content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता यात्रुबाहक बसको ब्रेक फेल भई टिपरसँग ठोक्किँदा बसमा सवार १७ यात्रु घाइते भएका छन्। , लमही–घोराही सडक खण्डको लमही नगरपालिका–६ बेलदमारमा बसको ब्रेक फेल भएपछि टिपरसँग ठोक्किएको थियो। , घोराहीतर्फ आउँदै गरेको बालुवा बोकेको रा १ ख २०१७ नम्बरको टिपरसँग लमहीतर्फ जाँदै गरेको ग १ ख ९९७८ नम्बरको बस ब्रेक फेल ...
रासस काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन्।, पक्राउ परेका परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी र...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय नक्सालले एसपी कृष्ण पंगेनीलाई पठाएको छ। , राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेपछि प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी ...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ। , मंगलबारदेखि लागु हुने गरी मन्त्रालयले डिएसपी केसीलाई हटाएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुँवेर कडायतले जानकारी दिए। , ‘आजको मितिबाट गृहले नोकरीबाट हटाएको छ,’ उनले भने। , प्रहरी प्रधान कार्यालयले झन्डै एक ...
सेतोपाटी संवाददाता चितवनमा बाघको आक्रमणबाट राप्तीमा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ।, सोमबार दिउँसो सवा ३ बजेतिर बाघको आक्रमणबाट भरतपुर महानगरपालिका-२८ कोटेनी बस्ने २६ वर्षीय आशबहादुर बोटेको मृत्यु भएको हो।, चितवन राष्ट्रिय निकुञ्जभित्र  पर्ने राप्ती नदीमा बोटेलाई बाघले आक्रमण गरेको थियो।, बोटेको घटनास्थलमै मृ...
सेतोपाटी संवाददाता हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ...
विनोद सापकोटा सशस्त्र प्रहरीले सुनसरीको इनरूवाबाट प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरेको छ।, मंगलबार बिहान साढे ४ बजे सशस्त्र प्रहरीको इनरूवास्थित ४ नम्बर गणका प्रमुख डिएसपी प्रेम सिग्देल नेतृत्वको टोलीले एउटा जिपसहित जिउँदा कुखुरा बरामद गरेको हो।, मधेस प्रदेशको सिराहाबाट झापाको दमकतर्फ ल्याउँदै गरेको ब्रोइलर क...
रासस बाढीपहिरोका कारण म्याग्दीका ग्रामीण सडक अवरुद्ध हुँदा पैदलयात्रा गर्न र सवारीसाधन सञ्चालनमा समस्या भएको छ। सडक बिग्रिएपछि ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन्।, भएका सडकको स्तरोन्नति गर्नुभन्दा नयाँ सडक निर्माण प्राथमिकतामा पर्ने गरेकाले जिल्लाका अधिकांश ग्रा...
भगवती पाण्डे धादिङ धुनीवेशीकी सुदिक्षा खत्री एसइई पास गरेपछि प्लस टु पढ्न  काठमाडौं गइन्। खेती-किसानी गरेर छोराछोरी हुर्काइरहेका सुदिक्षाका बुवाआमाले छोरीको उच्च शिक्षाको लागि घरबाटै खर्च जोहो गरेर पठाउन सक्दैनथे।, सानोतिनो जागिर गरेर भएर पनि उच्च शिक्षा अध्ययन गर्ने सोच बनाउँदै सुदिक्षा काठमाडौं पुगेकी थिइन्। काम खोज...
सेतोपाटी संवाददाता आइतबार सामाखुसीमा आएको बाढीमा बेपत्ता भएका बालक अझै फेला परेका छैनन्। , आइतबार अपराह्न साढे ४ बजे काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोलामा आएको बाढीले बगाउँदा बालक बेपत्ता भएका हुन्। , सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर...
सेतोपाटी संवाददाता आइतबार सामाखुसीमा आएको बाढीमा बेपत्ता भएका बालक २४ घन्टा बित्दा पनि फेला परेका छैनन्। , आइतबार अपराह्न साढे ४ बजे काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको नालामा आएको बाढीले बगाउँदा बालक बेपत्ता भएका थिए। , सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ ...
रासस दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ।, जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।, उनका अनुसार सडेको अवस्थामा अन्दाजी १५ वर्षीया बालिकाको शव मंगलबा...
सेतोपाटी संवाददाता नक्कली उपसचिव बनेर लाखौं रुपैयाँ ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका दुई जनालाई सोमबार सार्वजनिक गरेको हो। , पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका घर भई काठमाडौंको गोकर्णेश्वर-८ बस्ने ४७ वर्षीय घनश्याम कटुवाल र मकवानपुरको बागमती गाउँपालिका घ...
