content stringlengths 31 27.4k ⌀ |
|---|
काठमाडौँ उपत्यकामा दुईको मृत्यु काठमाडौँ उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् ।
काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै ललितपुर, गोदावरी नगरपालिका–१० चापागाउँस्थित हेम... |
नौ दिनपछि बेपत्ता शव भेटियो काठमाडौं ।नौ दिनपछि सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ का २३ वर्षीय लालु मण्डलको शव भेटिएको छ ।
मण्डललाई यही कात्तिक ३ गते जिता खोलामा आएको बाढीले बगाएको थियो । प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका मण्डलको शव सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपञ्चयात–१० स्थित जिता खोलाको ... |
मोटरसाइकल एकापसमा ठक्कर खाँदा मृत्यु झापा । झापाको गौरादहमा तीव्रगतिका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान ८ बजेतिर गौरादह नगरपालिका–४ स्थित स्कुलचौन–चाप्रामारी धरधरे सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटन... |
हस्तकला व्यापार मेला हायात रिजेन्सी होटेलमा सुरु हुँदै काठमाडौँ ।यही मंसिर ३ गतेदेखि नेपाल हस्तकला महासंघको १८औं हस्तकला व्यापार मेला सुरु हुने भएको छ । यसवर्ष काठमाडौं हायात रिजेन्सी होटेलमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको ... |
प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाने काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको निमन्त्रणमा सेनापति शर्मा २३ कात्तिकमा भारत भ्रमणमा जाँदैछन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति शर्माको नेृतत्वमा भारत भ्रमण दल टोलीलाई स्वीकृति... |
बलात्कृत १४ वर्षीया बालिकाको स्वास्थ्यवस्था गम्भीर सुर्खेत ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ को बाँकेज्युलामा एक बालिका बलात्कृत भएकी छन् । जाजरकोटको नलगाड नगरपालिका १ की अन्दाजी १४ वर्षीया बालिकालाई बाँकेज्युलाका २६ वर्षीय झलक जैसीले बलात्कार गरेको र उनी फरार रहेको प्रहरीले जनाएको छ ।
बलात्कृत बालिकाको अवस्था गम्भ... |
पूर्व न्यायाधीश लम्सालको निधनप्रति सर्वोच्चद्वारा दुःख व्यक्त काठमाडौं।पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको (बिहीबार) बिहान असामयिक निधन भएकामा छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा सम्पूर्ण न्यायाधीशहरुको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व न्यायाधीश लम्सालको निधनबाट न्याय र कानूनको क्षेत्रमा अपूरणीय क्षति पुगे... |
नग्न अवस्थामा समुद्रमा तैरिरहेकी महिलाको उद्धार, १२ घण्टा बगिरहँदा पनि जीवितै थिइन् समुद्रको यात्रामा निस्किएका एक अमेरिकी नाविक त्यतिबेला आश्चर्यमा परे जब उनले पानीमा केही असामान्य चीज देखे । उनी आफ्नो नाउ लिएर नजिकै गएपछि त्यो चीज कुनै मानिसको हात थियो । जब नाविकले त्यसलाई बाहिर निकाले उनी चकित परे । खासमा समुद्रको च... |
विश्वकपमा ‘कमजोर’ नामिबियाको घातक ओभर, ब्याट्सम्यान आउँथे, आउट हुन्थे, फर्किन्थे काठमाडौं। विश्वकपमा बुधबार खेलिएको नामिबिया र स्कटल्याण्डबीचको खेलमा नामिबियाका तीब्र गतिका बलर रुबेन ट्रम्पलम्यानले घातक बलिङ गर्दै वहिलो ओभरमै तीन विकेट लिएयसअघि श्रीलंकाका एन्जेलो म्याथ्युजले २००९ को टि–२० विश्वकपमा वेष्ट इण्डिजविरुद्ध ... |
बारले माग्यो सेवाग्राहीसँग माफी काठमाडौँ ।नेपाल बार एशोसिएशनले न्यायलयमा देखिएको विवादका कारण सुनुवाइ प्रभावित भएकोप्रति सेवाग्राहीसँग क्षमा मागेको छ ।
बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनपेक्षित तर अनिवार्य परिस्थिति सृजना भएकाले न्यायका उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमा मागेको हो ।“य... |
गरिब तथा न्यून आय भएकोलाई नयाँ विद्युत् महसुल दर निर्धारण काठमाडौं ।गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् नियमन आयोगले महसुल दर निर्धारण गरेको छ ।
विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क नलाग्ने र न्यूनतम शुल्क रु ३० मात्र ला... |
माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु लहान । ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
सिरहाको धनगढीमाई नगरपालिकामा ५ जयपुर निवासी प्रकाश कामैतको ११ वर्षीया छोरी करिश्मा कुमारीको डिस्कोले पुरिएर आज दिउँसो मृत्यु भएको हो । दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी करिश्माको डिस्कोले पुर... |
एक जना मृत फेला, दुई बेपत्ता काठमाडौं । बैतडीको पाटन–६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी आज मृत फेला परेका छन् । पहरी स्थानीय गोइडा खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
