content stringlengths 31 27.4k ⌀ |
|---|
विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुल्ने महिला पत्रकार पक्राउ काठमाडौँ। विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुल्ने एक महिला पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एन्जिना कार्की रहेकी छिन् ।
महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले मंसिर २२ गते बसन्तपुरबाट एक लाख नगदसहित कार्कीलाई पक्राउ गरेको हो। बिशालबजा... |
कोरोनाको ओमिक्रोन भेरिएन्टबाट पहिलो मृत्यु काठमाडौं। कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टको संक्रमणबाट सोमबार पहिलो मृत्यु भएको छ । यही बीचमा नर्वे सरकारले आफ्नो देशमा आंशिक रुपमा लकडाउन लगाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बेलायतमा २७ नोभेम्बरमा ओमिक्रेनको पहिलो केस भेटिएको थियो । सोमबार बेलायतमै एक व्यक्तिको ओमिक्रो... |
जम्मू कश्मीरको श्रीनगरमा आक्रमण, २ प्रहरीको मृत्यु भारत। भारतको जम्मू कश्मीरमा प्रहरीको एक बसमा आक्रमण भएको छ । उक्त आक्रमणमा परि दुई प्रहरीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
अन्ध्यारोको फाइदा उठाउँदै चरमपन्थी समूहले आक्रमण गरेको अधिकारीहरुले बताएका छन्। घटना भएको जेवन क्षेत्रलाई अहिले सुरक्षाबलले घेराबन्दी ... |
कर्मचारीमाथि कुटपिट काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका कार्यालय परिसरमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न पुगेका कर्मचारीमाथि कुटपिट भएको छ ।
बेथानचोक गाउँपालिका–२ का विष्णुप्रसाद सापकोटा अर्को जिल्लामा विवाह भएर गएको छोरीको विवरण भर्न आएपछि के गर्ने भन्ने विषयमा भएको विवादमा नामावली दर्ता गर्ने कर्मचा... |
सामान्य विवादमा कुटाकुट हुँदा दाजुको मृत्यु हेटौंडा। मकवानपुरमा आफ्नै दाजुको हत्या आरोपमा भाइ पक्राउ परेका छन् । उत्तर पश्चिममा रहेको कैलाश गाउँपालिका वडा नम्बर ६ तल्लो पकनीका ३३ वर्षीय नन्दरे मोक्तानको हत्या आरोपमा ३० वर्षीय सीताराम मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ।
दाजु र भाइ बीच सामान्य विवादमै कुटपिट हुँदा नन्दरे... |
धनुषामा रासायनिक मलको अभाव, दिनभर डिलरमा कुरेर बस्छन् किसान जनकपुर । धनुषाका किसान यतिवेला गहुँको बीउ छर्ने बेलामा रासायनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा गहुँको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा उनीहरु छन् । जनकपुरधाम उपमहानगरपालिका–१० का किसान रोहित साह नजिकैको डिलरमा मल खरिद गर्न गए तर पाएनन् । दुई द... |
मिर्गौलापीडितलाई पाँच लाख बढी सहयोग काठमाडौं।आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहनु भएकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।गलकोट समाज जापान कान्तो क्षत्रीय समितिले सुनारको उपचारार्थ सङ्कलन गरेको रु पाँच लाख ३५ हजार शनिबार उनकी आमा लालमाया... |
रुस–युक्रेन युद्धको आशंका किन ? पश्चिमी देश किन डराउँछन् ? के यसले विश्वयुद्ध हुन्छ ? काठमाडौं। रुस र युक्रेनबीच युद्धको स्थिति बनेको छ । यो तनावले पश्चिमी देशहरुमा भारी चिन्ता छ । पश्मिी देशहरुको सबैभन्दा ठूलो चिन्ता हो यो तनाव बढेर युद्धको संघारमा पुग्यो भने यसको आगो पूरै युरोपमा फैलिन सक्छ र दोस्रो विश्वयुद्ध यताकै ... |
भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर ‘ह्याक’ नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर ह्यान्डल ह्याक भएको छ। प्रधानमन्त्रीको कार्यालयले आइतबार ट्वीट गरेर प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको जानकारी दिएको हो।
प्रधानमन्त्री कार्यालयले बिहान ३ बजेर १८ मिनेटमा ट्वीट ग... |
मलद्वारमा लुकाएर सुन ल्याउने २ भारतीय नागरिक विमानस्थलबाट पक्राउ काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । दुबईदेखि मलद्वारमा लुकाएर सुन ल्याउने दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय सद्दाम हुसेन सेगु अबुबैकर र ३५ वर... |
रुकुमपश्चिममा पहिचान नखुलेका पुरुष मृतावस्थामा फेला जाजरकोट । रुकुमपश्चिममा एक जना पुरुषको शव फेला परेको छ। नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको रुकुम आठबीसकोटमा शव फेला परेको प्रहरीले जनाएको छ ।
आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका हुन् ।
शनिबार राति उन... |
बैतडीमा भालुको आक्रमणबाट दुई जना घाइते बैतडी। जङ्गली भालुको आक्रमणबाट बैतडीमा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द रहेका छन्।
शनिबार दिउँसो घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी ... |
अवैध रूपमा सुन भित्र्याउने क्रम रोकिएन, तीन पक्राउ काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन । प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ ।
सोक्रममा हालैमात्र दुबईबाट काठमाडौँ आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी ... |
फोनिज म्याग्दीमा राम्जाली काठमाडौं।नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) म्याग्दीको अध्यक्षमा साधन राम्जाली चयन भएका छन् । बेनीमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट राम्जालीको अध्यक्षतामा फोनिजको कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, कोषाध्यक्षमा धनिलाल गर्बुजा र सहसचिवमा... |
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौं । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ गोठमारे बस्ने वर्ष ३४ का दुर्गाबहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलबाट घर फर्कने क्रममा लु६३प ९७२० नंको मोटरसाइकल चालक गिरीक... |
प्रेस चौतारी नेपालको पुनर्गठन, २४९ सदस्यीय केन्द्रीय कमिटीको घोषणा काठमाडौँ ।एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पुनर्गठन गरिएको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार गत ८ माघमा भएको राष्ट्रिय भेलाले दिएको म्याण्डेडअनुसार २४९ सदस्यीय केन्द्रीय कमिटीको पुनर्गठन गरिएको हो ।
उनका अनुसार केन्द्रीय कम... |
युनिसेफद्वारा बालअधिकारका लागि सात युवा अधिवक्ता नियुक्त काठमाडौँ ।युनिसेफले विश्वका बालबालिकाको उन्नत भविष्यको कल्पना गर्न नेपालका बालबालिका र युवालाई असर पार्ने मुद्दा तथा तिनका मुख्य समाधानका बारेमा चेतना जगाउन सात युवा अधिवक्ता नियुक्त गरेको छ ।
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को स्थापनाको ७५औँ वर्ष पूरा भएको अवस... |
ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु काठमाडौं।सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
धाइरिङको घाखेतबाट मिलनचोकतर्फ जाँदै गरेको ध१त ४४५ नंको ट्र्याक्टर गुन्द्रिखेतको सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्र्याक्टरमा च्यापिएर धाइर... |
बन्दसत्र जारी रहँदा एक महाधिवेशन प्रतिनिधि बेहोस, अस्पताल लगियो काठमाडौं ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन् ।
आजै उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो । बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए ।बेहोस ... |
करणी मुद्दाका फरार २१ वर्षपछि पक्राउ काठमाडौं ।प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१८ का राजु थापालाई २१ वर्षपछि आज पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको विसं २०५७ असार २३ को फैसलाले ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट ... |
‘स्थानीय तहको निर्वाचन वैशाखमै हुन्छ’ काठमाडौं ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताएका छन्। गृह जिल्ला सङ्खुवासभा आएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीयतहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको बताए।
सदरमुकाम खाँदबारीमा आज पत्रकारलाई संक्षिप्त प्रतिक्रिया द... |
हनुमान ढोका दरबार क्षेत्रको आँगछे शिलान्यास काठमाडौं ।हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित आँगछे बल्ल शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विनाशकारी भूकम्पले क्षति पुर्याएको सो ऐतिहासिक सम्पदाको शिलान्यास गरेका हुन् । सो अवसरमा उनले बनाउन खोजेका केही सम्पदा स्थानीय विवादका कारण अगाडि ब... |
दलमा स्थिरता छैन भने सरकार पनि स्थिर रहँदैनः महन्थ ठाकुर काठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहने बताएका छन् ।काठमाडौंमा भइरहेको कांग्रेस १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले सरकार बनाउन दल स्थिर भएन भने सरकार पनि स्थिर नरहने बताए... |
