text
stringlengths
146
47.7k
एक कविको कथा: रेल: जब तिमीले हामी दुइटा रेलका डिब्बाजस्ता हौँ भन्यौ, म ज्यादै प्रफुल्लित भएँ । त्यसोभए हामी अवश्य पनि एकअर्कासँगै हुन गइरहेका छौँ । मैले तिमीलाई प्रसन्नतापूर्वक भनेँ । तिमी त्यस क्षण आतङ्कित देखियौ । तिमीले मलाई हेर्यौ मानौँ मैले केही भयानक कुरा भनेकी थिएँ । तिम्रो आश्चर्यले भरिएका ठूला आँखा सुख्खा नरिव...
काठमाडौँ खाल्डोमा हराएका हामी बर्मेली: हामी काठमाडौँमा छौँ । हर्ष र विस्मृतिलाई थन्क्याएपछि, थकाइका उकाली र ओरालीलाई पछाडि नै छाडेपछि अनुहारमा एउटै रङ पोतियो, त्यो हो आनन्दताको सङ्लो रङ । हामीसँग एउटै भाव उत्पन्न भइरहेको देखिन्थ्यो, नेपाल आमाको काखमा छौँ भन्ने भावना । जतिसुकै अस्वीकार गरे पनि हामीलाई बर्मापछि माया लाग्...
मदन पुरस्कार बिजेता रामलालको नयाँ कथा: अस्तित्वको खोजी: बा रको चौथो तला उक्लिन थाल्दा उसको सास फुलेर घाँटी स्याँस्याँ हुन थाल्यो । एकपल्ट घुँडामा हात टेकी र टक्क अडिई । नाताकतले गलेकी जस्ती । मैले सोचेँ – बिरामी रैछे । हेल्प गर्दिऊँ । पाखुरा समातेर खुरकुट्टी उकाली दिएँ । ऊ फनक्क फर्केर हाँसी – “के चाइयो साहेब ?” हाँस्द...
बुद्धिसागर हुनुअघिका मेरा कथा: घरमा एउटा मात्र रेडियो थियो । बा राति पौने नौ बजेको बीबीसी नेपाली सेवा सुनेपछि मात्रै निदाउनुहुन्थ्यो । त्यसैले रेडियो राति बाकै सिरानीमा हुन्थ्यो । म बा-आमाको ओछ्यानछेउमा ठडिएको ठूलो आलमारीपछाडि सुत्थेँ । घरका सबैमा चाँडै सुतेर चाँडै उठ्ने बानी थियो । म भने राति ढिला सुत्थेँ र ढिला उठ्थे...
गुच्चेबाजका पृथ्वीजस्ता गुच्चाहरू: चर्चित खेलाडीका अजीवोगरिब स्वभाव हुन्छन् । मेरो स्वभाव पनि कुनै समय अजीवोगरिब थियो । हो , म पनि चर्चित गुच्चेबाज थिएँ । “मैले गुच्चामा जति अभ्यास र साधना गरेँ, त्यति क्रिकेटमा गरेको भए ! सन्दीपजस्तै बन्न नसके पनि देशको टीममा त म पनि हुन्थे हुलाँ ।”, गुच्चालाई लिएर यो र यस्ता कुरो पटक ...
ढाडे निउरो: बाहिर झमझम पानी परिरहेको छ । आफूलाई भने के गरौँ र कसो गरौँ भा’को छ । बाहिर निस्कन पनि नमिल्ने, फेरि आफूलाई ट्वांरट्वांरेले समातेको छ । बाहिर गा’को बेला आइहाल्यो भने कसको घरमा जानू ? नचिनेकाकोमा गयो भने त मार्लान् नि ! नेपाल जस्तो हो र ? पसलतिर व्यवस्था भइहाल्छ भनेर जाउँ भने पनि कोरोना धिपतिको आदेशले ट्वाइले...
गाईजात्रामा लेखको प्रस्तुति: सफल भए समृद्ध देश अभियानको यात्रा बन्द हुन्थ्यो सायद वर्षैपिच्छे आउने जात्रा ।। देश हाँक्नेलाई यति धेरै घोच्नु पर्दैनथ्यो देशको हालत बारे यति सोच्नु पर्दैनथ्यो ।। भन्नलाई त भन्छ सरकार उत्रिराछौं खह्रो आगोसरी फैलिरा’छ भ्रष्टाचारको जरो ।। कोरोनामा जोगिन त बेसारपानी खाने भोको भुँडी जोगाउन भन्न...
भन्न बाँकी कथा: ‘हुर्रे ! म राजा ।’ हातमा एक–एक मुठी निगुरो बोकेका तीन–चार जना केटामध्ये एउटाले हात माथि उठाउँदै घोषणा गर्यो । ‘कसरी ?’ बाँकीले उसलाई राजा मान्ने कि नमान्ने दोधार बोकेर उसको दाबीको कारण जान्न चाहे । ‘यो निगुरो मैले सबैभन्दा अग्लो भीरबाट टिपेर ल्याएको हुँ, त्यसैले म राजा,’ उसले भन्यो । ‘त्यसो भए मैले यो ...
विद्यार्थीको कथाः त्यो मृत्युुको मुख: कथाकारः बिबेक निशानी बिनिशा अहिले कक्षा १२ मा पढ्छिन् । उनी साह्रै मिहेनती र सहयोगी छिन् । उनी ठूलालाई आदर र सानालाई माया गर्छिन् । एकदिन कक्षामा शिक्षकले ‘आफ्नो जीवनको बिर्सन नसक्ने घटना’ सुनाउने कुरा भयो । एकएक गर्दै सबैले भन्दै गए । बिनिशाको पालो आयो अगाडि गएर भन्न थालिन, ‘सबैको...
छिरिङको गजल: छिरिङ शेर्पा अविरल मालिकले दासलाई वास्ता गर्दैनन् अचेल मलामीले लासलाई वास्ता गर्दैनन् अचेल के हुँदैछ हाम्रो देशमा अहिले यो सरकार ! गाँस बाँस कपासलाई वास्ता गर्दैनन् अचेल नहुनेहरु त नहुने नै भए के दिन सकिन्छ र ? थन्किएको रासलाई वास्ता गर्दैनन् अचेल ! कृत्रिम रङहरुमा खुशी लेख्न बानी परेकाले फूलको सुवासलाई वा...
Love & Hope: I know loss Because I have felt love and hope I know sadness Because I have understood happiness. The blue skies turned to grey No more stories, you’ve gone away But memories will never fade Like a light that guides me Your love, your beauty Will always find me. As from that day the struggles that we face ...
पापी: देबुका घरमा भीडभाड छ । देबु गाउँनेता हुन् । सबैले मान्छन् । गाउँका सानातिना मनमुटाब धोइपखाली गर्ने ठाउँको उपमा पाएको छ देबुका घरले । “अन्याय भयो न्याय पाऊँ,” बुधेले सन्नाटा भङ्ग गर्\u200dयो । “यथार्थ के हो भन्,” देबुले भने । “छोरीलाई दुई जीउकी पारियो । हामीलाई जिउँदै मारियो । अपराध गर्ने रमजान भागेको छ ।” “भन्दैम...
