Dataset Viewer
Auto-converted to Parquet Duplicate
text
stringlengths
1
17k
साँवा अक्षर (कखरा)मा बाह्रखरी (मात्रा) मिल्नाले भाषा समृद्ध र अर्थपूर्ण बनेजस्तै देशको समाजिक, राजनीतिक, आर्थिक र अन्य क्षेत्रको स्थूल स्वरूपलाई विवेचनात्मक दृष्टिबाट अथ्र्याइएमा मात्र जनताले देशको गति र शासनको नियत बुझ्ने विश्वास लिएर त्यसको भित्री एवं समग्र स्वरूप जनता समक्ष प्रस्तुत गर्ने जमर्कोमा यो अनलाइन खबर पत्र...
विद्या भट्टराई भन्छिन्– त्यसदिन मैले उहाँ (रवीन्द्र) लाई शुभयात्रा पनि भन्‍न पाइनँ
पोखरा । मर्नेहरुले केही पनि लाँदैनन् भनिन्थ्यो तर रवीन्द्रले विद्याको सिन्दुर लिएर गए । उनको सिन्दुरसँगै पखालिए रवीन्द्रका सपना र योजनाहरु अनि चंगाको धागो चुँडियो चुँडियो विद्याका माया । भविष्यप्रतिको सुन्दर कल्पनाहरु एकाएक विलिन भए। विद्याले पति गुमाइन् । स्वराज र विराजले पिता ।
मर्नेहरु त बस रित्तो हात, एकै थोपा आँसु नझारी गए, बरु तारा बनेर आकाशमा मुस्कुराईरहे बाँच्नेहरु पो जानेहरुको यादमा रोई-रोई बाँचिरहेछन्, काँपेको धर्तीमा उभिएर आफैँ काँपिरहेछन् ।
अहिले यस्तै हालमा छन्, नागरिक उडड्यन, पर्यटन तथा संस्कृति मन्त्री स्व. रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई । फागुन १५ गते ताप्लेजुङमा भएको विमान दुर्घटनामा ज्यान गुमाएपछि स्व. अधिकारीको मालेपाटनस्थित घर मौन छ । सोमबार उनको पुण्यतिथीको १३ औँ दिन पुगेको छ । उनको काजक्रिया भने ७ दिनमै सकिएको छ । आइतबार घरमा पुग्दा शुभचि...
मनमा पीडा राखेर अनुहारमा कृतिम हाँसो छर्दै विद्या शुभचिन्तकको सम्मानमा जुटिरहेकी थिइन् । निधारमा पहेँलो टिका लगाएकी विद्याको जीवनको रंग पनि पहेँलै भइसक्यो। तै पनि सम्हालिनुको विकल्प थिएन। एकैछिन कुरा गर्न आग्रह गरेपछि सहजै समय दिइन् ।
पतिभन्दा धेरै अभिभावक र त्योभन्दा धेरै जीवनका हरेक आरोहअवरोहका सहयात्री गुमाएकी विद्‍याको त्यो सहजपनाले उनको साहस झल्काउँथ्यो, जुन आम मानिसको लागि एक अपवाद नै हो । रवीन्द्र, रवीन्द्र बन्नुपछि उनले गरेको योगदान, राजनीतिक त्याग खुलाउँदै उनले भनिन्, म फ्रेस देखिए पनि म अझै 'ट्रमा' मा छु । रवीन्द्रसँगको भेटघाटदेखि २१ वर्षे...
राम्रो चिनजान भएको २०५० पछि हो । चिन्न त म त्यो भन्दा अगाडि नै विद्यार्थी साथित्वको हिसाबले चिन्थेँ । २०५० को हेटौँडामा सम्पन्न अनेरास्ववियुको १२ औँ राष्ट्रिय सम्मेलनमा उहाँ कोषाध्यक्षमा निर्वाचित हुनुभयो । म महिला विभाग प्रमुख थिएँ । पछि अर्को अधिवेशनमा उहाँ महासचिव बन्नुभयो । म महिला विभाग प्रमुख नै बनेँ । त्यतिबेला ...