पोखराको विजयपुरमा ट्रक पल्टिंदा दुई जनाको मृत्यु पोखरा । पोखरामा ट्रक पल्टिंदा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक पल्टिंदा दुई जनाको मृत्यु भएको हो।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा लमजुङ पार्चे निवासी ४२ वर्षीय भीम बहादुर तामाङ र पहिचान नखुलेका अन्दाजी ४५ वर्षका पुरुषका छन्।
लेखन... |
भीरबाट लडेर एक जनाको मृत्यु काठमाडौं।मुगुमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालि १३ का दानसिंह विकको भीरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार मृतक विकका दाजु पनि सँगै थिए । उनीहरू दुवै जनाले मदिरा सेवन गरेर घर फर्कने क्रममा भीर बाट लडेर भाइ दानसिंहको मृत्यु भए... |
लागूऔषध सहित एक युवक पक्राउ काठमाडौं।हिमाली जिल्ला मुगुमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । छायानाथ रारा नगरपालिका १ बस्ने २२ वर्षीय भक्तराज शाही लागूऔषध खैरो हिरोइन ४.३५ ग्रामसहित पक्राउ परेका हुन् ।
सदरमुकाम गमगढी बजारको जिल्ला अस्पताल ठिनी मुगुको आसपासको क्षेत्रमा लागूऔषधको विक्री वितरण तथा ओसारपसार भइरहेको... |
सरकारले बालबालिकालाई विद्यालयमै गएर कोरोनाविरुद्धको खोप लगाइदिने काठमाडौं।सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।
पुस ४ गतेदेखि १४ गतेसम्म ५७ जिल्लाका उक्त समूहका करिब १८ लाख बालबालिकालाई विद्यालयमै खोप लागउने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहा... |
अवैध सालको काठसहित एक पक्राउ काठमाडौं।तनहुँमा अवैध सालको काठसहित एक जना पक्राउ परेका छन् । देवघाट गाउँपालिका स्थायी घर भई शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी बस्ने २५ वर्षीय हेमन्त थापालाई शुक्लागण्डकीको कैंडलेबाट प्रहरीले पक्राउ गरेको हो ।
थापाले शुक्लागण्डकी नगरपालिका–६ जाम्दीबाट ग१त २०१८ नम्बरको ट्याक्टरमा लोड गरेर खै... |
सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते उदयपुर ।उदयपुरमा सवारी दुर्घटनामा परी बिहीबार दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परी थप एक जना घाइते भएका छन्
मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट बेल्टार सडक खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका–६ सातधारेमा बेल्टारबाट गाईघाट... |
कांग्रेस महाधिवेशनः पिठ्युँमा दुधे बालक बोकेर पैसा कमाउन आएकी रुमा काठमाडौं । बिहिबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन स्थल भृकुटीमण्डप हेर्न आउनेहरूको घुइँचो थियो । त्यही घुइँचोको बीचमा पिठ्युँमा सानी नानी, हातमा झाडु अनि मुखमा कालो मास्क लगाएर फोहोर उठाउँदै गरेकी रुमा देउला भेटिइन् ।
महाधिवेशन स्थल हेर्न आए... |
‘ट्राफिक जरिवना तिरेपछि तत्काल कागजपत्र लिन पाइने’ काठमाडौं ।ट्राफिक प्रहरीले ट्राफिक जरिवनामा परेका चालकलाई जरिवना तिरेर तत्काल कागजपत्र लिन पाइने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित कार्यक्रममा ‘पे फाइन अन द स्पोर्ट, इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ को महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जन... |
दुई लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ दाङ ।दुई लाख नगदसहित दाङमा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरू घोराही १३ डुम्मरगाउँबाट पक्राउ परेका हुन् । ३२ वर्षीय निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ३२ वर्षीय भण्डार... |
बढीको सम्पत्ति जोडेको भन्दै अर्थका अधिकृत विरुद्ध भ्रष्टाचारको मुद्दा काठमाडौँ । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले बिहीबार अवकाशप्राप्त शाखा अधिकृत थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार सात सय रुपैयाँ बराबरको गैरकान... |
बाजुरामा ट्रक दुर्घटना, दुई जनाको मृत्यु बाजुरा । बाजुरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको छ।
नेपालगञ्जबाट हु... |
६ निर्माण कम्पनी कालोसूचीमा काठमाडौं। सरकारले छ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुनेगरी छ निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।कालोसूचीमा परेको कम्पनीमा काठमाडौँका निल... |
अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई अमेरिका भ्रमणका क्रममा कोभिड पोजेटिभ काठमाडौं।अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई कोभिड पोजेटिभ भएको छ । अमेरिका भ्रमणका क्रममा उनलाई कोभिड पोजेटिभ देखिएको हो । बार्नेवी जोइसले यसै साता अमेरिका भ्रमणका क्रममा आफूलाई कोभिड भएको बताएका छन् ।जोइसले आफू अहिले आइसोलेसनमा रहेको र सामान्य लक्षण द... |
बिन्ती र शान्ताको ‘होई मेरो संसार’ सार्वजनिक (भिडियो) काठमाडौं । अमेरिकामा बस्दै आएका गायक बिन्तीकुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माकोे शब्द तथा संगीत छ ।
विधान कार्की निर्देशित भिडियोमा सरोज प्रजा र बिना राउत फिचर्ड छन् । भिडियोमा विधानले गाउँबाट शहर... |
पुथाउत्तरगङ्गामा प्रहरीले बाल विवाह रोक्यो काठमाडौं ।रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीले बाल विवाह रोकेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१४ मा हुन लागेको बालविवाह कोल प्रहरी चौकीका इञ्चार्ज गनेश विक नेतृत्वको प्रहरी टोलीले रोकेको हो । केटा र केटी दुवैको उमेर नपुगी बिहेका लागि भन्दै भागेका उनीहरूको विवाह प्... |
निगमद्वारा सोभेनियर सेल्स काउन्टरको स्थापना काठमाडौं ।राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाली मौलिक उत्पादन यात्रुलाई बिक्रीका रुपमा उपलब्ध गराउन निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको स्थापना गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारले उक्त सेल्स काउण्टरको आज यहाँ एक कार्... |
लेनदेनको विवादमा आफ्नै साथीको हत्या काठमाडौं । लेनदेनको विवादमा आफ्नै साथीको हत्या भएको छ । राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका सदस्य राजन भन्ने राजु श्रेष्ठलाई २५ लाखको लेनदेनमा आफ्नै साथीले हत्या गरेका हुन् ।
प्रहरीले श्रेष्ठको हत्यामा संलग्न २ जनालाई पक्राउ गरेपछि साथीले नै हत्या गरेको पाइएको हो । पक्राउ पर्नेमा भक्त... |
राससकर्मी गौतम पुरस्कृत काठमाडौं ।राष्ट्रिय समाचार समिति (रासस)का म्याग्दी समाचारदाता सन्तोष गौतम बुधबार धनेश्वरी–तारानाथ स्मृति कोषबाट पुरस्कृत भएका छन्।
बेनी नगरपालिका–५ पुलाचौरमा भएको समारोहमा मदन पुरस्कार विजेता साहित्यकार चन्द्रप्रकाश बानियाँ, कोषका सचिव माधवप्रसाद रेग्मीलगायतले गौतमलाई रु १० हजार नगद र प्रमाणपत्र... |
कुटपिटबाट मृत्यु काठमाडौं ।अपरिचित व्यक्तिको कुटपिटबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार बस्ने ३३ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको छ ।
सोही नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोलाको फलामे पुलतर्फ जाने बाटोमुनि कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा फेला परेका श्रेष्ठको उपचारका क्रममा मध्यपुर अस्पताल थिमीमा मृत्यु ... |
जबरजस्ती करणी मुद्दाका दोषीलाई पाँच वर्ष कैद काठमाडौं ।इलाममा जबरजस्ती करणी मुद्दाका दुई जना दोषिलाई पाँच वर्ष कैद सजाय भएको छ । चौध वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सूर्योदय नगरपालिकाका–२ का २३ वर्षीय लोकबहादुर भुजेल र वर्ष २३ कै सुमन राईलाई पाँच पाँच वर्ष कैद सजाय भएको हो ।
जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द... |
रु १७ लाखसहित १६ जना पक्राउ काठमाडौं ।काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका–१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उक्त अप... |
आफ्नै साथीले गरे योजनाबद्ध रुपमा श्रेष्ठको हत्या काठमाडौं ।आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन् ।
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविन... |
जलिरहेको हेलिकप्टरबाट ३ जनाले हाम्फालेका थिए काठमाडौं। तमिलनाडुको कुन्नुरमा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा जनरल रावत सहित १४ जना थिए । ११ जनाको शव भेटिएको भारतीय मिडिया रिपोर्टमा जनाइएको छ । शव जलेकाले पहिचान हुन नसकेको बताइएको छ । तर, जनरल रावतको अवस्था... |
भारतीय सेनाप्रमुख चढेको हेलिकप्टर दुर्घटना ८० प्रतिशत जलेका लाश भेटिए (तस्वीरहरु) काठमाडौं। भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको छ । दुर्घटनास्थलबाट तीन जनाको उद्धार गरिएको छ । जनरल रावतको अवस्था अझैसम्म अज्ञात छ । जनरल रावत हेलिकप्टरमा पत्नी र परिवारका अ... |
