content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता यात्रुबाहक बसको ब्रेक फेल भई टिपरसँग ठोक्किँदा बसमा सवार १७ यात्रु घाइते भएका छन्। , लमही–घोराही सडक खण्डको लमही नगरपालिका–६ बेलदमारमा बसको ब्रेक फेल भएपछि टिपरसँग ठोक्किएको थियो। , घोराहीतर्फ आउँदै गरेको बालुवा बोकेको रा १ ख २०१७ नम्बरको टिपरसँग लमहीतर्फ जाँदै गरेको ग १ ख ९९७८ नम्बरको बस ब्रेक फेल ... |
रासस काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन्।, पक्राउ परेका परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी र... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय नक्सालले एसपी कृष्ण पंगेनीलाई पठाएको छ। , राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेपछि प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी ... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ। , मंगलबारदेखि लागु हुने गरी मन्त्रालयले डिएसपी केसीलाई हटाएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुँवेर कडायतले जानकारी दिए। , ‘आजको मितिबाट गृहले नोकरीबाट हटाएको छ,’ उनले भने। , प्रहरी प्रधान कार्यालयले झन्डै एक ... |
सेतोपाटी संवाददाता चितवनमा बाघको आक्रमणबाट राप्तीमा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ।, सोमबार दिउँसो सवा ३ बजेतिर बाघको आक्रमणबाट भरतपुर महानगरपालिका-२८ कोटेनी बस्ने २६ वर्षीय आशबहादुर बोटेको मृत्यु भएको हो।, चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने राप्ती नदीमा बोटेलाई बाघले आक्रमण गरेको थियो।, बोटेको घटनास्थलमै मृ... |
सेतोपाटी संवाददाता हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ... |
विनोद सापकोटा सशस्त्र प्रहरीले सुनसरीको इनरूवाबाट प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरेको छ।, मंगलबार बिहान साढे ४ बजे सशस्त्र प्रहरीको इनरूवास्थित ४ नम्बर गणका प्रमुख डिएसपी प्रेम सिग्देल नेतृत्वको टोलीले एउटा जिपसहित जिउँदा कुखुरा बरामद गरेको हो।, मधेस प्रदेशको सिराहाबाट झापाको दमकतर्फ ल्याउँदै गरेको ब्रोइलर क... |
रासस बाढीपहिरोका कारण म्याग्दीका ग्रामीण सडक अवरुद्ध हुँदा पैदलयात्रा गर्न र सवारीसाधन सञ्चालनमा समस्या भएको छ। सडक बिग्रिएपछि ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन्।, भएका सडकको स्तरोन्नति गर्नुभन्दा नयाँ सडक निर्माण प्राथमिकतामा पर्ने गरेकाले जिल्लाका अधिकांश ग्रा... |
भगवती पाण्डे धादिङ धुनीवेशीकी सुदिक्षा खत्री एसइई पास गरेपछि प्लस टु पढ्न काठमाडौं गइन्। खेती-किसानी गरेर छोराछोरी हुर्काइरहेका सुदिक्षाका बुवाआमाले छोरीको उच्च शिक्षाको लागि घरबाटै खर्च जोहो गरेर पठाउन सक्दैनथे।, सानोतिनो जागिर गरेर भएर पनि उच्च शिक्षा अध्ययन गर्ने सोच बनाउँदै सुदिक्षा काठमाडौं पुगेकी थिइन्। काम खोज... |
सेतोपाटी संवाददाता आइतबार सामाखुसीमा आएको बाढीमा बेपत्ता भएका बालक अझै फेला परेका छैनन्। , आइतबार अपराह्न साढे ४ बजे काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोलामा आएको बाढीले बगाउँदा बालक बेपत्ता भएका हुन्। , सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर... |
सेतोपाटी संवाददाता आइतबार सामाखुसीमा आएको बाढीमा बेपत्ता भएका बालक २४ घन्टा बित्दा पनि फेला परेका छैनन्। , आइतबार अपराह्न साढे ४ बजे काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको नालामा आएको बाढीले बगाउँदा बालक बेपत्ता भएका थिए। , सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ ... |
रासस दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ।, जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।, उनका अनुसार सडेको अवस्थामा अन्दाजी १५ वर्षीया बालिकाको शव मंगलबा... |
सेतोपाटी संवाददाता नक्कली उपसचिव बनेर लाखौं रुपैयाँ ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका दुई जनालाई सोमबार सार्वजनिक गरेको हो। , पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका घर भई काठमाडौंको गोकर्णेश्वर-८ बस्ने ४७ वर्षीय घनश्याम कटुवाल र मकवानपुरको बागमती गाउँपालिका घ... |
