text stringlengths 146 47.7k |
|---|
खतरनाक किताब पसले: ६४ वर्षे लामलाई पुस्तक मोह यति थियो कि उनी रिहापछि पनि आफ्नो अभियानमा रत्तिभर डग्मगिएका छैनन् । उनले हङकङमा पसल खोले पुनः पक्राउ पर्ने देखेपछि ताइवानमा सोही अभियानलाई निरन्तरता दिने भएका छन् । यसका लागि उनले इन्टरनेटमार्फत सहयोग जुटाएर पुस्तक पसल खोल्न लागेका हुन् । यसका लागि उनले १ लाख ६० हजार पाउन्... |
अहो, मदनकृष्ण र हरिबंशको जोडी पो रहेछ: रामकुमार पाँडे नेपाली साहित्य र कलाका मानक व्यक्ति हुन् । कुनै बेला नेपाली विद्यार्थीले आफ्नो माध्यामिक विद्यालय पूरा गर्न रामकुमार पाँडेको रचना पढ्नै पर्ने बाध्यता थियो । हाँस्यब्यङ्ग्यमा लाग्नेहरुका लागि त रामकुमार पाँडे सम्पूर्ण कोर्स बुक नै हुन् भन्दा फरक पर्दैन । शिक्षा शंकाय... |
दुई संग्रहको प्रकाशन र एउटा अन्तर्राष्ट्रिय पुरस्कारको घोषणा: गैर आवासीय नेपाली संघको साहित्य र संस्कृति विभागले यो वर्ष दुई वटा कृति प्रकाशन गर्ने भएको छ । गएको साता गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पादा प्रवर्दन समितिको बैठकले एउटा नियात्रा संग्रह र एउटा गजल सङ्ग्रह प्रकाशन गर्ने निर्णय गरेको हो ... |
बन्दाबन्दीमा अनलाइन वाचन संस्कृति मौलाउँदै, ओबामा पनि अनलाइन वाचनमा: बन्दाबन्दीको समयमा इन्टरनेट संसारभरमा बहुसंख्यक मानिसहरुको लागि समय व्यतित गर्ने मुख्य साधन भएको छ । इन्टरनेटमा उपलब्ध भएका ज्ञानबर्द्धक तथा मनोरञ्जनात्मक सामग्रीहरुको प्रयोग ह्वात्तै बढेको छ । चलचित्र तथा भिडियो सामग्रीहरु मात्रै नभएर यो समयमा पुस्तक... |
कोरोनाले ल्याएको किताब संकट: सन् २०२० लाग्नु केही अघि नै अमेरिकाका पुस्तक प्रकाशकहरूले बसन्त सुरू हुने बित्तिकै किताबको लस्करै लगाउने तयारी थालेका थिए । अर्थात् डिसेम्बर अघि नै अप्रिल महिनाका लागि सयौँ पुस्तक बजारमा ल्याउने तयारीमा प्रकाशकहरू थिए तर कोरोना भाइरसका कारण प्रकाशकमाथि बज्रपात नै खसेको छ । कोभिड १९ का कारण ... |
अमिश त्रिपाठीको चर्चित 'द ओथ अफ द वायुपुत्रज': भारतिय लेखक अमिश त्रिपाठीद्धारा लिखित शिव ट्रायोलोजी हिन्दुका देवता शिवको इश्वरत्वको यात्रामा आधारित छ । कुनै आदिवासीको सरदार कसरी हिन्दुहरुको लागि तारणहार बनेर सिंगो सम्प्रदायको विश्वासको केन्द्रमा बस्न पुग्छ भन्ने कथालाई अमिशले आफ्ना ३ पुस्तकहरुमा वर्णन गरेका छन् । चाखला... |
नियात्रा : ओसाका यात्रामा भानुभक्तहरू: प्रकाश पौडेल ‘माइला’ आफ्नो देशबाट पाँच हजार दुईसय किलोमिटर टाढा भए पनि हामीसँग आफ्नो भाषा थियो । यही भाषालाई सबै नेपालीको साझा बनाउने भानुभक्तको तस्विर थियो । यही तस्विरलाई गाडीमा राखेर हामी नेपाली भाषामा गीत गाउँदै र नाच्दै यिनै भानुभक्तको जन्मोत्सव मनाउन जापानको राजधानी टोक्योबा... |
रहिनन् अद्भूत शब्दकोश संकलक: संसारकै सबैभन्दा धेरै शब्दकोश संकलन गर्ने महिला मेडलिन क्रिप्कीको हालै निधन भएको छ । उनको संकलनमा संसारका दुर्लभ शब्दकोशहरू रहेको दाबी गरिन्छ । निजी संकलनमा यत्तिका धेरै शब्दकोश हुने उनी मात्रै हुन् । पाँच कक्षामा पढ्दा उनका मातापिताले वेब्स्टर्स कलेजियट शब्दकोश दिएयता उनीसँग विभिन्न भाषाका... |
अक्सफोर्डमा साहित्य पढ्न ५६ लाख रुपैयाँको छात्रवृत्ति पाउने भाग्यमानी नेपाली: विश्व प्रशिद्ध विश्वविद्यालय अक्सफोर्डमा छात्रवृत्तिमा साहित्य पढ्न पाउनु नै सौभाग्य हो । यसमा अझ ५६ लाख रुपैयाँ बराबरको छात्रवृत्ति पनि पाइन्छ भने त्यो संयोग कस्तो होला ? एक नेपाली विद्यार्थीका लागि भने यो सुखद संयोग जुरेको छ । यो सुखद संयोग... |
बसन्तको दाह्री साहित्य: मेरो नाम बसन्त अधिकारी । उमेर चाहीँ ४२ बर्ष । स्थायी बसोबास, बिराटनगर । आनन्द हरेक मानिसको सबैभन्दा ठूलो खोजी हो । यो आनन्दका लागि कोही संगीतमा जीवन खोज्छन्, कोही गायनमा, कोही कलामा र कोही साहित्यमा । म भने दाह्रीमा आफ्नो आनन्द खोज्ने गर्दछु । म १६ वर्षको हुँदादेखि मेरा दाह्री जुँगा पलाउन थालेका... |
कलाकार तीर्थको लकडाउन सदुपयोग - कला कथा: लकडाउन असाध्यै बोझिलो भइराखेको छ भन्ने हामी सबैले महसुस गरिसकेका छौँ । कार्यालयको काम मात्रै गरिरहदा वाक्क दिक्क भएर लामो बिदा माग्नेहरु पनि अहिले आजित भएका छन् । केहि गर्न पाए हुन्थ्यो भन्ने सबैको मनमा छ । दिक्दारलाग्दो दैनिकी भएको छ धेरेको । यस्तोमा सिर्जनशील हुन सक्ने सम्भावन... |
विपिन कार्की एक, स्वरुप अनेक - लेखकका रुपमा अब किताब प्रकाशन गर्दै: नेपाली चलचित्र क्षेत्रमा विपिन कार्कीको बारेमा अब धेरै भनिराख्न पर्दैन । अहिले विपिन कार्कीको नाम मात्रै पनि नेपाली फिल्मी क्षेत्रमा बेग्लै पहिचान बोक्न सक्ने भइसकेको छ तर यो सफलता विपिन कार्कीलाई चिठ्ठा परेको वा आकस्मिकरुपमा उपलब्ध भएको भने होइन । लुट... |
