content stringlengths 31 27.4k ⌀ |
|---|
खसी, बोका, भेडा र च्याङ्ग्रा खानयोग्य कसरी चिन्ने ? काठमाडौं । बिहीबारबाट काठमाडौँ महानगरका चौपाया बजारका खसी, बोका, भेडा, च्याङ्ग्राको परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशुसेवा विभाग र बाग्मती प्रदेशको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालेको हो ।
परीक्... |
सामूहिक हत्याका अभियुक्त पक्रने प्रहरी पुरस्कृत काठमाडौं । गत भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोला गाउँमा भएको छ जनाको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् । उम्लिङ खोला गाउँमा भएको छ जनाको सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी नि... |
करेन्ट लागेर मृत्यु काठमाडौं । बारामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका ब्रह्मपुरी निवासी अन्दाजी ५० वर्षीय रामेश्वर महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
बारीमा रहेको पानी तान्ने मोटरमा जडान ग... |
अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनी रु १२ लाख ठगी गर्ने एकजना प्रहरीको फन्दामा परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भनी रु १२ लाख ठगी गर्ने एक व्यक्तीलाई प्रहरीले पक्राउ गर... |
ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिए,स्पष्ट नभए, खुईलिएमा कारबाही काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका मोटरसाईकललाई धमाधम नियन्त्रणमा लिएको छ । महाशाखाले चलाएको नम्बर प्लेट बिरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४... |
सैनिक कर्मचारीलाई निशुल्क बस र हवाइ सेवा (तालिकासहित) काठमाडौं । दशैं विदामा घर जाने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई नेपाली सेनाले बस तथा हवाइबाट निःशुल्क पुर्याइदिने भएको छ ।
२०७८ सालको बडा दशैंमा बिदा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई नेपाली सेनाले प्रदान गर्दै आइरहेको विभिन्न क... |
सप्तरीमा एक युवती मृत फेला काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित एक युवती रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा फेला गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा रुपनी गाउँपालिका–२ चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस ... |
बेनी अस्पतालका स्वास्थ्यकर्मीलाई तीन महिनादेखि तलब नदिएपछि … काठमाडौं । बेनी अस्पतालका कर्मचारीहरुले तीन महिनादेखि तलब नदिएपछि आकस्मिक बाहेकको सेवा बन्ध भएको छ ।
अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आन्दोलन गरेपछि स्पतालको आकस्मिक बाहेकको सेवा बुधबारदेखि ठप्प भए... |
गोदाममै थन्कियो सरकारी चामल काठमाडौं । उपभोक्तालाई सस्तो मूल्यमा चामल दिने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगञ्जले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । मूल गेटमै सूचनाका लागि ब्यानर टाँगेर असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
निर्धारित बजार मूल्यभन्दा प्रतिकिलो रु पाँ... |
बडादसैँमा भक्तपुरको तलेजुभित्र बलि पूजा नहुने काठमाडौं ।बडादसैँका अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरभित्र बलि पूजा नहुने भएको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवालाको बैठकले कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरूपमा नहटेको निष्कर्ष निकाल्दै तलेजुमा बलि पूजा नगर्ने निर्णय... |
दशैँमा च्याङ्ग्राको मूल्यमा वृद्धिः उपभोक्ता निरासमा काठमाडौं। वर्षभरि जे–जस्तो खाए, लाए पनि दशैँमा मीठै खाने, राम्रै लाउने नेपाली परम्परा नै बनिसकेको छ ।
यही परम्पराको सिको अहिलेको आधुनिक र नयाँ पुस्ताले पनि गर्दै आएको छ । दशैँसँग जोडिएर आउने प्रमुख चिजमध्ये च्याङ्ग्राको मासुका परिकार पनि एक हो । दशैँको बेला प्रायः ने... |
जनगणनाका लागि घरपरिवारको सूचीकरण कार्य सम्पन्न काठमाडौं। राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको छ ।
राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभागबाट खटिएका सुपरीवेक्षकले सो कार्य पूरा गरेको र छुट भएका घर परिवार भएमा विभागको शुल्क नलाग्ने नम्बर ११७८ मा फोन गरेर जानकारी द... |
ठगी गर्ने दुई युवती प्रहरीको फन्दामा काठमाडौं । २ लाख ५० हजार रुपैयाँ बराबरको सुनको औंठी ठगी गरेको आरोपमा प्रहरीले दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया सुनिता तामाङ र काभ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया युनिसा मगरलाई सोमबार गोंगबुबाट पक्राउ ... |
