text
stringlengths
146
47.7k
भाव: जलाई नसोध मुटुमा, मेरो घाउ कहाँ छ ? आँसुमा सधै मेरो, तिम्रो माया कहाँ छ ? तिमी थियौ जीवनमा, नसोध, अरु साथी कहाँ छ ? एक्लो छु यो घरमा, तिम्रो तस्बीर कहाँ छ ? कति कुरा गुम्सिए होलान मुटु मेरो कहाँ छ ? पर्खेर तिमीलाइ, भुलेर मायालाई बाच्दैछु आज यहाँ लेख्दै छु यो गीत तर नसोध यहाँ ”भाव” कहाँ छ ? #सुशान्त थापा
प्रेमालय: जहाँ प्रेम गर्न सिकाइन्छ: प्रेम के हो? के प्रेममा यौन जरुरी छ? सायद यिनै सामान्य प्रश्नहरुको जटिल उत्तर हो अश्विनी कोइरालाको उपन्यास ‘प्रेमालय’ । प्रेमालय एउटा उपन्यास मात्र नभएर यो विद्यमान समाजको यथार्थता हो । यो हरेक मानिसको जीवनमा कोही न कोही व्यक्तिप्रति जागरुक हुने शारीरिक तथा मानसिक अनुभूतिको सँगालो हो...
लक डाउनमा नवपुस्ताः कोही हिप्पीको अनुवाद गर्दै, कोही प्यालेस्टिनी लेखकसँग बात मार्दै: देश विगत ५२ दिनदेखि लक डाउनमा छ । लक डाउनका कारण सबै आफ्नै घरमा, कोठामा थुनिएका छन् । कोरोना संक्रमणको अवस्था झन् झन् बिकराल बन्दै गइरहेकै छ । तर यो विशम परिस्तितिमा पनि नेपाली साहित्य निदाइहालेको भने छैन । देशका चलेका लेखक तथा साहित्...
सरकार: जनता र राष्ट्रको अभिभावक हो सरकार समृद्धि र विकासको आधार बन्नु पर्छ भ्रष्टाचार र बेथितिमा होइन चहराइरहेको कोरोनामा मलम बन्नुपर्छ । स्वास्थ्य सामग्री खरिदको नाममा घोटाला गर्दै विरोधीपति आक्रोश पोख्ने होइन विरोधबाट गल्तीको पाठ सिक्दै जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्नुपर्छ । कोरोनाको उपचार नगर्ने अस्पतालहरूलाई क...
घात: नशाले ढलेँ म भट्टी रित्तिएन, सितनमा उनको याद थियो । पूर्णिमाको दिन चन्द्रमा हरायो, उनको साथको त्यो अन्तिम रात थियो । शब्दको शव भयो अर्थको अन्त्य, तिनै शब्दबाट शुरु भै तिनै अन्तिम बात थियो । मायाको अर्थ गजबले बुझेँ मैले, माया नै माया लटरम्म फलेको बोटको चुरो घात थियो। झापा #दिपेश उप्रेती
कस्तो समय यो: हिमाल हाँसेको छ, पहाड ढकमक्क पशुपंक्षी मख्ख छन् मान्छे अकमक्क । जताततै हरियाली, हावा छ स्वच्छन्द अरु सबै भयमुक्त, मान्छे आफैँ बन्द । देखिँदैन आकार त्यसको, साह्रै नै छ सूक्ष्म भयाक्रान्त बनाइदियो, बाण यसको तीक्ष्ण । शत्रु यसका मान्छे मात्रै, ताकीताकी शिकार पार पाउन गाह्रो छ कि, मान्छेको छ चित्कार । धन ठूलो...
नेपाल जानु थियो: घाम झुल्किएको छैन औँशीको रात; उष्णताको प्रकोपबीच एक बहादुर कालो भादगाउँले टोपीमा आफ्नो इमान बचाउँदै हिँडिरहेछ, सोध्दै “साबजी, नेपाल जाने बाटो किदर है?” र, आफ्नै अगाडि उभिएको बहादुरलाई एकटक हेरिरहन्छ्न्- उसैले टल्काएका सेठ्का बुटहरु जस्ले गरिरहेछन् क्षितिज पारिसम्मको इशारा मानौँ बहादुरले बाटो होइन, विद्...
अहोभाव: कतै टाढा टाढा धिप् धिप् धिप् धिप् झुल्किन्छ बत्ती देखाउँछ बाटो झल्काउँछ, सुन्दरता धमिलो धमिलो कहिलेकाहीँ जुनकिरी भै वरिपरि घुम्छ भन्छ म तिम्रै यात्राको सहाय हुँ म तिम्रै एक अवयव हुँ बिहानीको नव-नव खबर हुँ तिम्रै मनको गहिराई हुँ भरिदिन्छ भाव रसिलो रसिलो । कहिले छायाँ भै साथसाथ डुल्छ म तिम्रा सही गलत कर्मका साक्ष...
पटना विश्वविद्यालयकी लिम्सी: डेरा मंदिरीमा थियो । महद्दिपुरको छोटो बाटो हिँड्दै ब्यांकरोड, बिस्कोमान पुगी चाक्लो गान्धी मैदानको बीचको गोरेटो बाटो हिँडेर एलिफिस्टन सिनेमा पुग्थें । त्यहाँबाट टेम्पो गरेर अशोक राजपथको बाटो राजेश्वरी पुस्तक पसलअघि पुग्दा आठ आना तिर्नु पर्थ्यो । देब्रेतर्फ मोडिएर पटना विश्वविद्यालयको सुप्रस...
नगर शोक यसरी: किन गर्छौ शोक यसरी तिमी ? हेर त गगनमा टुटेका छन् तारा ती कति कहाँ गर्छन् र शोक तिनले एकैरत्ति रहन्छ खामोश ओजस्वी सूर्य पनि आफ्नो तापलाई शीतल पार्दा, त्यो सूर्य ग्रहण लाग्दा गर्छिन् पनि त कहाँ गुनासो र ती जूनले छोपिहिँडे तापनि अलौकिक चंद्रमुखीलाई ती काला बादलले नदीले पनि कहाँ गर्छिन् र गुनासो बर्खाको मैलो ...
कविजी, खै त नैतिकता ?: जुनबेला तपाईं खोलाको पानीले जस्तै समुद्र खोज्दै हुनुहुन्थ्यो हामीले तपाईंलाई बीचैबाट बाफलाई जस्तै उडाउँदै बादलभित्र लुकाउँदै लुकाउँदै हिउँजस्तै कञ्चन बनाउँदै बनाउँदै हिमालका टाकुराहरुमा राख्दै गयौं बिहानी सूर्यको किरणको स्पर्शसँगै चम्कनु पर्ने तपाईंको छवि दिनको घामको तापले तपाईंलाई आकर्षण गरिरह्य...
लुछियाे लिम्पियाधुरा: शुभचिन्तक हुँ भन्थ्याे, गर्थ्याे ठूला कुरा पनि । कहिले साँच्चिकै लाग्थ्यो, दु:खकाे साथी हाे भनि ।। एकाएक उसैले नै, धस्दियाे छातीमा छुरा । कालापानी दुख्यो पैले, दुख्द\u200cैछ लिम्पियाधुरा ।। सहयोग पनि दिन्थ्याे, कैले काँही अलिअलि । त्यसकै बदला गर्थ्याे, देशभित्र ढलिमलि ।। दाउ हेरि बस्या रैछ, खान या...
