text
stringlengths
146
47.7k
यालमाया: मध्यरातमा एउटा अनौठो प्रेमकथाको अन्त्य गरिदिने मुग्लु खोला नयाँगाउँको गोर्यानमा हिजोआज सुस्ताएर बग्ने गर्छ, जो धेरै वर्ष अगाडि बैँसले उन्मत्त हुँदै बारैमास गडगडाएर बग्ने गर्थ्यो । यसको अलिकति माथिको पाखोमा थियो गोरे कामीको आरन । आरनमा खलाँतीको ‘स्याईं स्याइँ’ आवाज आउन थालेपछि गोरेकी श्रीमती हातमा हँसिया र कम्म...
बन्दाबन्दीमा बालबालिकाका लागि के गर्\u200dयौँ ?: ‘हाम्रा केटाकेटी त पढ्न भनेपछि मान्दै मान्दैनन्,’ धेरैजसो अभिभावकहरूको गुनासो सुन्ने गरिन्छ । यो गुनासो अन्त्य गर्ने कोरोना भाइरसपछिको बन्दाबन्दीले एउटा सुवर्ण अवसर जुराइदिएको छ । पाठ्यपुस्तक मात्र नभएर अन्य बाल साहित्यको अध्ययन, श्रवण र मञ्चन गर्ने, हेर्ने एउटा बेग्लै अ...
कोराना र नेपाल: आऊ कोराना आऊ । मनिसमा चेतना जगाऊ । आफैलाई ठूलो र घमण्डी सोचकालाई तिम्रो डर जगाइदेउ र भालादमी हुन सिकाई देउ चेताएर आफ्नो बाटो लगाई जाऊ । विश्व राज गर्ने अंग्रेज़ आउन सकेन नेपालमा । हामी नेपाली छौ ३३ कोटी देवी देउताको शरणमा । तिमी त छौ एकदमै सानो प्राणी नेपालबाट छिट्टै जाउ यदि तिमी छौ बुद्धिमानी । नेपालील...
बिहे गरेपछि...: दाइले आमालाई थर्कायो बिहे गरेपछि बाउलाई बिगत फर्कायो बिहे गरेपछि *** *** थाल एउटै थ्यो खाने, सुत्ने पलङ एउटै कुन्नी केले ममाथि झर्कायो बिहे गरेपछि. *** *** पहिला भन्थ्यो भगवान् बाआमा साथी तैँ हो दिनरात कलह चर्कायो बिहे गरेपछि *** *** हुन त प्रेम कसैसँग दिगो हुँदैन यहाँ प्यार सारेर आँखा कर्कायो बिहे गरेप...
ब्याट्री सकिन लागेको भित्ते घडी र म: गाढा नीलो पानीको मेलोडी भुलेर म चुपचाप हिन्द महासागरको डिलमा आफैँ ढलेको हेरिरहेछु । हिउँदको म्यापल ट्री झैँ खङ्ग्रङ ठडिएका आइफल टावर, बुर्ज खलिफाहरु हेर्दा लाग्छ उभिएका सबैसँग जीवन नहुन सक्छ । अक्षर नगोडेकी बुढी हजुरआमाले उल्टो किताब पढे जस्तै सबथोक बेठीक देखिन्छन् खबर बनेकाहरु आफैँ...
एकलव्य अठोट: गुरु घृणा गरुन् भैगो म गर्छु पूर्ण आदर गुरु ज्ञान नबाँडून् भो म लिन्छु ज्ञान सागर । म निषाद भएँ के भो मेरो चेत छ क्षेत्रीय म निषाद भएँ के भो मेरो चेत छ ब्राह्मण । के मैले पढ्न मिल्दैन ज्ञान सिक्न हुँदैन र ? ठूलो स्वप्न कुनै मैले देख्नसम्म हुँदैन र ? कुरुराज्य नछोडेर यसैका वनमा बसी सिकिछाड्छु सबै ज्ञान कला ...
अन्धकार समय: आजभोलि समय पनि अन्धकार भएको छ पलपलको समाचार तीखो प्रहार भएको छ चौबिसै घण्टा भगवानको नाम जप्न पर्दा जतन गरेको जिन्दगी पनि करार भएको छ मातृभूमिको सम्झनाले त झनै सताइरह्यो सकिन्न तर्न लकडाउन ठूलो जंघार भएको छ तार आउँछ बाआमाको सोध्न हालखबर सातामा हुने सम्वाद अचेल लगातार भएको छ सँगै बसेर दु:ख सुख साटन मन थियो ह...
जीवित छैनन् सपनाहरु: मरिसकेको छ कहाँ भेटिन्छ खोजेर आफैँले नभेटाएको हो त्यसैले खोजेको हुँ कारणहरु छन् खोज्नुको कहीँकतै हुनुपर्छ प्रमाणका ठेलीहरु लुकेर बसेको थाहा हुन्छ ल्याबमा टेस्ट गरेपछि कसै न कसैसँग त मेरो सपनाको डिएनए मिल्ला नि यो पृथ्वीमा । उत्खननबाट संभावनाको खोजी गरिन्छ । भेटिएको वस्तुको नामकरण हुन्छ । मिल्यो भने...
बादशाहको डायरी: तुफानी धुँवाको मुस्लोमा रनभुल्ल, व्यग्र व्यस्त त्यो बादशाह आज अनायास टक्क अडिएको छ ठीक बाह्र बजेको घडीको सुई झैँ शान्त ! अनेक सृष्टि र विनाशका बेपर्वाह धुँवाको मुस्लोलाई जितेको त्यो आज कछुवाले झैं शरीर लुकाएको छ मुख छोपेको छ नाक अँठ्याएको छ बम र बारुदको मुस्लोसँग पौँठेजोरी खेलेको ऊ आज फगत हाच्छ्यूँसँग ड...
हाँसिरहेँ: मुटुभित्र शूल बोकी आयौ प्रिया हाँसिरहेँ चस्स घोच्ने फूल बोकी आयौ प्रिया हाँसिरहेँ सोच्थेँ नहर बगाउँछौ मरु समान जिन्दगीमा साथमा काकाकुल बोकी आयौ प्रिया हाँसिरहेँ आशावादी हुनैपर्छ जित्नलाई भन्थ्यौ आफैँ निराशाको मूल बोकी आयौ प्रिया हाँसिरहेँ फर्किनेछौ बद्लिएर प्रतीक्षामा बस्नुमात्रै भूल ओढी भूल बोकी आयौ प्रिया ...
नेसास, क्यानडा र अनेसास, फ्लोरिडाको भर्चुअल काव्यगोष्ठीमाथि एक टिपोट: चीनको हुबेई प्रान्तको वुहानबाट शुरु भएको कोभिड–१९ संक्रमणको प्रकोप आज विश्वभर फैलिएको छ । विश्वव्याधिका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आजको मितिसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७५ पुगेको छ । कोरोना संक्रमणका कारण ...
यात्रा र झोला: हामीले थालेको त्यो यात्रा अहिले लाग्छ, अरू कसैको थियो । हामीले बोकेका झोलाहरूमा भविष्य अरूकै रहेछ हामीले पसिना चुहाउँदै तय गरेको गन्तव्य पनि अरूकै थाकेर रुखमुनि बसेर कल्पिएका मीठा क्षणहरू पनि अरूकै, सारा दुखको विगत आफ्नो बोकेको भार आफ्नो थेगेको पिडा आफ्नो हामीले लडेको भविष्य अरूकै रहेछ । हामी झुलेको पिङ्...
