Dataset Viewer
Auto-converted to Parquet Duplicate
audio
audioduration (s)
1.12
34.4
text
stringlengths
9
311
पहाड़मा धेरै राजनैतिक पार्टीहरू छन् , प्रत्येक पार्टीको आफ्नै विचारधारा छ अनि आफ्ना बेग्लाबेग्लै मागमा अडिग छन् .
क्षितिजमा घामका किरणका लालिमा क्षणप्रतिक्षण निःशेष भएर गइरहेको छ .
मतदान केन्द्रको लागि जाने क्रम सकिन साथै कालेबुङमा कुल नौ सय बाह्र कर्मचारीहरू खटाइएको छ .
मानवमा रक्तसम्मिश्रण हुनु नै सङ्करीकणको मूल कारण हो भन्न सकिन्छ .
आफ्नो दशवर्षे यूरोप भ्रमण टुंगाई उनी घर फर्के .
बागबजारस्थित सञ्चारकर्मी दीपक पाण्डेमाथि दुर्व्यवहार र मोटरसाइकल तोडफोड भएको छ .
आफ्नो क्षेत्र नाघेर वानर अर्को क्षेत्रमा गयो भने त्यहाँका वानरले ठाडै खेद्‍छन् र भेट्टाएमा चिथोर्छन् .
सातवटी छोरीहरूमा यो कान्छी छोरी ज्ञानी तथा विचारशील छिन् .
एक दिन एउटा रेष्टुराँमा चिया खाँदै उनले भनिन् , हेर्नोस् न आज उहाँ भात नखाई जानुभो .
विक्रमको पन्ध्रौँ शताब्दीताका नवगृह यो नाम स्थानीय बोलीचालीको भाषामा रूढ भई प्रचलनमा आउन थालिसकेको थियो .
नेमकिपा सभासद तथा मस्यौदा समितिका संयोजक विजुक्छे हि्वप नलाग्दा पार्टी सिस्टम नै खलबलिने तर्क गर्छन् .
त्यो छाउरी पनि मौका पाएर जुरूक्क उठी र पुच्छर लुकाएर भागी .
आर्थिक आदि क्षेत्रमा भएको प्रगतिले गर्दा समाजको विधिव्यवहार बढेकोले तदनुसार कानूनको पनि विकास भएको छ .
मेरा आँखा लमही लेखिएको नामपट पढ्न लालायित थिए .
घरको परिवेश र परिस्थितिले युद्ध र शान्तिको वातावरण सिर्जना गर्दछ .
राजकुमार प्रधानको लेग स्पिनमा तीन ब्याट्सम्यान आउट भएपछि वीरगञ्ज पछाडि पर्‍यो .
उनले भड़कँदै भन्छन् , रेखा , अब हाम्रो बिछोड़को घड़ी आएछ .
ठूला दागहरु छेउमा खैरो रंगका हुन्छन् तर माझ भने पहेंलो वा खैरो रंगको हुन्छ .
यहाँदेखि उः त्यत्ति जानु हामीलाई आधा घण्टा जस्तो लाग्यो .
यहाँ शाक्य मुनि बुद्ध जन्मेथे भनी ढुङ्गाको ठुलो पर्खाल बनाइयो औ शिलास्तम्भ खड़ा गरियो .
खृष्टपूर्व प्रायः छैंटौं अनि पाँचौं शताब्दीको मध्य भागतिर , मध्य भारतवर्षमा सोह्रवटा प्रमुख राज्यहरू थिए .
बिर्खे छेउमा सुतेर उसका दुइ खुट्टाका बीचमा आफ्नो खुट्टा छिराएर हल्लाए जस्तो .
पत्र पढ़ेर औरङ्गजेब रीसले चारैतिर अँध्यारो देख्न थाले .
एमके प्रधानको एक्सटेन्सन प्रतिको मोहलाई लिएर विभाग भित्रै पनि विरोधको झिल्का उठ्न थालेको छ .