हाम्रो सम्बन्ध निकै अगाडि बढिसकेको थियो । त्यतिबेला संगठनभित्र नै सम्बन्धलाई लिएर विवाद बनाउन खोजिन्थ्यो । मेरो खुट्टामा समस्या थियो । त्यही कारण देखाएर रवीन्द्रले विद्यालाई विवाह गर्दैन्, प्रेमको भ्रम मात्र छरेको हो भन्ने एउटा जमात थियो । अर्कोचाहिँ हामीलाई समर्थन गर्ने समूह पनि थियो । यो प्रसंग किन जोड्न खोजेको भन्दा...
२०५६ मा हाम्रो विवाह भयो । म भने पछि अनेमसंघतर्फ लागेँ । कार्यालय सचिव भएर काम गर्थेँ । त्यसपछिदेखि नै म राजनीतिमा त्यति सक्रिय हुन छाडेकी थिएँ । मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ। उहाँ (रवीन्द्र) ले मलाई कहिल्यै यो, त्यो गर्न भन्नुभएन । मैले राजनीतिमा विस्तारै निष्क्रिय हुँदा उहाँले कहिल्यै किन भनेर सोध्नुभएन, आफ्नो र...
हामी अनुहार हेरेरै कुरा बुझ्थ्यौँ । म बिहानको समयमा प्राय खाली हुन्थेँ । खाली समय सदुपयोग गर्न एउटा कलेजमा प्राध्यापन गर्ने भन्ने सोच्दैँथे । एउटा कलेजमा कुरा पनि भईसक्याथ्यो । एक दिन मैले उहाँलाई सुनाए । उहाँले केही दिन पर्खिन भन्नुभयो । त्यसको केही दिनपछि उहाँ मन्त्री बन्नुभयो । म कलेज पढाउन आउन भ्याउँदिन भने । रवीन्...
उहाँले भन्नुहुन्थ्यो, समय के छ, मिल्छ भने जाँदा हुन्छ नि । उहाँले मलाई कहिल्यै कर गर्नुभएन । मेरो अनुहार हेरेरै कुरा बुझ्नुहुन्थ्यो । मेरा साथीहरुले पनि एक-दुई कुराहरु भन्न भन्थेँ, सहयोग गर्न भन्थे । मैले पनि उहाँको अनुहार हेरेर कुरा गर्थेँ । कहिलेकाहिँ त ३-४ दिनपछि पनि । मैले साथीहरुलाई भन्थे, म तपाईहरुको कुरा भन्छु, ...
नेवानि डुबाउन खोजिँदैछ
पहिलोपटक एभिन्युज टिभीमा हेरेकी थिएँ । उहाँले सबैलाई समान व्यवहार गर्न खोजेर भाइको सम्बन्धले कुरा गर्नुभएको थियो । पछि उहाँले भन्नुभएको थियो- "मैले सबैलाई समान व्यवहार गरेको हुँ ।" कलेज पढाउने साथीहरुले पनि रवीन्द्रलाई फसाउन खोजिँदैछ भन्थे । मैले एकदिन एकान्तमा नै सोधेँ, यो विषय के हो ?
उहाँले भन्नुभएको थियो, मैले केही गलत गरेकै छैन । सबै प्रक्रिया अगाडि नै सुरु भएको हो । न मैले कहीँ हस्ताक्षर गरेको छु, न कहीँ निर्देशन दिएको छु । यत्ति हो कि अन्तिम किस्ता नबुझाएको भए जहाज आउने थिएन, भन्नुहुन्थ्यो । पटक-पटक सोध्नु राम्रो हुँदैन । म आफैँ विश्वस्त थिएँ, यो सबै आरोप मात्र हो, आक्षेप मात्र हो । केही निजी क...