बजार जान्छु भनी सोमबार घर निस्केको र साँझ घर नफर्केपछि पहरीको शव मंगलबार बिहान गोइड... |
वडाध्यक्षसहित दुई पुर्पक्षका कारागार काठमाडौं । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका पर्साको पकाहमैनपुर गाउँपालिका–१ का वडाध्यक्ष अमेरिका सहनीसहित दुई जनालार्ई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ ।
पर्सा जिल्ला अदालतको आदेशानुसार वडाध्यक्ष सहनीसहित सोही मुद्दामा पकहामैनपुर गाउँपालिकाकै रामआदेश सहनी... |
गोकर्णेश्वर नगरपालिकामा दुईको मृत्यु काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा एक महिलाको आज सुतेकै अवस्थामा मृत्यु भएको छ । सोही ठाउँमा डेरा गरी बस्ने सङ्खुवासभा मकालु गाउँपालिका–१ घर भएकी ३५ वर्षीया सञ्जु तामाङ सुतेको ठा... |
संविधान र कानूनले दिएको जिम्मेवारी पूरा गरेर मात्र म बाहिरिन्छुः प्रधानन्यायाधीश काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान र कानूनले दिएको दायित्व पूरा गरेर मात्र आफू सेवाबाट बाहिरिने बताएका छन् । प्रधानन्यायाधीश र न्यायाधीशहरुको बीचमा आज भएको भेटमा उनले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा ... |
प्रधानन्यायाधीश जिम्मेवार बन्न ट्रेड युनियनको अपील काठमाडौँ । अदालतभित्र देखिएका विकृतिको अन्त्य गर्ने सम्बन्धमा जिम्मेवार बन्न प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनले आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ ‘‘अशोभनीय गतिविधिले न्यायालय थप संकटतर्फ जाने भएको हुँदा अदालतभित्र देखिएका विकृ... |
श्वासप्रश्वासको समस्याः विमानस्थलबाटै फर्काइयो बिरामीलाई खलङ्गा । गुठीचौर गाउँपालिकाका रिमाल पाण्डे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले रेफर गरेको कागज देखाउँदै विमानस्थल पुगे।
तीन महिनाको छोरालाई एक्कासि श्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा उपचारत थिए । अस्पतालले नर्मल श्वासप्रश्वासको दर ५० देखि ६०... |
एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ सिरहा । सिरहा नगरपालिका-१८ का वडाध्यक्ष रामसोगारथ यादव लागूऔषधसहित पक्राउ परेका छन्।
सरकारी नम्बर प्लेट स१ ब९३८ नम्बरको मोटरसाइकलमा सवार यादव १५ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए। उनी भारतबाट फर्क... |
मिनी ट्रकको ठक्करमा एकको मृत्यु काठमाडौं ।मिनी ट्रकको ठक्करबाट भक्तपुरमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–१ यति कार्पेट नजिक व्यासीबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०१७ प ७९४२ नं को मोटरसाइकल चोङ्गा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्किदै गरेको प्र.नं ३–०१–००३ क. ५०६५ नंक... |
हत्या गरी आँगनमै पुर्ने दुई पक्राउ काठमाडौं। सिन्धुपाल्चोकमा एक पुरूषको हत्या गरी उनैको घरको आँगनमा गाडेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसङ्खुपाखर–७ का छिरिङ तामाङ पक्राउ परेक... |
बेपत्ता आयोगले जारी गरेको ‘द्वन्द्वपीडित’ परिचय पत्र देखाएर सिंहदरबार प्रवेश पाइने काठमाडौं ।द्वन्द्वपीडित भनेर जारी गरेको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने भएको छ ।
गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र आयोगका पदाधिकारीबीच आज भएको छलफलमा आयोगले जारी गरेको परिचयपत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति... |
जडीबुटी सङ्कलन गर्न हुम्ला पुगेका मुगुका युवकको मृत्यु सिमकोट । जडीबुटी सङ्कलन गर्न आएका मुगु घर भएका एक युवकको मृत्यु भएको छ ।
चङ्खेली–३ को मिमीमा रहेको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न गएका मुगु कार्मारोङ गाउँपालिका–४ स्थित कार्तिक गाउँका ३३ वर्षीय छिरिङ लामा कटुकी सङ्कलन गरी घर फर्किने क्रममा हिउँ पहिरामा परी मृत्यु... |
भन्सार छली गरेका तीन लाखभन्दा बढीका कपडा बरामद काठमाडौं ।सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले आज भन्सार छलीका रु तीन लाखभन्दा बढीका कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालको टोलीले गोदावरी नगरपालिका–१ अत्तरिया इलाकामा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गर... |
छ वर्षअघि वन मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाडौं । कैलालीमा वन मुद्दाको फरार प्रतिवादी नारायण साउँदलाई प्रहरीले आज पक्राउ गरेको छ ।