२५ भेडाका पाठा जलेपछि दशैँको चिन्ता काठमाडौं। नेपालीहरुको महान चाडपर्व नजिकिँदै छ । जुम्लाका अधिकाशंका आम्दानी भनेकै भेडा हो तर, सोहि भेडाका २५ पाठा जले पछि समस्यामा छन् उनीहरु । हिमा गाउँपालिका– २ स्थित भेडीखर्कमा आगलागी हुँदा भेडाका २५ वटा पाठा जलेर मरेका छन्। सोमबार दिउँसो खर्कमा आगलागी हुँदा दत्तबहादुर शाही, धनबहाद... |
एभरेष्ट प्रिमियर लिगको समूह चरणका सबै खेल सकिए, प्लेअफमा को–को भिड्दैछन् ? काठमाडौं। एभरेष्ट प्रिमियर लिगको समूह चरणका सबै खेलहरु सकिएका छन् । आजको खेल मैदान चिसो भएका कारण रद्द भएपछि अब लिगको प्लेअफ समीकरण पूरा भएको हो । आज हुनुपर्ने काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडिएटर्सबीचको खेल रद्द भएसँगै दुवैले अंक बाँडेका छन् ।... |
प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’, यस्ता छन् तीन एजेन्डा काठमाडौं । एकपछि अर्को विवादमा मुछिँदै गाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन्।
सर्वोच्च अदालतले कुनै गम्भीर विषयमा सामूहिक निर्णय लिनुपर्ने अवस्थामा फुलकोर्टमा छलफल गर्ने प्रचलन छ।
मन्त्रिपरिषद् विस्ता... |
को हुन् आर्यन खानसँगै ड्रग्स केसमा पक्राउ परेकी मुनमुन धमेचा ? काठमाडौं। आइतबार क्रुजमा भएको ड्रग्स पार्टीको केसमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले शाहरुख खानका छोरा आर्यन खानसँगै अरबाज मर्चेन्ट र मुनमुन धमेचा नामका अन्य २ जनालाई पनि गिरफ्तार गरेको छ । अरबाज र मुनमुनको साथबाट ड्रग्स पनि बरामद भएको थियो । यी तीनैजन... |
बजार अनुगमनः झापाको चार पसलेलाई जरिवाना काठमाडौं। दशैं तिहार नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिईन थालेको छ। झापा जिल्ला अनुगमन समितिले चार वटा पसललाई जरिवाना गरेको छ भने ,२२ हजार बढीका खाद्य सामग्री जफत गरी नष्ट गरेको छ।
पन्ध्र दिनदेखि अनुगमनमा निस्किएको समितिले जिल्लाका १० वटा पालिकाको अनगुमन गरिसकेको जनाएको छ । अनु... |
रुकुम (पूर्व)मा मृत अवस्थामा फेला काठमाडौं । आएतबार बिहान खुपिचारस्थित घट्टे कुला नजिकै गोरेटो बाटोमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
रुकुम (पूर्व) को सिस्ने गाउँपालिका ६ को खुपिचारस्थित घट्टे कुला नजिकै गोरेटो बाटोमा सोही ठाउँ बस्ने ४० वर्षीय अम्मर सिंह बुढा मृत भेटिएका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान... |
यातायात कार्यालयबाट दुई बिचौलिया पक्राउ काठमाडौँ । लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीबाट पैसा असुल गर्ने २ जना विचौलिया प्रहरीको फन्दामा परेका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सुमन तामाङ र सुरज गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।
ललितपुर महानगर–१४ नख्खीपोटका ३० तामाङ र कुसुन्तीका २३ वर्षीय गुप्ताले लिखित ... |
स्कुटरदेखि हिरा जित्ने मौका, दुइतर्फी टिकटमा ४ वटा ‘लक्की ड्र’ कुपन काठमाडौं । यती एअरलाइन्सले नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर उपहार योजना सार्वजनिक गरेको छ ।
एयरलाइन्सले २३औं बर्षगाँठ मनाईरहँदा धमाकेदार दसैं तिहार अभियान अन्तर्गत स्कुटरदेखि हिरासम्मका उपहार ल्याएको हो। उक्त अभियानमा प्रथम वि... |
दसैँ, तिहारमा पनि चन्द्रागिरि केबुलकार खुल्ने काठमाडौँ । चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित गरेर दशैँ तिहारमा पनि खुलाउने भएको छ ।
दसैँ तथा तिहारमा चन्द्रागिरि घुम्न जाने पाहुनालाई लक्षित गरेर दसैँ तथा तिहारका सबै दिन केबुलकार तथा रिसोर्ट सञ्चालन गर्न लागे... |
बलिउड अभिनेत्री नेहा धुपियाले दोस्रो सन्तान जन्माइन् काठमाडौं। बलिउड अभिनेत्री नेहा धुपियाले दोस्रो सन्तानलाई जन्म दिएकी छिन् । नेहाले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् । यसको जानकारी उनका पति अंगद बेदीले दिएका छन् । अंगदले सामाजिक संजालमा गर्भवती अवस्थाकी नेहा र आफ्नो तस्वीर शेयर गर्दै यसको जानकारी दिएका हुन् । उनक... |
शाहरुखका छोरा आर्यन हिरासतमा, केस दर्ता, रिया चक्रवर्तीका वकिलले केस लड्ने काठमाडौं। बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केसमा फसेका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरोले शनिबार बेलुका मुम्बइमा एक लग्जरी क्रुज जहाजमा छापा मारेको थियो । यो क्रुज शिपमा ड्रग्स पार्टी चलिरहेको थियो । यहाँबाट एनसीबीले ८ जनालाई ह... |
ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु काठमाडौं । रसुवाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । स१त ७०७१ नंको ट्र्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नं १२ जालपाका १९ वर्षीय सहचालक डिलक्स राई... |
अपहरणमा परेका भारतीय नागरिकको उद्धार काठमाडौं । अपहरणमा परेका एक भारतीय नागरिकको उद्धार भएको छ ।
अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको ... |
१७५ यात्रु बोकेर उडिरहेको विमानमा चट्याङ पर्यो काठमाडौं। रुसमा एक यात्रुवाहक विमान १७५ जना यात्रु लिएर आकाशमा उडिरहेका बेला विमानमा चट्याङ परेको छ । चट्याङका कारण विमान डरलाग्दो तरिकाले हल्लियो । विमानभित्र रहेका यात्रुले विमानमा चट्याङ खसेको देखेका थिए त्यसैले उनीहरुलाई अब बच्न कठिन छ भन्ने लागेको थियो । घटना अजुर एय... |
मल नपाएर रौतहटका किसान चिन्तित रौतहट । किसानलाई यति बेला धानबालीमा प्रयोग गर्न रासायनिक मलको निकै खाँचो छ। तर, रौतहटमा अनुदानमा पाइने मल छैन। मल नपाउँदा किसानले सास्ती खेप्दै आएका छन्।
धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै केही दिनअघि आन्दोलनसमेत गरेका थिए।
रौतहटका ब... |
चन्द्रागिरीमा कांग्रेसकाे सहमतिमै नेतृत्व छानिने, बाँकीमा निर्वाचन हुने काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत काठमाडौंका ११ पालिकामध्ये एउटामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ। आजबाट सुरु हुने काठमाडौंको पालिका अधिवेशनमा चन्द्रागिरी नगरपालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन हुने देखिएको हो।
त्यहाँ अहि... |
अमेरिकाबाट रक्तदाता मैनालीले पठाए दुई व्लड बैंक बनाउन नेपाललाई सहयोग वासिंगटन डिसी । चर्चित नेपाली रक्तदाता अर्जुन मैनालीले नेपालमा दुईवटा ब्लड बैंक बनाउने एक एक लाख रुपैंया सहयोग पठाएका छन् ।
मैनालीले डिसी नेपाललाई दिएको जानकारीअनुसार, उनले नेपाल रेडक्रस सोसाइटी काभ्रे बनेपालाई एकलाख र त्रिभुवन विश्वविद्यालय लायन्स रक... |
दसैँ बिदामा विद्यालय खुल्ने काठमाडौँ । यस वर्षको दसैँ बिदा घटाएर जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दसैँ बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदाय... |
जीवन बचाउन रक्तदान काठमाडौँ । मानवको जीवन रक्षा गर्ने उद्देश्यले तीन लायन्स क्लब मिलेर रक्तदान कार्यक्रम गरेका छन् । लायन्स क्लब अफ काठमाडौँ हाइट, आयन्स क्लब अफ ओखलढुङ्गा पोकली वाटरफल र लायन्स क्लब अफ काठमाडौँ ब्राभोको संयुक्त आयोजना गरेको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्बल जोन चियर पर्सन गुरु केदार ब... |
भावी कार्यदिशा बनाउँदै समावेशी आयोग काठमाडौं । राष्ट्रिय समावेशी आयोगले नीति, कानून, योजना र कार्यक्रमको प्रभावकारिता बढाउँदै अनुगमन तथा मूल्याङ्कनका माध्यमबाट आयोगका काम कारबाहीलाई अझ प्रभावकारी र परिमार्जन गर्ने भएको छ ।
पूर्णता पाएको १०० दिनका अवसरमा आयोगले आयोजना गरेको प्रगति समीक्षा तथा भावी कार्यदिशा विषयक गोष्ठी... |
एक लाख ३५ हजारभन्दा बढी मूल्यका अखाद्य बस्तु बरामद काठमाडौं। नेपालीहरुको महान पर्व दशैँ तिहार नजिकिएसँगै बजार अनुगमन कार्य तिब्र गतिमा बढेको छ । आज खोड्पे बजारमा संयुक्त बजार अनुगमन टोलीले ३३ पसलबाट रू २५ हजार ४०० बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ ।
विभिन्न किराना पसल, मदिरा पसल तथा होटेलमा... |
पशुपतिको बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ काठमाडौँ ।काठमाडौँस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ... |
जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते काठमाडौं। आज दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन् । सल्यान रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु २ च ५७०१ नम्वरको जिपले ठक्कर दिँदा शारदा नगरपालिका–६ बरला बस्ने मीना परियार, सोही ठाउँका रेखा बुढाथोकी, सुशिला नेपाली, दीपा ब... |
जेष्ठ नागरिक दिवसः नेपालमा जेष्ठ नागरिकको जनसंख्या कति ? काठमाडौ।आज १ अक्टोबर अर्थात् अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । जेष्ठ नागरिकको सम्मान र अधिकारमा पुहँच पु¥याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष १ अक्टोबरका दिन विश्वभर यो दिवस मनाइँदै आइएको छ ।
सन् १९८८ मा पहिलो पटक तत्कालीन अमेर... |
एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो, कहिलेसम्म भरिसक्नुपर्छ ? काठमाडौं।२०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुलेको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गरी ‘कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थी, माध्... |
ट्याक्टर दुर्घटनामा एक महिलाको मृत्यु काठमाडौँ । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा ४५ वर्षीया एक जना महिलाको मृत्यु भएको छ । आँधीखोला सेती दोभानमा बिहीबार साँझ रोकिराखेको ट्याक्टर एक्कासि गुड्दा माया विकको मृत्यु भएको हो ।
भारी बोकेर हिँडिरहेकी उनलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा पोखरास्थित पश्चिमा... |
दशैँ अगावै पत्रकारका सबै सेवा उपलब्ध गराउन महासंघको माग काठमाडौं।नेपाल पत्रकार महासंघले दशैँ अगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा, सुविधा उपलब्ध गराउन व्यवस्थापन समक्ष माग गरेको छ ।महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै दशैँ अगावै पत्रकारलाई सबै सुविधा उपलब्... |
गृहमन्त्रीको नगरमा २५ दिनदेखि न्यायको खोजीमा आन्दोलन काठमाडौं।गृहमन्त्री बालकृष्ण खाणको गृहनगर रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीको मृत्यु प्रकरणलाई लिएर २५ दिनदेखि जारी आन्दोलन अझै रोकिएको छैन । तिलोत्तमा( ५ की २७ वर्षीया सीता भण्डारीको मृत्युको विषयलाई लिएर माइती पक्षसहित स्थानीय आन्दोलनमा उत्रेका हुन् ।सीताक... |
दसैँ नजिकिँदै, भेडा च्याङ्ग्राको मूल्य बढ्दै काठमाडौं। महानपर्व दसैँ नजिकिँदै छ । यस पर्वमा मुस्ताङी भेडाच्याङ्ग्राको मासु माग ह्वात्तै बढ्ने गर्दछ । यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्ग्राको मूल्य पनि आकासिएको छ ।
तिब्बतबाट च्याङ्ग्र... |
एक हप्तादेखि यातायात सेवा ठप्प, स्थानिय आक्रोशित काठमाडौं। जाजरकोट सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएपछि स्थानिय तनाबमा छन् ।
वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको छ । थाप्ले, ठाँटीलगायतका ठाउँको ढल सोही ठाउँमा जम्मा हुँदा स... |
लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनगणनाको सूचीकरण अझै अनिश्चित काठमाडौं।घरपरिवार सुपरिवेक्षणको समयसीमा सकिनै लाग्दा लिपुलेक, लिम्पियाधुरा तथा कालापानीमा जनगणनाको विषय अझै अनिश्चित छ । ३० भदौदेखि सुुरु भएको घर तथा घरपरिवार सूचीकरणको समय सकिन अब चार दिन मात्र बाँकी छ ।दार्चुलाका जिल्ला जनगणना अधिकारी पदमराज पाण्डेले जी... |
यस्तो गाउँ, जहाँ घाँस काट्न पनि साइत हेरिन्छ काठमाडौं। मनाङकी फू गाउँकी पाल्मा साङ्गे घाँस काट्न बिहीबार क्याङ झरेकी छिन् । यसपाली लामाले पात्रो हेरेर बिहीबारदेखि घाँस काट्ने साइत निकालेका छन् । गोठमा भएका पशुवस्तुलाई हिउँदको जोहो गर्न उनी बेशी झरेकी हुन् । फू बासी बढी हिउँ पर्न थालेपछि क्याङ झर्छन् । क्याङ फूभन्दा न्य... |
प्रचण्डबहादुर श्रेष्ठ हिमालयन बैंकको अध्यक्षमा नियुक्त काठमाडौं। हिमालयन बैंक लिमिटेडमा नयाँ अध्यक्षमा चयन भएका छन्। २९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका हुन् ।
श्रेष्ठ मर्जर प्रक्रियाको अन्तिम टुंगो नलागुन्जेल बैंकको अध्यक्ष हुनेछन्। बैंकले इन्भेष्टम... |
अमेरिकी सेनाका बरिष्ठ अधिकारीहरुले भने – ‘तालिबान फर्किनुको कारण दोहा सम्झौता’ काठमाडौं। अमेरिकी सेनाका केही बरिष्ठ अधिकारीहरुले तालिबानले अफगानिस्तानमा कब्जा गर्नुको कारण तत्कालीन ट्रम्प प्रशासन र तालिबानबीच दोहामा भएको सम्झौता भएको बताएका छन् । दोहा सम्झौतामा फेब्रुअरी २०२० मा हस्ताक्षर भएको थियो । यो सम्झौता अनुसार ... |
२ बालकको प्रधानमन्त्रीलाई पत्र – ‘दाँत उमिएनन्, खान गाह्रो भयो, आवश्य कारवाही गरिदिनुस्’ काठमाडौं। २ जना बालकले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्र अहिले सामाजिक संजालमा चर्चामा छ । पत्रमा यी दुई बालकहरुले आफ्नो दाँत नउम्रिएका कारण आफूहरुलाई मन पर्ने खानेकुरा खान समस्या भएको प्रधानमन्त्रीसमक्ष गुनासो गरेका छन् ।... |
आईपीओ निस्कासन तयारीमा रहेको इमर्जिङले बोलायो १२ कात्तिकमा साधारणसभा काठमाडौं । इमर्जिङ नेपालले आगामी १२ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले एभरेस्ट होटल नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः३० बजे छैटौँ वार्षिक साधारण सभा आह्वान गरेको हो।
सभामा कम्पनीको रजिष्टार कार्यालयको ठेगाना परिवर्तन गर्ने, अन्य प्रस्ता... |
इडिभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश काठमाडौँ । इडिभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखा काठमाडौंले मंगलबार तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने चितवनको जुगेडीका ३६ वर्षीय जीवन कार्की, च... |
कोरोनाको कारण अग्रिम टिकट लिने यात्रुको सङ्ख्या न्यून काठमाडौं । कोभिड–१९ का कारण चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको सङ्ख्या न्यून रहेको छ ।
सामान्य अवस्थामा भन्दा चाडपर्वमा यस वर्ष उपत्यकाबाट बाहिरिने यात्रु ३० प्रतिशत मात्र रहेको यातायात व्यवसायीले बताएका छन् । कोभिड–१९ का कारण घर फर्कि... |
घरधुरी सङ्कलन अन्तिम चरणमा काठमाडौं । जनगणनाको लागि घरधुरी सङ्कलनका लागि डोटीका नौवटै स्थानीय तहमा सुपरीवेक्षक खटिएको छन् । जिल्ला जनगणना कार्यालय डोटीले सुपरीवेक्षकलाई तालिम दिएर यही असोज १८ गतेसम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली घरदैलोमा खटाएपछि उक्त टोलीले काम तीव्ररुपमा अगाडि बढाएको कार्यालयले... |
मदिराको नशामा श्रीमतीको हत्या काठमाडौं । मदिराको नशामा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
अर्घाखाँचीको खाँचीकोटमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। सन्धिखर्क नगरपालिका–७ खाँचीकोटका ३० वर्षीय विष्णु विकले ३५ वर्षीया श्रीमती सीतालाई लठ्ठीले हानेर घरमै हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जना... |
महिलाको चरित्र हत्या गर्ने ४ जना युट्युबर प्रहरीको फन्दामा काठमाडौं । युट्युव च्यानलमार्फत चरित्रहत्या गर्ने व्यक्तिहरु प्रहरीको फन्दामा परेका छन् । प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले युट्युव च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडिओ, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने व्यक्तिहरु पक्राउ परेका गरेको ... |
सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन काठमाडौँ । भारतीय सेनाबाट अवकास पाएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गरेको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाएका उनले गाउँ फर्किएर कालिजपालन सुरु गरेको हो । उनले सुरु गरेको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइ... |
सेवा प्रवाहमा समस्या काठमाडौं । जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारी तथा प्रशासकीय अधिकृत नपठाएका कारण गणनाका लागि सेवा प्रवाहमा कठिन हुँदै आएको छ ।
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणनाका लागि घरधुरी सङ्कलनका लागि यहाँका नौवटै स्थानीय तहमा सुपरीवेक्षक खटिएको छ । जिल्ला जनगणना कार्यालय डोटीले सुपरी... |
एमाले अध्यक्ष ओली गोदावरीमा काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुरु हुने पार्टीको पहिलो विधान महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिएका छन् । यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन उनी गोदावरी पुगेका हुन् ।
अध्यक्ष ओलीसँगै पार्टीका महासचि... |
संसद् बैठक भोलि बस्ने, यस्तो छ कार्यसूची काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बैठक बस्दै छ । बैठकको सम्भावित कार्यसूची बुधबार सार्वजनिक भएको छ ।
जसमा दुई बुँदा छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने उल्लेख छ ।
दोस्रो बुँदामा प्रधानम... |
मृत्यु भइसकेकाको भत्ता लिने तत्कालीन गाविस सचिव अख्तियारको फन्दामा काठमाडौं । गाविसका तत्कालीन सचिवसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरेको छ ।
मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै उदयपुरको रामपुर ठ... |
यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने काठमाडौं । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्षको दशैंको लागि च्याङ्ग्रा नल्याउने भएको छ ।
हरेक वर्ष कम्पनीले बजार सन्तुलनको लागि सीमित संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गरी बिक्री गर्दै आएकोमा यो वर्ष भने नल्याउने भएको हो । दशैंका लागि च्याङ्ग्राको ब... |
भारतीय गाडीकोे ठक्करले मोटरसाइकल चालकको मृत्यु काठमाडौं । अरनिको राजमार्गस्थित सूर्यविनायकको सल्लाघारी खण्डमा सोमबार राति भारतीय टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
आरजे ०२ जिबि १०१७ नम्बर प्लेटको गाडीले प्रदेश ३–०२–००८ प २५०१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।मृत्यु हुनेमा मोटर... |