आमा, म ठूली हुन्न ल!: आमा, म ठूली हुन्न ल! म त उही सानी नै रहन्छु निश्पाप मन निश्चल जीवन आहा! कति रमाइलो है बिहानमा “वालौं पौमाछा” भनी गालाभरि “तनखा” लगाइदिए मात्रै मान्ने फर्की फर्की ऐना हेर्दै मुस्कुराउने राम्री भन्दैमा गमक्कै हुने उही सानी छोरी हुन्छु ल! ठूली भए’सी पल्लाघरकी सावित्रीका झैं मेरा पनि सपना मासिन्छन् रे...
काली: समाप्त पारिएका परिका कथाहरू शङ्खध्वनिले गुन्जाएमान हुँदा परिले बनाएकी थिई एउटा चित्र हत्यारा दैत्यको शीर छेदन गरेर रगतहरू पिउदै गरेकी कालीको नरमुण्डको माला लगाएकी हातमा खड्ग भिरेकी आफैँले वध गरेकी राक्षसको शीरबाट रगतका धाराहरू चुहाइरहेकी कालीसँग दैत्यको मानवअधिकारका लागि जब बहस गर्छन् त्रिदेवहरू स्मशानघाटबाट जलिर...
पाए हुन्थ्यो: भोक लाग्दा पेटमा चारो हाल्न पाए हुन्थ्यो फाटेको मन नि थोरैथोरै टाल्न पाए हुन्थ्यो ! म त सानो मान्छे सपना नि सानै छ हजुर एकफेर साँझमा चुल्हो बाल्न पाए हुन्थ्यो ! टायरको खस्रो धारले खुट्टा धाँजा फाट्यो पुराना यी चप्पल पनि फाल्न पाए हुन्थ्यो ! अत्तरभन्दा पसिनाको सुगन्ध झनै मिठो यसै गरी मालिक फेरि पाल्न पाए ह...
काेराेना भन्दा खतरनाक इस्लामाेफाेबिया: विश्वलाई नै त्रास र अनिश्चितताकाे भूमरीमा धकेल्दै मानव जातिकै लागि चुनाैतीका रुपमा देखापरेकाे काेभिड-१९ काे संक्रमणबाट नेपाल पनि अछुताे छैन। पर्याप्त स्वास्थ जनशक्ति एवं भाैतिक पुर्वाधार नभएका हामीजस्ता मुलुकहरुकाे दिन दुई गुणा रात चाैगुणा हुँदै फैलिरहेकाे भाइरसकाे संक्रमण राेक्ने...
मृत्यु छिप्कली र भँगेरोको: असारको मैना थियो । हल चलिरहेको थियो। खेतारीहरु खेत रोपिरहेका थिए । आँधि बगिरहेको थियो । तल राजमार्गमा गाडीहरू लस्करै चलिरहेका थिए । सिद्धार्थ राजमार्ग नागबेली आकारमा अगाडि बढेको थियो । दायाँपट्टि मिर्दी, जगत सडक खण्ड, चोकैमा गह्रा–गह्रा फाटेको आकृति, चार पाँच गह्रा आकृतिका सिँढी चढेपछि बायाँत...
प्रेम: अक्सर मानिसहरु यही कुरा भनिरहेका हुन्छन्- ‘प्रेम अमर विषय हो ।’ कसले भन्न सक्छ र ‘प्रेम अमर विषय होइन, यो क्षणिक र क्षणभङ्गुर कुरा हो ?’ प्रेम निरर्थक हुँदै होइन । यो सार्थक र सर्वव्यापि रूपमा फैलिएको छ, लहरिएको छ, झ्याङ्गिएको छ अनि अनन्त अनन्तसम्म फैलिरहनेछ / फूलिरहनेछ । यद्यपि औसत मानिसहरु घृणाका कुटिल आँखाले ...
कलुषित पृथ्वी: पृथ्वीको छातीमा रगतको टाटो देख्दछु जति चिथोरे पनि मृत्युबाहेक केही नफलेको, विज्ञानका चमत्कारहरुले मृत्यु सरेको होला केही समय डरेको छैन, टरेको छैन उर्वरता गुमाएको माटो देख्दछु । सीमाको पर्खालले भाइ-भाइमा फाटो देख्दछु बास आवास नै प्रवास भएका प्रेम स्खलित भै सहवास भएका मासहरु अपमनित भै मलमास भएका यस्तै-यस्त...
जलन: तृष्णा रुपि क्षीद्र रिक्त-रिक्त घर अहंको गारो आडम्बरको छानो कति बलियो ! मै राम्रो, मै ठूलो भन्दछ । झूटमा बाँच्दछ मुखले “सत्य” भन्दछ, सुन्दैन जीवको व्यथा “शिव”को कथा कहन्छ, देख्दैन आँखा कलम “सौन्दर्य” लेख्दछ । मरुभूमिको खेती आकाशको भर न देखिन्छ नदी न बन्छ नहर के फल्दछ ? चिन्ताले ‘चिता’ जल्दछ ।
मेधावी जनता विदेश नबसून्: ती बाजा मुरली बजुन् दिनदिनै सङ्गीत फेर्दै उठ साहूका पिरबाट मुक्ति दिनहूँ आनन्द भर्दै उठ । मेरो राष्ट्र बचोस् बिहान नहुँदै वैरीहरू खेदिऊन् सारा दोष पखालिओस् अवगुणै मैलोसरी धोइऊन् ।। हत्याका अभिलेख फेरि नबनुन् हिंसा सबै रोकिऊन् भाग्बन्डा नगरी विकास गरियोस् नेताहरू फेरिऊन् । मान्छे मै अविवेक किन्...
केही मुक्तक र केहि कविताहरू: खुकुरी आँधीभन्दा अगाडि ठूलो हुरी आउनेछ त्यो सुक्खा खडेरीमा एक दिन जरुर झरी आउनेछ सार्दै जाऊ मेरो देशको सीमा तिमीलाई उपहार मेरो खुकुरी आउनेछ। ✊ युवा उडेर चन्द्रमा छुनुछ मलाई भाेका र नाङ्गाहरुको आँसु पुस्नु छ मलाई पीडामा परेका दुःखीहरुको हात समाउनु छ मलाई नयाँ जोशिला युवाहरुसँग एकजुट भई मेरो ...
मेरो प्रिय पुस्तक गुणरत्नमाला: बाल्यकालमा निक्कै चाख लिएर पढेको पुस्तक हो, पण्डित जगन्नाथ गुरागाईंको ‘गुणरत्न माला’ । गाउँ घरतिर यो पुस्तक त्यतिबेला रामायण, महाभारत जत्तिकै लोकप्रिय थियो । बाले लय हालेर पढेको सुन्दासुन्दै यो पुस्तकका आधा जति श्लोक मलाई कन्ठै भएका थिए । पछि म आफैँ पनि त्यसै गरी लय हालेर पढ्न थाले । जति ...
पाँच हाइकु: १. यात्रु बीचमा, सधैँ अल्मलिएको एयरपोर्ट ! २. गरिबी गीत, अब यु ट्यूबभरि बज्न थाल्ने छ ! ३. माछापुच्छ्रे त, फेवातालमा नै पो डेरा सरेछ ! ४. उनी त सधैँ, मेरो पर्स नै किन मन् पराउँछिन् ? ५. बाबु पार्टीमा, छोराको काम छैन बेरोजगार !
सुसाइड नोट: खड्गे बा समाजका गन्यमान्य, न्यायप्रेमी व्यक्तित्व थिए । समाजमा सानोतिनो वादविवाद, झैँ-झगडा हुँदा उनले नै मिलाउँथे । सबैले उनकै कुरा सुन्थे पनि । उनको निर्णय मान्थे । उनी पनि कसैलाई अन्याय नहोस् भन्ने चाहन्थे । जे हो त्यो सिधै भन्थे । सत्यनिष्ठ मान्छे थिए । ठाडो र कडा स्वभाव भएका कारण पनि सबै उनीसँग अदबसँग ब...