जिल्ला अदालतको फैसलाअनुसार छ वर्षअघि वन मुद्दामा रु एक लाख १३ हजार ४६ जरिवाना तोकिएको फरार प्रतिवादी गौरीगङ्गा नगरपालिका–५ अण्डैयाका साउँदलाई पक्राउ गरिएको हो ।
साउँदलाई इलाका प्रहरी क... |
संरक्षित वन्यजन्तु गैंडाको खागसहित दुई जना पक्राउ काठमाडौं ।गैंडाको खागसहित दुई जना प्रहरीको फन्दामा परेका छन् ।
सोलुखुम्बुको दूधकोशी गाउँपालिका ६ का १९ वर्षीय तिलकबहादुर बस्नेत र बागलुङको तमनखोला गाउँपालिका १ का २८ वर्षीय दीपक गोतामेलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले ९७० ग्राम तौल भएको १ थान गैँडाको खाग बरा... |
जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते काठमाडौं। सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा परी जिल्लाको बागचौर नगरपालिका निवासी १८ वर्षीय आशीष बस्नेतको ज्यान गएको छ ।
जिल्लाको वागचौरबाट दाङतर्फ जाँदै गरेको भे१च १८९० नंको जीप कपुरकोट गाउँपालिका–३ स्थित मूलपानी नजिकै दु... |
पहिरोमा पुरिएर मृत्यु भएका पीडित परिवारलाई एक लाख २० हजार काठमाडौं। पहिरोमा पुरिएर मृत्यु भएका पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बसेडीका भानु, देवानी र पवित्रा पार्कीका परिवारलाई किरिया खर्चबापत एकमुष्ट रु एक लाख २० हजार उपलब्ध गराएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्... |
विश्वकप इतिहासमै सबैभन्दा कम स्कोरमा अलआउट हुने दोस्रो टिम बन्यो वेष्ट इण्डिज काठमाडौं। टि–२० क्रिकेट विश्वकपको डिफेण्डिङ च्याम्पियन वेष्ट इण्डिजले यस पटकको विश्वकपको सुरुवात भने निकै खराब तरिकाले गरेको छ । आज आफ्नो पहिलो खेलमा इङ्ल्याण्डसँग टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले निकै लाजमर्दो रेकर्ड बनाएको छ ।... |
सेतीमा हाम फालेर सुर्माकी किशोरी बेपत्ता बझाङ । सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । सुर्मा गाँउपालिका- ४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन् ।
उनी हाल जयपृथ्वी नगरपालिका-१० चैनपुरमा बस्दै आएकी थिइन् । बोहराले आज विहान पौने दश बजेको समयमा रिङरोडमा र... |
सहकारीले नै दुग्ध प्रशोधन केन्द्र चलाउने काठमाडौं । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । दुलेगौँडामा रहेको शुक्ला कृषि पर्यटन सहकारीले किसानले उत्पादन गरेको दुधलाई ब्राण्डिङ गरी बजारीकरण गर्न दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो ।
दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपंक्षी... |
ओलीले भनेः हाम्रो गणना एक नम्बरमा छ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले चौतर्फी हमला भइरहदा पनि एमाले सबै ठाउमा सबैभन्दा मजवुद शक्ति भएको दाबी गरेका छन्।
देशभरका वडा अधिवेशन उद्घाटन शत्रलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले संघीय संसददेखि ६ वटा प्रदेशमा सबैभन्दा ठूलो शक्ति भएको भन्दै एमालेकोे गणना एक ... |
तीघ्रामा लुकाइएको सात किलो चरेशसहित महिला पक्राउ काठमाडौं । लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिला पक्राउ परेकी छिन्।
पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियारलाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको हो ।
ती महिलााको तीघ्रामा लुक... |
नेपाल स्काउटद्वारा युवा तथा खेलकुदमन्त्री दीक्षित काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले स्काउट दीक्षा ग्रहण गरेका छन् । नेपाल स्काउटको प्रमुख स्काउटसमेत रहेका मन्त्री गहतराजले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा स्ववाचन गरी दीक्षा ग्रहण गरेका हुन् ।
दीक्षान्त पश्चात वरिष्... |
बाढी, पहिरो र डुबानमा परी हालसम्म १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, ... |
आठ वर्षपछि बलात्कार कसुरदार पक्राउ काठमाडौं ।बलात्कारका कसुरदारलाई काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ। बेथानचोक गाउँपालिका ४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो।
राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो। कैद फैसलापश्चात फरार... |
तोकिएको भाडा दर भन्दा बढी रकम लिने थिङ कारबाहीमा काठमाडौँ । तोकिएको बढी भाडा लिने सुमोलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ ।
यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिने ना १ ज ६६२४ नं को यात्रुवाहक सुमोलाई नियन्त्रणमा लिई कारबाही गरेको हो । हरेक वर्ष सुमो व्यवसायीहरुले विशेष गरि दशैं र तिहारमा मनोमानि ढङ्गल... |