शुभकामनाभित्रको भाषिक कुरूपता: उठान शुभेच्छा राख्नु वा भलाइको चाहना राख्नुलाई हामीले शुभकामना भनेर बुझ्दै आएका छौँ । शुभकामना राख्दा हाम्रा सबै अशुभ विचारहरू हट्छन् र हामीमा राम्रा विचारहरूको उदय हुन्छ भन्ने अपेक्षा राखिन्छ । आफ्ना मान्यजनबाट आशीर्वाद स्वरूप ग्रहण गर्ने शुभेच्छालाई मात्र होइन आफ्ना समकक्षी र आफूले स्ने...
पेन्डाेराकाे जस्तो बाकस: एकदिन पेन्डोरालाई स्वर्गका देवता ज्युसले एउटा सुन्दर बाकस दिए र ‘यसलाई नखोल्नू’ भने । सुन्दर आकर्षक बाकस बोकेर पेन्डोरा धर्तीमा आई । धर्तीबासीहरूले पेन्डोराको बाकस देखे । त्यो बाकस अत्यन्त सुन्दर थियो । त्यस समयदेखि धर्तीमा बाकसको महत्त्व बढ्दै गएको थियो रे ! मलाई पनि एउटा बाकसको रहर लाग्न थाले...
राजकुमार बानियाँ अब साहित्यपोस्टमा: साहित्यपोस्ट लामो समय नेपाली साहित्यमा बिताएका चर्चित साहित्यिक पत्रकार तथा समालोचक राजकुमार बानियाँ साहित्यपोस्ट सँग आबद्ध भएका छन् । बानियाँले हरेक बुधबार सेरोफेरो स्तम्भअन्तर्गत् नेपाली साहित्य क्षेत्रको खोजतलास गर्ने छन् । २३ वर्षदेखि पत्रकारितामा संलग्न बानियाँले केही वर्ष नयाँ ...
शिखाका चार पुस्तक बजारमा: साहित्यपोस्ट चार महिना लामो लकडाउनबाट पुस्तक बजार सहज बन्दै गरेको अवस्थामा शिखा बुक्सले चारवटा पुस्तक बजारमा ल्याएको छ । केही नयाँ पुस्तक तथा केही पुस्तकका नयाँ संस्करण शिखाले बजारमा ल्याएको हो । “हामीले दलिपकुमार मल्लको कथासंग्रह ‘कलावती’, नरबहादुर वि.सी.को खोज–अनुसन्धानात्मक कृति ‘मान्छे टोक...
मदन पुरस्कारले निकाल्यो सूची: साहित्यपाेस्ट मदन पुरस्कार गुठीले यस वर्षको पुरस्कारका लागि चुनिएका पुस्तकहरूको सूची सार्वजनिक गरेको छ । २०७६ सालमा प्रकाशित पुस्तकहरूमध्ये १५१ वटा पुस्तक गुठीमा प्राप्त भएमध्येबाट यी पुस्तक छनोट गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले बताएका छन् । विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको ...
तीजको रहर र विवादको लहर: हरेकजसो तीजतिर कुनै न कुनै विवाद आइलाग्छ । कुनै नौलो कुरामा बहस हुनु, आफ्नो विचार राख्नु राम्रो कुरो हो । तर नयाँ कुरालाई खाली नकारात्मक रूपमा मात्र लिएर बहसमा हावी हुनु पक्कै राम्रो कुरो होइनजस्तो मलाई लाग्छ । मलाई २००८ सालतिर कोमल वलीले गाउनुभएको “पोइल जान पाम” गीत ले उठाएको विवादको सम्झना छ ...
यात्रा संस्मरण: शिरमा इन्द्रकिल र हत्केलामा कुहिरो: नेपालको पूर्वीद्वार, भारतसँगको एउटा भौगोलिक सीमानाको आधार, हामी मेची नदी तरेर पानीटङ्की पुग्यौँ । पिजुमा सिक्किमसम्मको पूर्जी लिएर सिलिगुडी हुँदै हिमालयका हरिया पर्वत शृङ्खलाहरूका बीचमा रहेको कालोपत्रे नागबेलीहरूमा उफ्रिँदै र हल्लिँदै टिस्टाको तिरैतिर लाग्यौँ । टिस्टा...
अमृता प्रीतम र उनको कविता: अमृता प्रीतम पञ्जाबीको सबैभन्दा लोकप्रिय लेखकहरू मध्ये एक थिइन् । पञ्जाबको गुजरावाला जिल्लामा जन्मेकी अमृता प्रितमलाई पञ्जाबी भाषाको पहिलो कवियत्री मानिन्छ । उनले लगभग १०० पुस्तकहरू लेखेकी छिन् जसमा उनको चर्चित आत्मकथा ‘रसीदी टिकट’ पनि समावेश रहेको छ । अमृता प्रितम त्यो साहित्यकाहरू मध्ये थिइ...
कवितालाई नयाँ ढंगले कसरी लेख्न सकिन्छ भनेर सोच्ने कवि: प्रज्वल अधिकारी आजको शृङ्खलामा हामीले कवि मोहित जोशीको कवितामाथि कवि प्रज्वल अधिकारीको दृष्टि लिएर उपस्थित भएका छौँ । प्रस्तुत छ शृङ्खला – कविताको क्षेत्रमा एकदमै लगनशील भएर कवितासँग नै उठबस गर्न मन पराउने र कविताका विभिन्न प्रतियोगितामा भाग लिँदै, आफँैले प्रतियोगि...
ह्याप्पी होम: शिबु ढकाल “हेलो…।” “दर्शन बुबा ! म माइकल अमेरिकाबाट ।” “आशीर्वाद छ, बाबु । सन्चै छौ तिमीहरू त्यहाँ ? मेरो बुलेट नातिले के गर्दैछ ?” “हामी सबै आराम छौँ । बुलेटले धेरै मिस् गर्छ तपाईंलाई । बुहारी सुजीले पनि मिस् गर्छे । आमासित भोलि भिडियो कलमा कुरा गर्छु है !” “हुन्छ बाबु ।” “बुबा सुन्नुस् न, अब पोखरामा एउट...
१०० वर्ष अगाडिका युद्धबन्दी गोर्खालीका लोकगाथा प्रकाशन हुँदै: अलका आत्रेय चूडाल काठमाडौँ/नेपाल प्रज्ञा–प्रतिष्ठानले आजभन्दा एक सय वर्षअगाडि प्रथम विश्वयुद्धमा जर्मनी पुगेर युद्धबन्दी भएका गोर्खाली सेनाहरूबाट रेकर्ड गरिएका लोकसामग्रीहरू सङ्कलन गरी प्रकाशन गर्ने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लो...
सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्...