पहाडी कहानी: हिमाल झुक्छ तराईतिर, सुनाउन पहाडको कहानी पहाड जवान हुँदा, तराईको बल्छ सुन्दर जवानी। चोइटाएर खसाउँछ, बादलको आँशुले पहाडको आङ त्यही आँशुको खोलाले तराईको डुबाउँछ कोमल जाङ्ग उडाउन खोज्छ, हिमालको हावाले तराईका ती सुन के हेरी टोलाएको, क्षितिजमा बसेर डाँडाको ए जून। लोभिन सक्छ तन्नेरी घाम तराईको सुन्दरतामा भेट हाम...
हरिवंश आचार्यका एक दर्जन रुपहरु: हरिवंश आचार्य अर्थात महको ‘ह’ । उनका बारेमा खासै धेरै लेखिरहनु पर्दैन । उनको नाम मात्रै पनि काफी हुन्छ उनको परिचयका लागि । नेपाली हास्यव्यंग्यमा नाटकबाट उदाएका कलाकार आचार्यको कला क्षेत्रको सिमा केवल नाटकले मात्रै निर्धारण गर्न सकेन । उनले जे जे गरे, सबैमा जमे । उनी फिल्ममा जमे । उनी व्...
जीवनको मझधारका कवि भीष्म उप्रेती: – महेश पौड्याल यतिका वर्षसम्म निरन्तर हिँडिरहँदा पनि कहिल्यै आफ्नो हुन सकेन आफू हिँडिरहेको बाटो । जहिले पनि आफ्नो भन्नु त केवल यात्रा मात्रै रहेछ । जिन्दगीको पचासौँ वसन्तमा टेकेपछि कवि भीष्म उप्रेतीले निकालेको निचोड हो यो । खूब घुमक्कड कविको छवि पनि बनाएका उनले देशविदेशका धेरै स्थानको ...
म हार्न दिन्नँ देश यो: पिपाषु रक्त उम्लियो नहेर स्यालझैँ गरी छु शान्त बुद्धझैँ कतै छ भाव वीरताभरि सहन्छु काट टाउको सहन्न नीच चित्त त्यो म हार्न दिन्न देश यो म मर्न दिन्न देश यो। म घाइते हुँ सिंह लौ नजिस्कनू ममाथि है म राष्ट्रका निमित्त त्यो भो त्याग्न सक्छु स्वर्ग नै छिमेक होस् कि दूरको म घात ए सहन्न त्यो म हार्न दिन्न...
हाइकु कसरी लेख्ने ? पढ्नुहोस् ११ बुँदामा: लेखक १) सत्र अक्षरीय हाइकु कविताको उद्गम थलो जापान हो । साढे तीन सय वर्ष पुरानो जापानी हाइकु कविता अहिले संसारभरका विभिन्न भाषामा लेख्ने गरिन्छ । छोटो मीठो मात्र होइन, तीखो भएका कारण पनि बौद्धिक व्यक्तिलाई हाइकुको शैली मनपर्छ । जापानमा हाइकुका अतिरिक्त अन्य धेरै शास्त्रीय लेखन ...
छन्दका बारेका सोच अब बदलिए: वास्तवमा यहाँ नेपालमा देवकोटा र लेखनाथको अवसान पछि कवितालाई गद्यमा लेख्नेहरू निकै बाक्लो गरी उपस्थित हुनु भएको थियो । अझ जति नबुझिने लेखियो त्यति गतिलो भन्नेहरूको ताँती लागेको थियो । पुरस्कृत समेत भएका थिए । गद्य र पद्य नै नबुझ्नेहरूले पद्यमा कविता लेख्नेहरूलाई घृणाको भावले हेर्ने गरेको पनि ...
बन्दाबन्दीले दिक्क भएपछि पृथ्वीकाे आधा फन्को: बन्दाबन्दीले दिक्क भएका न्युजिल्यान्डका लोकप्रिय लेखक नील गेइम्यान त्यहाँबाट बाँकटे हान्दै जब अमेरिका पुगे र त्यहाँबाट पनि छड्किँदै लन्डन र लन्डनबाट स्कटल्यान्डको स्काईस्थित दोस्रो घरमा पुगे, स्थानीय जनताले उनलाई सरापेर हैरान छ । यति लामो यात्रा भने लगभग पृथ्वीको आधा भागको ...
प्रियतमा प्रति: यो मन मनोमानी गर्छ सबैथोक जानीजानी गर्छ थाह छैन, लाभ कि हानी गर्छ के कहानी यो जिन्दगानी भर्छ। भावको अभाव छैन अभावको भाव निष्प्रभाव छैन स्वभाव, स्व-भावमा छ कि कसैको प्रभावमा छ? थाह छ/थाह छैनको भावमा छ। दबाब छैन तर दबदबा छ तिम्रा यादहरूको, यो मन मस्तिष्कमा। न देखेको, न भेटेको तर किन तिम्रै स्वैर कल्पनाले ...
नग्नता: सेतो नम्बर प्लेटको रातो अङ्कको घर त्यस भित्र गुम्सिएर बसेको दुर्गन्धित त्यो कालो मन अचेल टाढासम्म बसाउँछ, प्लेटका नम्बरहरू जति चाँडो फेरिन्छन् लुटको साम्राज्य छाउँछ विवेकहीन विवेक शून्य काला मन र मष्तिस्कहरू चाँडोचाँडो समयलाई समात्न दौडन्छन्, क्रूर समय परिवर्तन चाहँदैनन् लामो र कालो साम्राज्यमा नै रमाउँछन् यो न...
हुन सक्छ: कालो कोइलाहरु सँगै, हिरा हुन सक्छ छुच्ची केटीको नाम पनि मीरा हुन सक्छ के हुन सक्दैन र, यहाँ जे पनि छ सम्भव बिहान उठ्दा खेत चिराचिरा हुन सक्छ राजनीति हो मित्र, तिमी बुझ्दैनौ कच्चै छौ छिर्दा हात्ति, निस्किदा त जिरा हुन सक्छ पण्डितजी थोरै सुँघेर मात्र पिउनु होला है कतै कतै पानीकै रङको मदिरा हुन सक्छ प्रसाद हो भन...
समय हो बितिहाल्छ: कति राम्रा समय आए रोक्न सकिएन नयनभित्र थुन्न खोज्दा थुन्नै सकिएन । याद बनी मस्तिष्कमा रहनु सिवाय बिन्तिभाउ गर्दा पनि थाम्नै सकिएन त्यस्तै पीडाका समय आए वेदनाका समय आए भोग्नै पर्\u200dयो झेल्नै पर्\u200dयो जति नरुचाए पनि पठाउनै सकिएन हटाउनै सकिएन नभोगी बिताउनै सकिएन कुनै समय सुखको समय यौवनको समय बाल्यक...
अचम्म छ!: अचम्म छ! खै किन हो किन? मन बेसरी भड्किन थालेको छ हिजो जे थियो, आज त्यो रहेन हिजो जस्तो आज हुँदै भएन चारैतिर सन्नाटा छाएको छ क्रूरता जकडिएको छ, मानसपटलमा भावना दबाइएको छ, रिक्त हाँसोले प्रश्रय पाएको छ जीवनको रौनकता त्यसै त्यसै हराएको छ गलत तत्त्वको बिगबिगीले दुर्वलताको गन्ध आइरहेछ सर्वत्र अन्धकार छाइरहेछ त्यसै...
तिमी: समयको निहुँ खोजी दुरी बढाएकै हौ तिमी, भित्रभित्रै रेट्ने गरी छुरी बढाएकै हौ तिमी मेरा दिनहरुको हाल सोध्छौ तिमी कठै, चिसै मेरो चुल्हो रहँदा मुरी बढाएकै हौ तिमी। अन्तर राखेर बीचमा धुरी बढाएकै हौ तिमी, मेरो नाडी खाली कसैको चुरी बढाएकै हौ तिमी यो भयानक महामारी त के हो र मेरा लागि ? व्यथा निभ्नै नदिने हुरी बढाएकै हौ त...