बाढीबाट ३०० परिवार बिचल्लीमा काठमाडाैं। मोहुली नदीको बाँध भत्किँदा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहामा करिब ३०० परिवार बिचल्लीमा परेका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण नदीको बाँध भत्किँदा त्यो बस्तीमा पानी पसेपछि उनीहरू बिच्चलीमा परेका हुन् ।
स्थानीयवासी महान्नद यादवले वर्षेनि यस्तो समस्या खेप्दै ... |
अविरल वर्षाको कारण चितवनमा ३० % धानबाली क्षति चितवन । अविरल वर्षाको कारण चितवनका धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो ।
जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । का... |
जीप दुर्घटनामा पाँच जनाको मृत्यु काठमाडाैं। भारतको पिथौरागढमा पीएच०१एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भिरबाट खस्दा बैतडीका दुई जना सहित ५ जनाको मृत्यु भएको छ । भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक गाडी भिरबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा बैतडीको पाटन ६ का मोहन जोशी, खिमाली गाउँका दीपक अवस्थी, भारतीय सेनाका अवकासप्रा... |
प्रधानसेनापतिसँग राजदूत भोल्कको भेटवार्ता काठमाडाैं। प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
सैनिक मुख्यालय जङ्गीअड्डामा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूूचना ... |
केही दिनदेखिको अविरल वर्षाका कारण आठ सडक अवरुद्ध काठमाडाैं। केही दिनदेखिको अविरल वर्षाका कारण देशरभका आठ सडक अवरुद्ध भएका छन् ।
बझाङमा खोड्पे–चैनपुर सडक जालिबगर र नारुघाटमा र धनगढी–सहजपुर–वुडर सडक र सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडक मङ्गलबारदेखि नै अवरुद्ध छ । कालिकोट जिल्लामा सुर्खेत तल्लो डुङगेश्वर–सातखम्बा–दुल्लु–... |
सुनसरीमा बाढीका कारण तीनको मृत्यु, छ बेपत्ता काठमाडाैं। बाढी कारणले सुनसरीमा बुधबार तीन जनाको मृत्यु भएको छ भने छ बेपत्ता भएका छन् । मृत्यु हुनेमा धरान–६ का ७२ वर्षीय विष्णु सुनार, इटहरी–३ का चन्द्रमणि काफ्ले र धरान–११ का भोगेन्द्र राई रहेको छन् ।
त्यसैगरी बाढीमा परेर छ जना बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नर... |
१३ लाख ठगी गर्ने नक्कली डीएसपी पक्राउ काठमाडाैं।नेपाल प्रहरीको डिएसपी हुँ भन्दै ठगी गर्ने एकजना प्रहरीकै फन्दामा परेका छन् । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेका झापाका निलम भट्टराईलाई मंगलबार सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।
राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक... |
रासायनिक मल चीनबाट आउन सुरु काठमाडाैं। चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ ।
तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको हो । हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपीसहित ४० हज... |
कुदुबासीको पानीको तिर्खा कहिले मेटिएला ? जाजरकोट । वाम एकता गरि चुनावी मैदान जाँदा तत्कालिन नेकपा (माओवादी केन्द्र) नेता शक्तिबहादुर बस्नेतको नारा थियो भेरी नगरपालिका–१३ कुदुमा यहीँ वर्ष खानेपानी पुर्याउने। उनी सोही नाराले चिर्वाचन जितेर वनमन्त्री पनि भए तर कुदुबासीको तिर्खा जस्ताको तस्तै छ।
भेरी करिडोर अन्तर्गत जाजरको... |
शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया आरम्भ गर्न मन्त्रालयका उच्चाधिकारी र शिक्षक सेवा आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
राज्... |
वर्षासँगै चलेको हावाहुरीले बालीनालीमा क्षति काठमाडौं। दुई दिनदेखि जारी वर्षासँगै चलेको हावाहुरीले खोटाङमा बालीनालीमा क्षति पुर्याएको छ । वर्षासँगै चलेको हावाहुरीले पाक्न लागेको धान, कोदो, जुनेलोलगायतका बालीनालीमा क्षति पुर्याएको हो ।
भित्र्याउने बेलाको बालीनालीमा क्षति पुग्दा किसान चिन्तित बनेका छन् । जिल्लाका दुई नग... |
सामान्य घरयासी झगडाको कारण बुबालाई खुकुरी हानेर छोरा फरार काठमाडौं। गुल्मीमा छोराले वुबालाई खुकुरी प्रहार गरेर फरार भएका छन् ।
धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक ... |
उदयपुरमा बाढीले बगाएर ४० वर्षीय पुरुषको मृत्यु काठमाडौं। दयपुरको त्रियुगा नगरपालिका–५ लालपतास्थित बिलाउनेको कोरिया खोलामा आएको बाढीले ४० वर्षीय पुरुषलाई बगाउँदा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बाढीले बगाएर मृत्यु हुने पुरुष बिलाउनेका ४० वर्षीय टुकबहादुर खड्का रहेको जिप्रका उदयपुरका प्रहरी नायब उपर... |
बाढीमा फसेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो काठमाडौं। सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ ।
नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिका... |