मैले शुभयात्रा भन्न पाइनँ
हरेक दिन क्वार्टरबाट निस्कने बेलाँ मैले शुभयात्रा भन्ने गर्थेँ । म बिहानै उठेर अर्को कोठामा व्यायाम गर्दै थिएँ । उहाँ सुत्नुभएको थियो । उठाइन । पछि उहाँ उठ्नुभएछ । मलाई व्यायाम गरेको देखेर बोलाउनुभएनछ । पछि भन्नुभएको थियो । मैले हो र भनेँ ।
स्वास्थ्यमा उहाँले खासै ख्याल गर्नुहुन्थेन । बरु सोध्नुहुन्थ्यो, म कस्तो देखिएको छु, के खाँदा ठिक होला । त्यो दिन बिहान पनि उहाँले मलाई एकदम निद्रा पर्‍यो नि विद्या भन्नुभयो । म आज फ्रेस छु नि । मैले पनि अँ आज फ्रेस देखिनुभएको छ भनेँ । पछि चियाँसँगै खायौँ । एक छिनमा निस्किन्छु भन्नुभयो । म पनि साढे ९ मा निस्किनुपर्ने ।...
सँधै म त्यस्तो बेला तल आएर शुभयात्रा भन्थेँ । अरु बेला बिहान खाली हुन्थेँ भन्न भ्याउँथे । अहिले रिसर्च सेन्टरमा काम सुरु गरेको छु । म नि साढे ९ मा पुग्नैपर्ने । म पनि हतारमा भएँ । म तल झरिनँ । पछि तल आउँदा उहाँ गइसक्नुभएको रहेछ, मैले सर जानुभयो भनेको त जानुभयो भने । मैले शुभयात्रा भनिनँ भन्ने लाग्यो ।
त्यो चाहिँ मेरो लागि एउटा... त्यस्तो दिन भयो एकाएक बादलले संसारको उज्यालो दिन घामलाई छेकेजस्तै । त्यो दिनको क्षण रमाइलोबाट नरमाइलो बन्यो ।
आङछिरिङसँग मेरो चिनजान आजभन्दा करिब २७ वर्ष पहिले भएको हो । मैले गल्फ खेल्ने सिलसिलामा रोयल नेपाल गल्फ क्लबमा हाम्रो पहिलो भेट भएको हो । दुईचार पटकको भेटमै हामीबीच धेरै कुरा मिल्ने पायौं र हामी साथी भयौं । प्रायः जसो, हामी सँगै खेल्थ्यौं । कहिलेकाहीँ मात्र ग्राहकसँग खेल्न आउँदा उसको अन्तै खेल्न जाने बाध्यता हुन्थ्यो । ...
हामी हप्ताको पाँच दिन खेल्थ्यौं । चार दिन रोयल नेपाल गल्फ क्लबमा । अरु दिन दैनिक २ घन्टा खेल्थ्यौं । शनिबार बिदाको दिनचाहिँ हामी गोकर्ण जान्थ्यौं, दिनैभर खेल्थ्यौं । त्यसरी सुरु भएको हो हाम्रो गल्फ यात्रा । छिरिङ ताप्लेजुङ जाने एक दिन अगाडिसम्म पनि हामी गल्फ खेलिरहेका थियौं । दुर्घटना भएको दिन हामी नखेल्ने उसले मलाई जा...
छिरिङ एकदमै 'एम्बिसियस' र निडर व्यक्ति थियो । आँटेको कुरा पुर्‍याउने साहस उसमा थियो । यो एउटा गजबको स्वभाव हो । यसका लागि ऊ कसरी प्लान गर्थ्यो मलाई खासै थाहा थिएन । उ निकै 'फोकस्ड' व्यक्ति थियो । हामी गल्फ खेल्नेबेला उसको कयौं फोन आउँथे । गल्फमा शतप्रतिशत कन्सन्ट्रेट हुनुपर्छ, तर, उसलाई ती फोनले प्रभाव पार्दैन थिए । फो...