लकडाउन अनुभूति : भुइँ छुन नपाएका ४५ दिन: मायामितु देश छाडेपछि देशको माया लाग्छ । आफन्त बिछोड हुँदा आफन्तको यादले सताउँछ । माटो पनि त्यस्तै रहेछ, माथि उक्लेपछि भुईँको याद आउने रहेछ । चैत १० गते । म आफ्नै वासस्थानमा कोरोना भाइरससम्बन्धी खबर ध्यान दिएर सुनिरहेको थिएँ । सन् २०१९ को डिसेम्बरको अन्त्यतिरदेखि यो भाइरसका बारेम... |
फर्की जाऊ: यशोदा गैरे हर दिन हजारौँ मुत्युवाहक बनी घुमिरहन्छौ कोरोना अझै कति संसारभरि ? आकाशले पनि सन्ताप गरी बर्षा गराइरहेछ । चराहरु चिरबिर कुहुकुहु गरी नाच्नुपर्ने, उडनुपर्ने केही जोडी मात्र डुलिरहेका छन् । फूलका कोपिलाहरु फुल्न ठिक्क परेका पनि खै के पर्खिरहेछ किन पर्खिरहेछ ? आफ्नो सुभाष छर्न अझै । हरदिन शितल हावा चल... |
विदेसिएका र बिकेका राष्ट्रवादीहरु: सञ्जय शान्ति सुबेदी बिकेका राष्ट्रवादीहरु, देशैभरि सलबलाएका छन् कोही गरिबको मसिहा बन्छन्, कोही नागरिक अगुवा, कोही सञ्चारगृहको मालिक, कोही दलाली व्यापारी त कोही कालो बजारी कोही बन्छन प्राध्यापक त कोही बन्छन् प्राज्ञ, कोहीलाई बनाइन्छ विज्ञ । कोही जनजातिका नेता, कोही मनमानीका नेता, कोही ... |
नलिनी: निर्मला कोइराला नलिनी ! म तिमीलाई प्रेम गर्छु तिमीलाई कञ्चनजङ्घा जस्तै निष्कपट प्रेम गर्छु । प्रिय नलिनी ! तिम्रो शालिनताभित्र पस्न डराएको म तिम्रो व्यक्तित्वदेखि खुम्चिएर भाग्न खोजेको म तिमीले कत्ति सजिलै मेरा संकुचनहरूलाई, हृदयमा उम्रिएका अप्ठ्यारा काँडाहरूलाई, मत्थर पारेर नामेट गरायौ, विचारको युध्दमा जित्न सि... |
थेत्तरो माग्ने : नवराज कार्की: नवराज कार्की कस्तो अटेरी माग्ने टेर्दै नटेरी माग्ने पटक पटक धकेल्दा दुत्कारिँदा नभाग्ने ! जुठोपुरा कसैको घिनै नमानी थाप्ने घर-घर घुमेर माग्ने थर-थर भएर माग्ने जति दिउँ जड्यौरी नाङ्गै छ त्यो नढाक्ने ! झण्डा लिएरै माग्ने धन्दा भनेकै माग्ने क्या- मृत चेतना हो कहिल्यै पनि नजाग्ने ? साँढे भनूँ... |
मान्यवर अब आराम गर्नुस् : झलक मगर: झलक मगर युगौँदेखि आकास चिथोरेर, धर्ती फोरेर मैले उब्जाइरहेँ श्रमको मह मेरो श्रमको मह काढेर लगिरहे धर्मावतारहरुले मैले स्वस्ती गरिरहेँ युगौँदेखि आफैँलाई नङ्ग्याएर शीला देशको झण्डा भन्ने आदेश आइरह्यो विष्णुवतारको मैले हस् भन्दै स्वस्ती गरिरहेँ युगौँदेखि आफैँलाई खलाँती बनाएर बनाइरहेँ न्य... |
सपना तेर्साएरै: राजन ढकाल, म्यान्मा मायाको रथ हाँकेको थिएँ, सपना तेर्साएरै तिम्रै साथ खोजेको थिएँ, सपना तेर्साएरै । सफल विफलको वास्ता भएन त्यतिखेर जतिखेर मन चोरेको थिएँ, सपना तेर्साएरै ।। यो मुटुमा कताकता तिम्रै खाटा बसिसकेर तिमीमै विलय भएको थिएँ, सपना तेर्साएरै । साँघुरीएको मन फराकलो बनाएर जानू प्रेम प्रस्ताव राखेको थ... |
समयको चमत्कारिक अनुहार: दामोदर पुडासैनी अहिले भर्खरै हामी सबैलाई सुलुत्तै निल्न जाइलाग्यो एउटा समय हाम्रो सामु हार्नुपर्छ कलुषित समयले अबको समय मान्छेको जीतको समय हुनुपर्नेछ मान्छे बिना यो सँसार हुनुको कुनै अर्थ छैन तिम्रो अनुहार उज्यालो र हँसिलो देखेपछि मात्र सुकिलो हिमाल बन्छ मेरो मुहार सबेरैदेखि म तिमीसँगको माया बार... |
लकडाउनमा सुफीसँगको प्रेम: यस गैरे केही महिनादेखि हामी कोरोना भाईसको माहामारीबाट गुज्रिरहेका छौ । यो संक्रमणकालीन अवस्थामा मन मस्तिकले धेरै साथ दिदोरहेनछ । डर त्रास आशंकाका बिच मनलाई केहि राहत प्रदान गर्दो रहेछ पुस्तकको अध्ययनले । राम्रो र असल साथीको रुपमा मैले धेरै किताबलाई रोजे । कतिपय किताबहरु पढदै जाँदा त्यहाँ लेखिए... |
पेशल आचार्यका दुई कविताहरु: आदर्शहरूमा स्किन डिजिज् इमानको इजलासमा बेइमानको बकपत्र जात्री छ ईश्वर वकिल मानिस झगडीया र समय अदालत हाम्रा सामु खडा छन्, ज्वाने झारले धान खर्लप्प बनाएझैँ मानिसका आदर्शहरूमा यतिखरेर ‘स्किन डिजिज’ भएको छ व्यवहार पानी हालिएको पन्यालो दूध सान्त्वना बेट्री सकिएर रोकिएको क्वार्ज घडी पथ आत्मादेखि प... |
पत्रिकामा फिचर लेख्ने काइदा: खोज पत्रकारिता केन्द्र धेरै मिहिनेत गरेर खोजी गरेको स्टोरी बाहिर आउँदा कस्तो प्रभाव पर्ला भनेर सोच्ने बेलामा मसँग पाठकलाई बताउने स्टोरी साँच्चै छ त भनेर आफैंलाई सोध्नुपर्छ । अतुलनिय र उत्कृष्ट बन्न सक्ने खोजमूलक स्टोरी राम्रो हुन्छ कि हुँदैन भन्ने कुरा स्टोरी कसरी तयार गरिएको छ र कसरी लेखिए... |
साहित्य सृजना कसरी गर्ने ? ध्यान दिनु पर्ने कुराहरु: हरेक मानिसका आ–आफ्नाा भावना र कल्पना हुन्छन् । हरेक मानिसमा नयाँ–नयाँ विचार उठ्छन् । हरेक मानिसका केहि न केहि काम र कुराहरू पर्छन् । यही सिलसिलामा आफ्नाा मनको भाव अरुको सामुन्ने व्यक्त गर्न थाल्छन् । मनको भाव व्यक्त गर्ने दुइटा तरिका छन् – बोलेर र लेखेर । बोलेर भन्दा... |
नेपाली भाषाको भद्रगोल सुधार्न 'नेपाली कसरी शुद्ध लेख्ने ?' को महत्व: रविन गिरी “हिजोआज सबैबाट एकमुखको माग यही भइरहेछ – सिद्धान्तकौमुदीका सूत्र जस्तै गरी नेपाली व्याकरण हामी घोक्न सक्तैनौं, तसर्थ ज्यादै सजिलो, ज्यादै छोटकरी, ज्यादै उदार कुनै नियम भए हाम्रो लेखाइमा एकता होला ।” माग आजकै पुस्ताको जस्तै लाग्छ । तर, १९९१ सा... |