बझाङको थलारामा पहिराले ७ घर पुरिए, एकै घरका १८ जना बेपत्ता काठमाडौं। बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो गएको छ ।
गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका २३ जना बेपत्ता भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जन... |
पहिरोले घर पुरिँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु काठमाडौं। सुनसरीको धरानमा वर्षासँगै आएको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । धरान १३ स्थित नागेश्वर मार्ग बस्ने निशान राईका सात वर्षीय छोरी निसु र चार वर्षीय छोरा निहान राईको मृत्यु भएको हो ।
आज दिउँसो पौने २ बजे घरमाथिबाट आएको पहिरोले घरभित्र रहेक... |
पहिरोले बैतडी जोड्ने राजमार्ग अवरुद्ध काठमाडौं। लगातारको बर्षाले बैतडीका विभिन्न ठाउँमा पहिरो जाँदा प्रमुख राजमार्गह अवरुद्ध भएका छन् ।
महाकाली राजमार्ग अन्तर्गतको सतबाँझ–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा पहिरो जाँदा आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यसअघि सल्सेना र धरमघरमा... |
बर्सातले घर भत्कियो, दुईजनाको मृत्यु काठमाडौं। शनिबार देखिको लगातारको वर्सातका कारण डोटी जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिए दुईजनाको मृत्यु भएको छ । मृत्युहुनेमा सायल–६ मेल्लेखका सागर र ११ आशिष कुन्जेडा छन् ।
जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुस... |
वर्ल्ड स्मार्ट सस्टेनेबल सिटी अर्गनाइजेसनको ५ औं साधारण सभा सम्पन्न काठमाडौं। वर्ल्ड स्मार्ट सस्टेनेबल सिटी अर्गनाइजेसनको ५ औं साधारण सभा सम्पन्न भएको छ ।
धुलिखेल नगरपालिकाका कार्यकारी समिति सदस्य निर्वाचित भइ धुलिखेल सन् २०२१ देखि २०२३ सम्मका लागि निर्वाचित भएको हो । १ सय ३६ देशको शहर सदस्य रहेकोमा १७ सदस्य सो कार्यस... |
वर्षाका कारण कतै राहत, कतै घात काठमाडाैं । आइतबारदेखि परेको अविरल वर्षाका कारण कतै राहत भएको छ भने कतै घात भएको छ । नल र धान छुट्याउनका लागि तयारी हालतमा राखिएको धानका बालाहरू भारी पानीका कारण नलसँगै कुहिन थालेको छ ।
धानको बोट काटेर बालाबाट गेडाहरू भित्र्याउन ठिक्क पारेको समयमा पानी पर्दा समस्या भएको हो । अर्कोतिर मकै ... |
चार महिनापछि बेसीसहर–चामे सडक पूर्ण रूपमा सञ्चालन काठमाडाैं । गत १ असारको बाढीले अवरुद्ध बेसीसहर–चामे सडक चार महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले आइतबारबाट अवरुद्ध सडक चार महिनापछि सञ्चालनमा आएको हो। बेसिशहरदेखि चामे हुँदै माथिल्लो मनाङको खाङसारसम्म सवारी पुग्ने भएपछि ... |
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल बर्खास्त काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवालको बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको छ । २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका सिलवाल राष्ट्रिय खेलकु... |
नदीले बगाउँदा ३० वर्षीय गणेश आउजी बेपत्ता काठमाडौं। नदीले बगाउँदा कैलालीमा एक जना बेपत्ता भएका छन् । जिल्लाको खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–८ का ३० वर्षीय गणेश आउजी आज बेपत्ता भएको हुन् ।
खुटीया पुलदेखि एक किलोमिटर उत्तरतर्फ खोलामा ढुङ्गा निकाल्ने क्रममा नदिले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार... |
भोलि सार्वजनिक बिदा काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । बैठकले मुस्लिम समुदायलाई भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । |
‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ मा भिड्दै हिमचितुवा घिमिरे काठमाडाै। अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन्। जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आयोजना हुने ४९ औँ सस्करणको सो अन्तरराष्ट्रिय प्रतियोगिता... |
सवारी दुर्घटनामा दुईको मृत्यु वाग्मती । मकवानपुरको हेटाैँडा–१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुुईजनाको मृत्यु भएको छ।
गए राति नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नंंको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ९९७३ नंको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको म... |
झिझिया नाच हेर्न गएका किशोरको शव इनारमा भेटियो सिरहा । सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ। गोलबजार नपागरपालिका–८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका–३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार विहान फेला परेका हुन्।