त्यत्रो ठूलो एम्पायर खडा गरेको मान्छे ऊ कयौं प्रेसर हुन्थे होला । तर, ऊ त्यो देखाउँदैन थियो । आफ्नो प्रयास जारी गरिरहेको हुन्थ्यो, काम गरिरहेको हुन्थ्यो । उसको अर्को गजबको भनेको उसको फोनमा मोबाइल नम्बर सेभ हुँदैन थिए । फोन गर्नलाई कन्टयाक्टमा गएर नाम खोज्दैन थियो । नम्बरै डायल गर्दथ्यो । त्यस्तो अद्वितीय स्मरण शक्ति उस...
ऊ अरुभन्दा रमाइलो तरिकाले खेल्न रुचाउँथ्यो । र, हाम्रो ग्रुपमा उत्कृष्टमध्ये एक खेलाडी थियो, ऊ । ६ ह्यान्डिक्यापसम्म ऊ पुगेको थियो । म उसलाई एउटा साथीको रुपमा सम्झिन्छु, एकदमै ठूलो हृदय भएको साथी । साथीहरुलाई एकदमै सहयोग गर्न रुचाउने । भोलि के हुन्छ भन्ने उसले चिन्ता देखाउँदैनथ्यो । उसको आफ्नो समस्यालाई कहिल्यै अरुको अ...
उसलाई नयाँ ठाउँ जान मन लाग्थ्यो । पूर्वपश्चिमका सबै हिमाली भेग उ पुग्‍यो। 'मलाई डुल्न मन लाग्यो’ मात्र भन्थ्यो । उसको एउटा तस्बिर एकदमै प्रसिद्ध छ । ब्याकग्राउन्डमा सगरमाथा भएको तस्बिरमा उसले गल्फ प्रहार गरेको देखिन्छ ।
हो त्यो स्थानलाई उसले लिने योजना बनाएको रहेछ । मलाई देखाउन लगेको थियो । कोङ्दे भन्ने ठाउँ लुक्लाबाट हिँडेर २ दिन र हेलिकप्टरबाट ७, ८ मिनेटको फ्लाइटमा पुगिन्छ । त्यो स्थानबाट सगरमाथामाथि डाँडा मुन्तिर देखिन्छ । ५-६ वटा ८ हजारभन्दा बढी उचाइका हिमाल पनि देख्न सकिन्छ ।
त्यो बेला उसले गल्फ हान्ने भन्यो । विश्वको सबैभन्दा उत्कृष्ट खेलाडी टाइगर उड्स थिए । छिरिङको टाइगरलाई नेपाल ल्याउन इच्छा रहेछ । उसले सँगै लगेको १ नम्बरको उड (ड्राइभर) निकाल्यो । र त्यहाँबाट ५-६ वटा सट प्रहार गर्‍यो। मैले त्यो नियालेर बसिरहेको थिएँ । त्यो बेला म रोयटर्सका लागि काम गर्थें । मैले एउटा तस्बिर खिचें, तस्बिर...
त्यो फोटो हिट भयो । संसारभरबाट राम्रा प्रतिक्रिया आए । यस्तो ठाउँमा यो मान्छेले कसरी गल्फ हान्यो भनेर सबै छक्क परे । अधिकांश दैनिकको हेडलाइन बनेको रहेछ त्यो तस्बिर । भारतको टाइम्स अफ इन्डियाको फ्रन्ट पेजमा त म आफैंले देखें । त्यो अपूर्व थियो किनभने नेपाली राजा रानीको कलर फोटो त त्यो फेजमा छापेको मलाई याद छैन । एउटा साम...
घुम्ने योजना थियो । तर, तस्बिर योजनाबमोजिम खिचिएको थिएन । त्यो स्थानमा होटल बनाउने सपना बुनेर मलाई त्यहाँ लिएर गएको रहेछ उसले । मलाई त्यो मान्छेले किन लग्यो भन्ने लाग्यो । यहाँ कहिँ होटल बन्छ ? कसरी सामान ल्याउने, के गर्ने ?