साहित्यपोस्ट: पोस्टरकविता अभियान: साहित्यमा कविता विधामा कलम चलाउनेहरू अन्य विधामा भन्दा बढी देखिन्छ । कविता धेरै लेखिन्छ तर कम पढिन्छ । पाठकहरू साहित्यिक सृजना छनौट गरेर पढ़ने कुरामा अहिले सचेत बनेका छन् । पोस्टर कविता एकै पल्टमा सरर पढ़ेपछि र कवितासँग टाँसिएको पोस्टर चित्रले पाठकको ध्यानाकर्षण गर्न सक्ने कुरामा विश्व...
“यदि” मा अल्झिएका नवराजः उत्तरमा सगरमाथाको गहिराइ: “कविले मानिसलाई कसरी चिन्छन् ? कवि भनेर भन्दा मान्छेको मस्तिष्कमा कस्तो आकृति बन्छ ? कविले के गर्न सक्छ ? कविले कति गर्न सक्छ ?”, प्रश्न सामान्य नै हुन् तर जवाफ मुस्किल छ । नेपाली कविता समाजको फेरो समाएर नेपाली कविलाई सम्झने हो भने एक कविको आकृति हाम्रो मस्तिष्कले अकै ...
बाआमाः घर कि वृद्धाश्रम !: लाखौँका इट्टा, बालुवा र सिमेन्टबाट उभिएको भित्ता रङ्गीन थियो, पोतिएका महङ्गा रङहरूले । तर त्यही भित्तामा टाँसिएको फोटोमा कुनै रङ थिएन । सादा थियो । धुलाम्य थियो । जति महत्त्व ती निर्जीव भित्ताले बोकेका छन् त्यति महत्त्व त त्यो फोटोले पनि बोकेको नहुँदो हो ! एक मात्र उदेश्य थियो त्यो तस्बिरको त...
नारायणप्रसादका तीन मुक्तक: १. सिद्धान्तको हुन्न कैले राजनीति यहाँ कतै आशैआशा गराउने विषाक्त भो जताततै । पानी जति पोखे पनि बालुवामा सोसिदिने मागी खाने भाडो भयो राजनीति पेवाजस्तै ।। २. रोएका छन् जनता ती भोक प्यास भनीभनी आफ्नो माटो मलिलो भै बाली हुन्छ कैले भनी । बोलेका छन् जताततै हार गुहार भनेर नै शान्तिकामी जनता ती रोई म...
उच्छ्वास: विसर्जनको प्रतीक्षामा तड्पिरहेछ तेरो आफ्नै अनुहार जीर्ण शिर्ण रुग्ण पुरानो घरको पर्खालझैं चर्किरहेछ अट्टाहासले निष्प्राण देहझैं लमतन्न छ बर्बराउँछ अचेतनमा फैलाउँछ हातहरू लर्बरिदै बोल्छ जिब्रो यही घडी होस् आखिरी घडी जीवन वरदान मागेको छ र ? यहाँ मर्ने श्राप सम्म छैन । युगयुगान्तर हिँडेथ्यो तेरै छाया भै तेरै मूर...
बिर्खे: सहरको रोड म्याप: समय लगभग झिसमिसे एउटा ओरालो बाटो डुब्दै गरेको घाम, पहँेलिएको निलो आकाश चिसो चिसो हावा सन्ध्या कोलाज एउटा मान्छे हुत्तिएर उकालो चड्दै थियो नियालेर हेरे चिनिन पछि लाग्यो सबै मान्छे बिर्खे नै त हुन्छ निर्धक बोलाएँ ए बिर्खे कहाँ हिँडिस् ? ऊ टक्क अडियो मानौ ऊ कुनै अन्तर आवास खोजिरहेछ मेरो जवाफहरू एक...
पुष्करका तीन मुक्तकहरू: १. सिकिन्छ अनुभवले र केही जमानाले पनि सिकाउँछन् बाजेबजै यी बुवाआमाले पनि जालिम छ दुनियाँ बुन्छ जालो माकुरीझैं सबै उदाङ्ग छ, छोपिन्न कुनै बहानाले पनि । २. बारम्बार काँधको बन्दुक देखाएर नथर्काऊ ! बाजेको तमसुक देखाएर किन गर्भमै ऋण बोकाउँछौ सरकार ? कोमामा देश राखी ढुकढुक देखाएर ! ३. आफ्नो आयु सन्तान...
उपाध्यायले ल्याए कबाल्स एन्ड कार्टेल्स: पत्रकार, लेखक एवम् विश्व बैंकमा लामो समय काम गरेका राजीव उपाध्यायको अर्थराजनीतिक पुस्तक कबाल्स एन्ड कार्टेल्स सार्वजनिक भएको छ । बिहीबार आयोजित एक समारोहमा अर्थशास्त्री विश्व पौडेल, वुमेन लिडकी कार्यकारी निर्देशक हिमा विष्ट, पत्रकार किशोर नेपाल र लेखक उपाध्यायले पुस्तक लोकार्पण ग...
नयाँ नियमसहित पुनः सुरू भयो मुक्तक प्रतियोगिताको चौथो चरण: सुरू भयो मुक्तक प्रतियोगिता: साहित्यपोस्ट विद्युतीय पत्रिका ह्याक भएपछि रोकिएका प्रतियोगिताहरू पुनः सुरू भएका छन् । फोटो कविता प्रतियोगिताबाट यसको प्रारम्भ भएकोमा दोस्रो प्रतियोगितास्वरूप चौथो चरणको मुक्तक आव्हान गरिएको साहित्यपोस्टले जनाएको छ । साहित्यमा रुचि ...
कोही आफैँभित्र जाने बाटो खोज्दै, कोही हजुरामाका कहानीमा खित्का छोडेर हाँस्दै: देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । यस्तोबेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू...
मन छ: डम्बर बिकेल दामी हुन मन छ मलाई नामी हुन मन छ मुटु साटी तिमीसँगै बदनामी हुन मन छ मात लागोस् तिमीलाई बात लागोस् अनि दुनियाँ छाडी तिम्रै मायामा हरामी हुन मन छ चाहे प्रेमभोगी बन चाहे प्रेमरोगी बन संसारै भुली तिम्रै मायामा बिरामी हुन मन छ #डम्बर बिकेल
न्याय: प्रवीण भट्ट श्रीमान्! सम्पूर्ण गवाह र सबुत प्रमाणलाई साँची राखी प्रतिवादी ‘क’ ले सफाई पाउनुपर्छ। प्रतिवादी ‘क’ हत्या! बलात्कार! लुटपाट! श्रीमान्! प्रतिवादी ‘क’ ले कुनै छुटकारा पाउनु हुँदैन, समाज ‘क’ देखि डराएको छ समाज ‘क’ लाई स्वीकार्न सक्दैन यी प्रतिवादी समाजको रोग हुन। श्रीमान्! कलिलै उमेरमा बिटुलिएकी मेरी बैन...
शताब्दी पुरुष जोशी निवासमा कृति विमोचन: साहित्यपोस्ट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नै निवास ललितपुरमा दुई पुस्तक विमोचन गरेका छन् । उनले साहित्यकार तथा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तका दुई कृति ‘ जयपुरदेखि पुरीसम्म ‘ (नियात्रासङ्ग्रह) र ‘ पुर्खाको बाटो ‘ (नियात्रोपन्यास) विमोचन गरेका हुन् ...