सेतोपाटी संवाददाता बर्दियामा ब्राउन सुगरसहित एक जना युवक पक्राउ परेका छन्। , मधुवन नगरपालिका-८ का २१ वर्षीय अनिश थापा मगर ९०० ग्राम ब्राउन सुगरसहित पक्राउ परेको बर्दियाका प्रहरी निरीक्षक हृदेशकुमार सापकोटाले जानकारी दिए।, प्रहरी चौकी हम्दमपुरबाट खटिएको टोलीले आइतबार मगरलाई गुलरिया नगरपालिका-११ गणेशपुर सडकखण्डबाट नियन्...
सरिशा अछामी आइतबार साँझ करिब साढे पाँच बजेतिर। केहीबेर भएको भारी वर्षाले काठमाडौं महानगरपालिका -३ रानीबारीस्थत एनसिएमटी कलेज अगाडिको सडक जलमग्न थियो।, ठूलो पानी परेकाले नालीको सतह भरिएर सडकसम्म आएको थियो। नालामा पानी भरिएर सडककै सतह बराबर हुँदा सडकको किनारा छुट्याउन मुस्किल थियो। पानी बग्ने नाला साँघुरो भएकाले वर्षाको...
सेतोपाटी संवाददाता अमेरिका पठाउने भन्दै मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, मानव बेचबिखन अनुसन्धान ब्युरोले पोखरा घर भई काठमाडौंको गुहेश्वरी पन्चकन्या मार्गमा डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो।, उनलाई ब्युरोले आइतबार पक्राउ गरेको एसपी नरहरि रेग्मीले जानकारी दिए। , ‘सुन्दर ...
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा जल तथा जंगल संरक्षणका लागि कार्ययोजना बनाउन थालिएको छ। कर्णाली प्रदेश सरकार र युएसएआइडीको जल–जंगल परियोजना मिलेर प्रदेशको जल तथा जंगल संरक्षणका लागि कार्ययोजना बनाउन थालेका हुन्।, जैविक विविधता संरक्षण, वातावरणीय अपराध नियन्त्रण, जलवायु उत्थानशीलता प्रवर्द्धन लगायतका उद्देश्य पूरा ग...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा ...
सेतोपाटी संवाददाता नवलपरासीको, देउराली र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, विनयीलगायत ससाना खोलाहरूको बहाव बढ्ने जोखिम रहेको उसले बताएको छ। बाढी पूर्वानुमान महाशाखा ट्विटरमार्फत् बताएको हो।, यस्तै तिनाउ नदीले जल सतह पार गरेको पनि उसले बताएको छ। तिनाउ ...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले ९ ठाउँमा भारी वर्षा भइरहेको बताएको छ।, महाशाखाले चितवन, दाङ, नवलपुर, पाल्पा आदि जिल्लाका ९ स्थानमा भारी वर्षा मापन भएको बताउँदै तटीय क्षेत्रमा सतर्क रहन भनेको हो।, महाशाखाले जानकारी दिएअनुसार चितवनको नारायणी, देवघाट क्षेत्रमा पछिल्लो ३ घन्टामा ५२...
सेतोपाटी संवाददाता बिहान अवरूद्ध भएको नारायणगढ मुग्लिन सडकखण्डको अवरोध पन्छाइएको छ।, पहिरोग्रस्त क्षेत्रबाट अलिअलि ढुंगा झरिरहेकाले मंगलबार बिहान केहीबेर अवरूद्ध रहेको र अहिले दुवैतर्फ सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।, ‘स-साना ढुंगासहितको पहिरो खसेपछि बिहान केहीबेर अवरूद्ध भएको थियो। अहिले दुवैतर्फ...
सेतोपाटी संवाददाता अविरल वर्षात्पछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ज पूर्णरूपमा अवरूद्ध बनेका छन्।, सडक विभागकाअनुसा चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अवरूद्ध छ,, त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे खोलामा र गर्जेनीमा ...
रासस नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो।, नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा १ ख २२३६* नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँएको हो। जिल्ला प्रहरी कार्यालय चितवनक...
सेतोपाटी संवाददाता बागलुङमा इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज मृत अवस्थामा फेला परेका छन्। , बडिगाड गाउँपालिका-६ खाल सानो बजारस्थित एक होटलमा ४१ वर्षीय वरिष्ठ सई उज्ज्वल पौडेल मृत फेला परेका हुन्।, जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्काका अनुसार मंगलबार बिहान २ बजेतिर मृत फेला परेका हुन्। उनी इलाका ...
नारायण खड्का दाङ बंगलाचुली गाउँपालिका–५ मुर्कुटीका ६५ वर्षीय दलबहादुर मगर आफूले गाउँमै उत्पादन गरेका कृषि उपज भण्डारण गर्न मिल्ने कोल्ड स्टोर भवन निर्माण हुँदा दंग थिए।, गाउँघरका जान्ने सुन्ने र जनप्रतिनिधिले कोल्ड स्टोर प्रयोगमा आएपछि स्थानीय किसानले खेतबारीमा उत्पादन गरेका विभिन्न फलफूल तथा तरकारी भण्डारण गर्न सहज ह...