त्यो बेला मैले भनेको थिएँ- नचाहिने कुरा नगर । कहाँ होटल बन्छ ? त्यसको ३-४ वर्षपछि हामी गएका थियौं, होटल बनिसको थियो । ऊ पाइलापाइलामा विजनेस पनि देख्ने मान्छे । ऊ भन्थ्यो- ‘यहाँ गल्फ कोर्स त बन्न दिउँ न त्यसपछि नेपालमा टुरिस्ट कति आउँछन् कति ! हो हाइ-इन्ड टुरिज्म नेपालमा प्रबर्द्धन गर्ने उसको सबैभन्दा ठूलो इच्छा थियो । ...
उसको बारेमा कुरा गर्दा उसको ट्राभल एजेन्सी कम्पनी सम्झिन्छु । त्यतिबेला सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने र सबैभन्दा बढी कर तिर्ने कम्पनी उसको थियो । होटलहरुलाई पछि पारेको थियो उसले ।
त्यसको केही समयपछि उसले मलाई नयाँ अफिस देखाउन लग्यो । मैले के गर्न लागेको भनी सोध्दा जवाफ आयो, ‘एयरलाइन्स खोल्ने हो ।’ मलाई ऊ फेरि पागल लाग्यो । फेरि नचाहिने काम गर्न लागेकोमा मैले सुझाव दिएँ, ऊ चुप बसेन । भन्यो, “म नेपालको सबैभन्दा ठूलो एयरलाइन्सको मालिक बन्छु ।” नभन्दै आज उसको कम्पनी नेपालमा सबैभन्दा धेरै उडान भर्दछ ...
यही सम्झिन्छु । उसले एयरलाइन्सको आँट नदेखेको, असम्भव सपना नदेखेको भए आज छिरिङ हाम्रै माझ रहन्थ्यो । ऊ एउटा अचम्मको शक्ति भएको मान्छे थियो । आज बिहान उठ्नेबित्तिकै के गरौं कसो गरौं हुन्छ । गल्फ कोर्स कति दिनदेखि शून्य छ । समय धेरै बलवान चिज हो । धेरै मिस गरेका छौं, हामीले ।
राष्ट्र प्रेमी व्यवसायी हो, छिरिङ । उसले कुनै पनि काममा नेपालीको पैसा विदेश पठाउने वा नेपालको पैसा विदेश पठाउने कुनै पनि काम गरेन । उसले जति पनि काम गर्‍यो नेपाल र नेपालीलाई फाइदा हुने गर्‍यो।
उसले सबै क्षेत्रमा काम गर्‍यो। एयरलायन्स खोल्यो, होटल बनायो । पर्यटकलाई नेपाल एयरलाइन्सलाई हात जोड्नुपर्ने अवस्था अन्त्य गर्‍यो । सेवा दिनका लागि उल्टै आफैं हात जोड्यो । पर्यटकको उद्धार गर्न, घाइतेको उपचार गर्न, पर्यटकलाई राम्रो सुविधा नदिएर विदेशमा नेपालको नराम्रो छाप पर्न नदिन अनुनय विनय गर्थ्यो । जहाँ–जहाँ मान्छेले ...
उसको एयरलाइन्सले पैसा मात्र कमाइरहेको छैन । दुर्गमका लागि यतिधेरै अन्न ओसारिरहेको छ । विकटका लागि खाद्यान्न ढुवानी गरिरहेको छ । उसमा त्यो क्षमता छ, उसले त्यो पनि गरिररहेको छ । उसले जति पनि काम गरेको छ, भविष्यले त्यसको मूल्यांकन गर्ने छ । मलाई त्यो विश्वास छ । हाइ-इन्ड टुरिज्म उसको अल्टिमेट लक्ष्य हो । एक रातको १ हजार /...