सेता दिनहरू: दूर क्षितिजबाट सर्दै सर्दै एकनाश चलिरहेको जिन्दगी तर्साउन हाम्रो जस्तै थुप्रै सपनाहरू भत्काउन खुला आकाशमुनिको घरमा निर्भीक पस्छ सेता दिनहरू । हामी बार्न चाहान्छौँ यताउता चारैतिर बैंसले उन्मुक्त साढेहरू जुद्छन निर्बाङ्ग बारहरू भत्काउँछ छिर्छ अनि आगोको राप जस्तै ज्वरो फुटाउँछ स्वास बन्द गराउँछ ढलाउँछ र खेलाउ...
‘प्रेक्षित’ का चार पुस्तक बजारमा: साहित्यपोस्ट प्रध्यापक जगत् उपाध्याय ‘प्रेक्षित’ का चार पुस्तक बजारमा आएका छन् । उपाध्यायका म, माटो र मुटुु, काव्य परिशीलन, आरम्भ र आलोचनात्मक भूूमिकाहरुगरी चार पुस्तक बजारमा आएका हुन् । म, मुटु र माटो कवितासंग्रह हो । यसमा भएका कविताहरुमा देशभक्ति, माटोप्रतिको माया र समसामयिक, सामाजिक...
एसिडको सिड: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे । याे सामग...
बुद्ध ! तिमी यता फर्किदेऊ: देशमा आक्रान्त छ अशान्ति फैलिदै छ हत्या, हिंसाको जोड घटाउ चलिरहेकै बेला धनी, गरिबको दूरी बढेको बेला तछाड मछाडको होड चलेको समय, ए ! बुद्ध तिमी किन घरी यता घरी उता फर्कन्छौ । विन्ती छ बुद्ध तिमी यता फर्किदेऊ । न्यायको तराजु पनि भाँचियो शक्तिको लागि चाकडी बढ्दै गर्दा गरिबको महल कता हरायो कता दिन...
मार्गदर्शन: उम्रन्न टुसा कुनै पनि, नरोपी बीउ खाली जमिनमा पलाउन्न मूना त्यसै, नभिजाई सुख्खा जर्जर भूमिमा हुर्कन्न बिरुवा पनि कसै, मल नमिलाई कन मट्टिमा फस्टाउन्न माटो बिना, रोपे बिरुवा पनि यो धरतीमा । नमौलाइकन मुना त्यसै, लाग्दैन कोपिला टुसामा नलागि कोपिला पनि, फूल्दैन फूल सुन्दर बृक्षमा घुम्दैन भमरा वरिपरी त्यसै, नभए सु...
विमान मोह: आकाशमा तन र धरतीमा मन राखेर खाने जागिर मलाई औधी मन पथ्र्यो । हुन त आजकाल पनि मन पर्छ । तर म अब त्यो जागिर खाने ल्याकत राख्न सक्दिनँ । यो संसारमा रहर बोकेकाहरू र रहर पूरा नभएकाहरू सँगै बाँच्छन् । बाँच्नलाई रहर चाहिन्छ । यदि रहर पूरा भएन भने मान्छे कुन रहर बोकेर भोलिलाई बाँच्छ ? एक समय थियो । आकाशमा उडेको विमा...
गोपालका तीन मुक्तकहरू: १. एकदिन होइन देशमा लाग्छ सधैँ गाईजात्रा छ शान्ति , न्याय तर्सी भाग्छ सधै गाईजात्रा छ छिमेकीलाई पर्दा साथ सहयोग गरेकै हो औंला दिदा हातै माग्छ सधै गाईजात्रा छ ।। २. लकडाउनले कयौलाई माग्ने बनायो थपिइरह्यो घरै बस्दा थाङ्ने बनायो ।। आत्महत्या समस्याको समाधान त हैन तनावले जीवनबाटै भाग्ने बनायो ।। ३. क...
रमेशको गजल: के भनूँ जिन्दगी बडो मुस्किल छ, मुटुमै गडेको अनौठो एक खिल छ । केवल मान्छे भेटिन्न यो सहरमा, सिनो कुर्दै बस्ने त्यही यौटा चिल छ । उज्यालो अँध्यारो दुबै दर्द दिन्छन्, अकालमै मरेको शिशुको दिल छ। पुरै बस्ती रित्तो भएको छ अहिले, विकासको कस्तो खाले मञ्जिल छ ? शान्ति मात्रै जप्छौ तिमी जता गए नि, तिमीसँग नयाँ के कुन...
मौलिक बाजाको पाठ्यसामग्री तयार: अशोक राई काठमाडौँ/नेपालमा परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी अहिलेसम्म कुनै आधिकारिक पाठ्यसामग्री तयार हुन सकेका थिएनन् । अब भने यस्तो पाठ्यसामग्री तयार हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले मौलिक बाजासम्बन्धी यस्तो पाठ्य पुस्तक तयार पार्ने भएको हो । न...
क्वारेन्टिनबाट पहिरैपहिरोबीचको कष्टकर यात्राको स्मरण: लामो यात्रामा रमाउने, प्रकृतिको काखमा निदाउन खोज्ने लाखौँको भीडमा म पनि एक पात्र हुँ । पेशाले शिक्षक भएको हुनाले लक डाउन खुलेलगतै शिक्षा मन्त्रालयको विद्यालयका शिक्षकहरू अनिवार्य उपस्थित हुने निर्देशनबमोजिम जानुपर्ने भयो । म काठमाण्डौमा दिदीको घरमा अडकिएकी थिएँ । चै...
साथीहरू, गफ कार्यान्वयन गर्ने हैन ?: सुरु पो कहाँबाट पो गरौँ ! साथीहरू हुन् भनेर जहाँबाट जसरी पनि सुरु गरेर भएन ! उनीहरूलाई पहिले जस्तो व्यवहार गर्न पनि त मिलेन ! पहिले पो कलेजको प्राङ्गणमा भेट्दा पछाडिबाट गएर पहिले ढाडमा धाप मारेर तर्साइन्थ्यो र पछि मात्रै हात मिलाउने, अंगालो मार्ने गरिन्थ्यो । तर समय बद्लियो । अब त ढ...
धुँवा धुलो त के कुरा: डा. वीरेन्द्र केसी धुवाँ धुलो त के कुरा, गोली बारुद चले पनि । मलाई मेरै नेपाल प्यारो, रोग र भोकले ढले पनि ।। नसामा नदी कोशी र काली, जन्मेको माटो मुटुमा सधैँ । सधैँ धरहरा शिरमा मेरो, दरबार त्यो नौ तले पनि ।। खुसी खोज्ने लहरमा पर, ओसियान युरोप पुगे पनि । मन भन्छ बेस जन्मेकै देश, निधारमा भाविले छले प...