सेतोपाटी संवाददाता बिहानदेखिको अविरल वर्षाका कारण दाङको देउखुरी क्षेत्रमा एक दर्जन बढी सर्वसाधारणका घर डुबानमा परेका छन्। राजपुर र गढवा गाउँपालिकाका साथै लमही नगरपालिकामा केही घर डुबानमा परेका छन्। , राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवाका स्थानीयको १२ वटा घर जति डुबानमा परेको जिल्ला प्रहरी प्रवक...
सरिशा अछामी ‘खड्काकी छोरी भएर कामीसँग विवाह गर्न लाज लाग्दैन?’, कैलालीकी २३ वर्षीया सरस्वती खड्काले गत असार २६ गते प्रहरी वृत्त गौशालामा पटक-पटक यही वाक्य सुनिन्।, नेपालको कानुनले जातीय विभेदलाई अपराध मान्छ। र, कानुन उल्लंघन गर्नेलाई कारबाही गर्ने कर्तव्य नेपाल प्रहरीको हो। तर त्यो दिन बर्दीमा रहेका प्रहरीहरू नै सरस्व...
नवीनबाबु गुरूङ मंगलबार दिउँसो काठमाडौंको नयाँबजार-बालाजु जोड्ने विष्णुमती नदीमाथि पुलमा गाडी कुदिरहेका थिए। व्यस्त शहरको व्यस्त बाटोको बीचमा मानिसको जस्तै भीड थियो कागको।, एक जना मानिस झोलाबाट मासुका टुक्रा झिक्दै कागको मुखैमा दिन्थे। नजिकै बिजुलीका तारमा हुल बाँधेर बसेका काग आफ्नो पालो कुर्दै पुलको बारमा आउँथे।  , क...
सेतोपाटी संवाददाता बागलुङमा मृत भेटिएका वरिष्ठ सईको घटनामा प्रहरीले आमा-छोरालाई पक्राउ गरेको छ।, बडिगाड गाउँपालिका-६ खालबजारस्थित आशा होटलमा मंगलबार बिहान २ बजे प्रहरी वरिष्ठ सई उज्वल पौडेल मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, पक्राउ पर्नेमा ४५ वर्षीया आशा कुँवर र ...
सेतोपाटी संवाददाता बाढीले बगाएको ६ वर्षपछि मोरङको बेलबारी नगरपालिका र ग्रामथान गाउँपालिका जोड्ने लोहन्द्रा खोलाको पुल र नहर मंगलबार एकैपटक उद्घाटन भएको छ।, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उद्घाटन गरेका हुन्। , लोहन्द्रा खोलाको पुल र नहर २०७४ को भीषण बाढीले बगाएको थियो। बाढीले पुल बगाउँदा यातायातक...
सेतोपाटी संवाददाता दाङमा बाढीले बगाउँदा एक जना युवक बेत्तपा भएका छन्। , मंगलबार अपराह्नमा घोराही उपमहानगरपालिका–७ शुक्रबारेस्थित जंगुवा खोलामा आएको बाढीले एक जना युवकलाई बगाएर बेपत्ता बनाएको हो।, घोराही–१० का २८ वर्षीय सुनिल पुन मगर बेपत्ता भएको दाङका प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। , उनका अनुसार मगर अ...
सेतोपाटी संवाददाता सप्तरीमा भारी वर्षा  मापन भएको छ।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार पछिल्लो तीन घन्टामा भारी वर्षा मापन भएको हो।, सप्तरीको फत्तेपुर स्टेशनको मापन अनुसार सप्तरीमा पछिल्लो तीन घन्टामा ८८.२ मिलिमिटर वर्षा भएको छ। यहाँ पछिल्लो एक घन्टामा २३.२ मिलिमिटर वर्षा मापन भएको छ।, के...
रासस काठमाडौंको सोह्रखुट्टेमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा आइतबार बा ४ ख ७४११ नम्बरको बससँग बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोक्किएको हो। उक्त दुर्घटना परी मोटरसाइकल चालक २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।, हाल बालुवाटार ब...
सेतोपाटी संवाददाता मनसुनी वायुको प्रभावले आजदेखि देशका विभिन्न भूभागहरूमा भारी वर्षा हुने भएको छ।, मनसुनी वायुको प्रभाव आंशिक र न्युनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहँदा केही दिनसम्म कम पानी परेको थियो।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज मनसुनी वायुको प्रभावका कारण चार प्रदेशका...