सेतोपाटी संवाददाता बर्दियामा ब्राउन सुगरसहित एक जना युवक पक्राउ परेका छन्। , मधुवन नगरपालिका-८ का २१ वर्षीय अनिश थापा मगर ९०० ग्राम ब्राउन सुगरसहित पक्राउ परेको बर्दियाका प्रहरी निरीक्षक हृदेशकुमार सापकोटाले जानकारी दिए।, प्रहरी चौकी हम्दमपुरबाट खटिएको टोलीले आइतबार मगरलाई गुलरिया नगरपालिका-११ गणेशपुर सडकखण्डबाट नियन्... |
सरिशा अछामी आइतबार साँझ करिब साढे पाँच बजेतिर। केहीबेर भएको भारी वर्षाले काठमाडौं महानगरपालिका -३ रानीबारीस्थत एनसिएमटी कलेज अगाडिको सडक जलमग्न थियो।, ठूलो पानी परेकाले नालीको सतह भरिएर सडकसम्म आएको थियो। नालामा पानी भरिएर सडककै सतह बराबर हुँदा सडकको किनारा छुट्याउन मुस्किल थियो। पानी बग्ने नाला साँघुरो भएकाले वर्षाको... |
सेतोपाटी संवाददाता अमेरिका पठाउने भन्दै मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, मानव बेचबिखन अनुसन्धान ब्युरोले पोखरा घर भई काठमाडौंको गुहेश्वरी पन्चकन्या मार्गमा डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो।, उनलाई ब्युरोले आइतबार पक्राउ गरेको एसपी नरहरि रेग्मीले जानकारी दिए। , ‘सुन्दर ... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा जल तथा जंगल संरक्षणका लागि कार्ययोजना बनाउन थालिएको छ। कर्णाली प्रदेश सरकार र युएसएआइडीको जल–जंगल परियोजना मिलेर प्रदेशको जल तथा जंगल संरक्षणका लागि कार्ययोजना बनाउन थालेका हुन्।, जैविक विविधता संरक्षण, वातावरणीय अपराध नियन्त्रण, जलवायु उत्थानशीलता प्रवर्द्धन लगायतका उद्देश्य पूरा ग... |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा ... |
सेतोपाटी संवाददाता नवलपरासीको, देउराली र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, विनयीलगायत ससाना खोलाहरूको बहाव बढ्ने जोखिम रहेको उसले बताएको छ। बाढी पूर्वानुमान महाशाखा ट्विटरमार्फत् बताएको हो।, यस्तै तिनाउ नदीले जल सतह पार गरेको पनि उसले बताएको छ। तिनाउ ... |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले ९ ठाउँमा भारी वर्षा भइरहेको बताएको छ।, महाशाखाले चितवन, दाङ, नवलपुर, पाल्पा आदि जिल्लाका ९ स्थानमा भारी वर्षा मापन भएको बताउँदै तटीय क्षेत्रमा सतर्क रहन भनेको हो।, महाशाखाले जानकारी दिएअनुसार चितवनको नारायणी, देवघाट क्षेत्रमा पछिल्लो ३ घन्टामा ५२... |
सेतोपाटी संवाददाता बिहान अवरूद्ध भएको नारायणगढ मुग्लिन सडकखण्डको अवरोध पन्छाइएको छ।, पहिरोग्रस्त क्षेत्रबाट अलिअलि ढुंगा झरिरहेकाले मंगलबार बिहान केहीबेर अवरूद्ध रहेको र अहिले दुवैतर्फ सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।, ‘स-साना ढुंगासहितको पहिरो खसेपछि बिहान केहीबेर अवरूद्ध भएको थियो। अहिले दुवैतर्फ... |
सेतोपाटी संवाददाता अविरल वर्षात्पछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ज पूर्णरूपमा अवरूद्ध बनेका छन्।, सडक विभागकाअनुसा चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अवरूद्ध छ,, त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे खोलामा र गर्जेनीमा ... |
रासस नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो।, नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा १ ख २२३६* नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँएको हो। जिल्ला प्रहरी कार्यालय चितवनक... |
सेतोपाटी संवाददाता बागलुङमा इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज मृत अवस्थामा फेला परेका छन्। , बडिगाड गाउँपालिका-६ खाल सानो बजारस्थित एक होटलमा ४१ वर्षीय वरिष्ठ सई उज्ज्वल पौडेल मृत फेला परेका हुन्।, जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्काका अनुसार मंगलबार बिहान २ बजेतिर मृत फेला परेका हुन्। उनी इलाका ... |
नारायण खड्का दाङ बंगलाचुली गाउँपालिका–५ मुर्कुटीका ६५ वर्षीय दलबहादुर मगर आफूले गाउँमै उत्पादन गरेका कृषि उपज भण्डारण गर्न मिल्ने कोल्ड स्टोर भवन निर्माण हुँदा दंग थिए।, गाउँघरका जान्ने सुन्ने र जनप्रतिनिधिले कोल्ड स्टोर प्रयोगमा आएपछि स्थानीय किसानले खेतबारीमा उत्पादन गरेका विभिन्न फलफूल तथा तरकारी भण्डारण गर्न सहज ह... |
सेतोपाटी संवाददाता बिहानदेखिको अविरल वर्षाका कारण दाङको देउखुरी क्षेत्रमा एक दर्जन बढी सर्वसाधारणका घर डुबानमा परेका छन्। राजपुर र गढवा गाउँपालिकाका साथै लमही नगरपालिकामा केही घर डुबानमा परेका छन्। , राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवाका स्थानीयको १२ वटा घर जति डुबानमा परेको जिल्ला प्रहरी प्रवक... |