लकडाउन खुलेको भोलिपल्ट: म- खुशी थिएँ थ्याङ्क गड एक पटक मनमनै भगवानलाई धन्यवाद दिएँ । कुरो बुझ्यौ नि ! छेउमै बसेकी मेरी पियारीलाई सँगसँगै बाँचेको खुशियालीमा एउटा खुशीको ट्रिट खुवाउने मेसो सुझाउँदै थिएँ । सडकमा हल्ला बेजोड थियो, घर घरबाट मान्छे निस्कने हतारोमा थिए, कोही गाडी चढ्दै थिए, र, कोही झर्दै… उही भीड उही खचाखच कस...
साथीको सवाई: सुन सुन साथी हो म केही भन्छु । साथी र भाइको सवाई कहन्छु ।। साना साना हात मेरा सानै कुरा लेख्लान् । साना साना आँखा मेरा सानै कुरा देख्लान् ।। धेरै जना साथी हुन्छन् साँच्चै साथी थोरै । कुरा मिल्ने धेरै होलान् मन मिल्ने थोरै ।। एउटालाई चोट पर्दा अर्को दुख्नु पर्छ । साथीलाई मर्का पर्दा सबै जुट्नु पर्छ ।। आयो भ...
आज अविनाश श्रेष्ठको ६४ औँ जन्मदिन: यसपाला साहित्यकार अविनाश श्रेष्ठलाई दुई दिन जन्मदिन मनाउने बाध्यता पर्यो । ६३ वर्षअघि १४ मेमा जन्मिएका दिन नेपाली मिति अनुसार वैशाख ३१ थियो । त्यसैले यस पटक वैशाख ३१ मे १३ मा नै परेको हुनाले उनलाई परिवारले बिहानै सगुन दिए । औपचारिक रूपमा भने आज १४ मेमा जन्मदिन मनाउँदैछन् । नेपाली साहि...
आफैँसँग अन्जान कविहरूः ट्रक साहित्यजस्तै सञ्जालमा छरपस्ट लक डाउन साहित्य: हरेक व्यक्तिहरु विशेष हुन्छन् । कलाकार हुन्छ । कोरानाका कारण देश विगत डेढ महिनाभन्दा लामो समयदेखि लक डाउनमा छ । मान्छेहरु घरघरमा थुनिएका छन् । अधिकांशको दैनिकी फेरिएको छ । मानिसले परिवारका लागि समय पाएको छ । त्योभन्दा धेरै आफ्नो लागि पाएको छ । फु...
ह्याप्पी बर्थ डे रस्मिला: शनिबार सार्वजनिक बिदा भए पनि मेरो काम थियो तर म दुई घण्टाअगावै निस्किएँ । कामचोर नै नभए पनि बिदाका दिन उतिसारो उत्साह हुन्थेन कामका लागि । तैपनि हाजिर लाउन र जिम्मामा परेको काम नगरी धरै थिएन । यसोउसो चलेकै थियो । सहरमा घर मात्र अग्ला हैनन्, महँगी पनि उस्तै अग्लो हुन्। सडकका गल्ली मात्र हैन, अभ...
कविता के हो ? १५ विद्वानका रोचक परिभाषाहरु यस्ता छन्: कविता साहित्यको एक सशक्त विधा हो । ‘कवि’ आधारपदमा ‘ता’ प्रत्यय लागेर कविता शब्दको निर्माण भएको हो । कविता शब्दले कविद्धारा रचित वा कविको कर्म भन्ने अर्थ वहन गर्दछ । लोकजीवनसँग सम्बन्धित लोकगीत कविताको पूर्वरुप भएको कुरामा विश्लेषकहरु सहमत देखिन्छन् । पूर्वीय साहित्य...
जादुई सिंहासन: राजधानीमा एउटा “जादुई सिंहासन” छ त्यो सिंहासनमा बस्ना साथ इन्द्रियका सबै द्वारहरु बन्द हुन्छन् कानले (गरिबको) चित्कार सुन्दैन आँखाले (गरिबको) दुःख देख्दैन हृदयले संवेदना महसुस गर्दैन …र अन्तमा जो सिंहासनमा बस्छ ऊ जीवबाट अजीव बन्छ । जब कुनै धुर्त स्याल त्यो कुर्चीमा आई बस्छ आफूलाई जंगलको राजा “सिंह” ठान्छ...
गजल: कहिल्यै उठेन जिन्दगी कि खोट छ चिनामा? तेल त अरूले लिने र’छ के गल्ती छ पिनामा? आजकाल त शहरको कुकुर नि महलमा छ मजदुर हुँदा किन दु:ख मिठास छ पसिनामा साम दाम सबै चल्छन् ठाउँमा पुग्नको लागि हामी छुँनै सक्दैनौँ, के दोष छ पश्मिनामा? मजदुरले जति दु:खको भारी कसले बोक्ला? कल्पना गरे पुग्छ मदन रोएको मुना बिनामा दिन या रात सब...
केही अनुत्तरित प्रश्नहरु: छोरी जन्मिई भने लक्ष्मी आइन् भन्ने चलन पुरानाे नै हाे । त्यही चलनमा जन्मेर आमा बाबाकाे न्यानो काखमा हुर्क्याै पढ्याै । समाजलाई चिन्न सक्ने भयाै । बालपनका यादहरुले सजिएको त्यो गाउँ, त्यो घर ती साथीभाइ, ती परिवारका सदस्यहरु आँखा वरिपरि छन् । जन्म दिने आम र कर्मका लागि प्रेरित गर्ने बुबा अहिले पन...
मध्यपूर्वमा उदाउँदैछ साहित्य: मध्यपूर्वको एउटा सानो देश कुवेत । आर्थिक रुपमा सम्पन्न र विकसित राष्ट्रको रुपमा गनिन्छ । सन् १९७२ देखि नेपाल र कुवेत सम्बन्ध स्थापित भएबाटै दुइ देश बीचको सम्बन्ध उत्तिकै प्रगाढ र सुमधुर बन्दै गएको पाइन्छ । पचासौँ हजार नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु वैदेसिक रोजगार तथा व्यवसायको रुपमा कुवेत...
बेकारमा: कस्ले केके सुनाइदियो नानाथरी बेकारमा नखेलाऊ फाल्तु कुरा मनभरी बेकारमा भएजति वाचा कसम खुवाउँदा पुगेन र ! अझै पनि केको शंका घरीघरी बेकारमा देखे पनि नदेखे झैं गरिदिए भैगयो त ! किन हेर्छौ पारिबाट आँखा तरी बेकारमा फूललाई फूलजस्तै मुस्कुराएको सुहाउँछ नबिगार रुप आफ्नो ठुस्स परी बेकारमा ‘माया साटौँ, खुशी बाडौँ बाचुन्ज...
गजल: अँधेरी रात काटी मिर्मिरे बिहान आयो बल्ल बल्ल बस्तीमा अलिकति घाम आयो । चारैतिर पुगोस् रवि कुनाकाप्चा चहारेर बल्ल पो भन्न मिल्छ सुनौलो याम आयो । फर्की आऊन् माटो सम्झी परदेसिएका मनहरू, सबैलाई पुग्ने यहाँ बल्ल पो काम आयो । भन्न मिल्छ बलेपछि बिहानै साँझै चुल्होहरू अँधेरा ती अनुहारमा बल्ल पो मुस्कान आयो । बर्दघाट, नवलपर...