अोमिक्रोनलाई अहिले प्योगमा अाएकै खोपले काम गर्छः डब्लूएचओ काठमाडौं।अहिले प्रयोगमा अाइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन९डब्लूएचअो ० ले जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्दे... |
नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति धमला पक्राउ काठमाडौं ।नेपाली कांग्रेस धादिङका निवर्तमान सभापति रमेश धमला पक्राउ परेका छन् । प्रहरीले स्वयम्भूबाट जुवा खेलिरहेको अवस्थामा निवर्तमान सभापति धमलासहित १० जनालाई पक्राउ गरेको हो । स्वयम्भू वृतका प्रमुख डिएसपी मिलन केसीले धमला पक्राउ परेको पुष्टि गरेका छन् । |
लागूऔषधसहित पक्राउ काठमाडौं।काठमाडौँ महानगरपालिका–१६ पकनाजोलबाट अवैध लागुऔषधसहित आज चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुबाट करिब २५० ग्राम पोल्यान्ड, करिब ६० ग्राम गाँजा, जरायोको सिङको एक भाग र १ थान खुकुरी बरामद गरिएको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे नमोबुद्ध न... |
भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश काठमाडौं।सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज भण्डारीसहितको तत्कालीन कार्य समितिलाई गैरकानूनीरूपमा हटाएको ठहर गर्दै सरकारको उक्त नि... |
ओमिक्रोन जोखिमः यातायात र विद्यालयमा स्वास्थ्यका मापदण्डमा कडाइ काठमाडौं।भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन थालिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले जिल्लामा उच्च सतर्कता अपनाउन निर्णय गरेको हो ।
निमित्त प्रमु... |
‘हिंसा गर्नु र सहनु अपराध हो’ सप्तरी ।लैंगिक हिंसाविरूद्ध १६ दिने अभियानअन्तर्गत १३औं दिन मंगलबार अध्यक्षता जिल्लाबार इकाई सप्तरीले राजदेवी माविका विद्यार्थीहरूलाई लैंगिक हिंसामा पाइने कानुनी प्रावधानका विषयमा एक दिने कार्यक्रमको आयोजना गरेको छ ।
प्रादेशिक कानुनी सेवा केन्द्र सप्तरी प्रतिनिधि अधिवक्ता किरण साहले हिंसा ... |
चितेपानी फाउन्डेशनद्वारा आमा समूहलाई मौरीसहित २८ घार वितरण पोखरा ।कास्कीको मादी गाउँपालिका–५ चितेपानी देउराली आमा समूहलाई चितेपानी फाउन्डेसनले मौरीसहितको २८ घार वितरण गरेको छ ।
चितेपानी गाउँको विकासका लागि सो क्षेत्रका महिला तथा युवाहरुलाई आयआर्जन लक्षित कार्यक्रम गरेर आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना भएको फाउन्डेस... |
रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता काठमाडौं।रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको सहायक प्रमु... |
चार महिनामा रु ३४ लाखको टिकट बिक्री काठमाडौं।जिल्ला हुलाक कार्यालयले चार महिनाका अवधिमा झण्डै चौतिस लाख बराबरको हुलाक टिकट बिक्री गरेको छ । गत साउनदेखि गत कात्तिक मसान्तसम्मका अवधिमा रु ३३ लाख ८३ हजार ८२० को टिकट बिक्री गरेको छ ।
कूल टिकट ६ लाख ६० हजार ८५० टिकट बिक्री गर्दा उक्त राजस्व सङ्कलन भएको कार्यालयका हुलाक अधिक... |
केरा आयातमा रोक लगाउन माग काठमाडौं।केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन् ।
उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बन... |
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण काठमाडौं।कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।
भारतबाट नेपाल प्रवेश यात्रुलाई गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पर्साका प्रमुख जिल्ला अ... |
तास खेलिरहेको अवस्थामा ७ जना जुवाडे पक्राउ काठमाडौं । प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई पक्राउ गरेको छ । सोमबार साँझ गोकर्णेश्वर नगरपालिका ८ माकालबारीमा किरण गौतमको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने कञ्चनपुर महेन्द्रनगर घर भएका २८ वर्षीय जगत नाथ लगायत ७ जनालाई पक्राउ गरेक... |
मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ काठमाडौँ । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मङ्गलवार रामशाहपथमा रहेकाे आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरुलाई सोमबार राती बबरमहलबाट चोर... |
के कारण बच्चा गर्भमै तेस्रोलिङ्गी बन्छ ? यो संसारमा मनिसहरुलाई दुई भागमा विभाजन गरेको पाइन्छ । एउटा महिला र अर्को पुरुष । केही यस्ता मान्छे पनि हुन्छन् जो महिला र पुरुषभन्दा केही फरक हुने गर्दछन् । जसलाई तेस्रोलिङ्गी भनिन्छ । उनीहरुलाई महिला र पुरुषको वर्गमा समेट्न सकिदैँन । तेस्रोलिङ्गी मानिसहरुमा महिला र पुरुष दुवैको... |