तर्कवाक्यको आकारको भ्रान्तिपूर्ण विश्लेषणले गर्दा यस्ता विभ्रान्तिकर सिद्धान्तहरू उत्पन्न हुन्छन् .
बर्खा झरीमा निकै अशान्त रह्यो अक्षयको मन , जताततै बाढ़ी , पैह्रो र जनधन क्षतिका खबरहरू .
पछि यो मेरो प्यारो पाठशाला पनि सन् एक हजार नौ सय चौरासीको दशकमा सधैँको निम्ति आँखाबाट ओझेल भयो .
खरसाङको गाड़ीधुरा , रंगली रंगलीयट , बोङबस्तीको देउराली , कफेर , आदि क्षेत्रमा पनि यो प्रावधान हुन जरूरी छ .
पाठशालामा छात्राहरू निकै भए पछि उन्नाइस सय सतहत्तर सालमा प्राथमिक पाठशालाको स्थापना भयो .
आर्चेरी सँगसँगै आफ्नो पढ़ाइलाई पनि उनले निरन्तरता दिइरहेकी छन् .
यसप्रकार मगरहरूमा खानीवाले र पाखाली भन्ने कुराहरूको पनि प्रसङ्ग रहेको पाइन्छ .
घोदानेले भन्यो , चुप लाग् ! ऊ चुप लागिन् झन्आमालाई हल्लाउँदै रोइन् .
आँखा टाढा़ हेर्छन् अनि केही नदेखेर आफैमा फर्कन्छन् .
दोस्रोः यतिकै छोड़िदिउँ न , त्यो क्या त जंगली वनमान्छे , त्यसैले खाओस् , त्यसैले मारोस् .
डाक्टरले चाँड़ै भेल्लोर या त कलकत्ता लगेर अपरेशन गर्ने सल्लाह दिएका छन् .
त्यसपछि रसिक श्री उमेशचन्द्रले एउटा हास्यपूर्ण व्याङ्ग्योक्ति पढ़ेर त्यहाँ भएका जम्मै साथीहरूलाई खूब हँसाए .
सभामा उपाध्यक्ष किशोर गुरुङ , नारी मोर्चा सभानेत्री सुजाता राईले वक्तव्य राखे .
जीवन कसैलाई धूमधामसँग मोजमस्ती अनि कसैलाई सही नसक्नुको पीडा़ मात्र .
आमाले आएर सोधिन् , यस्तो सर्वनाश कसरी भयो पारू ? पार्वतीले सजिलैसँग भनीघाटमा खुट्टा चिप्लेर लड़ें .
यस्तो घोषणाले एक राष्ट्रका स्वपनील महात्मा गान्धीको हृदय दुई फ्याक हुन्छ .
एकातिर पहाड़ी बनजंगल अर्कातिर मधेशका फाँटहरू , गाड़ीले हामीलाई गन्तव्य ठाउँमा पुऱ्याउनै लाग्यो .
यी औषधिहरूले ढिलो असर पार्छन् भन्ने कुरो पनि झूठो हो .
बमबहादुरले त्यहाँ पुग्नेबित्तिकै , शाहज्यादीको गाथमा अहिले कस्तो छ ? भनी जेबबाट घडी झिकेर समय हेरे .
रहेको चारभागको एकभाग मूलधन साँचेर धन बृद्धि गर्ने काम हुनु पर्दछ .
यसलाई बचाउनको निम्ति जागृत गराउनको निम्ति लिटरेरी सोसाईटी अफ इण्डिया अघि आएको छ .
यो वाक्यले गंगाप्रसादको कलिलो हृदयमा काँड़को काम गऱ्यो .
आदानप्रदानात्मक ढंगमा मात्र हामी यहाँ आएको बताइएको छ .
सत्यका ज्ञानीहरूले सत्य सिद्धान्तलाई परिपक्व विद्वान नभएका व्यक्तिले लेखेको भएपनि मान्दछन् .