गजल: छिमेकी साथी ,मेरो आगन माथि, हैकम नचलाऊ असक्त अभिभावक, सुतेको राति, हैकम नचलाऊ !! अर्काको बाउलाई, आफ्नो भन्दैछौ, लाजै नमानी गरेर त्यो तिम्रो, आमाको बदनामी हैकम नचलाऊ !! नत्र आइलागेमा, जाइ लागिएला, मित्रता भुलिएला विश्वासको खुल्ला, सिमाना नाघी, हैकम नचलाऊ !! तलवार निकालेर, गर्धन काटेर, दोसाँधमा राखौंला इमानसँग बारम्...
परदेशी जीवन: लगाई टीको आशीष बाको लिएर हिँडेको, जागीर छैन देशमा सम्झी जहाज चढेको। उत्रेर हेर्दा झिली र मिलि ठुलै यो शहर । आशाले झनै खुलेर आयो मनका रहर । देखेर टोपी चिनेर मान्छे साहुले बोलायो। गाडीमा हुलि लिएर गयो कम्पनी देखायो। साघुँरो कोठा विदेशी साथी मिलेर बस्नु छ। बोकेर खाना काममा जान बिहानै उठ्नु छ। प्यारिको फोटो ल्...
अ-परिभाषित\xa0प्रेम: उसले छुट्टिने दिन, म आउँछु भनेर गई। मेरा लागि, उसको आउँछु मै, माया लाउँछु को जवाफ थियो। प्रश्न प्रति प्रश्न, गरी रहे उसलाई उसको मौनताको मर्मलाई हिर्काइरहे। तर, उसको मौनतामा सुशील हाँसो र माया प्रतिको समर्थन मात्रै थियो। एउटा प्रश्न उसले पनि गरिथी मलाई सौहार्द्ध, शान्त र लजालु मुस्कानको भावले। माया ...
गजल: म यहाँ सम्म पुगेकोछु यस्तो दलदल बाट। जसरी माछाहरु बगरमा पुग्छन् भल बाट। गर्न त खुब मेहनत गरीयो संघर्ष गरीयो, केही नहुदो रहेछ यार अरुको नक्कल बाट। मेरो छिमेकीले यस्तो भुमिका निभायो, सजिलै पुराईदियो सडकमा महल बाट। त्यो दिन दुनियाँले मलाई भकुण्डो सम्झे खेले जुनदिन छुटेको थिय आमाको आँचल बाट। बाले भन्नुहुन्थ्यो बेलैमा ...
गजल: छोडी गयौ तिमी जब बनेको छु पागल। पैले जस्तो छैन अब बनेको छु पागल। मुना मदन जस्तो जोडी अलग हुनु पर्दा, सकिए झैं लाग्यो सब बनेको छु पागल। सारा सपना पूरा गर्ने पायौ र त होला, मलाई घृणा गर्\u200dयौ तब बनेको छु पागल। पागल हुने इच्छा मेरो पनि हो र कहाँ? याद हरुले गरे भब बनेको छु पागल। यता मेरो जिन्दगानी शिशिर जस्तै बन्यो...
जन्मदिन विशेष: भाषाको स्वाद र उनको स्वभाव: अविनाशी । रोचक संयोगहरु हुन्छन् । कहिलेकाहीँ ती संयोगहरु वरिपरि घुमिरहन्छन् । अविनाश श्रेष्ठसँगको मेरो सामीप्यमा पनि अनेक संयोग जोडिएका छन् । मैले उनलाई एकै पटक पढेको दुईवटा कथाबाट हो । ‘जुनेली रातकी द्रौपदी’ र ‘तान्या, ईन्द्रकमल र अन्धकार’ । मधुपर्क, गरिमा त्यतै कता । यिनै दु...
गजल: हो पत्थरले सँधै पत्थर सँगै ठोकिनु पर्छ। जसले फूल दिन्छ उही बाट जोगिनु पर्छ। जसलाई आँशु लुकाई हाँसो दिएको थिए, कुनै दिन उसको पनि आँशु पोखिनु पर्छ। जब चोखो माया गर्छु भन्यौ अनि डर लाग्यो, यहाँ चोखो माया गर्नेहरू नै बिछोडिनु पर्छ। धनको सामु मनको माया बिक्दैन यो शहरमा, अब जाली प्रेमको नैटंकी बजार खोलिनु पर्छ। कसम विश्...
गजल: कुनै दिन घर फर्केर आउला बाँचे भने जिन्दगी जस्तै जिन्दगी बनाउला बाँचे भने । अहिले घर भित्रै बस ए! मनका मान्छेहरु रमाउनु त छदै छ नि रमाउला बाँचे भने । समयले टाढा राखेर अछुत बनाएको छ मनले के के सोचेको छ बताउला बाँचे भने । महोदय,यो बिपतमा यत्ति पनि सोचेनौ हैँ ? पछि त मुख फेरी फेरी खाउला बाँचे भने यो खतरनाक संकेत हो टा...
गजल: यो घर भित्र केहि रैछ त्यो मन भित्र केहि रैछ । अरुले नै थाहा पाउने जोवन भित्र केहि रैछ । कस्तो मौसमि भनौ या बेमौसमि हावाहुरी यो, यादहरुले धड्की रहने धडकन भित्र केहि रैछ । झरि झैं आँसुहरु बगि रहन्थे र त महसुस गरें, मुटु भित्र कोहि रैछ यि नयन भित्र कोहि रैछ । जवानी लागेपछी यस्तै हुन्छ भन्थे बाजेहरुले, तब सम्झें प्रेम...
गजल: खोला र नाला यी भीर पाखा कस्ले बनायो ? मानवहरूमा काला र गोरा कस्ले बनायो ? जन्मिन्छ मान्छे एक्लै र मर्दा एक्लै हुने छ मन्दिर र मस्जिद यो धर्म, नाता कस्ले बनायो ? यो रात यो दिन आकाश, धर्ती मान्छे र पंछी त्यैं भित्र बादल, घनघोर मेघा कस्ले बनायो ? नेपाल मेरो अग्लो हिमालय यी फूल लहरा सौन्दर्यताले भरपूर्ण आहा कस्ले बनाय...
गजल: जब डक्टरले म चाँडै नै मर्ने कुरा बतायो । भाइ खुशी हुँदै सदबिउ छर्ने कुरा बतायो । आज भमराहरु भक्कानिदै रोइरहेको सुनेँ, सायद मालीले फूलहरु झर्ने कुरा बतायो। आमा रुँदै अस्पताल पुगिन् वृद्धाश्रमबाट, जब छोराको मृगौला फेर्नुपर्ने कुरा बतायो । शत्रु चिन्तित, आफन्त खुशी छ्न् छिमेकमा, मैले जब सधैँलाई बसाइँ सर्ने कुरा बतायो...
गजल: यो मन बारबार प्रश्न उत्तरमा लाग्यो, पत्थर दिलमा या दिल पत्थरमा लाग्यो। यो शहर पनि गाउँ बनाउने थियो सोच, म हारेँ, जब गाउँकै मन शहरमा लाग्यो । यो नजर हुन्छ हरेक ठाउँ ज्यानमारा, मर्\u200dयो रावण जब सीता नजरमा लाग्यो। उफ्री खेल्दै आयो गयो त्यो खोलाको लहर। मिलन सागरमा, बिछोड बगरमा लाग्यो। एक चिताले देखायो जीवनको गन्तव्...