'द ग्रेट इन्फ्लुएन्जा' लाग्यो उकालो: न्युयोर्क / यतिबेला अमेरिकामा ज्यादै खोजिएको पुस्तकमध्ये द ग्रेट इन्फ्लुएन्जा पनि हो । सन् २००४ मा बजारमा आएको यो पुस्तक जोन एम. बेरीले लेखेका हुन् । पुस्तक बजारमा आएयता संसारभर ३ लाख ८८ हजार प्रति बिक्री भइसकेको छ । पछिल्लो समय भने ट्रेडपेपर (सस्तो कागज) निस्कन थालेपछि यसको खोजी बढ... |
विनम्रतापूर्वक अनुरोध : मलाइ कुनै पनि किसिमको पुरस्कार नदिनुहोला - बुद्धिसागर: ‘समकालीन नेपाली साहित्यलाई कसैले गम्भीरतापूर्वक अघि बढाउन सक्छ र विश्वलाई नेपाली साहित्यका बारेमा केही दिन सक्छ भने मलाई लाग्छ, उनी बुद्धिसागर हुन् ।’ नेपाली भाषामा विद्यावारिधि गरेका अंग्रेज विद्वान माइकल हटले एक वर्षअघि एउटा टेलिभिजन अन्तर... |
नवपुस्ताका पहिलो रोजाइका पाँच नेपाली उपन्यास: नेपाली साहित्य जगतको हालको अवस्थामा नवपुस्ताको झुकाव लोभलाग्दो छ । अझ् उनीहरुको झुकाव अन्य विधामा भन्दा उपन्यासमा बढी नै रहेको छ । उनीहरु किताब पढ्दैनन् मात्र, आफूलाई राम्रो लागेका पुस्तकहरु साथी तथा सञ्जालमार्फत् सिफारिस पनि गर्छन् । हेरौँ, पाँच नवपुस्ताका पहिलो रोजाईका पा... |
'बिकमिङ' अब वृत्तचित्रका रूपमा: बेस्ट सेलर पुस्तक ‘बिकमिङ’को बिक्री बढाउनका लागि देशभरिका ३४ शहरमा हिँडेकी पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामाको सो यात्रा अब डकुमेन्ट्री फिल्मका रूपमा आएको छ । उनको सो डकुमेन्ट्रीलाई नेटफ्लिक्सले मे महिनाको पहिलो साता रिलिज गरेको हो । सन् २०१८ मा बजारमा आएको मिसेलको संस्मरणात्मक पुस्त... |
सिमोन द वुभाँको नयाँ उपन्यास आउँदै: सिमोन द वुभाँ र जाँ पाल सात्र अघोषित श्रीमान्-श्रीमती थिए । वुभाँ प्रख्यात महिलावादी अभियन्ता थिइन् भने सात्रले दार्शनिकको परिचय कमाएका थिए । दुवैले बिहे गरेका थिएनन् तर सँगै बस्थे । दुवैले कसैलाई पनि कज्याउन खोजेनन् । जब सात्रले संसारभर ख्याति बटुल्दै जान थाले वुभाँले १९५४ ताका एउटा... |
हिरा आकाशको त्यो चिठ्ठी...: म हराउँदा उनी खोज्थे मलाई, म जब देखा पर्थें अखबारमा, त्यसपछि उनी मलाई कि त फोन गर्थे, कि त हुलाकमा खसाल्थे बैरङ चिट्ठी । म जो थिएँ त्यसबेला एउटा हुलाकी । एक पटक मैले उनलाई एउटा चिट्ठी पठाएँ उनी काम गर्ने साना किसान विकास आयोजना कार्यालय मधुमल्ला मोरङमा । चिट्ठीमा आशा थिएन निराशा थियो संघर्ष ... |
महिला पाठक बढी जाँगरिला: लन्डन / आख्यान पढ्ने मामिलामा पुरूषभन्दा महिलाहरू बढी जाँगरिला भएको एउटा अध्ययनले देखाएको छ । पुरूषहरूले ५० पृष्ठभन्दा बढी पढ्न नसकेको पुस्तक महिलाहरूले भने १०० पृष्ठभन्दा बढी पढिसकेको हुने देखिएको हो । खासगरी इबुकका मामिलामा गरिएको अध्ययनले अर्को एउटा तथ्य पनि देखाएको छ । अमेजनले गरेको अध्ययनम... |
अर्थपूर्ण किताब शीर्षकबाट चर्चामा: लन्डनबासी फिल सअ यतिबेला निकै चर्चामा छन् । नहुन पनि किन ? उनको कामै त्यस्तै छ ! मूलतः डिजिटल प्रिन्टमेकरको परिचय बनाएका फिलको चर्चाको कारण चाहिँ हालै बन्दाबन्दीका बेला उनले सिर्जना गरेको एउटा कलात्मक प्रस्तुति नै हो । फिलले बुकसेल्फ आर्ट शीर्षकमा एउटा रोचक काम गरे । कोरोना कहरका कारण... |
फिल्मी उपन्यासको बाढी: अमेरिकामा हरेक वर्ष एउटा मेला लाग्छ । यो मेलामा साइफाइ र कमिक्सका चरित्रहरू जीवन्त भएर आउँछन् । त्यहाँ नयाँ नयाँ घोषणा पनि हुन्छन् । जस्तो यस पटकको सी२इ२ मेलामा नयाँ कुरा थपियो । यसमा ‘स्टार वार्स’का पात्रहरूले अनेक कर्तब मात्र देखाएनन्, नयाँ कुरा पनि भयो । यो मेलामा स्टार वार्सका पात्रसँगै नयाँ ... |
बूकाहोलिक्सको लकडाउनमा स्रष्टासँग साक्षात्कार चौथो हप्तामा: साहित्य, पुस्तक र पठन संस्कृतिका लागि सक्रिय प्रतिष्ठित फेसबुक ग्रुप बूकाहोलिक्सले सञ्चालन गरिरहेको लकडाउनमा स्रष्टासँग साक्षात्कार चौथो हप्तामा प्रवेश गरेको छ । बूकाहोलिक्सले गत महिनाको १७ तारिकबाट अनलाइन कार्यक्रम सुरु गरेको थियो । यो साक्षात्कारमा विभिन्न स... |
इतिहासमा आज: नेपालमा साहित्यकारको समूह पहिल्यैदेखि सक्रिय थियो । उनीहरुले विभिन्न आन्दोलनहरु चलाएका थिए । तर संगीत क्षेत्रमा यस्तो समूह सक्रिय थिएन । हुन त साहित्यकार र संगीतकर्मीहरुबीच नजिकको नाता छ । अझ भनौँ, कतिपय एउटै व्यक्ति दुई क्षेत्रमा सक्रिय थिए । त्यै पनि संगीत क्षेत्रसँग नजिक भएका सबै व्यक्तिहरुको एउटै भेला ... |
लेखनाथको पिँजडाको सुगा: -Home Suvidi (उपजातिमा) छैनन् यहाँ बान्धव बाबु आमा एक्लै परेको छु म पिन्जडामा तितो छ यो भाग्य सकिन्न जानी मेरो छ बेग्लै नमिठो कहानी ।। छ बाल्यकालै बबुरो छु यस्तो आफन्तले शून्य निरीह जस्तो सुगा भनी चिन्दछ रात साँझ सर्वत्र यो मानवको समाज ।। न पिन्जडाभित्र छ थोर चैन खोजूँ कहाँ शान्ति यहाँ हुँदैन न ... |
