढुङ्गामा सुक्खा पहिरो काठमाडौं ।दूधकोसी नदी किनारमा सुक्खा पहिरो झरेको छ । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोसी नदी किनारमा करिब दुई सातादेखि सुक्खा पहिरो झरेको हो ।
दूधकोसी करिडोर सडकको चुने भन्ने ठाउँ नजिकै सुरु भएको सुक्खा पहिरो करिब २० दिनदेखि झरेको उँबुका स्थानीयवासी हर्कबहादुर राईले बताए । उन... |
मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु काठमाडौं।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका बर्मझियामा बिहीबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बि३८आर ८१७३ नम्बरको भारतीय मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइ... |
९५ डिएसपीको सरुवा (सूची सहित) काठमाडौं।प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायव उपरीक्षक ( डिएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधानकार्यालयले आज बिहीबार ९५ जना डीएसपीको सरुवा निकालेको हो ।
सरुवाअनुसार तेह्रथुममा निशान थापा, रोल्पामा बिनोद घिमिरे, दैलेखमा भुवनेश्वर शाह, पाँचथरमा राकेश थापा, कालिकोटमा सिद्धराज न्यौपान... |
अदालत प्रवेश रोक्ने बारको घोषणालगत्तै बाहिरिए प्रधानन्यायाधीश काठमाडौं।राजीनामाको दवाव झेलिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतबाट बाहिरिएका छन् । नेपाल बार र सहकर्मी न्यायाधीशहरूको चर्को विरोधका बीच अदालत उपस्थित भएर मुद्दा सुनुवाइ गर्दै आएका जबरा बारको निषेध आन्दोलन घोषणालगत्तै अदालतबाट बाहिरिएका हुन् ।शा... |
प्रधानन्यायाधीशलाई विचौलियाको नाइके घोषणा गर्दै अदालत छिर्न नदिने बारको घोषणा काठमाडौं।शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिचौलियाको नाइके घोषणा गरेको छ ।बारले हस्तक्षेपको विरोधमा भोलि शुक्रबार प्रधानन्यायाधीशलाई सर... |
शुक्रबार सम्पूर्ण बेन्च बहिष्कार गर्ने कानुन व्यवसायीको घोषणा काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सबै बेन्च बहिस्कार गर्ने घोषणा गरेको छ ।कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र ... |
प्रहरीसँगको झडपमा पाँच जना अधिवक्ता घाइते काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ । सो क्रममा चार जना कानुन व्यवसायी घाइते भएका नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए ।उनका अनुसार बारका महासचिव लिलामणि पौड... |
सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी काठमाडौं।सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ... |
महिला श्रमिकलाई अल्पकालीन रोजगार काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ। कोभिड–१९ को महामारीका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि अल्पकालीन श्रममूलक रोजगारको अवसर सिर्जना गर्न लागिए... |
म्यानमारमा अमेरिकी पत्रकारमाथि राजद्रोह आरोप, जन्मकैद सजाय हुन सक्ने यांगुन । म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई आतंकवाद र राजद्रोहको आरोप लगाएको छ। आरोप पुष्टि भए उनलाई जन्मकैदको सजाय हुने जनाइएको छ।
फ्रन्टायर म्यानमारका प्रबन्ध सम्पादक डानी फेन्सटरलाई सरकारले राजद्रोहको आरोप लगाएको हो। ३७ वर्षीय फेन्सटर ... |
गाई काटेको आरोपमा पाँच पक्राउ काठमाडौं।राष्ट्रिय जनावर गाई काटेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पाँच जना पक्राउ परेका छन् । गत कात्तिक २२ गते राति करिब ११ बजे बाह्रबिसे–९, राम्चेको पोष्टपखेरामा गाई काटेर मासु भाग लगाइरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउपर्नेमा बाह्रबिसे– ९ का ३२ वर्षीय अर्जुनबहादुर था... |
युवक हत्या प्रकरणः आठ जना सार्वजनिक काठमाडौं। कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । मङ्गलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा आठ जनालाई सार्वजनिक गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानी बस्ने २४ ... |