बेलायती प्रधानमन्त्रीका लेखक बाबुमाथि अवसरवादी भएको आरोप: बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका ७२ वर्षे पिता स्टान्ली जोन्सनमाथि अवसरवादी लेखकको आरोप केहीले लगाएका छन् । कोविद १९ रोगका कारण संसार नै त्रस्त रहेका बेला उनले सन् १९८२ ताका प्रकाशनमा ल्याएको महामारी साहित्य ‘मारबर्थ भाइरस’ प्रकाशन गर्न प्रकाशकलाई जोड दिएको ...
उन्नाइस वर्षे विशालको साहित्य यात्राः मुनादेखि मेटाफरसम्म: मेरो दिमागमा साहित्यिक छाप कहिलेदेखि पर्यो ? यसै भन्न सक्दिनँ । तर सानैदेखि साहित्यप्रति असाधारण लगाव भने थियो । बुबा सरकारी जागिरे भएकोले घरमा पत्रिका कहिलै टुट्दैनथ्यो । मुना, मधुपर्कजस्ता पत्रिकाको त म धेरै वर्षसम्म वार्षिक ग्राहकसमेत थिएँ । मुना पत्रिकामा म...
४० बेस्टसेलर पुस्तकका लेखक ठग भएको खुलासा: अपराधकथाका चर्चित फ्रान्सेली अनुहार स्टेफन बोरगाँ जसरी सिरियल किलरबारे रोचक तथ्य निकाल्थे, उसरी नै सिरियल ढँटुवा रहेको खुलासा भएको छ । सत्यघटनामा आधारित रहेर उनले लेखेका पुस्तक लाखौँ प्रति बिक्री भएका छन् । उनले लामो समयदेखि आफ्नो विशिष्ट परिचय बनाएर ढाँटेको खुलासा हालै भएको ह...
उसको कथा: वेदना पनि सुनाउँ कसलाईं बुझ्ने को छ र यहाँ दैव पनि निष्ठुरी रैछ नभन्नु कसैलाईं पुजिन्छन् जहाँ तहाँ खुसी भन्ने शब्द खोई पराइ झैँ भयो सपना पनि नमीठो नै आउँछन् मेरो के गल्ती रह्यो भाग्य के भग्नावशेष बनायो, कर्मले कठपुतली झैँ नचायो मर्दै बाँच्नुको पीडामा दैव किन खुसी भै काललाई पराइ बनायो रहर थियो मलाई पनि होस अने...
मुमुक्षा: हिमाल झैँ पग्लिएर स्वरुप आफ्नो मेटाएर बन्दै नदी छलछल छहराऊँ सागर-सागर लहराऊँ । हिरण्य गर्भ तोडेर चरी झैँ आवरण फोरेर उन्मादमा पखेटा फटफटाऊँ गगन-गगन फिजारिऊँ । बाँधेर भरोसा प्रेममा जलेर सीता झैँ ज्वालामा छाती फोरेर उडी जाऊँ सडी मरुँ या भिडी जितूँ । सागर-सागर लहराऊँ गगन-गगन फिजारिऊँ छाती फोरेर उडी जाऊँ सडी मरुँ ...
पिँजडाभित्रको स्वतन्त्रता: आशाको थुन्सेसँगै थिलथिलो जिन्दगी बोकेर उक्लिरहेछन् लरखराउँदै मेरा एकजोर खुट्टाहरू सुस्केरा हाल्दै तिर्खाएरै हो जिन्दगीले अञ्जुली थापी पिइरहेछन् एकजोर आँखाबाट बगेका ती गरिबीहरू । देश भत्काउँदा माटोमा भेटिनू पर्थ्यो शहीदका आहुतिका टाउकाहरू काटिएका शहीदका हजारौँ हातहरू एकचौथाई अपयव चुँडिदा आमाको...
धरा: सुन्दर देखिएकी छिन् बसुधा झनझन, गाढा नीलो रंगमा रंगिएका छन् गगन । बर्सन्छ आकाशबाट नीर घरिघरि, वृक्षका हाँगामा रमाइरहेछन पंक्षी पनि । ओहो ! कहाँ हरायो आज कोलाहल, कता बिलायो मानिसको बोलाबोल ? जसले आफ्नै हैकम देखाउँथ्यो सदा, खै आज लुकेर बसेको छ ऊ कता ? यही सोचेर दंग भएका छन प्राणी सारा, उल्लासमा बहिरहेको छ स्वच्छसफा ...
बर्माको जीवित नेपाली भाषा: २०५३ सालतिरको कुरो हो । त्यतिबेला नेपालको पूर्वी भागमा निकै खैलाबैला थियो । भुटानबाट नेपाल आएका भुटानीहरू छ्याप्छ्याप्ती पाइन्थे । आफ्नो देशमा भाँडभैलो भएपछि उनीहरू नेपालतिर पसेका थिए । केही दिन अगाडि बिराटनगर पुग्नुभएका मेरो गाउँले नाता पर्ने दाइसँग एकजना भुटानीको कुराकानी भएछ, उहाँ बिराटनगर...
मृत्युको सम्मुखबाट जीवनको सन्देश: तिमीलाई भेटिपछि मलाई जिन्दगीका भूलहरू सच्याउन मन लागेको छ । ٭٭٭ सप्रेम स्वीकारेपछि पीडा पनि खुसी बन्दो रहेछ दुःख पनि साथी हुँदै रहेछ ٭٭٭ सबै आगो जलाउनका लागि मात्र हुँदैनन् जल्नु र जलाउनुको प्राप्ति केवल खरानी हो ٭٭٭ जीवनको शाश्वत सौन्दर्य तात्नु र सेलाउनुमा होइन बलिरहनुमा छ उज्यालो छर...
बस्तीबाट लखेटिदा: किसानको सन्तान हुँ म परिश्रम मेरो रगतमा छ मेरो लागि हिँड्नु कुनै ठूलो कुरो होइन । जसरी तिम्रा हत्केलाले नोट हरु चिन्दछन् जसरी तिम्रा नेताहरुले भोट हरु गन्दछन् हो, त्यसरी नै मेरा पैतालाहरुले घर लाग्ने बाटो महसुस गर्दछन् । तिम्रा मोटर गाडी र चिल्ला सडक हुनुअघि नै हरेक वर्ष, हिउँ छल्न, घाम छेक्न, र सामल ...
आगोको आत्मकथा: पढेको छ कसैले आगोको आत्मकथा ? हो, आगोसँग पनि छ भीषण कथा भीषण अनुभूति भीषण इतिहास आगोमा पढ्छु नैश्वरीय चेतना पल्टाउँछु आगोका शीर्षक र चुम्बन गर्छु (संसारमा सवभन्दा भव्य लाग्छ आगोको आत्मकथा) हो, आगो अमोघ अस्त्र संसारमा सर्वशक्तिमान छ – आगो पल्टाउँछु आगोको प्रिय हृदय केवल पाउँछु हुरहुराउँदै/लपलपाउँदै बलिरहे...
हुन्छन्: कोही जमिनमा हुन्छन् कोही पानीमा हुन्छन्।। तस्वीर मनमा हुनेहरु आँखाको नानीमा हुन्छन्।। शून्य रात तिमी र म त्यसपछि खै कसरी भनूँ, सपानामै सही जे नहुनु यै जवानीमा हुन्छन्।। तिमी अनुहार अनि मनमात्र नहेर्नु अबदेखि, मान्छेको माया मनमा धोका बानीमा हुन्छन्।। तिमी मेरो होइन कथा लेख्नु अब उनीहरुको, जसको छातीमा देश बन्दुक...