रासस कञ्चनपुरमा पछिल्लो समय राहदानी बढाउनेको सङ्ख्यामा वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि राहदानी वितरणलाई सहज बनाउन कार्यालय समयसँगै अतिरिक्त समय पनि सेवा दिँदै आएको छ।, त्यस्तै जिल्लाबाट गत वर्ष दश हजार एक सय ९४ जनाले राहदानी लिएको प्रशासन कार्यालयको राहदानी फाँटका कम्प्युटर अपरेटर कमल बोहराले जान...
रासस गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन्। तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र  हात्तीको आक्रमणबाट दुई जना रहेका छन्। , मृतकका परिवारहरुलाई जनही रु १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ...
सेतोपाटी संवाददाता काठमाडौंको सामाखुसीको नालामा खसेर एक जना बालक बेपत्ता भएका छन्। , सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए। , आइतबार अपराह्न साढे ४ बजे घरबाट फुटबल खेल्न भनेर साजन र अर्का एक...
नारायण खड्का दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरास्थित कमल पोखरीको प्रवेशद्वार आइतबार बन्द गरिएको छ। बाँसका भाटाहरूले बारेर प्रवेशद्वार बन्द गरिएको हो।, कमल पोखरी संरक्षण समितिका अध्यक्ष दीपक न्यौपानेले युएसएआइडीको कार्यक्रम 'तयार नेपाल' ले पोखरीको प्रवेशद्वार बन्द गरेको जानकारी दिए।, पोखरीको कम्पाउन्डभित्र ...
सेतोपाटी संवाददाता इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुइटा निजी स्कुलको अनुमति रद्द गरेको छ।, इटहरी-१० मा रहेको 'इटहरी नमूना स्कुल' र ६ नम्बर वडामा रहेको 'इटहरी चिल्ड्रेन स्कुल' को अनुमति रद्द गरिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए।, प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम छात्रवृत्ति वितर...
सेतोपाटी संवाददाता केही दिनदेखि रोकिएको भारी वर्षा हुने क्रम आजदेखि पुनः सुरू भएको छ।, आज दिउँसो र राति कोशी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान् छ।, भारी वर्षाका कारण विभिन्न जिल्ला भएर बहने नदी तथा खोलाहरूमा जलसतह बढ्ने बाढी पूर्वानुमान् महाशाखाको आकलन छ।, ‍महाशाखाका अनु...
सेतोपाटी संवाददाता बैतडीमा  पहिरोमा घर पुरिँदा आमाछोराको मृत्यु भएको छ।, पुर्चौडी नगरपालिका–२, भैरुवामा मंगलवार बिहान करिब २ बजेतिर सडक भासिएर आएको पहिरोले स्थानीय महेश जागरीको घर पुरिँदा उनकी २५ वर्षीया श्रीमती अञ्जु जागरी र ५ वर्षीय  छोराको रिजन जाग्रीको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेमबह...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्।, शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ सईलाई  इन्सपेक्टर बढुवाका लागि सिफारिस गरेको हो।, ६४ जनामध्ये नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा का...
विनोद सापकोटा झापा शिवसताक्षी नगरपालिका-११ का भवानीशंकर नेपालको घरमा एउटा ब्यानर छ। , जसमा लेखिएको छ, ‘यो घर र जग्गा मिटरब्याजीको फन्दामा छ।’ , यसरी उनको घरमा ब्यानर झुन्ड्याइएको दुई वर्ष भइसक्यो। त्यो ब्यानर मिटरब्याजीले राखेको होइन। बरू पीडित परिवार आफैले राखेका रहेछन्।, छरछिमेकमा आफूले भोगेका पीडा अरूले भोग्न नपरोस...
सेतोपाटी संवाददाता महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) कुटिएका छन्।, प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव कुटपिटबाट घाइते भएको प्रहरीले जनाएको छ।, शुक्रवार राति १० बजेतीर जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप...
सेतोपाटी संवाददाता झापाको मेचीनगर क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा साल जातको गोलिया काठ बरामद गरेको छ।, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलीले शुक्रबार राति अन्दाजी ७ सय क्युफिट गोलिया काठ बरामद गरेको हो।, एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर १ बाहुनडाँगीस्थित कृष्णथुम्क...
डा. शेरबहादुर पुन केहि दिनअघि धरानका एक जना डेंगी संक्रमित उपचारका लागि काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल आएका थिए।, धरानका अस्पतालहरूमा संक्रमितको चाप र सहज बेड उपलब्ध नभएकाले उनी उपचारका लागि काठमाडौं आएका रहेछन्।, उनले धरानमा डेंगी आतंक रहेको उल्लेख गर्दै अहिले धेरै मानिसहरू संक्रमित भएको सु...
रासस गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको छ।, गर्भवती  र गर्भमा रहेका शिशुको पोषणमा कमी हुन नदिन ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष...
सेतोपाटी संवाददाता ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राई छन्।, उनलाई शुक्रबार अपराह्न पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए...