पछिल्लो समय भारतको कुम्भमेलालाई नियालेको थियो । १०-१२ करोड पर्यटक कसरी होल्ड गर्ने उसले नियाल्यो । उसले पत्ता लगायो कि फाइभ स्टार होटलजस्तो टेन्ट पाइने रहेछ, त्योबाट सुविधा दिन सके मान्छेले जति पनि पैसा तिर्दो रहेछ ।
अचम्मका कुरा सोच्थ्यो । एकपटक लुम्बिनी जाँदा होटल किन्न मन गरेको थियो । अहिले पछिल्लो समय चाहिँ जलविद्युत्तर्फ सोच्न थालेको थियो । त्यसमा पनि सबैको फाइदा हुने खालको उसले गर्न खोज्थ्यो । एक्लैले गर्ने खालको होइन । त्योचाहीँ उसको एउटा हिन्दीमा बडप्पन भन्छ नि, त्यो थियो उसमा ।
गल्फमा उसको प्यासन थियो । उसैको लागि पनि हामीले गल्फ खेल्न निरन्तरता दिनुपर्छ । यसैका लागि आउने शुक्रबार कार्समा एउटा पूजा गर्ने योजना बनाएका छौं ।
(गोपाल चित्रकारसँग बाह्रखरीले गरेको कुराकानीका आधारमा)
२०७५ फागुन १५ गते वास्तवमा मुलुक अत्यन्त शोकमा परेको दिन हो । त्यो दिन मुलुकले सातजना होनहार व्यक्ति गुमाउन पुगेको छ । विशेषगरी मैले भन्दा तीनवटा क्षेत्रका तीनजना व्यक्ति गुमाउँदा मुुलुककै लागि अपूरणीय क्षति पुगेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र प्रशासक युवराज दाहालको हेलिकोप्टर दु...
दुर्घटनाको दिनमा समेत १० बजेर ५३ मिनेट जाँदा म दाहाल सरसँग कुराकानीमै थिएँ ।
उहाँले म कार्यक्रममा छु, केहीबेरपछि कुरा गरौंला भन्नुभएको थियो । त्यसपछि उहाँसँग कुरा गर्न पाइएन । केहीबेरपछि अनलाइनहरुमा एकाएक समाचार देखिए । पहिले त मैले हेलिकोप्टर कतै आकस्मिक अवतरण गरेको हो कि जस्तो मानेको थिएँ । केहीबेरपछि अन्त्यन्त दुखद् खबर सुन्नुपर्यो । जुन मुलुकको लागि अपूरणीय क्षति हो ।
रवीन्द्र अधिकारीलाई मैले विद्यार्थी नेता हुँदादेखि नै चिनेको हो । उहाँलाई मैले अझ राम्रोसँग चिन्ने मौका सांसद भइसकेपछि पाएँ । उहाँ सांसद भएपछि विकास समितिको सभापति पनि हुनुभयो । त्यो बेला उहाँको भिजन, काम गर्ने जाँगरलाई मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ ।
विकास समितिमा रहँदा नेपालको समृद्धिको लागि उहाँले जुन भूमिका निर्वाह गर्नुभएको थियो, त्यो सायदै कसैले गर्न सक्ला । उहाँसँग नजिकमा हुँदा उहाँले गर्न खोजेका विषयमा म जानकार थिएँ । मन्त्री भइसकेपछि पनि उहाँसँग धेरै बस्ने र घुम्ने मौका पाएको थिएँ ।
पछिल्लो समयमा उहाँसँग झापामा रात्रिकालीन उडान सुरु गर्ने बेला पनि सँगै गएको थिएँ । त्यो तयारीका क्रममा उहाँ जानुभएको थियो । त्यही फ्लाइटमा म पनि सँगै थिएँ । तयारीका क्रममा त्यहाँ सानो कार्यक्रम पनि भएको थियो । त्यही फ्लाइटमा युवराज दाहाल सर पनि हुनुहुन्थ्यो । भैरहवा विमानस्थलको निरीक्षणका क्रममा पनि सँगै गएको थिएँ ।
व्यक्तिगत हिसाबमा भन्दा उहाँ अत्यन्त काम गर्न सक्ने युवा नेता हुनुहुन्थ्यो । मुलुकको लागि केही गरौं भन्ने व्यक्ति हुुनुहुन्थ्यो । उहाँको निधनले भावी नेतृत्व गुमाएको मैले महसुस गरेको छु । उहाँको निधन हुनुभन्दा करिब एक साताअघि पनि उहाँसँग भेट भएको थियो । उहाँले तपाईंलाई भारी बोकाउनुपर्नेछ भनेर भन्नुभएको थियो । तर त्यसपछि...