तक्दिरको भकुण्डो: अभावले हानेको ऋणको भकुन्डो आज हवाई मैदानमा तैनाथ खाडीमा गोल हुँदैछ सुन्दर सपनाहरूले लपेटिएको गह्रुँगो ऋणको भारीको सकस बोकेर खाडीको घाममा चर्किएको छ, त्यो पर्देश थोपाथोपा रिमिट्यान्स तुप्लुक तुप्लुक खसेका छन् चिउँडाबाट समृध्दिको बिकुलभरि देश गुन्जेको छ चिल्ला गाडी र सुकिला कोटहरूमा शृङ्गारिएका छन् नेता...
धर्म: निरञ्जन भट्टराई सबेरै, धर्म गर्ने निहुँमा एक जोर हात सल्बलाउँछन् मेरो फूलबारीमा निमोठ्छन् ती निर्दयी हातले मेरा सुन्दर, सुगन्धित सयपत्री फक्रक्क फुलेका गुलाब झुकेर नमस्कार टक्र्याइरहेका लालुपाते उसलाई मेरा फूलमा, फूलको सुन्दरता, सुगन्धमा कुनै चासो छैन मात्र मतलब छ त धर्मको कुँदिएको ढुङ्गामा मेरा ती अबोध फूल चढाई ...
डिरामका दृष्यचित्रहरू: वरिष्ठ कलाकार डिराम पाल्पालीलाई नेपाली ललितकला क्षेत्रमा नचिन्ने शायद कमै होलान्। ५१ वर्षअघि पाल्पामा जन्मिनुभएका डिरामको कलाकारिताको चर्चा जति गरे पनि कम नै हुन्छ । विभिन्न मिडियाहरूमा छाइरहने डिराम ललितकला क्षेत्रका सशक्त हस्ताक्षर भएको हुनाले उनका बारे चर्चा गरिरहन उति आवश्यक पनि देखिँदैन। लाम...
वी.पी. साहित्य सम्मान नेपाल र सेनानी सम्मान दाहाललाई: साहित्यपोस्ट जननायक वी.पी. कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष वी.पी. जयन्तीका अवसरमा दिँदै आएको वी.पी. साहित्य सम्मान प्रदान गर्ने भएको छ । एक लाख एक हजारको यस वर्षको वी.पी. साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणी नेपाललाई र एकाउन्न हजार ...
जिज्ञासा बढाउने, सिर्जनशीलता हुर्काउने आवरण: नेपालमा बालबालिकाका लागि लक्षित पुस्तकको प्रकाशन दिनानुदिन बढिरहेको छ । आवश्यकताअनुसारका पुस्तक खोज्ने हो भने भेट्न सकिन्छ । तर विभिन्न कारणाले स्तरीय पुस्तकहरूको प्रकाशन भने हुन सकेको छैन । नेपाली बालबालिकालाई त्यस्ता पुस्तकको आवश्यकता छ, जसले उनीहरूलाई थप पुस्तक पढ्न हौसला...
नाटक यात्राः मर्नु छ एक दिन, सधैं बाँचिरहने को छ ?: ‘जल्नेको मन जलिरहन्छ ६७१ चलिरहन्छ ।’ नाटक यात्रामा मोरङको उर्लाबारी कट्ने बित्तिकै ६७१ नम्बरको एउटा सार्वजानिक गाडीको पछाडि टल्कियो माथिको कोटेशन । लामो यात्रामा सवारी साधनमा लेखिएका यस्ता यात्रा साहित्यका कोटेशनहरू मात्र पछ्याउन सके पनि जीवनका केही पाटाहरूका गहिराइला...
संसारका अद्भूत चित्रकला ३: शनिबार हामीले कलाका विविध आयामहरू पस्किरहेका छौँ । तीन सातायता हामीले संसारका प्रसिद्ध पेन्टिङ, आर्टबारे हरेक शनिबार जानकारी गराइरहेका छौँ । विभिन्न पुस्तकहरूमा आधारित रहेर संसारकै प्रख्यात कलाहरूबारे जानकारी दिने हाम्रो उद्देश्य हो । यस सन्दर्भमा ऐतिहासिक कालक्रम अनुसारका भव्यतम कलाकृतिहरूला...
स्कुले विद्यार्थीले कविता पढ्न नपर्ने !: कोरोनाभाइरसका कारण संसारभरिका विद्यालय बन्द छन् । ६ महिनाभन्दा बढी समय स्कुले पढाइ बन्द भएपछि बेलायती सरकारी विद्यालयका विद्यार्थीले कविता विधा नपढे पनि हुने निर्णय शिक्षा मन्त्रालयले गरेपछि त्यसले तीव्र प्रतिक्रिया जन्माएको छ । विद्यालयले पढाउने पाठहरूमध्ये विद्यार्थीले नचाहेको...
कवि मोहन कोइराला: कारिन्दादेखि कुलपतिसम्म: नेपाली आधुनिक कविताका खम्बा मानिनुहुने, कतिपयले नेपाली टिएस इलियटका उपाधि दिइएका कवि मोहन कोइराला पञ्चायतकालमा राजा महेन्द्रले यातायात संस्थानको कारिन्दा हुँदा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा भित्र्याए, बहुदलकालमा उनी पुन: प्राज्ञ बने र काँग्रेसी नातामा कुलपत...
मर्यादाको विनिर्माण: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।...
व्यक्ति एक व्यक्तित्व अनेकः राहुल राई ‘बोगिको’को मितोप: राहुल भाइ र मेरो सम्बन्ध सुत्र हुन् लगनशील साहित्यकार सुकराज दियाली । राहुल भाइको अघिल्लो कृति ‘कालो अक्षर’को विमोचनमा मुख्य अतिथि बनेर पुगेथेँ सुदूर मणिपुर । ‘कालो अक्षर’माथि लेखेँ, बोलेँ अनि हिमालय दर्पणमा छापियो पनि । साहित्यिक साइनो अझ दरिलो बन्यो । राहुल भाइक...
भारतीय नेपाली साहित्यः इतिहास लेखनका केही आधार (भाग दुई): (घ) ओझेलमा परेका साहित्यकारहरू भारतका अरू पनि धेरै लेखकहरू जस्तै दार्जीलिङका कृष्णदास प्रधान, शेषमणि प्रधान, शिलाङका मणिसिंह गुरूङ, कवि पद्मप्रसाद ढुङ्गाना, सिक्किमका रश्मिप्रसाद आले, आसामका जगनाथ गुरागाईं, नित्यानन्द उपाध्याय, देहरादुनका ठाकुरचन्दन सिंह, भाग्सू...
कसले हात पार्ला त मदन पुरस्कार ?\xa0: भरतपुरको एउटा केफेमा कफी पिउँदै गर्दा कवि आख्यानकार सुमन घिमिरेले सोधे, ‘सर गतवर्ष तपाईँले मदन पुरस्कार पाउने पुस्तकको नाम नै घोषणा गर्नुभएको थियो महेश थापाको ‘मरिचिका’ | त्यस पुस्तकले मदन पुरस्कार त पाएन तर बहुचर्चित रह्यो | यसपटक सात वटा पुस्तक छानिएका छन्, तपाईँको विचारमा कसले प...