फरार अभियुक्त १२ वर्षपछि पक्राउ काठमाडौं । कञ्चनपुरमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न गणेशप्रसाद जोशी १२ वर्षपछि आज पक्राउ परेका छन् ।
जोशीले पिपलाडीकै एक महिलालाई ललाईफकाई बेचबिखन गर्न भारतको नयाँ दिल्ली पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ति महिलाका आफन्तले २०६४ सालमा जोशीविरुद्ध मानव बेचबिखनको आरोप लगा... |
लोसपा दलको नेतामा सोनल चयन काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् ।
पार्टीभित्र सर्वसम्मति नभएपछि भएको चुनावी प्रक्रियामा सोनल नौ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी उपेन्द्र महतोले छ मत मात्र प्राप्त गरे । सोनल लोसपा पार्टी अध्यक्ष महन्थ ... |
कपनबाट हराएका बालक भारत पुर्याइएको प्रहरीको दावी काठमाडौं । काठमाडौंको कपनबाट हराएका चार बर्षीय बालक पियुष शर्मालाई भारत पुर्याइएको प्रहरीले दावी गरेको छ । उनलाई अपहरण गरेर बालकलाई भारत पुर्याएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीको समेत सहयोगमा खोजी गर्ने क्रममा बालक भारत पुर्याएको प्रहरीले जनाएको छ ।
भारत घर भइ कप... |
दुर्घटनामा आमा–छोराको मृत्यु काठमाडौं । रुपन्देहीमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।
रुपन्देही सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जान... |
बजारमा हल्ला भएअनुसार अभाव छैनः वाणिज्य सचिव काठमाडौं । सरकारले चाडपर्वका लागि खाद्य सामग्री मौज्दात पर्याप्त मात्रामा रहेको भन्दै अभाव नहुने जनाएको छ । समितिमा भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले अभाव नहुने बताएका छन् ।
उनले सरकारी कम्पनी तथा निजी उद्योगी व्यवसायीसँगले दिएको तथ्याङ... |
दसैँतिहार नजिकिएसँगै सस्तोमा चामल बेच्दै नेपाल खाद्य संस्थान काठमाडौं। नेपालीहरुको महान पर्व विजयादशमी, दीपावली र छठ नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ ।
अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा संस्थानले बिक्री गर्न थालेको हो । निषेधा... |
डुबेर बेपत्ता किशोरको शव फेला काठमाडौं। पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ ।
सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बिगु गाउँपालिका–४ लादुकका १८ वर्षीय टीकाराम तामाङको शव आज फेला परेको हो । घर नजिकै शान्ति आर्दश माविसँगै रहेको पोखरीमा तामाङ हिजो दिउँसो साथीसँग पौडी खेल... |
निःशुल्क सेनेटरी प्याड वितरण काठमाडौं। युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ ।
यो अभियानबाट सयौँ महिला लाभान्वित भएका छन् । यसअघि सो संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ ।
संस्थाले क्रमशः देशका प्रमुख सहरका शौचालय,... |
खातामा पैसा टाँट पल्टदाँ पनि धमाधम चेक काटेपछि काठमाडौं । बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई आजनेपाल प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जन्तेढुंगा गाउँपालिका ३ खोटाङ घर भइ हाल काठमाडौं कपन बालुवाखानी बस्दै आएका २६ वर्षीय खगेन्द्र खत्री रहेका छन् । उनलाई सोही स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्... |
कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने कि नदिनेमा प्रतिनिधिसभामा मतभेद काठमाडौं। कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा प्रतिनिधिसभामा आज मत बाझिएका छन् ।
आज ‘चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीले पाउने आरक्षण सम्बन्धमा’ गरिएको छलफलमा समिति सदस्यबीच छात्रवृत्ति दिने वा नदिन... |
जाे खुट्टा काट्नै पर्ने थाहा पाएपछि धित मर्ने गरी नाचिन् काठमाडौं। चितवन क्यान्सर अस्पताल रिफर गरेपछि मनमा चिसो पसेको थियो। अन्ततः खुट्टा नै काट्नु पर्यो।’ चितवन मेघौलीकी सीता सुवेदी आफ्नो २१ वर्ष पहिलाको दशैंको सम्झनामा गर्दै आफूलाई भाग्यमानी भएको बताउछिन्। सीतालाई त्यो बेला आफ्नो खुट्टा भन्दा ज्यान प्यारो भयो। न हो... |
कपिलवस्तुमा बससँग विङ्गर ठोक्कियो : ९ घाइते, चार गम्भीर कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ जितपुरमा बस र विङ्गर एकआपसमा ठोक्किएका छन्।
रुकुमबाट काठमाडाैं जाँदै गरेको बा४ख२४४८ नम्बरको बस र लु१ज३००६ नम्बरको विङ्गर ठोकिँदा नाै जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कील... |
यस्तो बन्दै छ एमाले महाधिवेशन स्थल (फोटोफिचर) काठमाडौं । एमालेको विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको छ । ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १५–१७ असोजमा हुने विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको प्रचारप्रसार समितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिए ।