अनेरास्ववियुद्वारा मणिपाल कलेजमा तालाबन्दी काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मणिपाल कलेजमा तालाबन्दी गरेको छ । नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले उक्त कलेजमा तालाबन्दी गरेको हो ।
उक्त कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएकाले कलेज प्रशासनमा तालाबन्दी गरेको गण्डकी ... |
वर्षेनी १५ करोड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका काठमाडौं।अमेरिकाले उत्पादन हुने खानेकुराको एक तिहाई खानेकुरा फाल्ने गरेको छ । अमेरिकाको वातावरण संरक्षण सम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । अमेरिकाले यसअघि सन् २०३० सम्म खाद्यन्न फोहर अाधा कटौती गर्ने प्रतिबद्धता जनाएको थियो... |
जन्ती बस दुर्घटनाः घाइते एक जनाको मृत्यु काठमाडौं। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक डेकेन्द्र शर्माका ... |
म्यानमारको सेनाले प्रदर्शनकारीमाथि चलायो ट्रकः पाँचको मृ्त्यु, दर्जनौं घाइते काठमाडौ।म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने अरु दर्जनौं घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । म्यानमारको व्यावसायिक राजधानी यांगुनमा सेनाको एउटा ट्रक प्रर्दशनकारीहरुमाथि कुदाइदा उनीहरुको... |
उदयपुरका १५ द्वन्द्वपीडित परिवारलाई सम्मान उदयपुर ।त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरीले मुलुक परिवर्तनका लागि ज्यान गुमाएका सहिदलाई सम्मान गर्नसके मात्र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सफल हुने बताएकी छन् । त्रियुगा नपा ११ का सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका १५ परिवारलाई सम्मान गर्दै उपप्रमुख चौधरी... |
कुटपिट गर्दा श्रीमतीको मृत्युभएपछि श्रीमान् पक्राउ काठमाडौं ।श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमकबाट एक पुरुष पक्राउ परेका छन् । दमक–१० का ४५ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । लिम्बूमाथि प्रहरी कार्यालयमा उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएक... |
बरालको जीवन रक्षाका लागि आयोगको अपिल काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत तारा बरालको जीवन रक्षाका लागि सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ ।
आयोगले जीवन जोखिममा राखेर अनशन नबसी आफ्ना मागहरुलाई छलफलका माध्यमबाट सम्बोधन गर्ने वातावरण सिर्जना गर्न बराललाई आग्रहसमेत गरेको छ । आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाल... |
लागूऔषधसहित दुई पक्राउ काठमाडौं ।लागूऔषधसहित सो कारोबारमा संलग्न दुईजनालाई आज पर्सा प्रहरीको टोलीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट खैरो हिरोइन ओसारपोसारमा संलग्न दुईजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१० बस्ने २६ वर्षीय रामबाबु ठाकुर र वीरगञ्ज महानगर... |
एनआरएनएमा सरकारी हस्तक्षेपविरुद्ध उच्च अदालत पाटनको अन्तरिम आदेश काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम जारी गरेको छ ।
न्यायधीशद्धय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारी संयुक्त इजलासले आइतबार एनआरएनए अध्यक्ष कुमार पन्तको दायर ग... |
बाजुरा अटो दुर्घटनामा दुईको मृत्यु काठमाडौं ।बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । घटनामा परी मृत्यु हुनेको सनाखत ह... |
अवरुद्ध सडक सञ्चालनमा काठमाडौं ।कृष्णपुर नगरपालिका–१ बङ्क नजिक पूर्व पश्चिम राजमार्गमा भारतीय नम्बर प्लेटको जीपको ठक्करबाट मृत्यु भएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको माग राख्दै आज बिहानदेखि अवरुद्ध गरेको सडक सञ्चालनमा आएको छ ।
भारतीय डिएल १७ सी ४७५४ नंको जीपको ठक्करबाट पैदल यात्री अन्दाजी ६५ वर्षीय तारानाथको मृत्यु भए... |
दोबामा अस्पताल भवन निर्माण सुरु काठमाडौं । अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु गरिएको छ ।
सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो । गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले अपाङ्गमैत्री पाँच श्यया क्षमताको भूकम्प प... |