नेम्वाङको ७९ औँ जन्मजयन्तीमा तीन स्रष्टा सम्मानित: साहित्यपोस्ट पाँचथरका मुर्धन्य साहित्यकार (पर्यावरण साहित्यका अभियन्ता) अमर कुमार नेम्वाङको ७९ औं जन्मजयन्तीको अवसरमा तीन स्रष्टालाई सम्मान गरिएको छ । सम्मान प्राप्त गर्ने स्रष्टाहरुमा प्रा. डा. भीम खतिवडा, मधुराज केरुङ र मञ्जु नेम्वाङ रहेका छन् । अमर नेम्वाङ स्रष्टा प...
निबन्धः ४ + १ = ४ ?: केही दिनअघि कसैले फेसबुकमा एउटा तस्बिर पोस्ट गरेको थियो, जहाँ एकजना शिक्षकले ब्ल्याकबोर्डमा “२ + ० = २०” अनि “६ + ६ = ६६” लेखेर ससाना नानीहरूलाई पढाइरहेको दृश्य देखाइएको थियो। त्यसरी व्यक्तिगत विधि र नियमहरूले गणित (अनि गणितका अन्य विषयहरू) पढाइएमा देशका नानीहरू भविष्यमा गएर कस्ता प्रकारका नागरिकह ...
पशुपतिनाथबाट बौद्धनाथको दर्शन: रिमरिम गर्दै पूर्वी भाग उज्यालियो । सँगै काठमाडौँको सौन्दर्य आँखाभरि उदायो । मन परेको ठाउँमा उभिएर हेर्दा हरेक कुरा मन पर्दै जाँदा रहेछन् । म एकाविहानै शुुभ्र काठमाडौँ नियाल्दै थिएँ, हिन्दू विद्यापिठको माथिल्लो तल्लाबाट । मैले देखेँ, क्षितिज कालोबाट पहेंलो हुँदै केही समयमै सेतो हुनेक्रममा...
नेपाली भाषा बचाऊ अभियानका पनि अगुवाः दाहाल यज्ञनिधि: दाहाल यज्ञनिधि धन्यवाद प्रकाश सर । कार्यक्रम अनौपचारिक रूपमै पनि औपचारिक जस्तो लागिरहेको छ । यहाँ हामी आदरणीय सञ्चारकर्मी एवम् साहित्यकार दाहाल यज्ञनिधिका चिन्तनका एक दर्जन अनुयायीहरू भेला भएर उहाँलाई सम्झिरहेका छौँ । सुधा म्याम, कृष्ण सुवेदी सर, चेतनाथ धमला सर, निलम...
एकाङ्कीः यस्तो नगरोस्: स्थानः अस्पतालभित्र समयः विहानको दस (एक जना महिलालाई बोकेर बलेको प्रवेश) बलेः (काउनटरको झ्याल अगाडि पैसा गन्दै ) सर नमस्कार ! म बले, रानीलाई लिएर आको । महिना पुग्यो तर नानी पैदा भएन । अनि यहाँ आएका कति लाग्छ जन्मा खर्च हजुर ? धनेः (यसो बलेलाई पिलिक्कै हेर्दै ) तँ रानीको लोग्ने हो ? बलेः होइन हजुर...
'गेम अफ थ्रोन्स'का लेखक विवादमा: गएको साता साइन्स फेन्टासी लेखकहरूको उत्सवका रूपमा लिइने ह्युगो अवार्ड सम्पन्न भयो । साइन्स फेन्टासी विधाका उपन्यास तथा उपन्यासकारहरूका उच्च कोटीका सिर्जनालाई हरेक वर्ष पुरस्कार दिइने कार्यक्रममा निम्त्याइएका बहुचर्चित टिभी सिरिज ‘गेम अफ थ्रोन्स’का लेखक जर्ज आरआर मार्टिन विवादमा परेका हु...
बिहेको कथा : साँघु: विवाहको दिन ऊ निराश देखिएकी थिई । गरगहना, रातो सारी, झिलमिल सितारा जडिएको घुम्टो ओढेर पनि ऊ खुलेकी थिइन । के के नपुगे जस्तो, कताकता के बिग्रिए जस्तो विवाहको वातावरण खल्लो खल्लो थियो उसको लागि । मनमा केवल पीडा र डरहरू मात्रै थिए । खुसीको एक चिम्टी पनि उसको अनुहारमा नदेखिएकोले आउने जानेहरू मुखामुख गरे...
रहेनन् झापाका अग्रज साहित्यकार अमृतलाल: साहित्यपोस्ट झापाका अग्रज साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ । धेरै समयदेखि मृगैलासम्बन्धी रोगबाट थलिएका श्रेष्ठको हिजो अपरान्ह ५ बजे निधन भएको हो । भक्तपुरको इनाचो टोलमा वि.सं. २०१३ सालमा जन्मिएका श्रेष्ठका ढुङ्गामाथि तरेलिएका फूल र पातहरू (कविता, २०४८), अन्तहीन यात्रा (कव...
युद्धको कथा: ती दुई निर्दोष आँखाहरू: तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन । तीन पुगेर चार मात्र लागेको छ ऊ । फराकिलो निधार, चम्किला बडाबडा आँखा, ऊ कुनै तल्लो वर्गको श्रमिक वर्गको छोरोजस्तो पटक्कै लाग्दैन । तर, ऊ पहाडको किसानकै छो...
सुरु भयो फोटो कविता प्रतियोगिता: साहित्यपोस्ट साहित्यपोस्ट विद्युतीय पत्रिका ह्याक भएपछि रोकिएका प्रतियोगिताहरु पुनः सुरु भएका छन् । फोटो कविता प्रतियोगिताबाट यसको प्रारम्भ भएको साहित्यपोस्टले जनाएको छ । साहित्यमा रुचि राख्ने नवसाहित्यकारहरुको स्तरवृद्धिलाई ध्यानमा राखेर ती प्रतियोगिताहरु सुरु भएका थिए । साहित्यपोस्ट प...
पीपलबोट अर्थात् ‘फुटपाथ एकेडेमी’: साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्न...
‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’ प्रतियोगिता सम्पन्न: साहित्यपोस्ट गैरआवासिय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको ‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’ प्रतियोगीता सम्पन्न गरेको छ । अनलाईन जुममार्फत १९ वर्षमुनीका नेपालबाहेक विदेशमा स्थायी बसोबास गर्ने अभिभावकका बालबालिकाबीच प्रतियोगीता भएको थियो । प्रतियोगीतामा २९ देशका ६१ जना...
फोटो कविता प्रतियोगिता ९ को नतिजा प्रकाशित: साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ । यो साता आचार्य प्रभाको ‘निश्छलता’, एचवी सरोवरको ‘नौलो उदय’ र विजय संग्रौलाको ‘मलाई फेरि बालक हुन म...