यस कुरालाई दुवै पहलमानले मञ्जूर गरेर बुढ़ियाको कुरा माने अनि उनीहरू कुस्ती खेल्नथाले .
धूवाँ बुङ्ग भएपछि यसो हेर्छु त चुरोट पिउनु भएको रहेछ .
सँगैका साथीहरूलाई छाड़ी , अड़िन नसकी , यसलाई पत्रु भएर झर्नुपऱ्यो .
प्रस्तावित जीटीएमा तराइ डुवर्सका मौजाहरूलाई अर्न्तभुक्त गर्न राज्य सरकारको दृष्टिकोण नकारात्मक छ .
यसरी नै दिदीबहिनीहरू भोजन पकाउनु र वितरण गर्नुमा व्यस्त थिए .
यस विषय वस्तुलाई यहाँ विराम दिँदै प्रमुख ऐतिहासिक तथ्य एवं विषयतर्फ यस लेखनलाई बढ़ाइरहेको छु .
सब ठीक छ रे ? धन्दा मान्नु पर्दैन रे ? धन्दा मानेर नै म यहाँ आएको .
जुवारीका शैलीमा रचित यसमा पनि भौगोलिक अञ्चल र त्यसका सामाजिक आर्थिक परिप्रेक्ष्यको सहज चित्रण पाइन्छ .
तर यसपाली विधानभा चुनाउ प्रचारको बहानामा गोरामुमो प्रमुख घिसिङ दार्जीलिङ फर्किए .
यी माथिका सबै घटनाक्रम हेर्दा यो उहाँको इच्छा मृत्यु नै थियो .
राति उठ्न गाह्रो लागे तापनि के भयो होला भनेर त्यो चाँड़ै कोठीमा आयो .
मलाई झट्ट अनुभव हुन्छ त्यहाँ चलिरहेको वार्तालापमा मेरो यसरी अकस्मात् आगमनले बाधा पुऱ्याएछ .
यस कथामा दार्जीलिङे नेपाली समाजमा तत्कालीन प्रचलित भूतप्रेत तथा अन्धविश्वासको चित्रणवर्णन गरेका छन् .
गीत गुञ्जन थाल्छ हलभरि , दर्शकहरू गीतमा मस्त हुन्छन् .
सत्ताइस सर्गमा विभाजित आमा महाकाव्यमा जम्मा एक हजार तीन सय एकानब्बे श्लोक रहेका छन् .
अतः नानीहरूले जति प्रश्‍न गरे पनि झिजो नमान्ने बानी बसाल्नुस् .
त्यस सत्तलको तल्लो तलाको खण्डमा क्रमश बिउँझिँदै गइरहेको छ उद्धार र मुक्तिको नारा .
पाश्चात्य संस्कृति भौतिकवादमा अडेको छ भने पूर्वीय संस्कृतिको आधार अध्यात्मवाद हो .
उर्मिलाले ऐठन परेको अनुभव गरी , डाँको छाड़ेर रुन मन लाग्यो .
यसको प्रमाण भीएलओ बीके राणाले दिएको बताइएको छ .
यस अवधिमा भारतभरी अंग्रेजहरूको शासन विस्तार गर्नमा , मराठा र मैसूर विघ्नवाधा भएर खड़ा भए .
कविता सङ्ग्रह अक्षर , शब्द र भावको खण्ड दुइमा शब्द विषयक कविताहरूको झुण्ड पाउँछौं .
अब मलाई मेरो मनबाट ठूलो बोझ कतै हटेको अनुभव भैरहेछ .
त्यो भाइ हामी एउटै कम्पनीमा पऱ्यौं भाग्यको बात .
परमेश्वरले उल्टो मानिससँग झूट बोलेको आरोप लगाएको छ .
धीमा गतिसँग खेलिएको यस म्याचमा दिल्लीले दोस्रो मिनटमै पाएको पेनल्टी कर्नरमा गोल गऱ्यो .