रगत माग्ने देशको नाममा...: ए देश! तिमीले थमाएको महेन्द्रमाला छिचोलेपछि नै हो म, चम्किलो रातो ताराप्रति आशक्त भएको! मन्त्रजस्तै कण्ठ भए तिम्रो महेन्द्रमालाका वीरगाथाहरु, राजा, महाराजाका शाहसका कथाहरु! तिनले देश बनाए तिनले सिमाना बिस्तार गरे तिनले वैरीलाई लखेटे तिनले गर्दा दुनियाँको सामु देशको शीर उँचो भयो यस्तै यस्तै…. ...
म सास समातेर\xa0\xa0: म सास समातेर नित्यार्धना गरिरहेको छु श्रद्धा पूर्ण शीर निहुराएर । केही थान सेता तुल छन् केही थान पहेँला वस्त्र छन् । नगन्य नीलरंगी धर्साहरु फर्फराइरहेका छन । हतार छ कोही कसैको मतलब नराखी दौडिरहेका छन । आफ्नाको हकदाबी चलिरहेको छ । शीरदेखि पाउसम्म निहुरिएको लाचारपना रातो अबिरले सपनामा रङ भरिरहेको छ ...
वाक्यमा बुद्ध होस्: कर्ममा धर्ममा सर्वदा एकता त्यो भए मात्र नै हुन्छ है सभ्यता सर्व व्यापी सबै चीज ती भैदिए शान्तिका मार्गमा सुस्तरी गैदिए ।।१।। विश्वमा शान्तिको हुन्छ आभाष नै गर्नु रे सत्यको आत्मको साथ नै बुद्धका ज्ञानको मार्गमा शान्तिको गुन्जियून् विश्वमा माधुर्य कान्तिको ।।२।। मित्रता हुन्छ है शत्रुता नाशक योग्य त्य...
मान्छे र मौरी: तिम्रो लालीले सजिएको ओठलाई फूल जस्तै देखेर मौरीले रस लिनलाई खिल गाड्यो भने तिमीलाई दुख्दैन? मौरीले त फूलको रसबाट मह बनाउँछ आफ्नै श्रमबाट बनाएको आफ्नै चाकामा आफ्नै कला सजाउँछ तिम्रो ओठमा रसाउँदै गरेका थोपालाई बटुलेर लग्यो भने साँच्ची मौरीले के बनाउँछ? फूलको रस भन्दा पनि ओठका रसिला थोपाहरू झन मीठो लाग्यो भ...
कोरोना कहर: याैटी आमा धुरुधुरु रुँदै मृत्य शैया अँगाल्छिन् । बच्चा हेर्छिन् टुलुटुलु कठै अश्रुधारा खसाल्छिन् । यस्ताे पीडा किन थपिदियाै जिन्दगी हुन्छ गार्हो । काेराेनाले अतिशय गर्यो सृष्टि पार्\u200dयाे अँध्याराे । ……………………..१……………………… बूढा बाबा सकस मुटुमा प्राण राेक्दै सहन्छन् । आफ्ना सारा मधुर सपना दर्द भित्रै कहन्छन...
नेतृत्व र देशको सीमा: थियो सानो बस्ती नगर बिचमा ताज पहिरी थियो ठूलो स्वप्ना सगरभरमा शैलज सरी । लिई यौटा राम्रो कर कमलमा त्यो घरि घरी भयो के हो यस्तो निकट जलमा वामन सरी ।। थिए होचा होचा कदम कदमै खेद नलिने थिए सारा मान्छे जनम जनमै राष्ट्र नदिने । थिए पुर्खा हाम्रा जिउँ त कसरी राष्ट्र नभई भनी लड्थे सारा तब मुलुक यो हुन्छ ...
होश हराएको बेला: मनोज रेग्मी त्यो साझँ साथीहरुको करमा परेर भुइँमा खुट्टै नअडिनेगरि पिएको थिएँ । कसले मलाई कोठा छोडेर गयो भन्नेसम्म पनि होश थिएन् । भोलिपल्ट निरजले भनेपछि बल्ल थाहा पाएँ, रविले छोडेको थियो । जुत्तै नखोली, असरल्ल छरिएका कपडाहरुको प्रवाह नगरी ड्याम्म ओछ्यानमा ढलेको चाहिँ याद छ मलाई । मेरो एउटा अचम्मको स्वभ...
निश्चेत: तिम्रो मर्म बुझ्न नसकी जीवनमा कति गल्ती गरे हुँ पाउन नसकी आभास पथमा हिँड्दा कति डरे हुँ असहाय निरुपाय भै तृण समान बाटोमुनि झरे हुँ बुझ्न नसकी धर्म आफ्नो जाल-जन्जालमा परे हुँ । मृत्युको पर्खाइ मात्र जीवन भए बाँचेर के गर्नु खै आँशुको भेलले बगी जाने सपना साँचेर के गर्नु खै न होश छ मनमा न जोश तनमा, नजरमा दोष छ छ ट...
कुरोको चुरो: बुद्धको जन्मभूमिमा शान्ति छैन सर्वोच्च शिखरमा पर्यटक छैनन् मन्दिरै मन्दिरको देशमा असल भक्तजन छैनन् लडाकुको देश छ तर सिमा छैन जलस्रोतको धनी, स्वच्छ पानी छैन कृषिप्रधान देश तर अभाव छ अन्न प्रत्येक घरमा नेता भएको देश तर केही छैन । सबै छ अनि सबै छैन गर्ने के र भन्ने कस्लाई ? हामी भेडाको मगज छैन कुरा गरेरै अघाउ...
फेसबुकः ५ लघुत्तम कथा: एक उसले आफ्नो प्रेमिकाको सुन्दरतम् सेक्सी फोटो फेसबुकमा राखेर जन्मदिनको शुभकामना दियो ! त्यसपछि प्रेमिकाको फोन उठ्न छाड्यो । भोलिपल्ट त ऊ अनफ्रेण्ड भैसकेको रहेछ ! दुई सूर्यप्रसाद प्रशन्न मुद्रामा भन्दै थिए, “भन्दिएँ मैले ! गज्जबले भन्दिएँ । क्यै बाँकी नराखी भन्दिएँ । यसरी देश कहाँ चल्छ ? ’’ मैले ...
बिहान: कति सुन्दर छ बिहान! म टिप्न खाेज्छु बिहानको लालिमा प्रेमकाे कविता लजाएजस्तै लजाउँछ बिहान अाङ्गमा एकसरो छाेएर ऊ कहिले तल सर्छ कहिले माथि पुग्छ प्रेयसीकाे न्याना पलहरुकाे कल्पनाशीलताजस्तै छ बिहान म त्यही बिहानकाे घामफूल टिपेर पहिरिन खाेज्छु पाेशाक दिउँसाेभरि अघाउन टिप्न खाेज्छु एक अँजुली घामकाे बिस्कुन उभाएर एक सु...
छिमेकी औधि मनपर्छ: म मेरो छिमेकीलाई औधि माया गर्थें ऊ पनि म भनेसि हुरुक्कै हुन्थ्यो छोरीको गोडा धुवाइमा होस् या नारायणको पूजामा मसँगै कुम मिलाएर हिँड्थ्यो खै म बद्लिएँ या उस्को स्वभाव फेरियो हरेक सालको मझधारमा केही वर्ष यता हामीबीच केही कुरा भएको छैन कुरा सुनिन्छ केवल रामे श्यामे वा हरिका मुखहरुबाट केही समय पहिले कमलरी...