सरिशा अछामी ‘खड्काकी छोरी भएर कामीसँग विवाह गर्न लाज लाग्दैन?’, कैलालीकी २३ वर्षीया सरस्वती खड्काले गत असार २६ गते प्रहरी वृत्त गौशालामा पटक-पटक यही वाक्य सुनिन्।, नेपालको कानुनले जातीय विभेदलाई अपराध मान्छ। र, कानुन उल्लंघन गर्नेलाई कारबाही गर्ने कर्तव्य नेपाल प्रहरीको हो। तर त्यो दिन बर्दीमा रहेका प्रहरीहरू नै सरस्व... |
नवीनबाबु गुरूङ मंगलबार दिउँसो काठमाडौंको नयाँबजार-बालाजु जोड्ने विष्णुमती नदीमाथि पुलमा गाडी कुदिरहेका थिए। व्यस्त शहरको व्यस्त बाटोको बीचमा मानिसको जस्तै भीड थियो कागको।, एक जना मानिस झोलाबाट मासुका टुक्रा झिक्दै कागको मुखैमा दिन्थे। नजिकै बिजुलीका तारमा हुल बाँधेर बसेका काग आफ्नो पालो कुर्दै पुलको बारमा आउँथे। ,
क... |
सेतोपाटी संवाददाता बागलुङमा मृत भेटिएका वरिष्ठ सईको घटनामा प्रहरीले आमा-छोरालाई पक्राउ गरेको छ।, बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटलमा मंगलबार बिहान २ बजे प्रहरी वरिष्ठ सई उज्वल पौडेल मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, पक्राउ पर्नेमा ४५ वर्षीया आशा कुँवर र ... |
सेतोपाटी संवाददाता बाढीले बगाएको ६ वर्षपछि मोरङको बेलबारी नगरपालिका र ग्रामथान गाउँपालिका जोड्ने लोहन्द्रा खोलाको पुल र नहर मंगलबार एकैपटक उद्घाटन भएको छ।, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उद्घाटन गरेका हुन्। , लोहन्द्रा खोलाको पुल र नहर २०७४ को भीषण बाढीले बगाएको थियो। बाढीले पुल बगाउँदा यातायातक... |
सेतोपाटी संवाददाता दाङमा बाढीले बगाउँदा एक जना युवक बेत्तपा भएका छन्। , मंगलबार अपराह्नमा घोराही उपमहानगरपालिका–७ शुक्रबारेस्थित जंगुवा खोलामा आएको बाढीले एक जना युवकलाई बगाएर बेपत्ता बनाएको हो।, घोराही–१० का २८ वर्षीय सुनिल पुन मगर बेपत्ता भएको दाङका प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। , उनका अनुसार मगर अ... |
सेतोपाटी संवाददाता सप्तरीमा भारी वर्षा मापन भएको छ।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार पछिल्लो तीन घन्टामा भारी वर्षा मापन भएको हो।, सप्तरीको फत्तेपुर स्टेशनको मापन अनुसार सप्तरीमा पछिल्लो तीन घन्टामा ८८.२ मिलिमिटर वर्षा भएको छ। यहाँ पछिल्लो एक घन्टामा २३.२ मिलिमिटर वर्षा मापन भएको छ।, के... |
रासस काठमाडौंको सोह्रखुट्टेमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा आइतबार बा ४ ख ७४११ नम्बरको बससँग बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोक्किएको हो। उक्त दुर्घटना परी मोटरसाइकल चालक २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।, हाल बालुवाटार ब... |
सेतोपाटी संवाददाता मनसुनी वायुको प्रभावले आजदेखि देशका विभिन्न भूभागहरूमा भारी वर्षा हुने भएको छ।, मनसुनी वायुको प्रभाव आंशिक र न्युनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहँदा केही दिनसम्म कम पानी परेको थियो।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज मनसुनी वायुको प्रभावका कारण चार प्रदेशका... |
रासस कञ्चनपुरमा पछिल्लो समय राहदानी बढाउनेको सङ्ख्यामा वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि राहदानी वितरणलाई सहज बनाउन कार्यालय समयसँगै अतिरिक्त समय पनि सेवा दिँदै आएको छ।, त्यस्तै जिल्लाबाट गत वर्ष दश हजार एक सय ९४ जनाले राहदानी लिएको प्रशासन कार्यालयको राहदानी फाँटका कम्प्युटर अपरेटर कमल बोहराले जान... |
रासस गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन्। तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र हात्तीको आक्रमणबाट दुई जना रहेका छन्। , मृतकका परिवारहरुलाई जनही रु १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ... |
सेतोपाटी संवाददाता काठमाडौंको सामाखुसीको नालामा खसेर एक जना बालक बेपत्ता भएका छन्। , सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए। , आइतबार अपराह्न साढे ४ बजे घरबाट फुटबल खेल्न भनेर साजन र अर्का एक... |
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
- Downloads last month
- 11