सेतोपाटी संवाददाता नेपाल-भारत सिमाना नजिक भारतीय क्षेत्रमा एक महिलाको गोली हानी हत्या भएको छ।, धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित रहेको दशगजा पारी महिलाको हत्या भएको प्रहरीले जनाएको छ।, पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षीया महिलालाई गएराति सवा ८ बजे मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले गोली हानी हत्या ...
रासस लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३  पशु संक्रमित बनेका छन्। यो रोगबाट जिल्लामा छ सय ८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।, पछिल्ला महिना काभ्रेपलाञ्चोकमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो। केन्द्रका अनुसार उक्त रोग...
सेतोपाटी संवाददाता काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले परीक्षामार्फत् प्रधानाध्यापक नियुक्त गर्ने भएको छ। यसका लागि उसले परीक्षा तालिका सार्वजनिक गरेको छ। , परीक्षा साउन १८ गते गर्नेगरी उसले तालिका सार्वजनिक गरेको हो।, बूढानीलकण्ठभित्रका सामूदायिक विद्यालयहरूमा कार्यरत स्थायी शिक्षकहरूले आवेदन दिन सक्ने उपमेयर अनीता ला...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ् सहित हल्का वर्षा भइरहे...
रासस तनहुँमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ। धान रोपाइँको चटारोका बीचमा गोरु मरेपछि कृषकलाई समस्या भएको हो।, जिल्लाका दशवटै पालिकाका चार हजार एक सय ७६ पशुमा लम्पी स्किन रोग फैलिएकामा ४७ पशु मरेका छन्। तीमध्ये ४३ गोरू रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको प्रकरणमा विमानस्थलका भन्सार अधिकृतसहित ६ जनालाई पक्राउ गरेको छ।, स्रोतका अनुसार विभागले आइतबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको छ। भन्सार विभागले उनीहरूको ल...
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी निलम्बनमा परेका छन्। , हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीन जनालाई निलम्बन गरिएको हो। , कर्मचारीको कमजोरी देखिएकाले निलम्बन गरिएको भन्स...
सेतोपाटी संवाददाता पाल्पामा माछा मार्ने जालमा फसेर पानीमा डुब्दा एक जनाको मृत्यु भएको छ। , कालिगण्डकी नदीमा माछा मार्न गएका एक पुरूष जालमा फसेर डुब्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए। , मृतक रम्भा गाउँपालिका-२ रानीबास घर भई वडा नम्बर १ छापमा बस्ने २६ वर्षीय को...
नवीनबाबु गुरूङ काठमाडौंमा लघुवित्तीय संस्थाविरूद्ध प्रदर्शन भएको छ। , आइतबार लघुवित्तीय संस्थाविरूद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखेर काठमाडौंमा प्रदर्शन गरेका हुन्।, उनीहरूले माइतीघर मण्डलबाट जुलुस निकालेर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकालीसम्म पुगेका थिए। , भद्रकाली...
सेतोपाटी संवाददाता काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार थप एक जनालाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। , पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठ छन्। उनलाई प्...
रासस म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन्। जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्‍याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन्।, प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्य...
रासस गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने ११ हजार ४९१ व्यापारीलाई कारबाही गरेको छ।, कार्यालयले आर्थिक वर्ष २०७९/८० मा अनियमित रूपमा नाप्ने-तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरूलाई कारबाही गरेको हो ।, कार्यालयले समयमा अनुमतिपत्र नलिएका,...
नारायण खड्का प्युठान स्वर्गद्वारी नगरपालिकाकी ७३ वर्षीया वृद्धा दाङको घोराही उपमहानगरपालिका-१० स्थित एक संस्थामा* बस्दै आएकी थिइन्।, उनी आँखाको उपचार गर्न बिहीबार तुलसीपुर आएकी थिइन्। आउँदा-आउँदै झमक्क साँझ पर्‍यो। तुलसीपुर उनको लागि नयाँ ठाउँ थियो। नजिकै चिनेजानका पनि कोही थिएनन्।, होटलमा खान र बस्न पैसा नभएपछि वृद्ध...
नारायण खड्का तुलसीपुरको कमलपोखरीमा २०७४ सालसम्म टन्न पानी हुन्थ्यो। साउनको महिना स्थानीय थारू समुदायका मानिस यो तालमा घोङ्गी खोजिरहेका हुन्थे। पुस-माघमा पानी कम हुँदा  उनीहरू प्राकृतिक रूपमा हुर्किएका माछा मार्थे।, वैशाख-जेठमा केही दिन पानी सुके पनि अघिपछि जहिल्यै पोखरी पानीले भरिएको हुन्थ्यो।, अहिले पोखरीमा माछा र घो...