सीमा भए साँघुरा: कोइली कुहु गरेर दिनहुँ गाउँछे उसैका कुरा। मन्द भो किन स्वर तिनको यहाँ सीमा भए साँघुरा। एकेे पाइलाा टेकी उठ्थ्याे शीर याे, उच्च थियाे टाकुरा, सुन्ने भन्ने थलाे नि:शब्द छ यहाँ एक्लिएछन् पँधेरा। दैलो कुचो सकी हतास मनमा बज्थे ती छिन्छिन् चुरा दूषित भाे तलाउ, पाेखरी पनि हुन्नन् नि भाे अब पूरा। गलेे भष्म भए ...
समय र शून्य खेती: उमेरको तस्वीर खिच्दै बसेका मान्छेहरूलाई एकाएक पछ्यायो मृत्युको भयले यो कुनै थ्रिलर मुभिको छोटो कहानी जस्तो मात्र पनि भएन बस्तितिर उड्दै आइरहेको काँचो बतासमा त्रासको गन्ध यसभन्दा अघि उत्ति थिएन मानिसहरू सम्मोहनको पर्दा्भित्र उत्तेजित बाँचिरहेथे उक्लिएर नसकिने अहम् को पहाड उडेर नपुगिने महत्वाकांक्षाको क...
उज्यालो सपना: रात अन्धकार चिरेर चम्केका ताराहरू अनि तिनै ताराहरूको बीचमा बलेको जूनको गर्विलो अनुहार बोकेर अचेल आउन थालेको छ सपनामा मेरो सपना नदेखि निदाउने चाहनाको विरोधमा उभिएर हरेक राति यसरी रात उज्यालो बोकेर सपनामा उदाउँदा मेरा अरू सपनाहरूमा जस्तै म खै किन हो झस्किएर बिउँझेकी छैन आजसम्म त्यसो त मैले राति कौसीमा निस्क...
हाम्रो बस्ती: इतिहासको कालखण्डमा २१ औं शताब्दीको पूर्वार्द्धमा शान्ति र समानताको बीचबाट समृद्धिको दिशामा अग्रसर, हाम्रो बस्ती गौरवपूर्ण अतीत, आशातित वर्तमान सूर्यका प्रकाशहरुमा लालीमय किरण रात दिन उज्यालै उज्यालो वातावरण प्रज्ज्वलित थियो चारैतिर रौनकता छाएको थियो केटाकेटी, युवा युवती उफ्री रहेथे बूढाबूढी त्यसै त्यसै टो...
कोरोना र प्रकृति: भारी संकट देखियो मनुश्यजनमा अत्याशको प्रहर । सारा मानव थुनिए भित्र घरमा चकमन्न छन् सहर ।। सभ्यतानै बिलाउने हो कि भनी चिन्ता बढेको झन् । खुल्दैछ प्रकृति भने निर्भय बनी ल्याउँदै पुरानैपन ।१। घुम्दैछन स्वतन्त्र भै कोइली वनका पाखा पखेरा सब । पानी निर्मल भई पबित्र नदी छन् चारै तिरका सब ।। नाच्दैछ्न् च्याँख...
को हो त्यो ?: को हो त्यो जो युगौँदेखि बनाइरहेछ तिमीलाई बन्धक को हो त्यो जो बाँधिरहेछ युगौँदेखि तिम्रा पाउहरूमा जन्जीर को हो त्यो जो कैँची बोकेर युगौँदेखि चुपचाप काटिरहेछ तिम्रा पंखहरू र, रोकिरहेछ तिम्रा उडानहरू । को हो त्यो जो युगौँदेखि पछयाइरहेछ चुपचाप तिम्रा पदचापहरुलाई शान्त शान्त त्यो तलाउमा आएका तरङ्गहरूसँग शून्यत...
फ्यान फिक्सनमा छिर्\u200dयो कोरोनाभाइरस: यतिबेला पिटर पार्कर (स्पाइडर म्यान) आफ्नी काकी मे लाई घरैमा बस्न र बाहिर ननिस्कन अनुरोध गरिरहेको छ । बाहिर निस्क्यो भने कोरोनाभाइरसको संक्रमण हुने डरका बारेमा सम्झाउँदैछ । ठीक यही बेला ह्यारी पोटर उसको होगवार्ट विद्यालयमा कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न र यसबाट संवेदनशील स्...
सोदाहरण: “पिताश्री,सापेक्षवाद भनेको के हो ?” हुर्किएको छोरोले आफ्नो जन्मदाता लेखक एवं प्रोफ़ेसर “भाष्करराज़ विनोदी”सित यस्तो प्रश्न गर्\u200dयो। लघुकथा लेख्न व्यस्त विनोदी मौन रह्यो। एक घन्टापछि विनोदीको घरमा एक ‘जय नेपाल मित्र’ आयो। आधा घन्टा गफ भयो। पुत्रले पनि ध्यान दिएर सुन्यो। विनोदीले २००७ सालदेखि २०७७ सालसम्मको ‘ज...
भर्चुअल दुनियाँमा रमाइरहेको नेपाली साहित्य: दर्जन बढी कृतिका सर्जक कृष्ण धरावासीलाई कोरोनाको कहरबीच भएको बन्दाबन्दीले खासै असर पारेको छैन । बन्दाबन्दी अघिका दिनझैँ अहिले पनि केही न केही साहित्यकर्ममै बिताइरहेछन् उनी । ‘यी फुर्सदिला दिनमा मैले केही कथा तथा निबन्धहरु लेखेँ, जुन विभिन्न पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित भ...
मूल्याङ्कन: पाउदेखि शिरसम्म हेरेर सानाे छाेरालाई हप्काए उनले, – ‘कति चकचके हाे ।’ – ‘मेराे भात खाने टेबलमा राखेकाे नयाँ चस्मा खसाएर प्याट्टै पारिदियाे ।’ – ‘बिगार्ने कुरामात्र सिक्छन् कि क्या हाे स्कुलमा यिनीहरू?’ श्रीमतीतर्फ कर्के नजर लगाए, – ‘यिनीहरू कसरी गरेर खान्छन् कुन्नि?’ – ‘एउटा चियामा चिनी अड्कल्ने ढङ्ग छैन ।’...
भातृद्वन्द्वको कहरमा महारानी: – रमा अधिकारी मिथकहरूको एउटा आर्किटाइप अर्थात अद्यरूप भाइवीचको द्वन्द्व धेरै मिथक र इतिहासको प्रसङ्गहरूमा पाइने एउटा विषय हो । मिलानका राजा एन्टोनियो र प्रोस्पोरोको कथा, डेन्मार्कका राजा हेम्लेट र क्लाउडिउसको प्रसङ्ग, निसदका राजा नल र पुस्करको कुरा होस् वा महाभारत र रामायणका प्रसङ्ग हुन् —...
अधुरो सुहाग: विवेक अदालतको फैसला सुनेर घर फर्केका छन् । यस फैसलामा सीमाको हार हुन गएको छ । सीमालाई फैसला चित्त बुझेको छैन । उनले मुद्दा हारेकी छन्। उनी घर आएर सोच्न थाल्छिन्, ‘विवेकले मसँग साँच्चिकै खेलवाड गर्दैछ । म एक सिधासाधा केटीलाई प्याररुपी नक्कली जालमा फँसाएर मेरो जीवनको सारा खुशीमा नै डढेलो लगायो तर म त्यति कमज...