दसैँको अवसरमा आयोजित झिझिया नाच हे... |
नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फाइनलमा काठमाडौं । अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले प्रतियोगिताको १३औं संस्करणमा इतिहास रचेको हो ।
खेलको आठौं मिनेटमा सुमन रेजाको गोलसँगै पछाडी परेको नेपाल... |
राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्तिपीठको दर्शन र पूजा अर्चना काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँ २०७८ को महाष्टमीका अवसरमा आज काठमाडौँस्थित विभिन्न शक्तिपीठमा दर्शन तथा पूजा अर्चना गरेकी छन् । यस क्रममा राष्ट्रपति भण्डारीले मन्दिरमा उपस्थित पूजारी र सर्वसाधारणलाई दशैँको शुभकामना दिनाका साथै उनीहरुका सुझ... |
पूर्वराजा ज्ञानेन्द्रको बक्तव्य सत्ताषड्यन्त्रको पूर्वसंकेत ? पूर्वराजा ज्ञानेन्द्रले बडादशैंको सन्दर्भ पारेर फुलपातीको दिनदिएको ‘राजनीतिक शुभकामना’को प्रतिक्रियाहरु आउने क्रम जारी छ । राष्ट्रियताको पक्षधर भनेर चिनाउने सबैधानिक राजतन्त्रवादी नागरिकहरु राजाको राजनीतिक शुभकामनाबाट हर्सित भएकाछन् । तर केही राजनीतिक पार्टी... |
माधव नेपाल भेटेर फ्रान्सेली राजदूतले भने: दुई देशको सम्बन्धलाई थप सुमधुर बनाउन प्रयत्न गर्छु काठमाडौं । नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओले नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं नेपाल-फ्रान्स पार्लियामेन्टरी कमिटीका... |
टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (फोटोफिचर) काठमाडौं । नेपाली सेनाले फूलपातीको अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ प्रदर्शन गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकी छन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।
समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइ... |
चौविस घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न जिल्ला प्रमुख अधिकारीको निर्देशन काठमाडौं। भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । नेपालीहरुको महान चाड दसैँ तिहारमा सडकका खाल्डाखुल्डीले यात्रुलाई समस्या हुने, सडक... |
जर्मन चान्सलर एंगेला मर्केलले इजरायल पुगेर इरानका विषयमा अहम घोषणा गरिन् काठमाडौं। १६ वर्षसम्म सत्तामा रहेपछि जर्मन चान्सलर एंगेला मर्केलले यसै वर्ष आफ्नो पद छोड्दैछिन् । तर, पद छोड्नुभन्दा पहिले उनी चान्सलरको रुपमा अन्तिम इजरायल भ्रमणमा छिन् । आइतबार उनले इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटसँग भेटघाट गरिन् ।
भेटवार्त... |
नक्कली टिकटको किनबेच गर्ने दुई जना पक्राउ काठमाडौं। बसपार्कमा बसको नक्कली टिकटको किनबेच हुने गरेको खुलासा भएको छ । टिकटका लागि पुग्ने यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेको आरोपमा दैलेख आठविस नगरपालिका(४ का प्रकाश शाही र वीरेन्द्रनगर(६ शनिहललाइनका सञ्जु सुनार पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली... |
आत्महत्या गरेको डोरी करोडौँमा बिक्री हुने अन्धविश्वासका कारण तीन जना पुगे जेलको बास काठमाडौं । अन्धविश्वासले अपराध मात्रै चिताएनन्, अन्नतः तीन जनालाई जेलकै बास बनायो । कोही कसैले आत्महत्या गरेको डोरी भेटिए र वा त्यसलाई बेच्न सकिए करोडौमा विक्री हुने अन्धविश्वासका कारण एक महिलाको हत्या भयो जुन हत्याले तीन जनालाई जेलको ब... |
वालिङमा जीप दुर्घटनाः २ को मृत्यु, १७ घाइते काठमाडौं । वालिङ नगरपालिकामा ग १ ज ४९१८ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ घाइते भएका छन्।
दुर्घटनामा परी मृत्यु हुनेमा गल्याङ नगरपालिका १० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली हुन् । प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार घा... |
चरेस कारोबार गर्ने ७ पक्राउ काठमाडौँ । नेपालबाट हङकङमा अवैध लागुऔषध चरेसको कारोबार गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट ७ केजी ९ सय ७७ ग्राम अवैध लागुऔषध चरेस बरामद भएको ब्युरोका प्रवक्ता (एसपी) जीवन श्रेष्ठले बताए ।
पक्राउ पर्नेमा पर्सा घर भएका दिनदयाल महतो उराव, दीपेन्द्र महतो, मकवानपुरका र... |
भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु काठमाडौं। भरतपुर महानगरपालिका–७ मा आज नबा १ प १२८४ नम्बरको बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ ।
चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको उक्त बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई विकास चोकमा ठक्कर दिएको थियो ।