इ नगरी छै विशेष: एहि एशिया मे हमर नेपाल बड सुन्दर, शान्त, विशाल छै कमल फूल सन मधेश हमर जेना गगणमे पूर्णिमाक चान छै । ई नगरी छै विशेष करु भिजिट मधेश रामक सासुर सीताक नैहर अन्न–धन भरल भण्डार छै कोशी, कमला छमछम नाचे जंगल घुमैत हंसराज छै । झण्डा, दाहा, माघी, सुकराती उडि़ रहल रंग गुलाल छै हिन्दु, मुस्लिम संग पूजैय आस्थाक पा... |
विशेष सम्पादकीय: सम्भव छ ! समस्या छन् भनेर मात्र समाधान निस्कदैन । यही मान्यताबाट हामीले यात्रा अघि बढाएका छौँ । बाटाहरु दुई किसिमका हुन्छन्– एउटा छोटो तर अप्ठ्यारो । अर्को लामो तर सजिलो । तर साहित्यपोस्ट तेस्रो बाटो हिँड्ने दुष्प्रयास गर्दैछ । हामीले हिँड्न लागेको बाटो लामो मात्र होइन, सगरमाथा चढे जत्तिकै अप्ठ्यारो पन... |
दुई उपन्यासको प्रिक्वेल आउँदै: बहुतै लोकप्रिय दुई उपन्यास ‘ट्वीलाइट’ र ‘हंगर गेम्स’ शृंखलाका फिल्महरूलाई दर्शकले निकै सराहना गरेको पाइएपछि ती उपन्यासका प्रिक्वेललाई बजारमा ल्याउने तयारी लेखिकाद्वयले गरेका छन् । ‘हंगर गेम्स’को प्रिक्वेल ६२४ पृष्ठ लामो ‘द ब्यालेड अफ सङबर्ड्स एन्ड स्नेक्स’ उपन्यास आउँदो मे १९ मा रिलिज हुन... |
नर्कको यात्रा: ‘टिङ’ आवाजसहित लिफ्टको ढोका खुल्यो । लिफ्टको डिस्प्लेमा केही संकेत देखिएको थिएन । म एकछिन अलमल्लमा परें । म किंकर्तव्यविमूढ भएर एकछिन त्यहीँ उभ्भिरहेँ तर पनि लिफ्टको ढोका बन्द भएन । सोचें, यो लिफ्ट यहाँभन्दा माथि जाँदैन । लिफ्टबाट बाहिर निस्किएँ । अचम्म त के भयो भने, म बाहिर निस्कनेबित्तिकै लिफ्टको ढोका ... |
अंश बाडफाँड: निरज दाहाल: याद छ भाइ तँलाई त्यो रात ज्वरोले च्यापेर सिकिस्त बनाएको बेला आमाले रुँदै तँलाई च्यापेर सुतेको दिन ? तर आज अंश माग्दा तैँले आमाको काख माग्न सकिनस् तैँले त त्यो दिन पनि बिर्सेछस् नभए आज अंश माग्दैगर्दा बाको काँध कसरी छुटाउँथिस् होला र ? जुन काँधमा चढ्न तेरो र मेरो झगडा पर्ने गर्थ्यो भाइ, मैले चाह... |
साहित्यकार जगदीश घिमिरेसँगकोे अप्रकाशित अन्तिम आधा अन्तरवार्ता, जुन पूरा हुन पाएन: यो अन्तरवार्ता वास्तवमा यसरी अपूरो आउला भन्ने अन्तरवार्ता लिने वा दिने कसैलाई पनि लागेको थिएन । यो अन्तरवार्ता यस्तो आधा नै रहनुमा समयको ठुलो खेलोफड्को छ । खासमा यो अन्तरवार्ताको पृष्ठभुमि धेरै पहिलेको घटनाले बनाएको थियो । जहाँ एक पटक अन... |
१७ वर्षीय भुवनको लेखन यात्राः सौतादेखि सम्मोहनसम्म: भुवन सिंह कार्की लेख्ने मानिस कहिल्यै हार्दैन, हार्ने मानिसले कहिल्यै लेख्दैन । मलाई अझै पनि कक्षामा सरले पढाउँदा भन्नुभएको यो कुरा स्मरण छ । सायद साहित्यप्रति मेरो लगाव बढाउनमा यही सूक्तिले अहम् भूमिका खेलेको छ । सुरुमा कविताका केही पङ्क्तिहरूबाट साहित्य यात्रामा प्र... |
अशेष मल्ल कसरी फुत्किए जुत्ता व्यापारबाट ?: नाट्यकर्मी अशेष मल्लका हजुरबुवा गजेन्द्र प्रधानाङ्ग पूर्वाञ्चलका पहिलो जुत्ता ब्यापारी हुन्, जसले कोसी नदीपूर्व र मेची नदी पश्चिमका धेरैजसो नेपालीलाई जुत्ता लगाउन सिकाएका थिए । त्यो क्षेत्रका अधिकांशले आफ्नो खुट्टामा पहिलो पल्ट लगाएको जुत्ता नै ‘दिनेश सुज’ थियो । अशेष मल्लका ... |
विश्वव्याधि उधिन्ने उपन्यास: जेन सियाबेटारी अहिले हामी जस्तो अवस्थाबाट गुज्रिरहेका छौँ, यस्तो अवस्था आउला भनेर कसैले पनि कल्पिएको थिएन । तर पख्नुस्, साहित्यकारहरूले चाहिँ कल्पेका थिए । त्यसबारे पछि कुरा गराैँला तर अहिले त हामी भयमा छाैँ । के होला र कसो होला, आफ्नो ज्यान जोगिएला कि नजोगिएला भन्ने पीरमा छाैँ । बाँच्ने भर... |
कथा कसरी लेख्ने ? राम्रो कथा लेख्ने १२ वटा चरणहरु यस्ता हुन्छन्: रुमन न्यौपाने लेखकको लागि कविता नै लेखन यात्राको सुरुवाती बिन्दु हो । यस सम्बन्धमा रोर्बट ग्रेभ्सले भनेका छन्, ‘कवितामा पैसा छैन तर पैसामा पनि कविता छैन ।’ हो, हरेक लेखक आफ्नै लागि लेख्छ । साहित्यमा मजा छ, त्यसैले लेख्न ऊ बाध्य छ । हरेक लेखकले आफ्नो लेखनय... |
प्रवासीलाई नेपालसँग जोड्ने धागो नेपाली साहित्य नै हो - जीबा लामिछाने: ‘सरसर्ती संसार’ (यात्रा संस्मरण)का लेखक तथा प्रवासी नेपाली अभियन्ता जीबा लामिछानेले प्रवासीलाई नेपालसँग जोड्ने धागो नेपाली साहित्य नै हो भनेका छन् । बुकाहोलिक्सले आयोजना गरेको स्रष्टासँग साक्षात्कार कार्यक्रममा बोल्दै लामिछानेले प्रवासी नेपालीलाई सँध... |
अध्यात्मिकता र पुस्तकमा प्रेमशास्त्र: अञ्जना पौडेल अनुश्रुति प्रेम एउटा यस्तो अमृत हो, जस्मा भावनाको मिठास घोलिएको हुन्छ । भावना बिनाको प्रेम मृत प्रायः हुन्छ । जुन कुरा केवल महसुस गर्न सकिन्छ, देख्न, छुन सकिँदैन, त्यो नै प्रेम हो । प्रेम अन्तरआत्माको आवाज हो । देखेका, भेटेका मानिसहरुमा मात्रै प्रेम हुने होइन, कहिल्यै ... |
हुँदैछ: उमेश थापा उमेर लामो हुँदैछ जीवन छोटो हुँदैछ, मेरा हरेक कथाहरुले नयाँ मोड लिँदैछ। थाहै थिएन, हिजोसम्म तिमी मेरो हुन्नौ भन्ने, आजबाट मन मेरो बिछोडले रूँदैछ । कोमल मनलाई चोटरूपि काँडाहरुले छुँदैछ, चिथ्रा-चिथ्रा पारिकन रगतले धुँदैछ। विलौना यो मेरो अब तिमीले कहिल्यै सुन्ने छैनौ, आफ्नै जीवन जिउने पनि चाहना यो तुहिँदै... |