सेतोपाटी संवाददाता दैलेखमा सिँचाइ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।, चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का पानीखोलास्थित सिँचाइ गर्न बनाइएको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। , मृत्यु हुनेमा स्थानीय ५ वर्षीया सपना खप्तडी र ८ वर्षीया विपना खत्री रहेको प्रहरीले जनाएको...
सेतोपाटी संवाददाता स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडामा विसर्जन गर्न थालिएको छ।, स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो।, फोहोर लैजाने क्रममा धादिङ र नुवाकोटको सीमानामा पर्ने धुनिबेँसी नगरपालिका...
सेतोपाटी संवाददाता स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडा लगिँदै छ।, स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि सय बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। अहिले प्रहरीले स्कर्टिङ गरेर फोहोर बञ्चरेडाँडा लगिरहेको स्थानीयले बताए...
एजेन्सी गत मंगलबार दक्षिण कोरियामा रहेका एक जना अमेरिकी सैनिक जानजान तर गैरकानुनी रूपमा उत्तर कोरिया छिरेको घटनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तान्यो।, एक-अर्कालाई दुश्मनजस्तो व्यवहार गर्ने र कूटनीतिक सम्बन्ध नभएका यी दुई देशबीच सिधा कुराकानी गर्ने संयन्त्र पनि छैन।, यस्तो बेलामा उत्तर कोरिया छिरेका ती सैनिकल...
सेतोपाटी संवाददाता सरकारले हिंसात्मक गतिविधि गरिरहेका समूह र पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन उनीहरूमाथि लगाइएको मुद्दा फिर्ता गर्न सक्नेगरी कानुन ल्याउन लागेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले असहमति जनाएको छ।, शुक्रबार पत्रकार सम्मेलन गरी आयोगले सरकारले ल्याउन लागेको कानुनले हिंसात्मक तथा गम्भीर प्रकृतिका फौज...
नवीनबाबु गुरूङ काठमाडौंका सडकमा फोहोर थुप्रिएका छन्।, यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन।, काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको हो। बञ्चरेडाँडामा ...
सेतोपाटी संवाददाता भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलिगंगा जलविद्युत् आयोजनाको बाँध खोलिएको छ।, आज बिहान पाँच बजेदेखि बाँध खोलिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।, एनएचपिसी लिमिटेड, धौलिगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतले साउन ६ गते बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म स...
भगवती पाण्डे निर्वाचित भएपछि रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले एक वर्षभित्रै छाडा चौपाया र फोहोरको समस्या समाधान गर्ने वाचा गरे। उनको अर्को वाचा थियो- पाँच वर्षभित्र आफूले पाएको मत बराबर वृक्षारोपण गर्ने।  , यी दुवै वाचामाथि उनले पहिलो निर्णयका रूपमा हस्ताक्षर गरेका थिए।, त्यसको १४ महिना ...
सेतोपाटी संवाददाता काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज विद्युत्  बन्द हुने भएको छ।, नेपाल विद्युत् प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै टेकु सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा आज बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत् सेवा बन्द हुने जानकारी गराएको थियो। , प्राधिकरणले  टेकु  सबस्टेसन स्...
रासस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो। यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ। यद्यपि टक्सारले यसको परीक्षण प्रक्रिया भने सुरू गरिसकेको छ...
रासस हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ ।, उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ ।, सो उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन...
रासस ‘लम्पी स्किन’ रोगको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार ९९१ पशुचौपाया मरेका छन्। प्रदेशका ९ वटै जिल्लामा ६ लाख ३४ हजार ७९९ पशुचौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ।, तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ।, भेटेरेनरी अस्पताल तथा पशु सेवा वि...
सेतोपाटी संवाददाता सुनसरीमा गोली हानेर एक युवकको हत्या भएको छ।, शुक्रबार साँझ साढे ५ बजे इटहरी उपमहानगरपालिका-२० स्थित धरान-इटहरी सडकखण्डमा गोली हानेर एक जना पुरूषको हत्या भएको हो।, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार विराटनगरका बासिन्दा २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो। धरानस्थित बिपी ...
सेतोपाटी संवाददाता युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने एक जना पक्राउ परेका छन्।, शुक्रबार साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ मैकल बजार नजिक युवतीलाई लक्षित गरी एसिड प्रहार गर्न खोज्ने वीरेन्द्रनगर–१४ का १६ वर्षीय आशिष सुनारलाई पक्राउ गरिएको हो।, बेलुका पाँच बजेतिर विनपा–१४ को मैकल बजार नजिक बराहताल गाउँपालिका ...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी,  सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।...