बालकको अपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ल... |
सन्दर्भ १४ औं महाधिवेशन : के नेपाली कांग्रेसमा धर्मसापेक्षका पक्षधरहरु एक हुन सक्छन् ? नेपालको राजनीतिमा धर्मनिरपेक्षता की धार्मिक सापेक्षता भन्ने बहस अहिले जोड्तोड्ले चलेको छ । धर्मनिरपेक्षता नेपालको संविधानले स्वीकार गरेको कुरा हो । मन्दिर नै मन्दिरको देश भनेर चिनिने नेपाललाई इतिहासमा तपोभूमिको देश भनेर चिनिन्छ ।
नेप... |
दुई सातामा ३४ हजार नेपाली स्वदेश फर्किए महेन्द्रनगर । पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ। दसैं–तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो। सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य भारतका विभिन्न सहरबाट चाडपर्व मनाउन यहाँको गड्डाचौकी र गौरीफन्टा... |
तीन सय प्रतिबन्धित लागुऔषधसहित तीन युवक पक्राउ काठमाडाैं। प्रतिबन्धित लागुऔषध बरामद भएपछि तीन युवकप्रहरीका फन्दामा परेका छन्।
प्रहरी चौकी खिरौना र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले आज सिरहा नगरपालिका–१५ बुधौरास्थित दशगजाबाट लागुऔषधसहित सिरहा नगरपालिका–२१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय ... |
जीप दुर्घटना हुँदा चालकको मृत्यु काठमाडाैं। रोल्पामा आज लु१च ९४९३ नं को जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
रोल्पा नगरपालिकाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा लु१च ९४९३ नं को जीप छेर्लापोखरा भन्ने स्थानामा दुर्घटना हुँदा सो जीपका चालक सोही नगरपालिका–१ खेवासेका २० वर्षीय गोबद्र्धन घर्तीको घटनास्थलमै मृत्यु भएको जि... |
बुटवलको मोतीपुर औद्योगिक क्षेत्र तनावग्रस्त, प्रहरीको गोली लागेर पाँच घाइते काठमाडौं।रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने विषयमा विवाद बढ्दा स्थिति तनाग्रस्त बनेको छ । अतिक्रमकणकारीले हट्न नमानेपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर पाँच जना घाइते भएका छन् ।
प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि गोल... |
पाकिस्तानलाई परमाणु शक्तिसम्पन्न देश बनाउने वैज्ञानिक डा. अब्दुल कादिर खानको निधन काठमाडौं। पाकिस्तानका प्रसिद्ध परमाणु वैज्ञानिक डा. अब्दुल कादिर खानको निधन भएको छ । डा. खानको आइतबार ८५ वर्षको उमेरमा निधन भएको हो । डा. खानलाई पाकिस्तानको परमाणु कार्यक्रमका जनक मानिन्छ । स्वास्थ्यमा खराबी आएपछि डा. खानलाई खान रिसर्च ल्... |
कुपण्डोलमा भण्डारण गरिएको २० लाखको पटाकासहित एक जना पक्राउ काठमाडौं।महानगरीय प्रहरी अपराध महाशाखाले २० लाख मूल्य बराबरको पटाकासहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बारा गढिमाई–३ गञ्जभवानीपुर घर भई कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेशकुमार जैसवाल रहेका छन् ।
गैरकानुनी रुपमा पटका, भुईचम्पा लगायतका आतिसबाजीजन्य व... |
आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना काठमाडौं। आज आइतबार मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम, कर्णालीबाट मनसुन बाहिरिसकेको छ भने लुम्बिनीका पश्चिमी भुभागबाट पनि... |
तिलगङ्गामुनिको पहेँलो पुलस्थित वाग्मती किनारमा सफाइ काठमाडौं । तिलगङ्गामुनिको पहेँलो पुल क्षेत्रस्थित नदी किनारमा सफाइ गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले अझै राम्रोसँग फोहर नउठाएकाले नदी किनारमा धेरै फोहर भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए । यसका कारण वाग... |
हेलिकोप्टरमार्फत घाइतेको उद्धार काठमाडौं । शुक्रबार भिरबाट लडेर घाइते भएका युवकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत आज उद्धार गरिएको छ ।
बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका २ का ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अन... |
ट्रकको ठक्करबाट मृत्यु काठमाडौं । ट्रकको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ ।
सुनसरीको दुहबी नगरपालिका–३ कोशी राजमार्गअन्तर्गत एनएल०२क्यू ०१३४ नंको ट्रकले को१०प २६८१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४५ वर्षीय लक्ष्मीप्रसाद लुइँटेल रहेको जिल्ल... |
महोत्तरीमा सहिद परिवारका घरमा धनमाल लुटपाट काठमाडौं । आज बिहान डाँकाको एक समूहले सहिद परिवारको घरबाट लाखौँको धनमाल लुटेका छन्।
आज बिहान अन्दाजी ३ बजे चार-पाँच जनाको समूहमा आएका डाँकाले सहिद गणेशप्रसाद चौधरीको छोरा र शहीद रोहन चौधरीको काका विजय चौधरीको घरबाट १० तोला सुनको गहना र रू २५ हजार लुटेका हुन् ।
महोत्तरी जिल्ला ... |