दुबईबाट मलद्वारमा सुन राखेर आएका भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ काठमाडौं । मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।
बुधबार विहान साढे ९ बजेको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक ३५ वर्षीय मोहमद जुहेदलाई प्रहरीले आधा क... |
आगलागीबाट साढे चार लाखको क्षति बैतडी ।बैतडीमा आगलागीबाट लाखौँको धनमालको क्षति भएको छ । जिल्लाको मेलौली नगरपालिका–१ मेलसैनीका अशोकसिंह साउँदको भैँसीगोठमा आगलागी हुँदा चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको हो ।
आज बिहान २ बजे भएको आगलागीबाट तीन गाई र एक भैँसी मरेका छन् भने अन्न, लत्ताकपडा, गोठसमेत जलेर नष्ट भएको प्रहर... |
१२२ किलो गाँजासहित मकवानपुरका मुक्तान पक्राउ काठमाडौं। मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई १२२ किलोग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवा... |
कोरियन भाषा इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह काठमाडौं।सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।नेपाल र गणतन्त्र कोरियाबीच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सर... |
माइक्रो बस दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते सिन्धुपाल्चोक । मंगलबार अरनिको राजमार्गअन्तर्गत सदरमुकाम चौताराबाट काठमाडौं जाँदै गरेको माइक्रो बस चौतारा सागाचोकगढी नगरपालिका ११ पोखरेबेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धु... |
प्रधान सेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता काठमाडौं ।भारत भ्रमणमा ररहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच भेटवार्ता भएको छ । उनीहरूबीच भएको भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त छलफ... |
गण्डकी एमाले जेठ २ मा फर्कियो, जम्बो कमिटी विस्तार, थपिए ३०० जना पोखरा । दशौँ महाधिवेसनको सँघारमा रहेको नेकपा एमालेले गण्डकी प्रदेश कमिटी र सचिवालय विस्तार गरेको छ । साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतको फैसलाले वैधता नदिएपछि २ जेठ २०७५ मा फर्किएको एमालेले सोही आधारमा रहेर कमिटी विस्तार गरेको हो ।
अ... |
लागुऔषधसहित दुई महिला पक्राउ काठमाडौं ।प्रहरीले कास्कीमा लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा महागनरपालिका–८ सिमलचौरबाट लमजुङको दोर्दी गाउँपालिका–७ की ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मीको मालिका–२ की ३१ वर्षीया कोपिला अर्याललाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्... |
चित्लाङ–थानकोट सडकमा सवारी आवागमन कात्तिक २८ देखि पूर्णरूपमा बन्द हुने टिस्टुङ ।गत दसैँ अघिबाट पुनः सञ्चालन गरिएको चित्लाङ–थानकोट सडक आगामी कात्तिक २८ गतेदेखि पूर्णरूपमा बन्द हुने भएको छ । मुख्य चाडबाड सकिएलगत्तै अब निर्माणको काम अघि बढ्ने भएकाले अर्को सूचना नभएसम्मका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गर्न लागिएको चित्... |
दुई लाख ९१ हजारसहित १८ पक्राउ काठमाडौं ।जिल्ला प्रहरी कार्यालयले चाडपर्वका समयमा जुवा खेल्ने १८ जनालाई रु दुई लाख ९१ हजार ६०५ सहित पक्राउ गरेको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लाका विभिन्न स्थानमा दसैँदेखि तिहारसम्मका अवधिमा जुवा खेलेका उनीहरुलाई पक्राउ गरिएको हो । उनका अनुसार... |
पोखरेमा माइक्रोबस दुर्घटना: १९ जना घाइते काठमाडौं । सिन्धुपाल्चोकको सागाचोकअन्तर्गत पोखरेमा आज अपराह्न माइक्रोबस दुर्घटना हुँदा १९ घाइते भएका छन् । घाइतेलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको र ती मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले... |
१२ वर्षपछि पक्राउ काठमाडौं ।कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।पक्राउपर्नेमा राप्ती गाउँपालिका–३ वसन्तपुरका ६४ वर्षीय जग्गु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