सालको रुख र हाम्रो पिरती: लेखराम सापकोटा वीरेन्द्र क्याम्पस अगाडि सालका ठूला रूख थिए । धेरैजसो पर्खालभित्रै थिए भने केही बाहिर । पर्खाल बाहिरका रूख सडकसम्मै थिए । सडक किनारामा तिनै रुखको छेउ लागेर कयौं बटुवा गाडी पर्खन्थे । आफन्त साथीभाइ पर्खन्थे । घामपानी छेल्थे । पर्खालभित्रका रूखका फेदमा वीरेन्द्र क्याम्पसमा पढ्दै अ... |
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलमा नयाँ नेतृत्व चयन: काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलमा नयाँ नेतृत्व चयन भएको छ । राजधानी लिस्बनमा सम्पन्न भएको समाजको नवौं अधिबेशनले आगामी दुई बर्षेका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिबेशनले साहित्यकार स्पन्दन बिनोदको अध्यक्षतामा १... |
सम्झनामा लाङटाङः जता हेर्याे उतै हिमाल (फोटो कथा): दीपाङ्करको जन्मभूमि भारत हो । मातृभाषा नेपाली बनाएको छ । घर मिरिक भएर पनि नेपाललाई कर्मभूमि बनाएको छ । पेसाले शिक्षक । रहरले फोटोग्राफर । “आधि खाएर डल्लै फाल्यो” यो उसको लवज हो । यो दर्जिलिंगे लवजसँग अध्यापनको शिलशिलामा मेरो भेट तीन वर्षअघि इलामस्थित फिक्कलमा भएको थियो... |
राम्रो कृतिका लागि लेखकले परिश्रम गर्न थाक्नु हुँदैन - नीलम कार्की निहारिका: मदन पुरस्कार विजेता नीलम कार्की निहारिकाले राम्रो कृति सृजना गर्ने हो भने लेखकले परिश्रम गर्न थाक्न नहुने बताएकी छन् । बुकाहोलिक्सले आयोजना गरेको स्रष्टासँग साक्षात्कार कार्यक्रममा बोल्दै कार्कीले कृति केवल कोरा कल्पना मात्रै नभएर स्रष्टाको खो... |
चित्रकारिता चिहाउँदै हलिउड कलाकार: ह लिउडले कला र कलाकारलाई सम्झन कुनै कसर छाडेको छैन । भिन्सेन्ट भ्यान गगको १९५६ को बहुचर्चित फिल्म ‘लस्ट फर लाइफ’ होस्, या २००२ मा आएको फ्रिडा काहलोमाथि बनेको ‘फ्रिडा’ होस्, त्यस्तै आइरिस कलाकार क्रिस्टी ब्राउनमाथि बनेको र ड्यानियल डे लेविसको अभिनय रहेको बहुचर्चित ‘माई लेफ्ट फुट’ किन न... |
यासिका: म मान्छे नै हुँ तर कहिलेकाहीँ शंका लाग्छ । मान्छेकै संगतले मलाई मान्छे बनायो अनि अहिले लास । मान्छे नै थिए, मलाई मान्छे बनाउने अनि समाज चिनाउने पनि । अहिले तिनै मान्छे मेरो खुसी लुटिरहेका छन् । सुख अनि सोचसमेत लुटेर लडिबुडी गरिरहेका मान्छे देख्दा लाग्छ, मान्छे कसरी मान्छेबाट अलग भएर अनुहार देखाउन सक्छन् ? मभित्... |
बन्चरोको निर्विघ्न आवाज: बोक्रालाई नै रूख ठान्नेहरू दाउरे दाइको बन्चरोको आवाजमा भरिएका जीवनका अभिशप्त मर्म र लय नबुझ्नेहरू धम्कीवादमा तिखारिएका गरिबमारा यातनाका दाह्रे छुराहरू पस्दै छन्– गाउँबस्तीहरूमा बकम्फुसे चमत्कार फलाक्दै क्रान्ति नामका थुप्रै धोकापूर्ण विरोधाभासहरू, र पस्दै छन् रहस्यमयी बनेर ढँटुवारे कति आतङ्कराज... |
आजकाल: खै आफ्नोपन कहाँ गएको छ आजकाल, आत्मसम्मान कहाँ हराएको छ आजकाल । सारेआम बैरीले धर्तिमाताको बलात्कार गर्दा पनि, विरोधाभास जनाउन साहस डराएको छ आजकाल ! जिम्मेवारहरू बोल्दा भक्भकाएको छ आजकाल, उत्तरदायित्वहरू निष्फिक्री शर्माएको छ आजकाल। यही माटोका लागि सहिद भएका आत्माहरुले प्रश्न गर्दाखेरी, जवाफ दिन नसकेर जिब्रो लरखरा... |
सन्त्रासमा जिन्दगी: हिड्ने हिम्मत छैन बाहिर कतै सन्त्रास सन्त्रास छ । आफ्नै यो घर जेलझैँ दिनदिनै लाग्दैछ अत्यास छ । आकाङ्क्षा अनि भावना र सपना बन्दै गए बन्धकी । आफ्ना दूर हुँदा र दर्द थपिँदा के जिन्दगी जिन्दगी ।।१।। *** कोरोना अफवाह हो कि भुमरी आँधी चल्यो बेसरी । हावाको गतिमा उदण्ड अति भो रोक्नै नसक्ने गरी । चारैतर्फ ज... |
क्यानभासमा नाै साहित्यकारहरु: यी हुन् जीवित खड्का मगर । चित्र बनाउनु उनलाइ जीवन बनाउनु हो झैँ लाग्छ । यो उनकाे अहिलेको सोच मात्रै होइन । उनीभित्र चित्रमोह सानैदेखि थियो । खासगरी २०४५ पछि । त्यतिबेला उनी ५ कक्षामा पढ्थे । पेन्सिलले कापीका पन्नापन्नामा, अंगार र कमेरोमाटोले घरका भित्ताभित्तामा स्केच गरिरहन्थे । उनका एकजना... |
जुममा लेखक–कवि, बहसमा नयाँ शैली: चितवन साहित्य परिषद्को इतिहासमा अघि कहिल्यै नभएको जुम भेला भयो । जसमा कवि-लेखकहरूले जुम कवि गोष्ठीमा विभिन्न सिर्जना प्रस्तुत गर्नुभएको थियो । वैशाख २७ मा सम्पन्न सो जुम कवि गोष्ठी (शृङ्खला एक)मा प्रस्तुत भएका सिर्जनामाथि समीक्षक महेश पौड्यालले समीक्षासमेत प्रस्तुत गर्नुभएको थियो । पाैड... |
ठूला: कोही प्रमाण पत्र, देखाउँदै हुन्छन् ठूला कोही दाह्री कपाल फुले, भन्दै हुन्छन् ठूला ~~~~~~~~~~~~ सम्मान त कमाउनु पर्छ, के मान्थ्यो र ऊ कोही घमण्डी कुरा, सुनाउँदै हुन्छन् ठूला ~~~~~~~~~~~~~ खोजी अरुको खराबी, अज्ञानी देखाउन कोही शास्त्र छिचोलेको, गर्जंदै हुन्छन् ठूला ~~~~~~~~~~~~~~ माया र सद्भाव बाँडी, सबै समान देख्न... |