१३६ देशहरुबीच ठूला कम्पनीलाई धेरै कर तिराउने सम्झौता काठमाडौं। विश्वका अधिकांश देशहरुले ठूला कम्पनीहरुलाई धेरै कर लगाउने ऐतिहासिक सम्झौता गरेका छन् । विश्वका १३६ देशहरु ठूला कम्पनीहरुमाथि कम्तीमा १५ प्रतिशत कर्पोरेट कर लगाउने कुरामा सहमत भएका छन् । यसका अलावा यी देशहरुबीच ठूला कम्पनीको मुनाफामा पनि उचित कर लगाउने सहमति... |
नाक्चेलाग्ना सीमा नाका मिचिएको छैनः अध्ययन टोलीको प्रतिवेदन काठमाडौं । एक अध्ययन टोलीले प्रतिवेदन अनुसार नेपालको सीमा छिमेकी देश भारत र चीनले धमाधम मिचिरहेको अवस्थामा मुगु जिल्ला र उत्तरी नाका चीनसँग जोडिएको नाक्चेलाग्ना सिमाना नमिचिएको जानकारी दिएको छ ।
टोलीले नेपाल र चीनमा रहेको १३ नम्बरको सीमा पिल्लर रहेको नाक्चेला... |
हुम्लाकै उत्कृष्ट गाउँपालिका बन्यो खार्पुनाथ काठमाडौं । सात गाउँपालिका मध्य हुम्लाका खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा उत्कृष्टमा पर्न सफल भएको छ । सेवा प्रवाह, समन्वय, सम्पर्क र प्रतिवेदन तयारीमा उत्कृष्ट काम सम्पादन गरेबापत स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथको स्वास्थ्य शाखालाई उत्कृष्ट छनोट गरेको हो ।
गाउँपालिक... |
विद्यालयका शिक्षकले पाएनन् तलब काठमाडौं । शिक्षकले तलवसुविधा नपाएपछि यो वर्षको चाड खल्लो हुने गुनासो गरेका छन् । भैरवी आधारभूत विद्यालयमा विगत १२ वर्षदेखि निजीस्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि तलब नपाएकोले दैनिक गुजारा गर्न निकै समस्या भएको बताएका छन् । उनले अघिल्ला बर्षमा जस्तै यो वर्षको चाड पनि खल्लो ... |
पानीमा डुबेर युवकको मृत्यु काठमाडौं । पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो ।
आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः ३० बजे मृतावस्थामा फेला परेका थिए । प्रहरी प्रमुख सुरेश काफ्लेका अ... |
प्रतिनिधिसभाको बैठक २५ असोजमा काठमाडौं । प्रतिनिधिसभाको बैठक यही २५ असोजमा बस्ने भएको छ। शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २५ असोज सोमबार बस्ने जानकारी दिएका हुन्।
शुक्रबारको बैठक संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको छ।
साथै बैठकले रेल्वे विधेकय ... |
साइकल यात्रीको ज्यान गयो काठमाडौँ । सर्लाहीको हरिपुर्वामा ट्याक्टरको ठक्करदिँदा एक साइकल यात्रीको मृत्यु भएको छ ।
हरिपुर्वा नगरपालिका ९ स्थित सडकमा ज१त ९२७९ नम्बरको ट्याक्टरको ठक्करबाट हरिपूर्वा नगरपालिका ५ बस्ने अन्दाजी ४७ वर्षका पुकार महतोको घटनास्थलमै ज्यान गएको हो । ईश्वरपुरको जंगलबाट सुकेको दाउरा साइकलमा राखेर हर... |
पहिरोले ३० लाख बराबरको क्षति काठमाडौँ । खत्याड गाउँपालिका ३ माथिखर्कमा बिहीबार बिहान ४ बजे पहिरो गएको छ ।
पहिरोले साविक गम्था घर भएका रत्नचन्द्र उपाध्यायको घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । लगातारको वर्षाका कारण बिहीबार पहिरो गएको हो । उपाध्यायको घर बगाएसँगै अन्य क्षतिसमेत भएको जनाइएको ... |
फोन गर्न अग्लो डाँडा उक्लिनुपर्ने पिडा काठमाडौं। हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको टावरले काम नगरेपछि स्थानीय मारमा परेका छन् । अदानचुलीमा रहेको टावरले दैनकी १० घण्टा काम गर्न छाडेपछि सेवाग्राहीहरू डाँडाकाँडा धाउन बाध्य भएका छन् ।
नेपाल टेलिकमले राखेका दुईवटा र गाउँपालिकाको सिमाना जोडिएक... |
९ जना बिचौलिया प्रहरीको फन्दामा काठमाडौं । काठमाडौँ बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने नौ विचौलियालाई आज ट्राफिक प्रहरीको फन्दामा परेका छन् ।
तोकिएको टिकट काउण्टरमा परिचयपत्र बहाकहरुले मात्र टिकट काट्ने व्यवस्था भए पनि अनाधिकृत व्यक्तिले विचौलिया बनेर यात्रुसँग मोलमोलाई गरि तोकिएको भन्दा बढी भाडा लिँदै... |
पूजाआजा गर्ने क्रममा आगलागी काठमाडौं । जुम्लाको तोतोपानी गाउँपालिका ५ स्थित एक घरमा आगलागी हुँदा एक घरमा क्षति भएको छ । माधवप्रसाद चौलागाईंको तीन तलाको घरमा आगलागी भएको हो ।
बिहीबार बिहान घरमा पूजाआजा गर्ने क्रममा बालेको दियोबाट आगलागी भएको हुनसक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए । आगलागी... |
बाग्मती र प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन सहमत काठमाडौं । सत्ता गठवन्धनका दलहरूबीच नेकपा (एकीकृत समाजवादी)लाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने भद्र सहमति भएको छ ।
संघीय मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउदै आएको नेकपा (एस)लाई मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.