जिल्ला अदालतबाट विसं २०६६ वैशाख २७ गतेको फैसलाल... |
सानिया मिर्जाले आफ्ना पतिका लागि ताली बजाउँदा सामाजिक संजालमा हंगामा काठमाडौं। टि–२० विश्वकपको सेमिफाइनल हेर्नेहरुमा सानिया मिर्जा एक्ली भारतीय होलिन् वा नहोलिन् भन्ने स्पष्ट भन्न सकिँदैन तर सामाजिक संजालमा चलिरहेको यो विषयको आफ्नै कारण छ । भारत विश्वकपबाट बाहिरिइसकेको छ । इङल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान र अस्ट्रेल... |
पूर्वमन्त्री ढकालद्वारा इण्डिया फउण्डेसनको सम्मेलनलाई सम्बोधन बिहार। नेपाल सरकारका पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री तथा विश्व शिखर सम्मेलनका विशेष दूत एकनाथ ढकालले विहारको पटनास्थित नालन्दा विश्वविद्यालयमा आयोजित “कोभिड पछिको विश्वव्यवस्था निर्माणमा धर्म धम्म परम्परा” विषयक तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम... |
शरीरको प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने आठ तरिका काठमाडौं । भाइरसहरू हाम्रो जीवनमा पहिलो पटक आएका होइनन् । वास्तवमा भन्नुपर्दा, हामीभित्र अथाह मात्रामा ब्याक्टेरिया र भाइरसहरू हुन्छन् । महत्त्वपूर्ण कुरा के हो भने, यो विशेष भाइरस हाम्रो प्रणालीको लागि नौलो हो, त्यसैकारण हाम्रो शरीरले यो भाइरससँग संघर्ष गरिरहेको छ । ... |
संसदीय प्रणाली असफल भएको छ: उपेन्द्र यादव बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संसदीय प्रणाली असफल भएको बताएका छन् । यो संसदीय प्रणालीले सांसद खरिद-बिक्रीलाई छुट दिएको भन्दै उनले यसलाई फेर्नुपर्ने बताए । ‘सांसद खरिद-बिक्री हुनुमा नेताको मात्र दोष होइन, संसदीय प्रणालीकै दोष हो, यही संसदीय प्रणा... |
सुन्दरीजलमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु काठमाडौं।राजधानी काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बा९० प ४५६ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक स्वछन्द पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्... |
करेन्ट लाग्दा एक महिलाको मृत्यु काठमाडौं। सप्तरीमा आज करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ। सप्तरी खडक नगरपालिका ३ बनरझुला बस्ने मो. ईनुसको श्रीमती ३८ वर्षीया जैफुल खातुनलाई ११ हजार भोल्ट प्रवाह भएको बिजुलीको तारमा करेन्ट लागेर मृत्यु भएको हो।
उनलाई उपचारको लागि लग्दै गर्दा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता... |
सल्यान बस दुर्घटनाः मृतक १२ मध्ये आठ जनाको खुल्यो पहिचान (अपडेट) काठमाडौं।सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।आइतबार बिहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु ... |
ताप्लेजुङ मैवाखोला गाउँपालिकाको एम्बुलेस दुर्घटना, एकको मृत्यु काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेस दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको हो।शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर... |
सल्यान बस दुर्घटना अपडेटः बाह्रको मृत्यु, तीन जनाको खुल्यो पहिचान दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया बाह्र पुगेको छ ।
शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु ... |
चन्द्रागिरिको जुवाखालबाट चारलाख ४३ हजार नगदसहित १६ जना पक्राउ काठमाडौं। नेपाल प्रहरीले चार लाख ४३ हजार ५०३ नगदसहित १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–१४ पुरानो नैकापस्थित शंकर थापाको घरबाट जुवा खेलिरहेको अवस्थामा १६ जनाला... |
च्याङग्रा बेचेर मुस्ताङमा पैतिस करोड भित्रियो म्याग्दी । मुस्ताङबाट यसपालीको दसैं तिहारमा रु ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाण... |
पञ्चे बाजामा देउसी भैलो पृथक स्वाद बागलुङ । विगत तीन दिनदेखि बागलुङ बजारको चोक–चोकमा नौमती बाजा घन्किएका छन् ।
जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाबाट तिहारको अवसरमा देउसी खेल्न आएको पञ्चेबाजा समूहको सक्रियताले बजार क्षेत्रमा बाजाले रमाइलो बनाएको हो । विभिन्न भैलो समूहले ‘रेकर्ड’ गरेका गीतबाट देउसी भैलो खेली रहँदा नौमती... |
तस्बिरमा पूर्वराजाको भाइटीका काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् ।
पूर्व राजा शाह भाइटीका लगाउन बहिनी शोभाको निवास पुगेका थिए।
|
भेडी गोठाले लिलप्रसादको करोड डुब्दा पनि रोकिएनन् पाइला काठमाडौं।साथीसँगी स्कुल जाँदा उनी भेडा डोर्याएर खर्कतिर उक्लिए । गुरुङ समुदायमा लाहुर जान गाह्रो थिएन । लाहुरबाटै मनग्गे आम्दानी गर्न सकिन्थ्यो । उनकै आँखाअगाडि साथीहरू बेलायती, भारतीय सेनामा भर्ती भए । उनले अरु इलम सोचेनन् । बथानमा भेडा थप्ने र डाँडा डुलाउने सपना... |
चार वर्षको अवधिमा गुठीचौरले बनायो ४७ ऐन कानुन काठमाडौं ।देश संघीय संरचना गएपछि संघ प्रदेश र स्थानीय तह गरी तीन तहमा सरकार विभाजन छ । नागरिकको सबैभन्दा नजिकैको सरकार स्थानीय तह हो ।
वैशाख २०७४ मा स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकार आएको थियो । तर स्थानीय सरकारसँग कुनै पनि मौजुदा ऐन कानुन बनेका थिएनन् । जसका कारण कार्... |
लागुऔषधसहित दुई युवक पक्राउ काठमाडौं । लागुऔषधसहित दुई युवकलाई प्रहरीले गए राति पक्राउ गरेको छ । भारतबाट लागुऔषध बोकी नेपाल आएका सोनमा गाउँपालिका–३ बस्ने १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादव रहेका छन् ।
ती युवाका साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित एकिझप्लौन सिरप दुई बोतल, स्पास्मो प्रोक्स ट्याब्लेट १८ थान ... |
अक्षयकोष वृद्धि गर्न नारी सञ्चारको देउसी काठमाडौं ।नारी सञ्चारगृह झापाले नारी प्रोत्साहन अक्षयकोष वृद्धि गर्ने उद्देश्यले आज देउसी भैली खेलेको छ ।
लक्ष्मीपूजाका अवसरमा कनकाई नगरपालिकामा सामूहिक खेलिएको देउसी कार्यक्रममा रु एक लाख १० हजार बढी रकम जम्मा भएको संस्थाका अध्यक्ष भीमा शिवाकोटीले बताए।
सञ्चार गृहले विगत तीन वर... |
मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु काठमाडाैं ।जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ । आज मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
हाइक्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिष्टायनको ज्यान गएको जिल्ला प्रहरी कार्या... |
मंगलबजारमा ग्यास सिलिण्डर विस्पोट हुँदा ४ जनाको मृत्यु काठमाडौं । ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विस्पोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार भान्सामा ग्यास विस्पोट भएर ४ जनाको मृत्यु भएको हो । नजिकै रहेका दुई जना घाईते भएका छन । अहिले प्रह... |
दुई लाख ६८ हजार नगदसहित जुवाखालबाट १५ पक्राउ काठमाडाैं ।आज बिहान रु दुई लाख ६८ हजार ३९० सहित (जुवा)कौडा खेल्ने र खेलाउने १५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन वेभ रेस्ट्रो एण्ड बारभित्र पैसाको हारजीत हुने गरी जुवा खेलिरहेको भन्ने विश... |
महोत्तरीमा हाइस दुर्घटना, पाँच जना घाइते काठमाडौं ।काठमाडौंबाट उदयपुर जाँदै गरेको बा३ख ९७८८ नम्बरको हाइस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
महोत्तरी बर्दिबासस्थित पाटु भन्ने ठाउँमा अनियन्त्रित भई हाइस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घ... |
हल्का वर्षा र हिमपातको सम्भावना काठमाडाैं ।नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । आज राजधानी काठमाडौँ उपत्यक... |
९ वर्षमा विश्वका ९ ठूला सहर समुद्रमा डुब्ने जोखिममा काठमाडौं। ग्लोबल वार्मिङका कारण विश्वका कैयौं ठूला सहर २०५० देखि २१०० सम्म डुब्नेछन् । तर, सबेभन्दा धेरै खतरा आगामी ९ वर्षमा विश्वका ९ ठूला सहरहरुलाई छ । यी सहरहरु समुद्री जलस्तर र बाढीका कारण डुब्न सक्छन् । क्लाइमेट सेन्ट्रल नामक परियोजनाले ग्लोबल वार्मिङका कारण बढ्द... |
पहिरोले सडक अवरुद्ध हुँदा नवदुर्गा ३ का स्थानीय सास्ती भोग्दै काठमाडाैं ।गत असोज ३१ गते आएको अविरल वर्षाका कारण डडेलधुरा अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा स्थानीय आवतजावतमा सास्ती भोग्दै आएका छन् ।