महाधिवेशनमा करिब पाँच हजार सहभागी हुन... |
भागेका अफगानी पूर्वराष्ट्रपति अशरफ गनीले तालिबानको समर्थन गरेपछि हंगामा काठमाडौं। अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टबाट तालिबानी शासनको समर्थन गरेका छन् । यतिमात्र होइन उनले अन्तर्राष्ट्रिय समुदायसँग तालिबानसँग वार्ता गर्नको लागि अपिल पनि गरे । यसका साथै उनले अन्तर्राष्ट्रिय समुदायला... |
दशैंको कारण देखाएर सर्यो माओवादी केन्द्रकाे महाधिवेशन कार्यतालिका काठमाडौं । माओवादी केन्द्रले आगामी पुसमा हुने राष्ट्रिय महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार स्थानीय तहका अधिवेशनको मिति सारेको हो ।
माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार आगामी ३० अस... |
हेटौँडा सिमेन्टको मूल्य घट्यो काठमाडौं । गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्र... |
चिल्लो कारमा हिड्नेलाई के थाहा बेनी–जोमसोम सडक खण्डको दर्दनाक अवस्था? ज्यानकै आश मारेर यात्रा गर्नुपर्ने बाध्यता काठमाडौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
यहाँ सामान्य वर्षा हुदाँसाथ ढ... |
सुत्केरीको मृत्यु, आफन्त भन्छन डाक्टरको लापरवाही काठमाडौं । अत्याधिक रक्तस्रावका कारण कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ ।
मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पत... |
नापी कार्यालयको ज्यादतीः कर्मचारीको लापरवाही, सेवाग्राही मर्कामा काठमाडौं । सरकारी काम कहिले जाला घाम उखान त्यसै भनिएको होइन । एउटा सानो कामको लागि पनि बारम्बार दुःख दिने नियती रहेको छ कर्मचारीहरुका । प्रसंग रहेको छ महोत्तरीको जलेश्वरस्थित नापी कार्यालयको ।
जहाँ जग्गाको कित्ताकाटका लागि विनित चौधरीले २१ दिनदेखि कार्याल... |
अमेरिका, रुस, चीन र पाकिस्तान एकसाथ मिलेर के गर्दैछन् ? काठमाडौं। अफगानिस्तानमा तालिबान शासन पूर्ण रुपमा स्थापित भइसकेको छ । तालिबानले संयुक्त राष्ट्रसंघमा आफ्नो स्थानको लागि अपिल पनि गरेको छ । यही बीच रुसले अफगानिस्तानको अवस्थाबारे निकै महत्वपूर्ण बयान दिएको छ । रुसका विदेशमन्त्री सर्गेइ लावरोभले शनिबार संयुक्त राष्ट्... |
सम्मेलनपछि ‘आश्चर्यजनक’ साझा वक्तव्य जारी गरेको क्वाडप्रति चीनका मिडिया के भन्दैछन् ? काठमाडौं। अमेरिका, जापान, भारत र अस्ट्रेलियाका सरकार प्रमुखहरुले क्वाड शिखर सम्मेलन अन्तर्गत गत शुक्रबार बैठक गरे । क्वाड समूहका देशमा सरकार प्रमुखहरुको यो पहिले व्यक्तिगत भेटघाट थियो । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले यो बैठकलाई च... |
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ काठमाडौं । इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले आज साँझ पक्राउ गरेको छ ।
गत असार २६ गते हिरासतकक्षको ग्रिल फुटाएर फरार नवराजपुर गाउँपालिका–१ निवासी ३४ वर्षीय रामप्रकाश भन्ने पशुपति यादवलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गोप्... |
टिपर र मोटरसाइकल ठोक्किदाँ सुमन रेग्मीको मृत्यु काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि एक जनाको मृत्यु भएको छ । टिपर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा ३३ वर्षीय सुमन रेग्मीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार शु... |
होम सेन्टरमै सम्पन्न भयो कक्षा १२ को परीक्षा काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।
परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउँदै होम सेन्टरमा सञ्चालन भएको प... |
सार्वजनिक सवारी साधनको भाडा बढ्यो काठमाडौं ।पेट्रोल र डिजलको मूल्य वृद्धि भएपछि आजदेखि लागू हुने गरी सरकारले सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ । विगतमा सार्वजनिक सवारी ... |
आत्मनिर्भर केन्द्रको सामाजिक लेखाजोखा काठमाडौं ।सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले १४ औं सामाजिक लेखाजोखामार्फत वार्षिक कार्यक्रम, उपलव्धि, आम्दानी र खर्च सार्वजनिक गरेको छ । साथै संस्थाले भावी योजनाबारे पनि जानकारी गराएको छ । आत्मनिर्भर केन्द्रले वि.स. २०६४ देखि वार्षिक रूपमा सामाजिक लेखाजोखा गर्दै आएको छ । कार्यक्रम... |
स्यानिटरी प्याडमा कर थपिएको छैन: अर्थमन्त्रालय काठमाडौं । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ।
अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ। स्यानिटरी प... |
डा पोखरेललाई भारतमा पत्रकारिता पुरस्कार काठमाडौं । वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेलले पत्रकारिता क्षेत्रमा गरेको योगदानको सम्मानस्वरूप न्यूजपेपर्स एसोसिएशन अफ, इंडियाले ‘कलम के सिपाही’ पुरस्कार प्राप्त गरेका छन् ।
भारतको आईएमएस गाजियावाद (विश्वविद्यालय कोर्स क्याम्पस) भारतको सहयोगमा न्यूज पेपर्स एसोसि... |
प्रदेश लोकसेवा आयोगबाट कार्य प्रारम्भ काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गठन भएको प्रदेश लोकसेवा आयोगले नेपालको संविधान बमोजिम आफ्नो काम प्रारम्भ गरेको छ ।
प्रदेश लोकसेवा आयोग ऐन बमोजिम आयोगको नियमावली, कार्य सञ्चालन निर्देशिका, आयोगका पदाधिकारी, विषय विज्ञ, विशेषज्ञ र कर्मचारीको आचारसंहिता जारी भइसकेको छ । आयोगलाई योग्यत... |
जुम्लामा १३७ किमी सडकको ट्र्याक तयार काठमाडौँ । जुम्लाको पूर्वाधार विकास कार्यालयले हालसम्ममा १३७ किलोमिटर भन्दा बढी सडकको नयाँ ट्र्याक खुलाएको छ ।
जिल्लाको हिमा गाउँपालिकाका चिउडी र मसानटाडामा दुई झोलुङ्गे पुल , साविकको ताम्ती गाविस हुँदै जाजरकोट जिल्ला जोड्ने पक्की पुल तथा चन्दननाथ नगरपालिकास्थित दानसाघुमा गुठीचौर गा... |
सङ्कटमा परेको संस्कृत विषय पाटनमा पहिलोपटक सुरु काठमाडौं । बैतडीको पाटन नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा संस्कृत विषयको पढाइ हुने भएको छ ।
पाटन जिल्लाका १० वटै स्थानीय तहमध्ये संस्कृत विषय पढाउने पहिलो पालिका हो । चालु शैक्षिक सत्रदेखि ऐच्छिक विषयका रुपमा कक्षा ६ मा पढाइ सुरु हुने शिक्षा शाखा प्रमुख बिर्ख... |
मलेसियामा रोजगारी खुल्यो काठमाडाैं। कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् ।
नेपालस्थित मलेसियाको दूतावासले विज्ञप्ति जा... |
सशस्त्रका ११ कमाण्डर फेरिए, दुई डिआईजीलाई फेरि कमाण्ड दिइयो काठमाडौं । नेपाल सरकारले सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक(डिआईजी)हरुको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडको निर्णयले बिहीबार सांझ सो सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
डिआईजी मन्दिप श्रेष्ठलाई गढिमाई वाहिनी हेटौंडाबाट सशस्त्र... |
नेपाल एक चीन नीतिको पक्षमा सदैव दृढतापूर्वक उभिएको छः राष्ट्रपति काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताएकी छन्।
सी चिनफिङले आधुनिक चीनमा क्रान्ति, निर्माण र सुधारका साथै चिनियाँ राष्ट्रको पुनर्जागरणका लागि महत्वपूर्ण योगदान गर्ने माओ जेदोङ तङ स्याओफिङ, जियाङ जेमिनलगायतका अग... |
प्रधानमन्त्री देउवालाई साक्षी राखेर सेनापतिले भने—सेनाले सुक्ष्म अध्ययन गरिरहेको छ काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवालाई साक्षी राखी मुलुकको स्थायित्वसंग सरोकार राख्ने गतिविधिहरुबारे सेनाले सुक्ष्म अध्ययन र विश्लेषण गरिरहेको बताएका छन् ।
उनले मुलुकमा उत्पन्न हुंदै... |
वायुसेवा निगमको काम कारबाही प्रभावित काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारीको दुई महिनाभन्दा बढी लामो आन्दोलनले निगमको व्यवसायमा दूरगामी असर पार्ने महत्वपूर्ण काम कारबाही प्रभावित भएको जनाएको छ ।
निगमका प्रहाप्रबन्धक डिमप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै कर्मचारीको आन्दोलनका कारण संस्थाको द... |
चाडपर्वमा आपूर्ति व्यवस्थापन चुस्त पार्न गृहमन्त्री खाँणको निर्देशन काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले चाडपर्वमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा बिहीवार आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाँडले कालोबजारी, म्याद गु... |
खतरा महसुस हुने वित्तिकै प्रहरीमा खबर गर्नुहोस् काठमाडौँ । विस्तारै मनसुनको समय उत्तराद्र्घतर्फ धकेलिएर नेपालीहरुको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले आज सार्वजनिक अपिल जारी गर्दै घरमा डेरा गरी बस्ने व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर तथा स्थायी ठेगा... |
नेबिकोले सुरु गर्यो पुनः उत्पादन काठमाडौं । आगलागिपछि नेबिको प्रालि आफ्नो उत्पादन पुनः सुरु गरेको छ ।
उद्योगमा साउन २३ गते भीषण आगलागी भएको थियो । छोटो अवधिमै सो कम्पनीले उद्योगको भवन संरचना पुनःनिर्माण र मेसिनरी मर्मत गरेर पुनः उत्पादन थालेको हो । काठमाडौंको बालाजुस्थित औधोगिक क्षेत्रमा रहेको प्लान्टमा गत साउन २३ गते... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.