मुक्तक कसरी लेख्ने ? पढ्नुहोस् उदाहरणसहित: मुक्तक मूलतः चार हरफको आफैँमा पूर्ण रचना हो । एउटा सिंगो कवितामा जस्तै चार लाइनभित्र सबै भाव व्यक्त हुन्छ । हुन त चार हरफ मात्र होइन, दुई, तीन, पाँच, छ मात्र होइन, कहिलकाहीँ सात हरफसम्मका रचनालाई पनि मुक्तक भनिएको पाइन्छ । तर खासमा मुक्तक चार हरफमै सुन्दर देखिन्छ । यसैलाई नेपा...
एकै घरमा साहित्यका चार पुस्ता: साहित्यमा लाग्नु अनुत्पादक मानिने नेपाली समाजमा एउटा यस्तो परिवार पनि छ, जसका चार पुस्ता नै साहित्यमा सक्रिय छन् । रमेश विकलदेखि सुरु भएको यो यात्रा उनकी पनातिनी आयुषा चालिसेसम्म जारी छ । विक्रम सम्बत् १९८५ मा आरुबारी काठमाडौँमा जन्मिएका रमेश विकल, २००८ सालमा जन्मिएका उनका छोरा विजय चालिस...
लुछियो लिम्पियाधुरा: शुभचिन्तक हुँ भन्थ्यो, गथ्र्यो ठूला कुरा पनि । कहिले साँच्चिकै लाग्थ्यो, दुःखको साथी हो भनि ।। एकाएक उसैले नै, धस्यो छातीमा छुरा । कालापानी दुख्यो पैले, दुख्दैछ लिम्पियाधुरा ।। सहयोग पनि दिन्थ्यो, कहिलेकाहीँ अलिअलि । त्यसकै बदला गथ्र्याे, देशभित्र ढलिमलि ।। दाउ हेरि बस्या रैछ, खान यो देश नै पूरा । ...
आमा र अक्षर: प्रिय अश्विनीजी, अक्षर नै नचिनेका हाम्रा पुर्खाहरु कम्ता ज्ञानी थिएनन् । त्यतिखेर ज्ञान र सीप सिक्ने विधि नै फरक थियो । अक्षर नै नजानेका, कुनै अंक गणित, ज्यामितिको औपचारिक शिक्षा नलिएका, अझ कुनै औपचारिक विश्वविद्यालयबाट प्रमाणपत्र नभएकाहरुले शिक्षा, स्वास्थ्य, जीविका, संस्कृति, सम्पदा, निर्माणमा ठूलो परिवर...
ईश्वरविम्ब: पार नपाइसक्नुको विषय हो ईश्वर । पूर्वीय दर्शन र चिन्तनले भनेझैँ अगम्य अगोचर छ ईश्वर । कृति अमूर्त र व्यापक शब्द छ यो । ईश्वरको अस्तित्व र अनस्तित्वका बारेमा धेरै बहस भए । धेरैको टाउको खायो ईश्वरको अस्तित्व र अनस्तित्वले, अनि ईश्वरसम्बन्धी चिन्तनले । आज ईश्वरको अनुभूतिलाई भित्रैदेखि गम्न मन लाग्यो – के हो ईश...
आफ्नो पहाड: आँखाले हेर्नु र आँखा खुल्नु भिन्नै रहेछ| सधैं हेरिएका कुरा, वर पर का कुरा देखिएका हुँदा रहेनछन| आधी बाटो मा आँखा खुल्दा पो चेत आयो बाटो पुरै गलत हिडिएछ, हिडिसकेको बाटो फेरी हिंड्न नमिल्ने || बिना अर्थ उचाइ को पछि लागिएछ जीवन त गहिराइमा हुदो रहेछ, पहाड हरु ले झुक्काउने रहेछन हो भ्रमका पहाड हरुले आफ्नो पहाड त...
अनामिका: कसरी सम्बोधन गरौँ खै तिमी अपरिभाषित छौ शब्दहरूको अर्थ भन्दा टाढा अनमोल रत्न भन्दा बहुमूल्य तिमीलाई वर्णन गर्नु मेरो असफल प्रयास मात्र हुनेछ । तिमीलाई सम्झिरहँदा म त्यो निःस्वार्थ बग्ने पानीको मूल सम्झिन्छु जसले अर्बौं प्यासहरू नि:शुल्क मेटाउँछ घामका किरणहरू सम्झिन्छु जसले कठ्याङ्ग्रिएका आङ्हरूलाई न्यानोपन बेहि...
पीडा आफैँ मासिन्छन्: हिउँदको शान्त र भद्र कालो रातमा आकाशको उचाइबाट झर्ने हिउँका बुंदहरू आफू झर्नुको पीडा पोखिरहेका हुन्छन् । मजस्तै अबुझ ति हिउँका बुंदहरूलाई के थाहा ? पीडा आफैँ मासिन्छन् । लाग्छ एक आवाजको खोजी गरिरहेका छन् अनुभूत हुन्छ कि मसँग कुरा गर्न खोजिरहेका छन् सायद सहानुभूती साट्न चाहान्छन् मजस्तै अन्जान ति हि...
चर्चित व्यङ्ग्यः विकलाङ्ग श्रद्धाको समय: प्रसिद्ध लेखक तथा व्यङ्ग्यकार हरिशंकर परसाई (२२ अगस्त, १९२४ – १० अगस्त १९९५) को जन्म जमानी, होशंगाबाद , मध्य प्रदेशमा भएको थियो । उनको व्यंग्यात्मक रचनाले हाम्रो दिमाग मात्रै हल्लाउँदैन, सामाजिक यथार्थतासँग पनि आमनेसामने गराउँछ । उनको भाषाशैलीमा एक किसिमकोको आकर्षण छ जसले पाठकला...
बादशाहको कोरोना डायरी: भाग दुई बिहानै घरको कौशीबाट कफिको कडा चुस्की सँगै उपरखुट्टी लगाएर परको समुद्रमा युद्धपोतहरू गनिरहने त्यो हाम्रो पक्षको जहाज भनिरहने अलग्गै चम्किलो चेहेराको बादशाह आज ह्वेल उफ्रेको छप्ल्याङ्ग-छुप्लुङ्कको आकृति दुरबिनबाट हेरिरहेछ माथि आकाशमा युद्द विमानका आवाज सुनेर आनन्दित हुने ऊ चराका निस्फिक्री ...
आई लभ यू: प्रिय मित्र अश्विनीजी, साहित्यपोस्ट शुरुवात गर्नु भएकोमा हार्दिक बधाई छ । साहित्यलाई बजारमा अनुत्पादक वस्तुको रुपमा ग्रहण गरिरहेको र बामे सर्न थालेको केही पुस्तकहरुको व्यवसायिक प्रकाशन पनि सुस्त भइरहेकै बेला तपाईंले साहित्यपोस्ट शुरु गर्नुभयो, त्यो पनि बुध्द जयन्तीको अवसर पारेर । सबै मानिसहरु घरबन्दीमा छन् । ...
कठै पत्रकार ! कठै चार 'स' !!: जब-जब विपत्ति आउँछ, संकट आउँछ, आउनु पर्ने जत्ति पनि विपत्ति संकटमा देशमा चार ‘स’ सक्रिय हुन्छन् । उनीहरु अग्रपंक्तिमा देखिन्छन् । विपत्तिसँग लडिरहेका हुन्छन् । चाहे भूकम्प आउँदा होस् या बाढी पहिरो । कतिपय अवस्थामा त आफ्नोसमेत पर्वाह नगरी समाज र देशका लागि खटिरहेका भेटिन्छन् । यी चार ‘स’ हर...