आहा ! तोरी बारी (फोटोफिचर) कपिलवस्तु । तोरी फुलेर कपिलवस्तुका ग्रामीण बस्ती पहेँलाम्मे देखिएका छन् । पूर्व पश्चिम महेन्द्र राजमार्ग आसपासका बस्तीहरू निकै मनमोहक देखिएका छन् ।
कपिलवस्तुको बुद्धभूमि ३ मसुरे, रनगाई, बोक्टापुरका खेतहरूमा छपक्कै तोरी फुलेको देख्न सकिन्छ । यहाँका परम्परागत नेपाली शैलीका घर आँगन पहेँलपुर देख... |
स्रोत नखुलेको ६९ लाख रकमसहित एक पक्राउ काठमाडौं।नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले रु ६९ लाख ५० हजार नगदसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प... |
आफ्नो देशमा श्रीलंकन नागरिकलाई जिउँदै जलाइएपछि इमरानले राजापाक्षेलाई के भने ? काठमाडौं। पाकिस्तानको सियालकोटमा श्रीलंकाली नागरिकलाई भिडले जिउँदै जलाएको घटनापछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई फोन गरेर घटनाप्रति दुःख व्यक्त गरेका छन् । पाकिस्तानी अखबार डनका अनुसार पाक... |
तीन महिनामै १० अर्बकाे चाँदी आयात काठमाडाैँ। चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा चाँदी आयात २० गुणाले वृद्धि भएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार असाेज २०७७ सम्ममा ४९ करोड रुपैयाँ बराबरको मात्र चाँदी आयात भएको थियो ।असाेज २०७८ सम्ममा भने न... |
हत्या अभियोगमा पक्राउ परेका चार जनालाई जन्मकैद काठमाडौं ।तुलसीपुर उपमहानगरपालिका–१२ उरहरिका रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरीसहित चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।
जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरीसँगै सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुना... |
अनुगमन संयन्त्रलाई एकीकृत गरिँदै काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले अनुगमनलाई थप व्यवस्थित गर्न अनुगमन संयन्त्रलाई एकीकृत गर्ने भएको छ ।
अनुगमनमा एकीकृत गरिने विभिन्न क्षेत्र दैनिक प्रयोग हुने खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको भण्डारण, मूल्य र बजार, महानगरमा दर्ता हुने उजुरी तथा दर्तासँग सम्बन्धित विषय, फैसला कार्य... |
क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म हुने काठमाडौं ।कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति ... |
एक क्विन्टल गाँजासहित तीन पक्राउ काठमाडौँ ।महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ बस्ने ६० वर्षीय रामखेलावन मण्डल, वडा नं ५ बस्ने ३६ वर्षीय रमेश पासवान र जलेश्वर नगरपालिका–७ बस्ने ५० वर्षीय सुरेश य... |
नेपालमा ‘जवाद’ चक्रवादको असर सामान्य काठमाडौँ ।बंगालको खाडीको मध्य पश्चिम भू-भागमा गए राति विकसित भएको ‘जवाद’ नामक सामुद्रिक चक्रवातले मौसम बदली र वर्षा गराएको छ । सो चक्रवात शनिबार बिहान भारतको ओडिसाको तटिय क्षेत्रमा पुगेको र तत्पश्चात उत्तर उत्तर पूर्वतर्फ सर्ने क्रममा रहेको छ ।
यसका कारण नेपालमा खासै ठूला प्रभावपर्न... |
शिलान्यासमा हतारो: नेपाल-चीन मैत्री औद्योगिक पार्क निर्माण अझै सु्रु भएन काठमाडौं ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा शिलान्यास गरेको झापाको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन । प्रक्रिया नै पूरा नभएको दमक, कमल र गौरादहस्थित नेपाल-चीन मैत्री औद्योगिक पार्क ओली प्रधानमन्त्री हुँदा १६ फागुनमा शिलान्यास गरेका थिए ... |
२३८ जना नयाँ सङ्क्रमित थपिए काठमाडौं ।पछिल्लो २४ घण्टामा २३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ७९७ जनामा पीसीआर परीक्षण गरिएकोमा २३८ जनामा र १ हजार ५०२ जनामा एन्टीजेन परीक्षण गर्दा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.... |
वाग्मती सफाइ महाअभियानः १० मेट्रिक टन फोहर व्यवस्थापन काठमाडौं ।वाग्मती सफाइ महाअभियानको ४४७ औँ हप्तामा सिनामङ्गल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ । महानगरपालिकाले फोहर गाडीमा राखेका आधारमा परिमाण सार्वजनिक गर्ने गर... |
म्याद नाघेको ३२ टन चिया नष्ट गरिँदै काठमाडौं ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्पनीका व... |
सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा काठमाडौं ।काठमाडौँको सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका–१७ खुशीबुस्थित नर्सरी चोक नजिक रहेको आशिष गलैँचा स्टोरमा आज दिउँसो २ बजे लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनाली... |