रक्षा बन्धनले रक्षा गरेको समाज: “भूतनाथ महादेव मन्दिर” ! सुन्दै अचम्म लाग्ने मन्दिर । डरलाग्दो नाम । तर बर्माको राजधानी शहर रंगुनको मुटुमा नै यो मन्दिर छ । अझ यो मन्दिर नेपाली राजदूतावासबाट नजिकै पर्छ । यसको अर्को गौरवको कुरो यो छ कि, यो मन्दिरका मुख्य पुजारी नै गोरखाली मूलका छन्– मोहनराज खनाल । विशेष गरी भारतीयहरूको ब...
कोरोनाको मलामी: एकाबिहानै लालबहादुरको घरमा केटाकेटीको भीड लाग्यो । गाउँभरिका सबै केटाकेटीलाई साथी बनाएर हिँड्ने लालबहादुरको बानी थियो । बच्चाको बाउ बन्ने बेलामा केटाकेटीसँग खेलेर हिँड्छ भनेर ठुलाबडाले गाली गर्थे । यही बानी देखेर उसकी नवविवाहिता श्रीमती पनि आजित भइसकेकी थिई । विवाह गरिदिइसकेपछि पनि केही बानी सुध्रिएन भन...
कारण हुनुपर्छ: मन्दिरमा भगवान नहुनुको कारण हुनु पर्छ बाबु मर्दा सन्तान नरूनुको कारण हुनु पर्छ यति ठूलो नेता आभिनेता बस्ने यो सहरमा यौटा पनि दोकान नहुनुको कारण हुनु पर्छ डाक्टरले रोग हरेर ओखती थमाई पठायो खादा रोग निदान नहुनुको कारण हुनु पर्छ रामायणमा घाँसीको बखान बारबार गरेर गजाधरको बयान नहुनुको कारण हुनु पर्छ आफैले जन्...
बाहरू: अटल पहाडजस्तै संयमित र स्थिर शान्त समुद्रजस्तै निश्चल र गम्भीर पीर तापले पनि नपग्ले जस्तो दुःख रापले पनि नगले जस्तो अक्सर कठोर लाग्छ सबलाई बाहरू । निरन्तर श्रम पसिनामा रम्छन् भन्दैनन् मुखले मनमनै गम्छन् घाउ चोटले पनि नदुखेको जस्तो काम गर्न कहिल्यै नपुगेको जस्तो अक्सर बलिया लाग्छन् हाम्लाई बाहरू । घोटिएर दिनरात घ...
पर्खी हेरौँ केही साता: के देश के विदेश देखेकै छौ संसार सारा कोरोनाकै छ विशेष तपाईं-हाम्रो के कुरा कोरोनाको हानिबारे जानकार छौं हामी हात धुने, मास्क लाउने बसालौं है बानी कति मरी मेट्नु मरिलानु के नै छ र कति हतारिनु साँची राख्नु के नै छ र डराउनु हुन्न हामी सजग भए हुन्छ बाहिर जान छाडिदिई घरै बसे पुग्छ भोकैले त्यसै मरिदैन ...
प्रकृति आमा: आमाले माया गरेर दिने अण्डा फुटाएर भित्रको पहेँलो भागजस्तै कसले पहेँलो घाम टपक्क टिप्दिन्छ होला आकासको पूर्व धारमा प्रत्येक बिहान । कहाँबाट आउँछ होला यो सिरसिरे चिसो बतास नाच्दै बारी बारी मेरो शरीरसम्म र कहाँ पुग्छ होला गोधुलीसम्म कामको बीचबीचमा फर्किएर मलाई बेस्सरी अँगालो हालेर अनगिन्ती म्वाई खाने मेरी आमा...
प्रेम-प्रकृति: हिउँदमा प्रीत फुलाउने आलुबखडाका हाँगाहरू गृष्ममा बटुवा भुलाउने पाखा-पखेरा-छाँगाहरू वर्षामा माया घुलाउने नदी-नाला-भंगालाहरू निशृत शृजीत छन् संकल्पित कृत-कृत छन् । जहाँ त्याग प्रेम हुन्छ जहाँ राग लेनदेन हुन्छ स्वान्त: सुखाय भावमा प्राकृत स्वभावमा। प्राचिका प्राचीन पदचापहरू अमिट डोब र छापहरू प्राप्ति भन्दा ...
हिरण्यकुमारी पाठकलाई अनेसास विशिष्ट महिला पुरस्कार: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यस वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमित...
बेहाल भो: जोगाएर हिँड नारी, खतरामा तिम्रो जिउडाल भो। हुर्किन पनि दिएनन् यहाँ , बच्चीकै हाँसो माल भो। दिउँसै लुटिन्छन् छोरी अचेल, रात त्यसै भयंकर विश्वास कसको गर्नु र, पापीहरुको सन्जाल भो। भागेर जाऊँ कहाँ खै, मानवता नै हराए’सि बाँच्न गारो यो धर्तीमा, आफ्नै शरीर काल भो। हत्या गर्छन् चिरफार हुन्छ, निर्मलाहरुको लास तर नांग...
डम्फु: म पानी लिन जाँदा मसँगै कुवासम्म गएर फर्केको थियो । अचानक के भएछ ? बेलुका खाना नखाइकन लल्याकलुलुक्क परेको डम्फु देखेर मनमा कुरा खेल्यो । दूधसम्म पनि खान सकेन । डम्फु बिरामी भएको कुरा घरभरि फैलियो । रातिहुँदो जँचाउन लग्ने कुरा पनि भएन । हामी डम्फुलाई घेरेर बस्यौँ । “पक्कै यसले विष खाएको हुनुपर्छ, नत्र एकाएक यस्तो ...
मौसमी राष्ट्रवाद: वनमासाले ढाकिएको मेरो गैरीखेत आजकल हरियो हुँदै आको छ । भूमण्डलीकृत संसार चिहाएर मेरा काकाले भर्खर आँगन टेकेका छन् । काकी दंग परेकी छन् भाइ मख्ख परेको छ । सरकार हर्ष र विस्मातले रूग्णिएको छ । अनागरिक नागरिक ठान्छ नागरिक अनागरिक गन्छ । सकिन्छ र सकिन्नक\u200dो दाउपेचमा भक्भकाएको छ । एउटा मुर्दा सरकार बने...
बिन्ती: वियोग, दुःख कालान्तारमा कति हो कति सुख, समृद्धि भविष्यमा आउँछ भनी फ्याल्यौँ हामीले राणाकाल, आयो प्रजातन्त्र भन्दै नाराहरु यही नै हो खुसीको मन्त्र आशाका बिगुल फुक्दै अर्को जनसागर उर्लियो दुःखको पहाड पञ्चायत हो भनी विरोधमा कुर्लियो दशा नेपाली जनतामाझबाट भागेन अझै पनि सुरु भयो जनयुद्ध हाम्रै लागि उठाऔँ बन्दुक भनी ...
प्रवासी प्रवाह अनलाइन साहित्य कार्यक्रम शुरु हुँदै: गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले मे १७ आइतबारदेखि साप्ताहिक अनलाइन साहित्यिक कार्यक्रम “प्रवासी प्रवाह” सञ्चालन गर्ने भएको छ । कार्यक्रमको शुभारम्भ प्रसारण आइतबार १७ मे, नेपाल समय बेलुकी ८ बजेदेखि हुने र त्यसमा एनआरएनएका अध्...
वाराणसीमा बिरानो बनेको प्रेमचन्दको घर: भारतीय साहित्यमा आधुनिक कथाकहानीको शैली भित्र्याउने श्रेय प्रेमचन्दलाई दिइन्छ । प्रेमचन्द अहिले पनि उत्तिकै प्रासंगिक छन् है भन्ने जनाउन वा सम्झाउन बेलाबेलामा उनको जन्मजयन्ती मनाइन्छ । तर उनी जन्मिएको र हुर्किएको वाराणसीस्थित उनको घर भने उपेक्षित छ । केही समयअघि भारतीय प्रधानमन्त्...