ललितकला थेरापी प्याकेजको माग: पोखरा / पोखरामा रहेका कलाकारहरूले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा ललितकला थेरापीको नीति थप्न तथा प्याकेजका रूपमा ल्याउन आग्रह गरेका छन् । कास्की जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै सो प्याकेज ल्याउन कलाकारहरूले आग्रह गरेका हुन् । आग्रह ग...
उमेश अकिञ्चनका तीन कविता: कोरोना भाइरस कैंयन वर्षसम्म लुकेर हिँडिरहेको ऊ अचानक उत्रियो सांघातिक हमलामा मान्छेलाई सिकाउँदैंछ आफ्नो हैसियत पातभन्दा कमजोर छ आजसम्मको प्रगति । बिहान ताराहरू टिप्दैं टिप्दैं ओर्लिएको हुँ धर्तीको आँगनसम्म सपनाहरू पछ्याउँदै हिँड्दा विपनाको पहिलो पाइला पो बनेछु । सम्झना बोलाएर मलाई मीठो कुट्यौं...
छोटा कवितामा नवपुस्ताः आयतनमा मात्र छन् साना: चर्चित युवाकवि नवराज पराजुलीको कविता संग्रह सगरमाथाको गहिराईमा संग्रहित एउटा छोटो आयतनको ‘औँला’ र्शीषकको कविताबाट सुरु गरौँ– तिमीले मेरो हात समाएको दिनदेखि मेरो यो मुटु औँलामा धड्किन थालेको छ । नवराज पराजुली लामा आयतनका कविता र वाचनकला मार्फत् परिचित छन् । तर उनको यो जम्मा ...
कविताको शक्ति : उज्यालोका मालीहरू: शब्द र पङ्क्ति गनेर वा आकार नापेर कवितालाई लामो वा छोटो भन्नु उपयुक्त हुँदैन । कविले समातेको आयाम तथा कवितागत विषयवस्तुले ओगटेको परिधिलाई हेर्नुपर्दछ । नेपाली कविताको फाँटमा आयामगत दृष्टिले लामा छोटा कविताहरू लेखिँदै आएका छन् । पछिल्लो समयमा मान्छेका रहर, रुचि र लेखनमा पनि परिवर्तनका ...
मेरो इतिहास: पुरानो इतिहास छ मेरो घरको हामी आफैंले मेहेनत गरेर बनाएको मेरो पुर्ख्यौली घर यो घरमा देखिन्छ रगत लतपतिएका पटाङ्गिनीहरू खिया लागेर भित्तामा झुण्ड्याइएका तरवारहरू दराजका किताबहरूमा पढ्न पाइन्छ काटिएका शीरहरूका कथा गुमेका स्वजनहरूका गाथा हरेक दलिनमा हरेक खाँबा र धुरीमा छ मेरै पुर्खाको पसिनाको गन्ध मेरै पुर्खाक...
एक सय एक पुग्नुअघि माधवप्रसाद घिमिरेको ताजा अन्तरवार्ता: – भगवती बस्नेत केही महिनापछि माधव घिमिरे १ सय १ वर्ष पुग्दैछन् । उमेर जस्तै उनको योगदान पनि लामो छ । १४ वर्षको उमेरमा ‘ज्ञानपुष्प’ नामको कविता गोर्खापत्रमा छपाएका घिमिरे अहिले ‘ऋतम्भरा’ नामक महाकाब्य पूरा गर्ने तरखरमा छन् । नेपाली खण्डकाब्यमा गौरी, नाटकमा मालती म...
चार्ल्स रिभर टक्क रोकिएको छ: चार्ल्स रिभर टक्क रोकिएको छ मानौॅ कसैलाई पर्खिरहेको छ यताउता नजर दौडाएर सायद कसैलाई खोजिरहेछ उसको वरिपरि घुम्ने ती कुइनेटाहरू आज खालीखाली उदाङ्ग देखिएका छन् उसलाई ढाडस् दिन चारैकाल कुदिरहने भरिभराऊ स्टोरो ड्राइभ नाङ्गो देखिएको छ मानौॅ लम्पसार नग्न शरीरजस्तै ऊ दङ्ग पर्छ भन्न सक्दैन यहाॅ के भ...
मङ्गलीको मन: सूर्यको लालीले बिहानीलाई रङ्गीन बनाएको छ । चराको चीरबीर गुञ्जनको मिठास जो कोहीलाई मोहनी लगाउने खालको छ । कोइलीको कुहुकुहु…ले त निःसन्देह उराठ मनमा पनि रङ भरिदिन्छ । वनपाखा मुस्कुराइरहेका छन् । गाउँ छेउको अग्लो झरनाको कलकल आवाजले मनै आनन्दित बनाउँदैछ । अनेकथरीका पुष्प सुवासले त्यसै उसै लठ्ठ बनाउँछ । वातावरण...
नारायणी-गण्डकीका स्वरहरूको अनलाइन गोष्ठी: लकडाउनका अवसरमा घरै बसेका कविहरूका बीचमा आपसी चिनारी र रचना पाठसमेत गर्ने हेतुले गत बुधबार २०७७ जेठ ७ साँझ नेपाल स्रष्टा समाजबाट नारायणी गण्डकीका स्वरहरू शीर्षकमा एक अनलाइन साहित्यिक गोष्ठीको आयोजना गरियो । साँझ ८ बजेदेखि कम्प्युटरर मोबाइलबाट अनलाइन (भिडियो कन्फ़ेरेन्सिङ्ग) विधि...
जूनको सपना: मनका भाकाहरू अनि बिपनाको धून नबिर्सिने सपनाको त्यो जून म उडिरहेको आकाशमा पनि छ तिम्रो बगिरहने सागरको मीठो सम्झना मायाको मीठो कल्पना, बिपना अनि पुनः त्यहीं जूनको सपना । #जूनको सपना
नक्सा बनाउने हात: चुलबुले बालकको बाटुले नीलो आँखाजस्तो छ मेरो देशको नक्सा बिस्तारै कोर– सानै केरमेटले पनि नानीमा चोट लाग्न सक्छ ! माथिमाथि– धारिला पिरामिडजस्ता हिमश्रृङ्खला छन् माझमा– ढाका टोपीझैं अग्लिएका पहाड, देउराली छन् अलि तल– आमाको काखजस्ता न्याना फाँटहरू छन् जतनले कोर सीमानाका रेखा तीखो कलमको एकै घोचाइले पनि दुख...
समाजको बाटो: हामीलाई जसरी एक ठाउँबाट अर्को ठाउँमा सुलभ बाटोको आवश्यकता पर्छ, त्यसैगरी जिन्दगीको लक्ष्यमा अघि बढ्न पनि सुन्दर मार्ग आवश्यक पर्छ । यही विचारमा सहमत भएर धर्म सापकोटा राजुले ‘बाटो’ शीर्षकको कथासङ्ग्रह बजारमा ल्याएका छन् । बाटोको बारेमा उनको भनाइ एकदम मीठो छ, ‘कुनै बाटोमा पैतालाले टेक्छन्, कुनै बाटोमा आँखाले...
सुवासका तीन हाइकु: १. उच्च उडान धर्तिमै छ है दृष्टि गिद्दे नजर । २. अल्झियो जोगी आफ्नै जटादाह्रीमा धर्म भो स्वाहा । ३. खुकुरी धार घर फर्कने बाटो हिम्मत गर्छौ ? #सुवास #हाइकु
अठोट: आर्यघाटमा चिरेका सपनाहरू आज बुन्दै थिई त्यो महिला समाजको आकारबाट विस्मृत थिई ती कोपिला ! सेतो पहिरनले छोपेको तन तर रातोले रक्ताम्य मन सोचहरुको साम्राज्यबाट पर भाग्दै थियो उस्को वचन ! हारेको कङ्काल र माटोझैँ शरीर त्यसै झुक्दैनन् उस्को अठोटिलो रहर चाहे वसन्त होस् या कुनै मीठो शिरीष उस्को सपनाहरूको हुनेछ, इति श्री!!...