हजार बढी श्रष्टाकाे विरोधमा एक्यबद्धता: भारतले नेपाली भूमिमा भारतीय लिङ्क रोड बनाएको विरोधमा एक हजार भन्दा बढी श्रष्टा आबद्ध भएको संस्थाहरुले विरोध जनाएका छन् । उनीहरुले नेपाल सरकारको नालायकीपनको पनि भत्सर्ना गरेका छन् । विश्व कोभिड–१९ को सङ्क्रमणबाट ग्रस्त भएको र नेपाल भारत दुवै देशमा बन्दाबन्दी (लक डाउन) रहेको मौका छ... |
वृक्ष: मानिसहरू मलाई एक्लै उभिएको देख्छन् हावाहुरी, घामपानी पहिरो, बाढी र मान्छेको विषादीयुक्त कालो स्वार्थजस्ता अनेकौं प्रतिकूलताहरूको बीचमा एक्लै उभिनु त साह्रै गाह्रो काम हो एक्लो शक्ति एक्लो आकांक्षा र, एक्लो प्रयत्न कहाँ उभिन सक्छ र बलियोसँग ? मलाई थाहा छ मसँग थुप्रै जराहरू छन् जमिन मुनिबाट जराहरूले कसरी अड्याएका ... |
किन: जिन्दगीमा बदनामको आगो लगायौँ किन ? आज सबका सामु तमासा बनायौ किन ? दोष जति सबै मेरो टाउकोमा नै थुपारी पानीमाथिको ओभानो बन्न खोज्यौ किन ? नानाथरी आश्वासनले कति पटक बाँधिएँ म आज फेरि त्यही गाँठो तिम्ले फुकायौ किन ? भन्न त सबै भन्थे यस्तै हुन्छ नि प्रेममा खोटो सिक्का यही बजारमा चलायौ किन ? |
फिर्ती: गलेर लखतरान हुँदै आफ्नो गाउँको प्रवेश गर्ने बाटो छेउको चौतारीमा साँझपख बिसाउन पुग्छ राजु। ऊ कयौँ माइल हिँड्दै त्यसबखत त्यहाँ पुगेको थियो। गर्मीको मौसम भए पनि वरपीपलको शितल छायाँ, चराचुरुङ्गीको मधुर आवाज, चारैतिर हरियाली, खुलापन र एक किसिमको कोलाहलविहीन मन नै हलुङ्गो हुने वसन्त ऋतुको मनोरम वातावरणमा पनि उसको मन ... |
खलाँसी: एउटा मैलो ध्वाँसे रङको चेग्वेरा टी-शर्ट बाहिर जम्मै टाँक फुस्केको कमिज लगाएको थोरै लामो कपाल पालेको एक कानमा मुन्द्रा समेत लगाएको कतै रंगीन र कतै खुइलिएर सेतो धब्बा भैसकेको पेटी बाँधेको ठाउँ ठाउँमा घोट्टिएर र च्यातिएर अलिकति घुंडा समेत देखिएको धोल्ले जिन्स पाइन्ट पहिरेको पातलो, स्यांखुले मानिस जब तिर्खाले आत्ति... |
बहादुर शाहको नेपाल खोजौँ: पुर्खाको रगतले सिन्चित मेरो देशको माटो योद्दाको खुँडा र खुकुरीको निसानिले कोरिएको मेरो बाटो त्यही माटोबाट सिर्जित म त्यही बाटोबाट बढ्दै गरेको मेरो पाइला कसरी सहन सक्छु? कालापानी लिपुलेक र लिम्पियाधुरामा भएको विस्तारवादको नाङ्गो हस्तक्षेप? त्यही सुनेर त मेरो नसा नसामा रगत उम्लिएर आउँछ प्रचण्ड ग... |
गजल: थोरै तर्साएजस्तो गर्छ, थोरै सम्झाएजस्तो गर्छ यो वर्तमानदेखि , समय स्वयं रिसाएजस्तो गर्छ आँखै अगाडि छन् कयौँ दर्दनाक दृष्यहरु खासमा ब्युँझनु पर्ने मान्छे नै निदाएजस्तो गर्छ सपना, विश्वास, भरोसा बाहिरिए एक-एक गरी सम्भावनाहरु यसरी नै हराएजस्तो गर्छ चाउरी परेको को हुन सक्ला त्यो देशजस्तै मान्छे घरी रोएजस्तो गर्छ, घरी ... |
कोभिड–१९ र भोको पेटको चित्कार\xa0: ए हजूर, दिनहुँ भोक बोकेर मृत्युसँग लडिरहने गरीबको रित्तो पेट यो कोरोना भाइरसले भर्छ कि भर्दैन? गरीबको भोक झेल्ने इम्युन सिस्टमसँग कोभिड–१९ को सेना युद्ध लड्छ कि लड्दैन? खान पाउँ बाँच्न पाउँ हजूर भनी गरीबको मुटुले हारगोहार गरिरहेको ढुकढुकी यो कोरोना भाइरसले सुन्छ कि सुन्दैन? कहिल्यै धी... |
किन रचिन्छ कविता ?: अव्यक्त भावनालाई व्यर्थिनु भन्दा सिर्जनाको माध्यम हो कविता हृदयभित्र गुम्सिएको वेदनाको भेललाई निकास दिने यो एक सरिता होइन है केवल नामको प्यास मेटाउन गाइएको एकोहोरो गाथा न त हो कसैको बयानमा समर्पित प्रशंसारुपी भ्रामक महत्ता दर्शाउँछ यसले एक्लै पिरोलिएका घायल मनको वास्तविक अवस्था कागजमा उतारिएका लिपी ... |
दोष: सानो छँदा छोराले छिमेकीको काँक्रा चोर्\u200dयो मेरो छोराले हुँदै हैन भन्यौ आमा छोराको ओड पस्यौ छिमेकीलाई दोष दियौ छोरालाई सफाई साथीसँग खेल्दाखेल्दै झगडा भयो त्यै मोरो छुच्चो भन्यौ आमा छोराको गुन गायौ छोराको साथीलाई दोष दियौ छोरालाई सफाई छोरो बरालिँदै हिँड्न थाल्यो साथीहरु खराब भए भन्यौ आमा छोरालाई चोखो पार्\u200dय... |
न्युजिल्यान्डमा साहित्यिक गतिविधि सन्तोषजनक: नेपालभन्दा लगभग दुई गुणा ठूलो क्षेत्रफल तथा जनसंख्याका दृष्टिले ५ गुणा कम आवादी रहेको टापु देश न्युजिल्याण्ड संसारकै कुनामा अवस्थित भए पनि प्रवासी नेपालीहरुको अनुमानित सङ्ख्या २०,००० रहेको बताइन्छ । विगत तीन दशकदेखि यहाँ आउने पुस्ता र पछिल्लो पुस्ताले नेपाली संस्कृति, भाषा र... |
हाइकु: १. अचेल मान्छे रोगले भन्दा धेरै मर्छन् डरले ! २. गंगटा आफ्नै शरीर खुवाएरै पाल्छ सन्तान !! ३. ५/५ करोड सर्लप्पै पार्छन् नेता भोकै जनता !!! ४. विपक्ष पनि गए हुन्थ्यो कि सति मात्तियौ अति !!!! ५. पिएरै विष नीलकण्ठले पनि बचा थे देव ! |
किताब पढ्नुका फाइदा: जब मान्छे धेरै किताब पढ्छ, जिन्दगीमा अनेकन् परिवर्तनहरू आउँछन् । तीमध्ये केही परिवर्तन यस्ता छन्ः १. गरिब, दुःखी, बिरामी, वृद्ध-वृद्धा, भिखारीहरु पनि मान्छेका रूपमा देखिन थाल्छन् । २. बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझ्न थालिन्छ । ३. आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन... |