वैदेशिक रोजगारीः एक पीडा: नमस्ते म भीम सुब्बा तामाङ । मलाई कसैकसैले बाबु साइँला पनि भनेर बोलाउँछन् । चित्रकला मेरो रूचिको विषय हो। मैले यसैलाई पेशाको रूपमा अँगालेको छु। यसका अतिरिक्त फुर्सदिला क्षणमा म गीत, गजल, कथा र कविताहरू पनि लेखिरहेको हुन्छु । भन्नु नै पर्दा म आफूलाई कला र साहित्यानुरागी भन्न रूचाउँछु। चित्रकला ब...
म र मेरो अस्तित्व: नदीका असंख्य लहरहरु वारि-पारि दुई किनाराबीच आफ्नाे मर्यादा नाग्न खाेज्दैछ। म टाढैबाट हेरिरहेँ…. के फरक ती लहर र ममा? म पनि त आफ्ना किनाराबीच मर्यादा नाग्न खाेज्दैछु आफ्नाे अस्तित्व मेट्नलाई आफ्नाे अस्तित्व मेट्नलाई॥१।। वृक्षका असंख्या पातहरु वृक्षकाे साथ छुटेनन् कहिले हुरी-बतासकाे ऋतुमा पनि म टाढैबाट...
काखी: “निकालियो तपाईंलाई काखी च्यापियो उसलाई केही आधार देख्दिन म न गल्ती छ तपाईंको न बढी योग्यता छ उसको” सुनाए एकजनाले। चिन्ताले भने या उक्साउन भने दोधारमा परे म। “किन चुप तपाईं ?” फेरि सोझियो प्रश्न। “नाकको एलर्जी छ त्यसैले” झटपट उत्तर आयो मेरो। छक्कै परे उनी “त्यसको के सम्बन्ध ?” बोल्दै थिए उनका आँखाहरु। “अनि वान्ता ...
ढोका: आफ्नै काया खनेर गहिरो बनाए जग छाला उधारेर सम्याए भित्ता पैताला ताछेर लिपे मझेरी मगज खिपेर चढाए धुरी र एउटा सिङ्गो घर बनाए उड्दै–उड्दै आए नीला चराहरू र दलिनमा आकाश बस्यो हिँड्दै–हिँड्दै आएर मूलढोका बाटै भित्र छिर्\u200dयो घाम र उज्यालो मगमगायो रूखका हाँगा–हाँगामा झुण्डिँदै आयो हावा जस्केलाबाट छिर्\u200dयो र पक्षघा...
अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ', "हप्ताभरिको उल्लासपूर्ण पर्खाइ, रमणीय त्यो ‘गुड फ्राईडे’ आउँछ भन्दै, एउटा मीठो रङ्गीन सपनामा डुबेर, मनमा लाखौं भावनाहरु खेलाइरहन्थेँ, तर, अब त शुक्रबारहरु पनि अँध्यारा लाग्न थाले ।।१।। अव्यक्त रहेका कैयौं भावनाहरु, त्यसैभित्र हुन्थ्यो छट्पटाहट र उत्सुकता, गुम्सिएका हुन्थे मनम...
राहत: “खायो,सुत्यो अनि यही फेसबुकमा नै झुण्ड्यो । दुई महिना हुन लागिसक्यो लकडाउन भएको । खाने र सुत्नेबाहेक अरु उपलब्धि छैन,” छोराको हातको मोबाईल खोस्दै आमाले भन्छिन् । “लौ ! संसार भरिका सबैजनाको काम नै त यही सुत्ने, खाने र फेरि सुत्ने यही त छ आमा,” हाँस्दै भन्छ छोरो । “हेर , पल्लो घरको राकेशलाई रातदिन राहतको सामान लिएर...
अस्पताल: म अस्पतालमा थिएँ । अस्पतालमा हुने गतिविधि, कुराकानी नियाल्दै थिएँ । कोही उपचारमा भएका गल्तीका कुरा सुनाउँदै थिए । कोही अस्पतालमा बस्नुको दिग्दारी । कहिलेकाहीँ यहाँ झगडा पर्छ, कहिले चाँडै कुरा मिल्छ, कहिले लम्बिन्छ । फेरि कुरा सल्टाइन्छ र पूर्ववत् कामकुरा चलिरहन्छ । ‘महँगो उपचार रहेछ । म त आत्तिएँ जेठा । उपचार ...
कुरा: झूटो माया गर्नेको ठूलो हुन्छ रे कुरा बाहिर मीठो बोल्नेको मनमा हुन्छ रे छुरा बेइमानीले तबमात्र सत्य बोल्न थाल्छ जब उसले पिएको हुन्छ रे सुरा पापी पेट बचाउन जीवनमा कसैको शत्रु बनी दिएको हुन्छ रे चुरा केही पाउने अाशामा पुर्पुरो ठोकेर हुँदैन भावीले नै निश्चित गरेको हुन्छ रे खुरा हिजोआज पवित्र प्रेम खोज्दै हिड्दा केवल ...
बेस्ट सेलर वा पुरस्कार विजेता पुस्तकका रहस्य: किन केही पुस्तकहरुमा समेटीएका कथाहरुले हाम्रो मन-मस्तिस्कलाई धेरै समयसम्म हल्लाइदिन्छन? किन केही लेखकहरुलाई हामी (पाठकहरुले) शब्दको जादुगरको दर्जा दिन्छौँ ? एउटा पाठकको हैसियतले मैले थाहा पाएका र बुझेका कुरा यहाँ पस्केको छु । पाठकलाई पहिलो वाक्यदेखि नै ‘हूक’ गर्न सक्ने क्षम...
परिचय: म छर्न सक्दिन कहिल्यै, अविश्वासका बिउहरू, स्वयंभुका दुईवटा आँखाहरूमा । हेर्न चाहन्नँ म, टुक्रिएकाेे परिचय र भावना, प्रत्येक नेपालीका मनहरूमा । हार र जितकाे खेलमा, एउटा नेपालीले हारे पनि, मेरै अस्तित्व घटिरहेछ । रंग र वर्ण फरक हाेला । ईच्छा र आकांक्षा फरक हाेला । म जे भए पनि, जहाँ रहे पनि, मेराे रगतमा काेशी र गण्...
छिमेकी: छिमेकीले घाँस काट्यो मैले घाँसै त हो भनेँ छिमेकीले कान्लो ताछ्यो मैले माटै त हो भनेँ छिमेकीले रूख काट्यो लग्यो मैले पाजी दाउरै त हो भनेँ अब त छिमेकीले त्यो बारी मेरो हो भन्छ त्यो सल्लाघारी मेरो हो भन्छ रूख, रूखमा बस्ने चरा चराको गीत रुखले नकाल्ने सुसेली सब मेरा हुन् भन्छ भन्देऊ न हो अमरसिंह भोक ठूलो कि स्वतन्त्...
‘ज्ञ’ आख्यानकारलाई चिठ्ठी: प्रिय आख्यानकार नगरकोटीज्यू, मैले हजूरको प्रकाशित कृतिहरुको अक्षर पनि नछुटाई पढेको छु। अघिल्ला दिनहरुका हजूरको कृतिहरुको प्रारुपले म निकै मुग्ध भएको थिएँ तर ‘ज्ञ’ले हजूर पनि कतै बजार र प्रकाशकको शिकार हुनु भयो कि जस्तो लाग्यो। यो कुरा जरुरी थिएन कि हरेक ८|९ महिनामा नयाँ पुस्तक प्रकाशन गर्नै प...