जिल्लाको नवदुर्गा गाउँपालिकाको चिल्फि, कुरगेडी, सकायललगाएतका गाउँ जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेक... |
पाल्पामा रुख ढलेर एकको मृत्यु काठमाडाैं ।पाल्पामा रुख ढलेर लाग्दा एकको मृत्यु भएको छ । आज बिहान तानसेन नगरपालिका– १४ बस्ने ५० वर्षीय लक्ष्मणप्रसाद पाण्डेको बरको रुख ढलेर लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरदेखि तानसेन–१३ छेर्लुङ आफन्तकामा जाँदै गर्दा कालीगण्डकी करीडोरअन्तर्गत कुरुङखोला तर्ने क्रममा अचानक रुख ढल्दा... |
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु काठमाडाैं ।बिपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गङ्गटे पुल नजिक आज टाटा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–५ का ३३ वर्षीय सुन्धिर मिश्र रहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । सिन्धुलीबाट... |
पोखराको लेकसाइडमा १४औँ भाइटीका महोत्सव हुने गण्डकी । पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आगामी शनिबार १४औँ भाइटिका महोत्सव– २०७८ आयोजना गर्ने भएको छ । पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा महोत्सवको आयोजना गरिने भएको हो ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै कोभिड महामारीबीच पनि पर्... |
फालिएको नवजात शिशुको उद्धार काठमाडाैं । धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ ।
सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको हो । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ । शिश... |
पटाकासहित पक्राउ काठमाडौं ।काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित शनी कस्मेटिक पसलका सञ्चालक पक्राउ परेका छन् । भारत मोतिहारीका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई पटाकासहित आज प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार उनको पसलबाट करिब २३ किलो कोब्रा पटाकासमेत बरामद गरिएको छ । हाल उनको विषयमा थप अनुसन्धान भइरहे... |
प्रधानसेनापतिद्वारा चिसापानीगढी संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास काठमाडौं ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको शिलान्यास गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भीमफेदी गाउँपालिकाको संयुक्त लगानी... |
अपराध अनुसन्धानमा उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत काठमाडौं । नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ ।
यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको केनाइन महाशाखा महाराजगञ्जमा आज आयोजित कार्यक्रममा महाशाखाकी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसए... |
पेस्तोल सहित एक पक्राउ काठमाडौं ।कपिलवस्तुमा एक व्यक्ती पेस्तोल र लागुऔषध सहित पक्राउ परेका छन् । मायादेवी गाउँपालिका–८ स्थित गएराती मायादेवी गाउँपालिका–६ डुमरा घर भएका २२ वर्षीय फेराज अहमद मुसलमानलाई बिजुवा चोकबाट पेस्तोल र लागुऔषध सहित पक्राउ गरेको हो ।
भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतार्फ... |
प्रदेशको नामकरण पहिलो प्राथमिकताः मुख्यमन्त्री राई मोरङ । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् ।
मुख्यमन्त्री पदको शपथ ग्रहण समारोहपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले प्रदेशको नामकरण अहिलेसम्म हुने नसकेकाले यो वर्तमान सरकारको पहिलो प... |
१६ वर्ष बित्दा पनि बनेन बेलहिया नाकामा आइसिपी बुटवल । रुपन्देहीको बेलहिया नाकामा एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको प्रक्रिया थालिएको १६ वर्ष पुगेको छ । तर, आइसिपी निर्माण अघि बढ्नुको साटो अलपत्र छ । सीमानाकामा आइसिपी नहुँदा आयात निर्यात सहज हुन सकेको छैन ।
आयात–निर्यातमा सहजता प्रदान गर्नभन्दै सन् २००५ मा नेपाल–भारतब... |