टीएनका तीन कविता: सपना म चाहान्छु उसले ठूलो सपना देखेर विपनाको हत्या नगरोस् बस् ! एक पेट कमाओस् मेरै आँखा नजिक बसेर बेलुकाको खाना मसँग खाओस् र मेरै नजिक घुप्लुक्क निदाओस् टोपी जत्रै सपना देखेर बस् ! टाउकोमै सजिन्छ देश । फरक झन फरक किनकि फरक गोलार्धमा एकै पटक एकै समय जून एउटै हुन सक्दैन घाम एउटै हुन सक्दैन आँखाहरू कसरी ...
नेपालको क्षेत्रफल बढ्यो रे !: नपत्याउँ कसरी, पत्याउनु कसरी ? आधारै छैन मान्ने बालसखा खेलेझैं देश पनि बढ़छ र ? इच्छा भो साह्रै जान्ने विदेशमा रहँदा झन् धेरै माया, देशको छ हामीलाई गदगद छौँ आज विदेशी भूमिमा रहेका साथीभाई यो भन्दा ठूलो के हुन सक्छ गर्वको अनुभूत साहसी कामको कदर गरौ मिलेर सब सपूत ।। नक्सामा मात्र बढेको हो कि...
छिमेकी: खेतबारीलाइ चाहिन्छ किसान सबै नेपालीमा हुनुपर्छ देश जोगाउने भिजन । हिजो मेरो दुई हात जग्गा मिँचिदा म चुप रहेँ चित्त बुझाएर कि मर्दा पर्दा चाहिने त ऊ नै हो सोचेँ आखिर छिमेकी त पर्यो । अनि फेरि मेरो चार हात जग्गा मिँचिदा पनि म चुप नै रहेँ चित्त बुझाएर कि ऐँचो पँैचो गर्दा चाहिने त ऊ नै हो नि सोचेँ आखिर छिमेकी न पर्...
माटोको माया: खिया लागेको छैन, खुँडा तरबार तीरमा वीरता डगेको छैन, नेपाली छाती र शीरमा । कोरस बरू ज्यान अर्पण गर्छौँ, सहन्नौ लुटेको माटो मेटेर मेटिन्न कहिल्यै, विशाल नेपालको बाटो । सहन्छौ चिरिदेऊ छाती, छुट्याउ यो शीर नै मेरो देश नचलाऊ कहिल्यै, काफी छ एउटा तिर नै । माटोको निम्ती सधैँ, सबै हौ सिपाही देशका एकमोर्चा हौं देशक...
विद्रोही: विद्रोही हुनु मेरो रोजाई होइन हुन्छु म त्यहाँ त्यहाँ जहाँ न्याय छैन लामघारे मूर्कटहरु जब जब अलकत्रा पोतिएका अनुहार छोपेर चाप्लुसीका वैसाखी टेकेर, टिकिर टिकिर स्वार्थ र पदलिप्साका लडाईंमा अच्यूत हुँदै तुच्छताका सगरमाथाहरु चढ्छन् हावाका महलहरु कोर्छन् तब छियाछिया स्वच्छ, पवित्र मन भन्छ हारजीत कसैको होइन मरी लान...
नयाँ युगको संघारमा उभिएर: अनुभूति १ ५३ दिनदेखि आँखाले पनि देख्न नसकिने एउटा कीटाणुको त्रासले घरभित्र बन्दी भएको छु । मलाई भनिएको छ, घरबाहिर मृत्युरुपि त्यो अदृश्य कीटाणु यमराजको रुपमा उभिएको छ, खबरदार ननिस्क घरबाहिर ! यस्तो लाग्छ, घरबाहिर निस्कियो भने उसले हामीलाई क्वाप्प पार्छ र सरासर मृत्युलोकतिर लैजान्छ । जहाँ पुगेप...
निबन्ध लेखेर पुरस्कार जित्नुहोस्: लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेखेर पुरस्कार जित्ने मौका आएको छ । त्यसका लागि ‘पर्यटन प्रवद्र्धन मञ्च, नेपाल’ले ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ । मञ्चका संयोजक लिलाराम खड्काका अनुसार जुनसुकै उमेर समूहकाले प्रतियोगितामा सहभा...
बन्द कोठाभित्र: एउटा बन्द कोठाभित्र पल्टाइरहेको छु जिन्दगीका पूराना च्यातिएका मक्किएका र थोत्रा भएका पानाहरू खोजिरहेको छु जीवनमा कतै छुटेका चुकेका पछि परेका गर्न बाँकी रहेका जिन्दगीका रङ्गहरू आफँैले आफँैसँग मूल्याङ्कन गर्न निर्णायक भएर बन्द कोठाभित्र अनिश्चित र विरोधाभावपूर्ण समयसँग सङ्घर्ष गर्दै म विज्ञानलाई सोधिरहेको...
आमा फर्केर आइदेऊ: आमा तिम्रो अभावमा बाँचु कसो गरी तिम्रै चर्चा परिचर्चा चल्यो देशै भरी नौनौ महिना कोखमा राखी धर्ती टेकाएर छोडी गयौ आमा किन एक्लै बनाएर खुसी थिएँ आमा म त तिम्रै कोखमा छँदा बाँच्ने थियौ होला तिमी मेरो जन्म नभा प्रसव पीडा खटाएर मलाई जन्म दियौ मैले संसार देख्न नपाई एक्लै बनाई गयौ । तिमी बिना मैले संसार देख्...
साताका कविता: साहित्यपोस्टले हरेक साता आफ्नो वेबसाइटमा प्रकाशित कविताहरूमध्ये सर्वोत्कृष्ट कविता छनोट गर्ने गरेको छ । कविताका पारखी र सम्पादनसमूहको रूचिका आधारमा यी कविता छनोट गरिएका हुन् । पाठकले छुटाएको हुनसक्छ पनि पुनः पोस्ट गरिएको हो ।
कविताको कथाः हर्कबहादुर: “राष्ट्रियता ! राष्ट्रियता !! राष्ट्रियता !!! स्वाधिनता ! स्वाधिनता !! स्वाधिनता !!! नागरिकता ! नागरिकता !! नागरकिता !!! ” विश्व यतिबेला महामारीको खाडलमा फँसेको छ । सङ्कटको यस घडीमा सबैले आफ्नो घरलाई सम्झेका छन् । कति फर्किसके, कति अझै अलपत्र परेको अवस्था छ । कवि दिनेश अधिकारीको ‘हर्कबहादुर’ कव...
अनिताको गजल: खुबै पोल्दो रहेछ यार यो प्रीतले पनि केही सिकाएर गएको छ अतीतले पनि ।। जहाँ घाउ लाग्छ,त्यही पहिले ठेस लाग्छ यही मन दुखाउँछ,विरहका गीतले पनि ।। दुःखको तुफानले सम्बन्ध उडाउने रहेछ अचेल नचिने झैं गर्छन्,परिचितले पनि ।। सबै आफ्नाहरु जति विपक्षमा उत्रिएपछि हारले जस्तो खुसी,दिन्न रहेछ जीतले पनि ।। न आँसु भाग लाग्छ...