कथा: त्यो दिन....: रमेश दियाली बोली सुन्नबितिक्कै मेरो आँखा रसायो । उनी कामिरहेकी थिइन् । डरले ओठ थर्रथयाइरको थियो, केही भन्न खोजेझैँ । मेरो निन्द्रा छुट्यो । अहं…. ! पटक्कै निदाउन सकिनँ । उनी मेरो उनको आईन्, र अंगालो हालेर ग्वाग्वा… रोइन् । नजिक आँसु मेरो छाती चिसियो । धड्कन् बढ्यो । निधारका केही भागमा पसिनाका दाना उम... |
सन् २०२० को कविताका लागि पुलित्जर पुरस्कार विजेता जेरिको ब्राउन: सन् २०२० को कविता विधाका लागि वर्षेनी प्रदान गरिने पुलित्जर पुरस्कार यस वर्ष “द ट्रेडिसन” कविता कृतिका लागि जेरिको ब्राउने पाएका छन् । न्यूयोर्क निवासी कवि तथा साहित्यिक समालोचक आदम क्रिशको अध्यक्षतामा सान डियागो विश्वविद्यालयका कवि तथा प्रोफेसर मारिलिन च... |
दुष्ट मदारी छिमेकी र बाँदरे नेता: दुष्ट है पर्यो छिमेकी हाम्रो सताउँछ अतिसार दुख नि दिन्छ सिमा नि सार्छ गर्दछ अत्याचार उसकै छ त विशाल भूमि लुट्दैछ तै पनि यो सानो देशको जग्गा र बस्ती मेरै हो यो भनी नाकाबन्दी गरेर रोक्छ ओखती र मुलो मानवताको अपराध होला त्यहाँ भन्दा के ठूलो बिपदमा समेत उद्धार गर्न आउँदामा नेपाल जासुसी गर्न... |
पुनर्वासको कथा–व्यथा: ‘कञ्चनपुरको ५० बिघा भूभाग भारततिर’ । फागुन ३० गते शुक्रबार एक राष्ट्रिय दैनिकमा प्रकाशित समाचारको शीर्षक हो यो । यस्तो समस्या नेपाल–भारत सीमामा वर्षौंदेखि दोहोरिँदै आएको छ । सन् १९६२ मा कालापानीमा भारतले आफ्नो सेना तैनाथ गरेदेखि सीमा समस्या बढेको भनिँदै आएको छ । अहिलेसम्म भारतसँग सीमा जोडिएका २६ ज... |
संसारका एक दर्जन सुन्दर पुस्तकालय: पुस्तकालय आफैँमा विशेष कुरा हो । ठूलो र शान्त पुस्तकालय कुनै पनि पुस्तकप्रेमीका लागि सबैभन्दा राम्रो स्थानमा पर्छ । हरकोहीका लागि पुस्तकालय सम्मानजनक र विशेष रहन्छ । अझ सम्झनुहोस् त, भव्य पुस्तकालय जुन कलात्मक पनि छ भने त्यो झन् कति विशेष होला ! पक्कै पनि सुनमा सुगन्ध ! संसारमा यस्ता ... |
प्रश्न: हामीसँग सबैभन्दा बढी के हुन्छ ? आफैलाई प्रश्न गरेँ र सोचेँ । त्यसो त सधैँ हतारमा भएको ठान्ने मैले यसरी आफैलाई प्रश्न गर्ने समय पनि पाइरहेको थिइनँ । पाइरहेको थिइनँ भन्ने कि त्यो समयलाई प्राप्त गर्न मैले जानिनँ भन्ने । जे भए पनि प्रकृतिको असीम कृपाले घरभित्र थुनिएर बस्नुपरेको समयमा आज मैले आफैलाई प्रश्न गरेँ – प्... |
बिर्सिएँ: म के थिएँ, तिमी के थियौ, मैले बिर्सिएँ । सम्झिरहन्छौ या बिर्सियौ, मैले बिर्सिएँ । एक्लै बस्दा विगतलाई सिंहावलोकन गर्छु, पहिलो चोटी तिमीले के दियौ, मैले बिर्सिएँ । खै के लेखेको रहेछु पहिलो पत्रमा त्यस्तो, कठोर मान्छे कसरी पग्लियौ, मैले बिर्सिएँ । मदिरा भनेपछी सुन्न पनि नचाहाने तिमीले, एक साँझ म सँगै किन पियौ, ... |
जिन्दगी: वेदनाका राँप सँगै बलेकै छ जिन्दगी चोटैचोट खाएर पनी चलेकै छ जिन्दगी । . सयौँ जुनी सँगै काटने बाचाहरू त थिए, उनको यादले पलपल गलेकै छ जिन्दगी ।। . कल्पनाका महलहरू एक एक गरी ढल्दा, दुख अनी तनावहरूले छलेकै छ जिन्दगी । . जीन्दगीका हर चाहना बेवारीसे बनी दिँदा, देखावटी हाँसो देखाइ फलेकै छ जिन्दगी । . वेहोसीमा वर्वराउद... |
आपा: आपा, हरेक उँद्यौली र उँभौलीमा, तिमी चाहन्छौ होला शायद तीन चुलाको अघिल्तिर बसेर, मैले नै टोट्ला फिँजाऊँ। आमाले भरिदिएको सोलोन्वा, मैले नै लहर मिलाएर राखूँ। आमाले पस्किएको कोक्चोङ्, वात्तोङ्हरुले बनाएको मुकुमसिरी, मेरै हातबाट तिमीलाई दिऊँ। मुन्दुमी लयमा तिमीलाई सोधीसोधी, मैले नै यारी हानुँ। पटक-पटक तिमी मेरो सपनामा ... |
प्रश्न, प्रश्न, फेरि प्रश्न\xa0: आफैँले हालेको भोटको थुप्रोमा निसास्सिएर मर्ने बेला भइसक्यो अर्को चुनावसम्म बाँचिन्छ होला र? नीलो मसीले लत्पतिएको नङले अझै प्रश्न गर्दैछ विकासको रङ कस्तो हुन्छ? भोक कुन-कुन रङ मिसिएर बन्छ? समृद्धिको इतिहास कुन मसीले लेखिन्छ? भ्रष्टचारको रङ र कुर्चीको रङ किन उस्तै हुन्छ? हेत्तेरिका! स्वस्... |
आफ्नो के त ?: साहूको कुवा चुलो माटोको माटो पोखरीको पोखरी साहूको भोक रोटीको रोटी कोदोको कोदो खेतको खेत साहूको गोरू साहूको हलो साहूको हलोको अनौमा हात आफ्नो उब्जनी साहूको पोखरी साहूको पानी साहूको खेतबारी साहूको गल्ली टोल साहूको आफ्नो के त? गाउँ? शहर? देश? अनुवादः राजेश घिमिरे |
हिटलर र यहुदी : दर्शनको मनोविज्ञान: ‘हिटलर र यहूदी’ यात्राको वृतान्तको शैलीमा रचिएको उपन्यास हो । यसमा कथाको प्रमुखपात्र क्यान्सररोगको उपचारार्थ इङ्ल्यान्ड जाने क्रममा भएका घटनाहरुको बेलिविस्तार—बम्बईमा जहाजबाट सुरु भएको यात्रा विभिन्न बन्दरगाह हुदै इङ्ल्याण्ड गएर उपचार गराएर अङ्गेजी साहित्यको हस्ति विलियम सेक्सपियरको ... |
परिवर्तन: शरदको ठण्डी हावा भए पनि आइरहेछ तिमीतिर आरामदायी न्यानोपन भावनाका उल्झनहरू रूखका खैरा र सुन्तले हाँगाजस्तैै खात लगाएर थुप्रिएका छन् रूखै मुन्तिर तिम्रो श्वासप्रश्वास मेरो शरीरको छालामा परेको घामको किरणझैं सिलसिलाबद्ध रूपमा चमक ल्याउँदै प्रकृतिलाई अझ निखार्न मद्दत गरिरहेछ तिम्रैै अँगालोमा फर्की आऊ भनी बोलाउँदै ... |