गृहसचिव पाण्डेद्वारा निर्देशन काठमाडौँ ।गृहसचिव टेकनारायण पाण्डेले बारा र पर्साका सुरक्षा निकायका प्रमुखलाई यस क्षेत्रको शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका छन् । आज जिल्ला प्रशासन कार्यालय पर्सामा एक कार्यक्रमबीच बारा र पर्साका दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको पर्साका प्रमुख जिल्ला अधिकार... |
भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् ।
उनले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘यसले सबै दे... |
दुर्घटनामा घाइतेको उपचारकै क्रममा निधन काठमाडौँ ।ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा घाइते भएका दुई जनाको ज्यान गएको छ । आज भएको दुर्घटनामा परी घाइते भएका चार जनामध्ये सिरीजङ्घा–३ का २५ वर्षीय बसन्त लिम्बू र सोही स्थानका १५ वर्षीय समीर लिम्बूको उपचारका क्रममा निधन भएको हो ।
वसन्त लिम्बूको धरान... |
स्रोत नखुलेको नौ लाखसहित भारतीय युवक पक्राउ काठमाडौँ ।महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नजिकै आज सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिहानीले स्रोत नखुलेको रु नौ लाखसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत(१ बस्ने २४ वर्षीय... |
मेला हेर्न गएका व्यक्ति मृत फेला, हत्याको आशङ्का काठमाडौं ।मेला हेर्न गएका बैतडीको सिगासका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन् । सिगास गाउँपालिका–८ का ५० वर्षीय कटकसिंह बोहरा मृत भेटिएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
यही मङ्सिर १३ गते राति कालपोखरी कैलपाल मन्दिरमा मेला हेर्न ग... |
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु काठमाडौं ।झापाको बिर्तामोड नगरपालिकामा आज ट्रकको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोड–९ स्थित धौलापुल नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड–९ का सम्पत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय... |
२५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द काठमाडौं ।विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना सङ्क्रमण पुष... |
सिरहामा एकै दिन पक्राउ परे सात फरार अभियुक्त काठमाडौं ।विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सात जनालाई एकै दिन आज सिरहा प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार सातै जनालाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।
कुटपिट तथा अङ्ग... |
दुर्घटनामा दुई जनाको मृत्यु, ६ जना घाइते काठमाडौं ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरमा बिहिबार बस र हायस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।घटनामा ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा हायसमा सवार काठमाडौँ बस्ने ३८ वर्षीय ग्रीसमान सिंह र विराटनगर बस्ने ४१ वर्षीय चूडाबहादुर बस्नेत रहेको जिल्ला प्रह... |
हलेसी तुवाचुङ नगरमा शुक्रबार सार्वजनिक बिदा काठमाडौं ।बालाचतुर्दशी मेलाको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । बालाचतुर्दशीको अवसरमा शुक्रबार त्रि-धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्ष्यीत गर्दै नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बालाचतुर्दशी मेलाको अगाडि र पछाडि गरी... |
सुरक्षा गार्डको हत्यामा संलग्न दुई आरोपी पक्राउ काठमाडौं । सुरक्षा गार्डको हत्यामा संलग्न दुई आरोपी प्रहरीको फन्दामा परेका छन्। एक महिना अघि दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्क... |
बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक काठमाडौं ।बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिएको छ ।
कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्ता... |
पेसी तोकिएका अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिए पनि अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा रहेका छन् ।
प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा का... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.