नेपाली विषयमा अमेरिकाको अध्ययन: म आठ कक्षामा पढ्थेँ । पहिलो कक्षा १० बजे सुरू हुन्थ्यो । १० बजे नेपाली पढाउनु हुने प्रभा मिस नेपाली कम अमेरिका धेरै पढाउनु हुन्थ्यो । कुनैबेला उहाँ अमेरिका जानुभएको रहेछ । हरेक दिन अमेरिकामा यस्तो र उस्तो भन्ने कुरो नै धेरै सुन्न पथ्र्यो । अमेरिकाका बारेमा अमेरिका नै नगइकन धेरै थोरै जानक...
पुस्तकालयका कारण प्रेमप्रस्तावदेखि बिहेप्रस्तावसम्म: किताब प्रेमीको यो संसारमा कुनै कमी छैन ! भारतको नयाँ दिल्लीस्थित एक व्यक्तिले जब आफ्नो किताबप्रेम ट्वीटरमा पोखे, उनको वालमा बिहेका प्रस्तावदेखि त्यो किताब कुनोमा म आफू बस्न पाए भाग्यमानी हुने थिएँ भन्नेसम्मका जवाफ पाएका छन् । ट्वीटरमा सौमिक नामका भारतीय एक व्यक्तिले ...
ठेट लोकनृत्यका एक साँचो कलाकारः राजेन गुरूङ: राजेन गुरूङ समाजमा कोही व्यक्ति आफ्नो अधिकांश जीवनमा आफ्नो जातिलाई योगदान दिएका हुन्छन्। आफ्नो काम कुरो एकातिर सेवाकार्य अर्कातिर राखेर समाज र जातिलाई आफ्नो पक्षबाट योगदान दिइरहेका हुन्छन्। यस्तै एक समाजसेवी व्यक्ति कालिम्पोङमा छन्, जसले नेपाली लोकनृत्यलाई गत अडतीस वर्षअघिदे...
डोरेमन: सञ्जीवन प्रधान छोराले “डोरेमन” साह्रै मन पराउने गर्थ्यो । लामो समयसम्म एकोहोरो “डोरेमन” हेरिरहने हुँदा, उसकी आमाले रिमोट खोसेर टिभी बन्द गर्थिन् प्राय:। “गधा, तेरो आँखा बिग्रिन्छ,” तिनी भन्ने गर्थिन्। मन परेको कुरो धित मरुन्जेल हेर्न नपाउँदा, उसको बाल हृदयमा आघात हुन्थ्यो होला । मलाई एकदि न छोरोले सोध्यो, “बाबा...
सधैँ नेपाली भएर बाँच्नेछौँ: प्राप्ति थापा को चुप लागेर बस्न सक्छ आफ्नो अस्तित्वमाथि प्रश्न उठे को मौन रहेर बस्न सक्छ आफ्नो अखण्डतामाथि औंला उठे ? सधैँ स्वतन्त्रताको झण्डा फर्फराएका हामी कसै सामु घुँडा टेक्ने त कुरै भएन सधैँ शिर उठाएर हिँडेका हामी कोही सामु झुक्ने त कुरै भएन भौगोलिकतामा सानो होला हाम्रो मुलुक तर वीरताका...
भ्युज र ट्रेन्डिङ: सन्तोष समीप ‘आज कति गयो हँ ?’ विपिनले सोध्यो । ‘फाइभ के, मात्र !’ रमेशको जवाफ आयो । ‘लु डुबियो अब…, यो तालले के काम काट्ला र ?’ विपिनको चिन्तित स्वर सुनियो । ‘तैँले गर्दा त हो नि, मैले भनेको मानिनस् त !’ रमेशले जवाफ फर्कायो । ‘अरे यसमा मेरो के गल्ती यार, मेरो काम भिडियो अपलोड गर्ने हो । सबैलाई हेर कि...
गरिबीको कथाः तिर्न नसकेको ऋण: सहन गाह्रो भएछ, हरिले मुख खोल्यो । “दाइ ! मैले तपाईँको पैसा छोरीसँग साट्न ल्याएको हैन, मेरो छोरी तपाईँकी पनि छोरी कसरी तपाईँले यस्तो बोल्न सकेको ?”, हरिका आँखा राता थिए । अनुहार निलो थियो र दुबैहात कस्सेर मुठ्ठी पारेको थियो । गरिबले आफ्नो श्रम बेच्छ, स्वाभिमान सायदै बेच्ला । हरिका आफ्ना सम...
नेपालको 'गोदान' बजारमा: साहित्यपोस्ट लघुकथाकार विनोद नेपालको लघुकथा संग्रह “गोदान”को सामूहिक विमोचन गरिएको छ । लघुकथाकार विनोद नेपालले ४० को दशकदेखि लघुकथाहरू लेख्दै आएका छन् । उनको “गोदान”मा ५६ थान लघुकथाहरू संग्रहित छन् । लघुकथा संग्रहभित्र स्रष्टा विधान आचार्यको भूमिका र दीपक लोहनीको लघुसमीक्षा रहेको छ । प्रमुख अतिथ...
समाजले हेपेको पेसाको कथाः लम्फु: – नाम के हो नि ? “मेरो आफ्नो नाम छैन ।” – नाम भन्न डर लाग्छ ? “ साँच्चै के , मेरो नामै छैन ।” – के भनेर बोलाऊँ त ? “जे मन लाग्छ त्यै !” – उसो भए सुन्तली है त ! “म सुन्तला जस्ती छु र ?” – हेर्दा तेस्तै देखिन्छ । चाखेपछि थाहा हुन्छ । “ चाख्नेले त खुर्सानी जस्तो छु भन्छन् ।” –भन्नाले तिमी ...
अनेसासका प्रकाशन हेर्ने गरी थापा र सुवेदी नियुक्त: बेलुकाजी थापा तथा लालगोपाल सुवेदी अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)ले आफ्ना दुई प्रकाशनका लागि नयाँ प्रधानसम्पादकहरू नियुक्त गरेको छ । आइतबार बसेको समाजको बैठकले ‘अन्तर्दृष्टि’ र ‘दर्पण’का लागि क्रमशः बेलुकाजी थापा र लालगोपाल सुवेदीलाई नियुक्त गरेको हो । यी दुई प्र...
अनेसासको कोरोना संस्मरण प्रतियोगितामा तमु प्रथम: साहित्यपोस्ट अनेसास, नेपाल गण्डकी समितिद्वारा लकडाउनमा साहित्यकारलाई सिर्जनशील बनाउन आयोजना गरेको प्रदेशस्तरीय लकडाउन संस्मरण प्रतियोगिता–२०७७ मा गौरी तमु प्रथम भएकी छन् । प्रतियोगितामा वीएस निरबले द्वितीय र तारानाथ पराजुलीले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । यस्तै...
नयाँ नियमसहित फोटो कविता प्रतियोगिता १० का लागि कविता आव्हान: साहित्यपोस्ट साहित्यपोस्ट साहित्य क्षेत्रको यस्तो पत्रिका हो, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नवप्रतिभाहरूलाई फल्ने फूल्ने वातावरण पनि तयार पार्दछ । यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प...