कठै बालापनका ती खेल: कोभिड-१९ को कारणले मार्च १६ देखि घरबाटै काम हुन थाल्यो । कान्छी छोरीको स्कूल पनि बन्द । झन्डै २ हप्तापछि जेठी र माइली छोरीहरू जो टोरन्टोमा बस्दै काम गर्थे, उनीहरू पनि हामी भएको ठाउँ टिमिन्समै आए । धेरै बेफाइदाहरू भए पनि, यो कोभिडले गर्दा एउटा राम्रो कुरा भने लामो समयपछि परिवारका सबै जना सँगै बस्न प...
भूपिन र सुप्लाको हवाइजहाज: कमल ढकालजीले प्रखर कवि भूपिन पनि आउँदैछन् भन्ने जानकारी गराएपछि मात्र म ‘भूपिन’ नामसँग परिचित भएको थिएँ । २०७५ को मंसिर पहिलो साता युवराज नयाँघरे, नयनराज पाण्डे, अश्विनी कोइराला, कमलजी तथा भूपिन सहितको टोली रुकुम भ्रमणमा निस्कँदै थियो । अरुका कृतिहरुसँग पूर्व परिचित भैसके पनि भूपिनका कृतिसँग ...
विचारप्रधान निबन्ध: विशेषगरी कवितामा राम्रो दखल भएका कवि एवं निबन्धकार भीष्म उप्रेतीका कविता, निबन्ध र नियात्राका डेढ दर्जन पुस्तक प्रकाशित छन् । विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित उप्रेतीको पछिल्लो कृतिको रूपमा निबन्धसङ्ग्रह ‘तपाईंको पहाड कहाँ हो’ आएको छ । पुस्तकमा आत्मपरक र व्यक्तिपरक गरी जम्माजम्मी सत्र वटा निबन्...
काखी: ‘निकालियो तपाईंलाई काखी च्यापियो उसलाई केही आधार देख्दिनँ म न गल्ती छ तपाईंको न बढी योग्यता छ उसको,’ सुनाए एकजनाले। चिन्ताले भने या उक्साउन भने दोधारमा परेँ म। “किन चुप तपाईं ?” फेरि सोझियो प्रश्न। “नाकको एलर्जी छ त्यसैले,” झटपट उत्तर आयो मेरो। छक्कै परे उनी “त्यसको के सम्बन्ध ?” बोल्दै थिए उनका आँखाहरु। “अनि बान...
धुँवा: कति उढ्यो होला त्यो धुवाँमा निष्ठुरीका यादहरु? उसलाइ सम्झिदै त तान्दै थियौ एक सर्को चुरोट . कति पोल्यो होला त्यो चप्पलको छालाहरु? त्यसैमा त घिसार्दै थियौ एक मुठ्ठी सास . कति निकाल्यौ होला आँसुका चर्का बिजुली? त्यही त बगाउँदैथियौ आँखाका खहरेहरु . कसरी थाम्यो होला पालतो डोरीले त्यत्रो दबाब त्यंही त झुन्ड्याउँदै थि...
भगवान स्वयं मरेको दिन !: दिनको १२ बजेको हुँदो हो, मोबाइल फोनको घण्टी बज्यो । प्राचार्यले गर्नुभएको रहेछ । फोन उठाएर “हजुर सर” भन्न नपाउँदै मलिन आवाजमा भन्नुभयो, “सर, एउटा दुःखद् खबर छ ।” मैले हतारिएर सोधेँ, “हँ, कसलाई के भयो ?” प्रतिउत्तर साह्रै अप्रिय आयो । दिपेशको असामयिक निधनको खबर थियो त्यो । मेरा हातखुट्टा लगलगाउन...
आफ्नो पहाड: आँखाले हेर्नु र आँखा खुल्नु भिन्नै रहेछ, सधैँ हेरिएका कुरा, वर परका कुरा देखिएका हुँदा रहेनछन् | आधि बाटोमा आँखा खुल्दा पो चेत आयो बाटो पूरै गलत हिँडिएछ, हिँडिसकेको बाटो फेरि हिंड्न नमिल्ने | बिना अर्थ उचाईको पछि लागिएछ जीवन त गहिराइमा हुदो रहेछ, पहाडहरुले झुक्काउने रहेछन् हो, भ्रमका पहाडहरुले आफ्नो पहाड त ...
राष्ट्र वन्दना: मलाई मेरो मनले सधैँ, यही भन्ने गर्छ – ‘ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।। देश भन्नु भूगोल मात्रै, हैन भावना हाे, हिमाल, पहाड, तराई सबै, हाम्रै आँगन हाे । मेची-काली हाम्राे नशा, भित्र बग्नुपर्छ, ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।। जातजाति, भाषाभेष, संस्कृति र धर्म, पहिचान हाे हाम्रो देशको, ए...
संसारकै विवादास्पद १७ प्रश्न: तलका १७ प्रश्न तमिल राजनीतिज्ञ तथा समाजसुधारक ई.वी. रामासामी नायकरले भगवानलाई गरेका प्रश्न हुन् । उनको जन्म १७ सेप्टेम्बर १८७९ मा भारतको तामिलनाडूमा भएको हो । ९३ वर्षको उमेरमा २४ सेप्टेम्बर १९७३ मा उनको मृत्यु भएको थियो । उनकाे मूर्तिको तल अहिले पनि लेखिएको छ\u200dः ईश्वर छैनन् र वास्तवमा ...
हाइकु: अखण्ड राज्य, ज्यादती व्यवहार मौन् सरकार ! लकडाउन, नाकमुखमा मास्क पेटमा मुसा ! गुरुयोजना , नेताको त्यो भाषण जनता उहिँ! नेपाल २०, कोरोना पृष्ठभूमी तहसनहस्! लामो छ यात्रा , केही छिन् विश्राम स्वपान चुम्न ! #उमेश थापा
हावासँगै बग्ने बाध्यता: कस्ले भन्छ टुक्रिएका बादलहरुमा दुखाइ छैन भनेर! उसको पनि आफ्नै दुखाइ हुन्छ आफ्नो अस्तित्वका सुन्दर छविहरु मेटेर बग्नु परेको छ हावासंगै बादलको कथा र कविको व्यथामा कुनै अन्तर छैन यहाँ आमा भन्नु हुन्छ “भो…बन्द गर्दे तेरा कलमहरु कस्ले पढ्छ तेरा थोत्रा कविता” इतिहास इतिहासमै सीमित भइगयो वर्तमान आडम्वर...
राति: मलाई यादमा मस्तै पिलाएको थियो राति उनैको सम्झना ताजा दिलाएको थियो राति भकानेरै दुखेँ धेरै कुराकानी भयो गाढा मनै फाट्दा उसैले पो सिलाएको थियो राति सबैलाई फकाएरै दिलै जित्ने छ रे बानी नमिल्ने त्यो कुरा जम्मै मिलाएको थियो राति लुकीचोरी लुकामारी भयो के के जुनेलीमा लजाएरै कयौं तारा बिलाएको थियो राति भनौं आफ्नो कथाकुन्...
किताबदेखि किताबसम्म: म आमा-बाको तेश्रो सन्तान । आमाबा तराईमा कटेरो बनाउन संघर्षरत थिए । पाटीमा खरी घोटेर विश्वविद्यालयको प्राध्यापन सम्मको यात्रा तय गरेका पिताका लागि तीन सन्तानको निजी विद्यालयको चर्को शिक्षा धान्न गाह्रो भएको हुनुपर्छ । त्यसैले म ढिलासम्म विद्यालय गइनँ । ढिला यो अर्थमा कि सहरमा त्यसबेला शिशुकक्षाहरु प...