एजेन्सी भारतको पूर्वोत्तर राज्य मणिपुरमा गत वैशाखदेखि तनावको अवस्था छ।, मणिपुरको उच्च अदालतले त्यहाँको बहुसंख्यक मैतेई समुदायलाई अनुसूचित जनजातिको श्रेणीमा राख्ने विषयमा विचार गर्न राज्य सरकारलाई आदेशपछि  सुरू भएको तनावले भारतमा मात्र होइन अन्तर्राष्ट्रियस्तरमा पनि चर्चा पाएको थियो।, बुधबार सामाजिक सञ्जालमा आएको एउटा ...
नवीनबाबु गुरूङ बर्खाकालको साउन महिना नारीका लागि विशेष हुन्छ।, साउन भगवान शिवको प्रिय महिना मानिने विश्वास गरिन्छ। साउनमै पनि सोमबारको त अझ विशिष्ट महत्व छ। साउने सोमबारका दिन भगवान शिवलाई पुकारा गरी पूजाआराधना गरेर व्रत बसे मनोकामना पूरा हुने जनविश्वास छ।, हरियो चुराको विशिष्ट महत्वले गर्दा अहिले बजार हरियो चुरा, पोत...
सेतोपाटी संवाददाता व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको बताएका छन्।, बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्।, मंगलबार बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचार आएको थियो।, ...
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको सुन बरामद भए पनि थप सुन हुनसक्ने आशंका गरिएको छ। , थप सुन लुकाएर राखेको हुनसक्ने आशंकामा काठमाडौंका विभिन्न ठाउँमा खोजी भइरहेको स्रोतले बतायो। विमानस्थलमा रहेका अन्य सामान पनि चेकजाँच भइरहेको छ।  , मंगलबार हङकङबाट क्याथे प्यासिफिकको जहाजमा आएक...
नवीनबाबु गुरूङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पुर्‍याइएको छ।, बिहीबार दिउँसो राजश्व अनुसन्धानको कार्यालयबाट सुन बबरमहलस्थित टक्सार महाशाखामा पुर्‍याइएको हो।, महाशाखामा सुन परीक्षण र नापतौल गरिन्छ। त्यहाँ ८ वटा पोकामा १६० ढिक्का सुन नापजाँचका लागि लगिएको हो। र...
सेतोपाटी संवाददाता कान्तिपुर टेलिभिजनले शनिबार बेलुकी प्रशारण हुँदै आएको ‘ह्वाट् द फ्लप’ शो बन्द गरेको छ।, गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पूर्णविक्रम शाह (पल)लाई बोलाएर अन्तर्वार्ता लिएपछि कार्यक्रम विवादमा परेको थियो।, कार्यक्रममा शाहले जेल अनुभव सुनाउँदा यौनजन्य हिं...
रासस हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ।जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो।, जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई, गोरु र याक सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिए। उनका अनुसार ८९ गाई, ९६ गोरु र ५१ याक...
सेतोपाटी संवाददाता अवैध तरिकाले नेपालमा भित्रिएको ठूलो परिमाणको सुनसहित अहिलेसम्म ६ जना पक्राउ परेका छन्। , राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर निस्किएको ट्याक्सीबाट सुन बरामद गरेको थियो। , क्याथे प्यासिफिक एयरको जहाजमा मोटरसाइकल/ स्कुटरको ब्रेक शुभित्र सुन...
सेतोपाटी संवाददाता मंगलबार बरामद भएको ठूलो परिमाणको सुनसहितको ब्रेक शुको तौल १५५ केजी रहेको पाइएको छ। , टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले सुनसहितको ब्रेक शुको तौल १५५ किलो रहेको बताएका हुन्।, ‘परीक्षण गर्न बाँकी नै छ। अरू धातुको मात्रा कति छ थाहा छैन’, उनले भने, ‘सिलबन्दी गरेर ल्याइएको छ।’, त्रिभुवन विमानस्थल भन...
सेतोपाटी संवाददाता अवैध रूपमा आएको सुन बरामदको घटनामा थप एक जना पक्राउ परेका छन्। , राजश्व अनुसन्धान कार्यालयले बिहीबार चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। लिन जेछियाङ नामका ती चिनियाँ नागरिक नेपालमा अवैध सुन भित्र्याउने प्रमुख व्यक्ति हुनसक्ने देखिएको स्रोतले बतायो। , ‘अहिलेसम्मको अनुसन्धानमा उनी नै प्रमुख देखिन्छन्। ...
नवीनबाबु गुरूङ नेपाली सेनाले काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको छ। , बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा फेला परेको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त व...
सेतोपाटी संवाददाता सिसडोल–बञ्चरेडाँडावासीसँग सहरी विकास मन्त्रालयमा छलफल सुरू भएको छ।, काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध गर्दै आएका नुवाकोटको सिसडोलवासी र धादिङको बञ्चरेडाँडावासीसँग सहरी विकास मन्त्रालयमा छलफल सुरू भएको हो।, ‘प्रभावित क्षेत्रबाट हामी ८–९ जना आएका छौं। सहरी विकास मन्त्रालयले बोलाएर आएका हौं,’ कक...