नेपालको नक्सामा अब कहिल्यै नभेटिने एउटा गाउँ: फाँटिलो ठाउँ रहेछ लाङटाङ गाउँ । पूरै दक्षिण फर्केको एकदमै घमाइलो पाटोमा बसेको रहेछ यो ठाउँ । आज राम्ररी घाम नलागेको दिन हो, तैपनि धेरै जाडो हुन पाएको छैन । यतातिर पाइने वनस्पतिहरू अब एकदमै ससाना पोथ्रापोथ्रीहरूमा वामनावतारित भइसकेका छन् । तर लाङटाङ खोलापारि चाहिँ अझै पनि सल...
सेवोटेज किरातेश्वर !: अहिलेसम्म कति हजार किलोमिटर यात्रा सम्पन्न भयो, रेकर्ड राखेको छैन । जाडो छल्न फेरि एकपटक हजारौं किलोमिटर नाघेर यायावर श्लेषमान्तक माथि आयो । बर्ड–साइट एङ्गललाई जुम इन गर्दा देखियो छेउमै डङ्गर गिद्ध उग्राइरहेको । छेउमै खान नपाएको बालक । पुलिट्जर पुरस्कारको नियति । कसैले बुझे पनि नबुझे पनि पङ्खबिनाक...
तिमी त्यति राम्री नहुनु पर्ने: तिम्रो रूपको वर्णन गरी म आफूलाई कञ्जुस सावित गर्न चाहन्नँ । तिमी राम्री छ्यौ- सायद यति नै काफी छ। नारी रूपको वर्णनमा विश्व-साहित्यको अनगिन्ती पृष्ठ खर्च भएका छन् । म पुनरावृत्ति गर्न चाहन्नँ। अँ, आजकल नारी रूपको मात्र वर्णन गर्दा अन्य क्षमताको अनदेखा गरियो भन्ने पनि सुनिन्छ । संक्षिप्तमा ...
डा. केशव शर्मा अनेसास बालसाहित्य समितिका संयोजक: डा. केशव शर्मा नेपाली भाषा र साहित्यलाई डायस्पोराको दोस्रो पुस्तामाझ पुर्याउने अभियानका साथ गठित अनेसास बालसाहित्य समितिको संयोजकमा डा. केशव शर्मा चयन भएका छन् । डा. शर्माको भागमा अब बालसाहित्यको क्षेत्रमा देखिएका सम्भावना र चुनौती पार गर्नुपर्नेछ । अस्ट्रेलियानिवासी डा....
अशेषको कवितामाथि धरावासीको विचार: बिम्बात्मक रूपले कवितालाई खेलाउने अनौठो कलमले अशेषलाई पाठक बीच लोकप्रिय गरायो । समकालीन पुस्ताहरूका बीच अलग्गै चिनिने गरी उनी उभिए यही कवित्व विशेषताले । तीसको दशकका कविका रूपमा स्थापित नामहरूमा अशेषको नाम ‘अ’ कै रूपमा आएको छ । बीसको दशकको कविताले भत्काउन नसकेको पद्यमोह तीसको दशकमा आइप...
नेपाली गुरुहरूको भाषा शुद्ध हुनुपर्छ कि पर्दैन ?: उठानः नेपालमा सबैभन्दा बढ्ता बोलिने, लेखिने, पढिने र प्रकाशन गरिने भाषा नेपाली नै हो । यही भाषालाई सरकारी कामकाजको भाषा बनाइएको छ । अन्तरराष्ट्रिय ठानिएको अङ्ग्रेजी भाषासँगै नेपाली भाषा पनि प्रारम्भिक कक्षादेखि माध्यमिक तहसम्म अनिवार्य विषयका रूपमा सबैले पढ्दै आएका छन् ...
मैले चिनेको रूपचन्द्र बिष्टः एक दार्शनिक: १. विक्रम संवत् २०३० सालमा मैले एस. एल. सी. परीक्षा दिएको थिएँ । एस. एल. सी. परीक्षापछि परीक्षाफल कुर्नुबाहेक केही काम हुँदैनथ्यो । त्यो बिदाको समयमा अहिले कम्प्युटर सिक्न गए जस्तै टाइपराटरमा टाइप गर्ने, अंग्रजी भाषा सिक्ने, वा आफूलाई मन परेको गीत गाउन सिक्ने, आदि चलन थियो । म ...
बेस्ट सेलर हुने भाग्य: कोरोनाभाइरसका कारण संसारभर यतिबेला बन्दाबन्दीको अवस्थामा छ । यस्तो अवस्थामा पुस्तकको व्यापार चौपट रहेको केही व्यवसायीहरूको भनाइ रहे पनि केहीका लागि भने यो गज्जबको अवसर बन्न पुगेको छ । यो मामिलामा भाग्यमानी बन्न पुगेकी छन्, भारतीय मूलकी अमेरिकी लेखक अल्का जोशी । उनको नयाँ उपन्यास द हेन्ना आर्टिस्ट...
अरबका कवि सादी यूसुफ: सन् १९३४ मा इराकको बसरामा जन्मिएका सादी यूसुफ समकालीन अरबी कविताका जगतका अग्रणी कवि हुन् । कविता एवं गद्यको उनको ४० भन्दा बढी संग्रह प्रकाशित छन् । धर्मनिरपेक्षतावादी र क्रान्तिकारी कविको रुपमा आफ्नो परिचय बनाएका यूसुफ पश्चिमी दुनियाँको बाहेक इराकमा सद्दाम हुसेनको शासनकालमा सत्ताको सख्त विरोध गरेक...
सूक्ष्म कविता अर्थात् स्मार्ट पोयम्स् !: (संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्...
'चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार' पराजुली र लाठलाई: गणेशप्रसाद लाठ साहित्यपोस्ट चितवन साहित्य परिषद्ले स्थापना गरेको ‘चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार २०७६’ आख्यानकारद्वय वसन्त पराजुली र गणेशप्रसाद लाठलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ । चितवनका कथाकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ र वीरगञ्जका उपन्यासकार ल...
विचारः बग्रेल्ती किताबहरू, बिग्रिएको मानसिकता: हाम्रा वरिपरि जति धेरै व्यक्ति छन् मस्तिष्कमा त्यति नै धेरै तिनका विचारहरू पनि छन्। आदिकालदेखि नै विचारहरू विभिन्न तरिकाले व्यक्त हुँदै आइरहेका छन् । बितेका हरेक कालखण्डमा व्यक्त भएका विचारहरू लिपिबद्ध हुन थालेदेखि नै विचारहरूमाथि अनेकौँ प्रकारले घनिभूत छलफल र विमर्श पनि ह...
सीमाहरूको विनिर्माणमा साहित्य: सन् २०११ मा काठमाडौँमा भएको एउटा अन्तर्राष्ट्रिय विचार गोष्ठीको विषय थियो— सीमाबिनाको संसार, र प्रमुख वक्ता थिइन् सुप्रसिद्ध सिद्धान्तकार गायत्री चक्रवर्ती स्पिभाक । गोष्ठीमा उनले राज्य–राष्ट्रहरूका कृत्रिम राजनैतिक सीमारेखाको अबका दिनमा खास अर्थ नहुने बताइरहँदा श्रोतादीर्घामा एक प्रकारको...