यी युवतीहरुका कारण भारत हारेको भन्दै सामाजिक संजालमा बबाल काठमाडौं। टि–२० विश्वकपमा भारतले लगातार २ खेल हारेको छ । आइतबार न्यूजिल्याण्डसँग हारेपछि भारतीय टिम फ्यानहरुको निशानामा परेको छ ।फ्यानहरुले आफ्नो तर्फबाट गजबका तर्क दिइरहेका छन् । यस्तै एउटा तर्क केही युवतीहरुको तस्वीर भाइरल गराएर दिइएको छ । सामाजिक संजालमा यस्... |
उपत्यकाका अपार्टमेन्ट र सपिङ मलहरुमा प्रहरीको निगरानी काठमाडौं । काठमाडौ उपत्याका सबै अपार्टमेण्ट र सपिङमलहरु प्रहरी निगरानीमा परेका छन् ।
विदेशी नागरिकहरु विना परिचयपत्र आएर अपार्टमेण्टमा बस्ने गरेको भन्दै प्रहरीले निगरानी बढाएको हो । साथै ठूला सपिङमलहरुमा पनि प्रहरीले निगरानी बढाएको छ । गृह मन्त्रालयले गत हप्ता परिचय... |
छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण र रेबिजविरुद्धको भ्याक्सिन काठमाडौं।सिद्धिचरण नगरपालिकाले छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ । छाडा कुकुरले खसी बाख्रा खाने र मान्छे टोक्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण सुरु गरेको हो ।
पशु अधिकारका दृष्टिले मार्न नहुने भएपछि भाले तथा पोथी दुवै खाले छाड... |
मानव बेचबिखनमा सङ्लग्न पक्राउ काठमाडौं।मानव बेचबिखन कार्यमा सङ्लग्न एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विसं २०७४ साउनमा एक महिलालाई विभिन्न प्रलोभनमा पारेर भारतको कोठीमा लगेर बेच्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भई काठमाडौँको तारकेश्वर बस्ने ३९ वर्षीय जान्द्रे ... |
स्कुटर दुर्घटनामा एकको मृत्यु काठमाडौं।दाङको दूधरासमा रा४प ४९७३ नं को स्कुटर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।
स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको रा... |
पाकिस्तानमा हिंसा अन्त्य गर्न सरकार र प्रतिबन्धित टीएलपी पार्टीबीच सम्झौता इस्लामावाद । पाकिस्तान सरकारले त्यहाँ जारी हिंसा अन्त्य गर्न प्रतिबन्धित दक्षिणपन्थी पार्टी तेहरिक–इ–लबिक पाकिस्तान (टीएलपी) पार्टीसँग सम्झौता गरेको छ। योसँगै पाकिस्तानमा १० दिनदेखि जारी हिंसात्मक प्रदर्शन अन्त्य भएको छ।
विदेशमन्त्री साह महमुद क... |
टिकापुरमा ढुबानका घर सरसफाइ गरिँदै टिकापुर । कैलालीको सत्तीकी लक्ष्मी सुनारको घर कात्तिक पहिलो साता आएको बाढीले डुबानमा पर्यो। यसपछि उनको परिवार तीन दिन विद्यालयमा र बाँकी १० दिन आफन्तको घरमा आश्रय लिएर बस्यो। हाल तिहार अर्थात् भाइटीका नजिकिन थालेपछि उनको परिवार घर फर्किएर घर सरसफाइमा लागेको छ। “घर सफा गर्दै थियौँ, घर... |
सुन सफागर्ने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ काठमाडौं ।जिल्ला प्रहरी कार्यालय उदयपुरले गाउँ गाउँमा सर्वसाधारणको सुन सफा गरी दिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नागरिकले उदयपुरमा सुन ठगी गरेको घटना सार्वजनिक भएको छ । सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारतीय दुई नागरिकलाई जि... |
करेन्ट लागेर एक युवकको मृत्यु काठमाडौं ।उदयपुरको रौतामाई गाउँपालिका ८ डुम्रीथुम्कामा करेन्ट लागेर ३० वर्षीय कुमार मग्राती मगरको मृत्यु भएको छ ।
मुर्कुची खमारे डुम्रीथुम्का प्रशारण लाइनमा पर्ने बाँस काट्ने क्रममा आइतबार करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रस... |
दुई चिनियाँ नागरिक पक्राउ काठमाडौं ।सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले खाँदबारी–९ तुम्लिङटारस्थित बुद्ध होटलबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिचुवान प्रान्त घर भई हाल खाँदबारी–९ तुम्लिङटार बस्ने सान्दोङ र यू छिनग्लिन रहे... |
बिक्रीवितरणमा प्रतिबन्धलगाएको चामल ‘खानयोग्य’ रहेको पुष्टि प्रादेशिक गोदाममा रहेको बास्मती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ ।
वीरेन्द्रनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त चामलमा कुनै कैफियत नरहेको पुष्टि भएको छ ।