रोहित महतो धनुषाको विदेह नगरपालिका–२ का सुरेशकुमार ठाकुरले भारतबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा पूरा गरे। उनी आफ्नै देशमा जागिर गर्न चाहन्थे। कामको खोजीमा अनेक कन्सल्टेन्सी, संघसंस्था र सरकारी निकायहरू चहारे।, उनको प्रयास कतै सफल भएन। दैनिक घर खर्च जुटाउनु परिगयो। पढाइका क्रममा केही ऋण पनि लागेको थियो। आफ्नो देशमा काम...
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , बुधबार बिहान सिनामंगलको खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको थियो।, उक्त शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौं‌का प्रमुख एसएसपी दानबहादुर कार्की...
सेतोपाटी संवाददाता नेपालमा डेंगी देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागु गरेको छ।, सरकारले अहिलेसम्म डेंगी नियन्त्रण कार्यक्रम गर्दै आए पनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो।, यसअघि सरकारले डेंगी रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो। यस पटक डेंगी नियन्त्रणका ...
सेतोपाटी संवाददाता ग्यास बुलेटको टुलबक्समा लुकाइएको ७० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। बुधबार दिउँसो साढे १ बजेतिर राप्ती-१ लोथरबाट गाँजासहित उनीहरु पक्राउ परेका हुन्।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले भारतीय नम्बर प्लेटको खाली ग्यास बुलेटको सिटमूनि र टुलबक्समा लुकाइएको ११ पोका गाँ...
नवीनबाबु गुरूङ काठमाडाैं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ। , सार्वजनिक जग्गा कब्जा गरेर 'भद्रकुमारी घले सेवा सदन' सञ्चालन गरेपछि उक्त भवन खाली गराइएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। , उनका अनुसार नगर प्रहरीले तीन दिनअघि नै भवन खाली गर्न निर्देशन दिएको ...
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका पुरूष ८ वर्षपछि पक्राउ परेका छन्।, पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका -२ घर भई  काठमाडौंको जोरपाटी बस्दै आएका ४६ वर्षीय सम्राट शेरचन छन्।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार गोकर्णश्वर नगरपालिका-८ अत्तरखेलबा...
सेतोपाटी संवाददाता सुनसरीको सप्तकोशी किनारमा भएको कुटपिटको घटनामा थप दुई जना पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय सुनसरीले थप दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। , कुटपिट गरेको आरोपमा बराहक्षेत्र नगरपालिका-८ की १८ वर्षीया दुर्गा राई र २२ वर्षीया बिनिता उराँउ पक्राउ परेका छन्। , उनीहरूलाई इलाका प्रहर...
सेतोपाटी संवाददाता मलेखु-धादिङवेशी सडकखण्ड अवरूद्ध भएको छ।, जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सन्तु जैसवालका अनुसार बुधबार मध्याह्न नीलकण्ठ नगरपालिका-८ च्याडु घुम्तीनजिकै सडक माथिबाट खसेको पहिरोले दुबैतर्फ सडक अवरुद्ध बनाएको हो।, अवरूद्ध सडक खुलाउने क्रम जारी भइरहेको डिएसपी जैसवालले बताए।, ‘ठूला-ठूला ढुंग...
सेतोपाटी संवाददाता भक्तपुरको साँगामा बस खस्दा आठ जना घाइते भएका छन्। , काठमाडौंबाट काभ्रे जाँदै गरेको बा ४ ख ९३९६ नम्बरको बस साँगामा खसेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। , उनका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। , मध्यपुर थिमी अस्पतालमा पाँच जना...
सेतोपाटी संवाददाता सिसडोल र बञ्चरेडाँडा क्षेत्रको समस्या समाधान गर्न सहरी विकास मन्त्रालयले तदारूकता देखाए पनि काठमाडौं उपत्यकाको फोहोर भने तत्काल विसर्जन नहुने भएको छ।, बुधबार आन्दोलनरत बञ्चरेडाँडा– सिसडोलवासीसँग सहरी विकास मन्त्रालयमा छलफल भएको थियो। , छलफलले ठोस समाधान दिन नसकेको र आइतबार बस्ने उपत्यकाका मेयर फोरमक...
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सडक किनारका विद्युतका पोलहरूमा जथाभावी टाँगिएका विभिन्न सेवाप्रदायक कम्पनीका तारहरू व्यवस्थित बनाउन सुरू गरेको छ।, मेयर रामकृष्ण खाणले आफैंले विद्युतको पोलमा चढेर जथाभावी झुण्डाइएका तारलाई हटाएर उक्त कार्यको सुरूआत गरेका हुन्।, बुधबार बिहान बुटवल र तिलोत्तमाको सीमा ...