उहाँले आफ्नो मन्त्रालयमा रहँदा छोटो समयमा देखिने परिवर्तन गर्नुभएको थियो । नेपालको पर्यटन क्षेत्रको मात्रै नभएर आर्थिक हिसाबले पनि राज्यको लागि ठूलो क्षति हो उहाँको निधन ।
उक्त दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन व्यवसायीका हस्ती नै हुनुहुन्थ्यो । उहाँमा काम गर्ने जोश, जाँगर अरुको भन्दा निकै फरक थियो । उहाँको निधनले निजी क्षेत्रलाई वास्तवमा ठूलो क्षति पुगेको छ । हस्पिटालिटी क्षेत्रमा नेपालमा उहाँले जत्तिको अहिले कसैले काम गरेको पाइँदैन ।
पर्यटनमा उहाँले गरेको योगदान निकै ठूलो हो । उहाँको काम गर्ने क्षमता कस्तो थियो भने लो प्रोफाइलमा रहने तर निकै महत्वपूर्ण काम गर्नुहुन्थ्यो ।
प्रधानमन्त्रीको भ्रमणका बेला विदेश जाँदा हामी सँगै गएका थियौं । उहाँ कहिले पनि आफूलाई ठूलो व्यक्ति र व्यवसायी हुँ भन्ने घमण्ड थिएन । उहाँको निधनले यो क्षेत्रमा धेरै नै ठूलो क्षति पुगेको छ । परिवारको हिसाबमा त तुलना गर्न नसक्ने दुखद् अवस्था रह्यो ।
आङछिरिङ दाइलाई धेरै पहिले त होइन मैले चिनेको, २० वर्षजति भयो । किनकि पर्यटन क्षेत्रमा म पनि पछि लागेको हुँ । उहाँ मिडियामा पनि नआउने र लो प्रोफाइलमा बसेर काम गर्ने व्यक्ति हुनुहुन्थ्यो । कुनै काम सुरु गरेर त्यो सक्नुपर्छ भनेर लाग्नुहुन्थ्यो ।
म पछि पर्यटन क्षेत्रमा लागेको भए पनि उहाँसँगै व्यापारिक साझेदार भएर काम गर्ने मौका भने मिलेन । हामी वित्तीय क्षेत्रतिर बढी थियौं र उहाँ पर्यटन क्षेत्रमा । हामी पर्यटन क्षेत्रमा प्रवेश गरेको पनि पछि नै हो । पर्यटन क्षेत्रमा जुन खालको उहाँको योगदान छ । त्यो उहाँले गरे बराबरको कसैको पनि छैन । भविष्यमा आउन सक्ला । तर साधार...