काठमाडौँ थापाथलीस्थित कम्पनीको गोदाम... |
मोटरसाइकल दुर्घटनामा १८ वर्षीय दासको मृत्यु काठमाडौं ।झापा अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
चारआली–शनिश्चरे सडक खण्डमा शनिबार राति मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा चालक अर्जुनधारा–११ का १८ वर्षीय कुशल दासको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१२... |
मोटरसाइकल चोरी गर्ने ४ जना सार्वजनिक काठमाडौं ।बेलौरी नगरपालिका–४ बेलौरी बजारको केएम इन्टरप्राइजेज बजाज सोरुमबाट सटरको ताला काटी सिसाको ढोका तोडेर मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ... |
जबर्जस्ती करणी गरेको अभियोगमा एक पकाउ काठमाडौं ।महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक व्यक्ती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ–१५ डल्लु बस्ने कालिकोट तिलगुफा नगरपालिका–११ का ३१ वर्षीय नारायण शाही रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको हो। उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । |
बूढानीलकण्ठमा आगलागीः १५ लाख बराबरको धनमाल नष्ट काठमाडौं ।काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ स्थित एक घरमा आगलागी हुँदै रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय पासिकोट शिवमन्दिर नजिक बस्ने ४३ वर्षीय दिलसेन खड्काको घरमा ग्याँस सिलिन्डर पड्किएर गए राति आगलागी भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आज सङ्कलित ... |
हत्याको आरोपमा एक पक्राउ काठमाडौं ।कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्र्षीय किरण साउँद रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार गए राति साउँद र टीकापुर नगरपालिका–८ कालीमाटीका अनुप साउँदब... |
चाँदीका गरगहनासहित एक पक्राउ काठमाडौं ।भारतको रक्सौलबाट अवैधरुपमा वीरगञ्जतर्फ ल्याउँदै गरिएको चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना एक किलो ४५ ग्रामसहित भारतीय बीआर२२एसी ४०९९ नंको पल्सर मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका– १ का ३९ वर्षीय रामबाबु साह सोनार... |
बहुविवाहका अभियुक्त ६ वर्षपछि पक्राउ काठमाडौं ।जिल्ला प्रहरी कार्यालय लमजुङले अदालतले कैद फैसला सुनाएको एक अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले साबिक रम्घा गाविस ८ हाल मध्यनेपाल नगरपालिका ४ का ३२ वर्षीय रवीन्द्र ढकाललाई ६ वर्षपछि पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्... |
बोलेरोको ठक्करले महिलाको मृत्यु काठमाडौं ।भरतपुर चनौली सडकखण्डमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५ विकास चोक बस्ने ४६ वर्षीया सुलोचना ढकाल रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मङ्गलपुरबाट चौबीसकोठीतर्फ आउँदै गरेको ग ३ च ४०३८ नम्बरको बोलेरोले सोही... |
ताप्लेजुङमा कोरोनाविरुद्ध खोप लगाउने ३५ हजार काठमाडौं ।ताप्लेजुङ जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने हालसम्म ३५ हजार रहेका छन्।
जिल्लामा १८ वर्ष पूरा भएका सबै नागरिकलाई पुग्नेगरी खोप आएको बताइएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक छन् । ज... |
लागूऔषधसहित दुई जना पक्राउ काठमाडौं ।पर्सा प्रहरीले लागूऔषधसहित दुई जनालाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका १३ बस्ने २२ वर्षीय आमस विक र पर्साको वीरगन्ज महानगरपालिका १५ भिस्वाका २४ वर्षीय शेखरकुमार सिंह छन् । भारतबाट ना५०प ४९०१ नम्बरको स्कुटरमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल ... |
भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन सवारीसाधन अवरुद्ध हुने काठमाडौं ।भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ ।
हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रा... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.