देशको गीत: म त देशको सारङ्गी गाउँछु देशको गीत पहाडदेखि तराईसम्म लाउँछु मीठो प्रीत । शिखरमा डाँफेसँगै मान्छु लोसार पर्व तराईमा छैठ मान्दा ठान्छु ठूलो गर्व पूर्वतिर च्याब्रुङ नाच्दै पश्चिम देउडा नाच्छु चन्द्रसूर्य झण्डा बोकी गौरवले बाँच्छु । जात धर्म एउटै हाम्रो नेपाली हुँ भन्ने अनेकतामा एकताको मीयो देश ठान्ने आफ्ना आफ्न... |
लकडाउन डायरीः जीवनप्रति झन् माया लागेर आएको छ: टन्टलापुर घाम लागिरहेको छ । मानौं, यसले सबैलाई बाहिर निस्किन आब्हान गरिरहेको छ । यो घामको महत्व बेलायतमा बस्ने जो कोहीलाई निकै हुने गर्दछ । नेपालमा तापेको न्यानो घामको यादमा बेलायतमा जिउनु पनि कम कष्टकर हुँदैन । आठ–नौ महिनाको जाडो अनि धुम्म परेका दिनहरुपछि बल्ल घाम झुल्कने... |
एकसय एक वर्ष पुगे शताब्दी पुरुष सत्यमोहन: शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । वि.स. १९७७ वैशाख ३० गते जन्मिएका ललितपुर निवासी जोशी संस्कृतिविद् हुन् । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशी वैशाख ३० गते मंगलबार १०१ वर्ष पुगेका हुन् । जोशी गत वर्ष एकसय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले महानगरप... |
फरक दृष्टि: नेताले चिया पिउँदै घरमा काम गर्ने केटालाई सोधे, ‘आज पनि पत्रिका आएन ?’ काम गर्ने केटाले बगैँचाको फूल गोड्दै जवाफ दियो, ‘आएन हजुर ।’ ‘न्यूजवीक, हेराल्ड ट्रिव्युन, रिपब्लिका, सन, हिन्दू कुनै पनि पत्रिका आएका छैनन् ? ग्राहक बनेको म्याद पनि सकिएको छैन क्यारे ।’ ‘त्यसो भए नेपाली पत्रिका ल्याउँ त हजुर ?’ ‘भो, के ... |
फूल चाहिँ: फूल चाहिँ काँडाबीच पनि फुल्दो रै’छ भवँरा चाहिँ फूलमाथि मात्र भुल्दो रै’छ । असिना र झरी बादल सहेर फूले पनि चट्ट टिपी लाउने यहाँ अर्कै हुँदो रै’छ । दिनपछि रात आउँछ हारपछि जीत मानिसलाई यही आशले सधैँ बाँध्दो रै’छ । कहिले पनि रोकिँदैन भन्थे यात्रा जिन्दगीमा शान्त तलाउमा नि डुङ्गा डुब्दो रै’छ । |
पिँजडाभित्रको स्वतन्त्रता: भर्खरै बाँच्न सफल भएका छन् मेरा एकजोर जिन्दगी जिन्दगीजस्तो उकालो उक्लिरहेका एकजोर जिन्दगी सुस्केरा हाल्दै तिर्खाएरै हो जिन्दगीले पिइरहेछन् एकजोर आँखाबाट बगेका ती गरिबीहरू । देश भत्काउँदा माटोमा भेटिनु पर्थ्यो शहीदका आहुतिका टाउकाहरू पृथ्वीका एकजोर हातहरू एकचौथाई अपयव चुँडिदा आमाको सुनिनुपर्थ्... |
गुलाबी उमेर: प्रिय लेखक, पुस्तक पढ्न मन लाग्छ तर पढ्न मन लागेका पुस्तक सधैं, समयमै हात पर्दैनन् । तपाईंको यो पुस्तक गत सालकै सेप्टेम्बर २८ मा पढ्ने अवसर पाएको थिएँ । राम्रो भने पनि, नराम्रो भने पनि पुस्तकमा केरमेट गर्ने, ससाना टिपोट गर्ने जस्ता पुस्तक मैल्याउने काममा दौडिरहन्छन् औंलाहरु । यो कोरोनाले जुराएको फुर्सदिलो ... |
दुख्दैन: टाउकोमा नाच्दै छ कोही, कसरी भन्नु मेरो केस दुख्दैन दुख्छ बिहान बेलुका तर मध्यरात्रिमा मेरो देश दुख्दैन दुख्दै आएको छ सदियौँदेखि कालापानी र लिपुलेक धमिलो पानीमा, माछा मार्ने छन् कसरी भन्नु शेष दुख्दैन । हाँसो पनि फारो गरौँ, दुई दिनको हाँसो नहोस् आफ्नो लाग्ने सबै कुरा, अर्काको नासो नहोस् मान्छेको जीवनमा के यस्तो... |
यसपालिको युद्धमा\xa0: पहिले पहिले जस्तो यसपालिको युद्धमा सडकभरि बख्तरबन्द गाडीहरू कुदेनन्, आकाशभरि बमवर्षक विमानहरू पनि उडेनन् तैपनि मृत्युको साइरन शहरभरि बजिरह्यो । संसारमा आफूलाई “सर्वशक्ति” ठान्नेहरूले अरुहरूमाथि कहिले यो बहानामा कहिले त्यो बहानामा पालैपालो बर्साउने रंगभेदी बम र बारुद भन्दा फरक, कालो मन भएका शासकहरू... |
जम्मा तीन पटक बिरामी परेँ: १ सय १ वर्षका सत्यमोहन जोशी: सत्यमोहन जोशी कोभिड–१९ भन्ने रोग बोकेर हिँडिरहेको अदृश्य कोरोना भाइरसको वितण्डा संसारभरि ब्याप्त छ । आधा संसार लकडाउनमा र सम्पूर्ण संसार आर्थिक मन्दीमा छ । यस्तो बेलामा आफ्नो एक सय १ औं जन्म दिन आइरहेको पूर्व सन्ध्यामा सत्यमोहन जोशीले स्वास्थका बारेमा केही कुरा गर... |
लौन दमाई दाइ: यतिखेर तिमी यो देशलाई धेरै चाहिएको छ दमाई दाइ, अरु बेला नचाहिएको हैन तर आज अलि धेरै चाहिएको छ । जुन देशमा तिमी अछूत थियौ नि जुन देशमा तिमी हेपिएको थियौ नि हो त्यही देशमा तिमी चाहिएको छ तिम्रो कला चाहिएको छ तिम्रो सियो र धागो चाहिएको छ जुन देशमा तिमीलाई कुकुर भन्दा तल्लो मानिन्थ्यो नि हो त्यही देश आज चरक्क... |
नजिस्किनु: मुक्तक–१ कहिलेकाहीँ दिमाग यसरी खल्बलिएन भने । कस्तो हुँदो हो यो रात दिनमा बदलिएन भने । यी दुई नजरका निशाना कहाँ हुन्थ्यो होला ? कहिले आँखामा कहिले ओठमा अल्मलिएन भने । मुक्तक–२ पानीसँग नजिस्किनु, आगोसँग नजिस्किनु । संवेदनशील हुन्छ प्रेमको धागोसँग नजिस्किनु । सानै भए पनि भाग्न नपाएसी हमला गर्छ, ढोका थुनेर कम्स... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.