बिहीवार फर्गुस कवानागको नेतृत्वमा रहेको अष्ट्रेलियाइ टोलीले भारतलाई शुरूदेखि नै चेपारोमा पाऱ्यो .
अनि सार्वजनिक कमिटीलाई सुम्पेका थियौं र यसमा दोस्रो झमेला हुने प्रश्न नआउनु पर्ने हो .
ताना शर्माको व्याख्यात्मक निबन्ध र मोहन हिमांशु थापाको समीक्षा प्रेरणादायी छन्विजय मल्ल .
यसरी अन्तिम म्याचमा पराजित भएर भारतले रजत पदकमै चित्त बुझाउनु पऱ्यो .
खड़के झुक्किएर पहिले त टेलिफोन उठाएर हल्लो गर्छ .
सिक्किममा प्रायः लिखित प्रतिक्रिया आउँदैन र मौखिक नै हुन्छ .
त्यसको पछाडि टेवामा खैयामकै जस्तो दर्द थियो , कराहना थियो , चिच्याहट थियो , र रोमाञ्चकारी सपना थियो .
त्यसको पिता कुबेर गुरुङ त्यस अञ्चलको प्रधान हो .
हातको वरमाला त्यस सुकुमारको गलामा लगाइ दिएर जीवनका सुख र दुःखहरूको जिम्मा लगाइदिन्छे .
रञ्जित देवान राईले करीब तीस जना मेम्बरहरूको एउटा इलेक्शन कमिटि खड़ा गरी जानु भयो .
त्यस ठाउँमा भेला भई आर्य र किराँतीहरू थरीथरीका कामक्रीड़ा गर्ने गर्थे , संभवतः वसन्त ऋतुको आगमनमा .
आफ्नो गोजीबाट एकको नोट झिकेर म सगौरव बूढ़ाका हत्केलामा राखिदिन्छु .
खै , सम्पादकज्यू ! तपाईंको विशेषांकमा छापिने लायक लेख तयार हुन गाह्रो पऱ्यो .
प्रथमतः बच्चाका आमा स्वयम्ले तीनवटा सन्तानलाई मुखमा च्यापेर वासस्थानसम्म पुऱ्याए .
हिङदाम पुलिस थानामा यसबारे प्राथमिकी दर्ता गरिएपछि तत्कालै पुलिस दल घट्नास्थलमा पुगी निरीक्षण गरिइयो .
डसना भित्रपट्टि रूवा वा भुवा भरेर बनाइएको बाक्लो बिछ्यौना .
कति पसीना काढ़ी , मगज खटाई यहाँ आइपुगेका रामबाबू त्यस अफिसका शिर नै हुन् .
राज्यमा भ्रष्टाचार चुलिएको विषयमा प्रतिवाद गर्दा उहाँलाई त्यतिबेलाका सत्तारूढदलले पार्टीबाट निष्कासित गरेका थिए .
यस विषयलाई लिएर संगठनको पक्षबाट राज्यका शिक्षामन्त्री ब्रात्या बसुलाई आज एउटा वार्ता पठाइयो .
त्यो यो होइन कि श्री भण्डारीज्यूले मात्रै गऱ्यो भन्ने कुरा हुँदैन .
बालाई सोझा र निष्ठावान् बाहुन भनी सबैले आदर गर्थे .
सबैलाई थाहै छ , भुँडी स्वयं परमेश्वरी भएकोले प्रत्येक प्राणीमा उनको अंश नभएको हुँदैन .
चालिसको पवित्र समय ख्रीष्टियहरूको निम्ति एउटा आध्यात्मिक तीर्थयात्रा भन्न परेमा दुइमत नहोला .
एकफेर चढेर हेर्दैनस् किन ? गुणले कसैलाई पनि चढेर हेर्न दिंदैन .
तर दुई हजार नौ सालमा हामीले हारको सामना गर्नु पऱ्यो .
मैले बिस्तारै टाउको निहुराएर चुपचाप आफ्नो रोगी हेर्न हिँड़ेँ .
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
Downloads last month
6