साताका उत्कृष्ट तीन कविता: साहित्यपोस्टले सुरु गरेको लामो दुरीको यात्राले आज दोस्रो साता पूरा गर्\u200dयो । यहाँ त्यसकाे कथा सुनाउन लागेका छैनौँ, केवल यो स्तम्भको आवश्यकता किन पर्\u200dयो त्यसको थोरै स्पष्टीकरण दिने प्रयास गर्दैछौँ । साहित्यपोस्ट सुरु हुनेबित्तिकै हामीलाई दैनिक सयौं रचनाहरु प्राप्त हुन थाले । तीमध्ये क...
संघर्षको साहित्य संघर्षः हजुरआमाका कथादेखि आफ्नै साकुरासम्म: प्रत्येक साँझ हजुरआमाको मुखबाट कथा नसुनी निद्रै पर्दैनथ्यो । उहाँले सुनाउने कथाहरू कि त राजकुमारीका कथा\\परिकथाहरू हुन्थे कि त भूत, प्रेत र किच्कन्याका । तीन सन्तानकी आमा पच्चीस वर्षे उमेरमै विधुवा भएकी हजुरआमाको पनि आफ्नै कथा छ । ढिलोचाँडो उहाँको कथा पनि लेख...
योगमाया : धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता: उपन्यासको सारांश माया बुहार्तन सहन नसकेपछि विवाह गरेको घरबाट रातिमा भागेर माइत आउँछिन् । माइतमा पनि सजिलै उनलाई बस्न दिइँदैन । घरमै फर्काउने प्रयास भैरहँदा संघार नाघेकी बुहारीको चरित्र माथि प्रश्न उठाएर घरमा फर्कन दिँदैनन् । पछि रोजगारीकै लोभमा आसाम पुग्छिन् । साथ लागेर ग...
तिम्रो नाम: स्कूलका दिनहरू याद आउँछन् । बेन्चमा डटपेनले गाढा बनाएर लेख्ने गर्थें आफ्नो नाम । कक्षाका भित्ताहरूमा पेन्सिलले रगडेर लेख्ने गर्थें आफ्नो नाम । अचम्मको बेला थियो त्यो, जताततै आफ्नो नाम लेख्ने रहर । कापीका शुरुका पानाहरूमा । किताबका अन्तिम पानाहरूमा । नोटबुकका जिल्दाहरूमा । कार्डबोर्डका चेप्नेमुन्तिर । हातको ...
यात्राको स्मृति: पञ्चासे डाँडोबाट फर्केर पोखराको होटल रोमान्टिका आइपुग्नेबित्तिकै ह्वाट्सएपमा मित्र कमल पन्थीको मेसेज देखेँ । “तीन दिनको ट्रेकिङ गर्ने इच्छा सवार भइरहेको छ मेरो दिमागमा । कुन होला सजिलो र छोटो ?” बेल्जियममा बस्ने उनी यो पालिको दशैँ र तिहारको बीचमा नेपाल आउँदै थिए । “पञ्चासे ट्रेक गर्ने कि ? तपाईंले खोजे...
नवपुस्ता: कसैलाई स्टुडियोको चिन्ता, कसैलाई अद्भूत कविताको प्रतीक्षा: देशको भविष्य धेरैहदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । देश दुई महिनाभन्दा लामो समयदेखि लकडाउन (बन्दाबन्दी) छ । बन्दाबन्दीका कारण सबै आफ्नै घरमा थुनिएका छन् । कोरोना स...
माफ गरिदेऊ बुद्ध: मलाई माफ गरिदेऊ बुद्ध आज पनि म तिमीलाई नै सम्झिरहेछु मैले सकिनँ कोही अर्को बुद्ध जन्माउन जो तिमीलाइ बिर्सन सकुँ एक लामो शताब्दीदेखि तिम्रै रटान लगाएर बसेको छु । सायद तिमीले भनेका कुरा मैले बुझेको भए आज यो पृथ्वीको आँगनमा करोडौं बुद्धहरू नाचिरहेका हुन्थे होला प्रेमले , आनन्दले, शून्यतामा मग्न भएर शान्त...
कमलको गजल: कि सरकार मा हुनुपर्यो, कि सरकारी जगिरे नत्र जीवन अभावमा हुन्छ नेपालमा ।। लुट्न पनि नजान्ने, ढाट्न पनि नजान्ने सोझा साझालाई कसले सुन्छ नेपालमा ।। धन भन्दा विद्या ठूलो, यो त भन्ने कुरा न हो भ्रष्ट लुटेरा छाडी अरूलाई,कस्ले चुन्छ नेपालमा ।। धमिलो पानीमा माछा मार्ने, बानी परेका धेरै छन् जसरी पनि कमाउने धून छ नेपा...
मूर्ख तिमी: उसले तिमीलाई किनेर शक्तिमा पुगेको छ त्यसैले उसले तिमीलाई प्रयोग गरिरहन्छ। तिमीले कहिले पनि आत्मनिर्भर हुने प्रयास नै गरेनौ त्यसैले उसले तिमीलाई प्रयोग गरिरहन्छ। प्रक्रिया विपरीत तिमी आफ्नो या आफन्तको सरुवा या बढुवा गर्न निर्लज्ज उसको पछि लागिरह्यौ लाज पचाएर तिमी छोटो बाटोबाट धनी हुने उपायको लागि तल्लिन रह्य...
कोरोनाको पराजय: लक डाउन — लकडाउन — लक डाउन सबैतिर छ लकडाउन । पसल, गाडी, स्कुल, कलेज, कलकारखाना सबै सटडाउन छ । कसरी आयो यत्रो हाहाकार मच्याउने आँधीबेरी ! धेरैजसो मानिसहरू घरभित्र बन्दी हुन बाध्य छन् । घर नहुनेहरू वा अस्थायी जागिर हुनेहरू आफ्नो घर फर्कन सडकमा लामबद्ध भएर भोकै र प्यासै हिँडिरहेका छन् । कोरोना कहर जताततै छ...
डायरीको पानाबाट: (म डायरीको पानाबाट- रोचक प्रसंग सहितको लघु संस्मरण प्रकाशित गर्ने तर्खरमा छु । अहिलेसम्म यस्ता लघु संस्मरण १३० वटा जति भइसके। अझ थपिदैछन्। एउटा आज यहाँ प्रस्तुत गरेको छु ।) विक्रम संवत २०५२-५३ सालको कुरा हो। वीरेन्द्र महुमुखी क्याम्पसमा प्रतेक वर्ष हामी अंग्रेजीको कुनै न कुनै नाटक मन्चन गर्थ्यौं । केन्...
भाइरस चलेको छ: जस्तो दुनियाँमा कोरोना भाइरस चलेको छ। त्यस्तै कयौं को जिन्दगिमा सकस चलेको छ। भोको मजदुर हिँडेरै नारायणी तरिसक्यो रे, सदनमा राहत सम्बन्धमा बहस चलेको छ। गाउँबाट आमा बितेको खबर आयो सरकार, क्यारी घर जाऊँ न रिक्सा न त बस चलेको छ। कैदी झैँ हप्तौँ महिनौँ भित्रै थुनिदा भन्नुहोस्, साथी त्यता के हुँदैछ यता खुन्नस ...
जिन्दगी: जिन्दगी ! तँ मेरै होस्, मैले जिउनु छ तँलाई आँसु ! तँ मेरै होस्, मैले पिउनु छ तँलाई के छ र दुख्ख सिवाए यहाँ भोग्ने कुरा अरु देखिन दर्द सिवाय यहाँ लेखिने कुरा अरु दुःख ! तँ मेरै होस् मैले भोग्नु नै छ तँलाई आँसु ! त मेरै होस मैले पिउनु छ तँलाई छ उज्यालो भन्नु यो एक सपना मात्र हो सम्पूर्ण मेरो भन्छौ जिन्दगी भ्रम म...