त्यसैले म भन्छु, ताप्लेजुङ दुर्घटनाले तीन क्षेत्रका खम्बा गुमाएको छ । यो मुलुकको लागि अपूरणीय क्षति हो ।
(आइएमइ अध्यक्ष चन्द्र प्रसाद ढकालले बाह्रखरीसँग गरेको कुराकानीमा आधारित)
मैले १९९२ मा आङछरिङ सरलाई चिनेको हुँ । म रोयल नेपाल गल्फ क्लबमा खेल्थें । उहाँले सोही समय गल्फ खेल्न सुरु गर्नु भएको हो । उहाँले मलाई सानो भाइको रुपमा माया गर्नुहुन्थ्यो । पछि गोकर्ण रिसोर्टको स्वामित्व उहाँले लिनुभएपछि उहाँ मेरो ‘बोस’को रुपमा हुनुहुन्थ्यो । उहाँ मेरो बोस भएपनि दाजुभाइको सम्बन्ध थियो, हाम्रो ।
कामको कुरामा हामी प्रोफेसनल थियौं भने बाहिर हामी दाजुभाइझैं थियौं ।
उहाँ गल्फलाई एकदमै माया गर्ने व्यक्ति हुनुहुन्थ्यो । नेपालमै गल्फको विकास गरौं भनेर उहाँले गल्फकोर्स सहितको होटल सञ्चालन गर्नुभयो । गल्फ खेलाडीलाई पनि निकै प्रोत्साहन तथा माया गर्नुहुन्थ्यो । आफ्नो वरिपरि गल्फका प्रतीभा देख्नुभयो भने आफूले कसरी मद्दत गर्न सक्छु भने सोच्नुहुन्थ्यो । र, आफ्नो स्तरबाट सहयोग गर्न सदा तायार...
गल्फलाई नेपालमा स्थापित गर्न तथा विदेशी खेलाडी नेपाल ल्याउने कुरामा उहाँको स्पष्ट भिजन थियो । नेपाललाई गल्फ टुरिज्मको डेस्टिनेसन बनाउने क्रममा उहाँले गोकर्णलाई आफ्नो स्वामित्वमा ल्याउनुसँगै कोङ्देमा एउटा अस्थायी होल बनाएर टाइगर उड्सलाई खेलाउने सपना थियो । उहाँको त्यो सपना पूरा हुन सकेन । तर, कालान्तरमा त्यो सम्भव हुनेव...
हामी खेल्दा जिस्किन्थ्यौं । कामको कुरामा सिरियस पनि हुन्थ्यौं । उहाँ कर्पोरेट खेलाडी, हामी व्यावसायिक, तर कहिलेकाहीँ उहाँ हामीभन्दा राम्रो खेल्नुहुन्थ्यो । अनि दिउँसोतिर मेसेज पठाएर प्रतिक्रिया माग्नुहुन्थ्यो । सेन्स अफ ह्युमर भएको, सबैजनासँग राम्रो मित्रता गाँस्ने मान्छे हो, उहाँ ।
एकदमै कोमल मन, काममा दूरदर्शी, निर्णयमा बोल्ड, क्विक डिसिजन दिन सक्ने क्षमता उहाँमा थियो । हरेक मान्छेलाई कुनै न कुनै हिसाबमा सहयोग गर्नुपर्छ भन्ने सोच उहाँमा थियो ।
उहाँसँग राजादेखि रैतीसँग समान व्यवहार थियो । क्याडि (गल्फ ब्याग बोक्ने)देखि आफूभन्दा अग्रजलाई दाइ वा भाइको सम्बन्ध राख्नुहुन्थ्यो । यो गुण धेरै कम मान्छेमा हुन्छ । यो अभूतपूर्व क्षमता उहाँमा थियो ।
मैले नजिकबाट चिनेअनुसार हाँस्नुपर्ने, खेल्नुपर्ने व्यक्तित्व उहाँ हुनुहुन्थ्यो ।
उहाँको निधनले हामीलाई ठूलो क्षति पुगेको छ । उहाँ हुनु र नहुनुमा ठूलो भिन्नता महसुस हुनेछ । उहाँकै कम्पनीभित्र कार्यरत कर्मचारी भएका कारण संस्थालाई ठूलो क्षति पुगेको छ । र, गल्फलाई केही गरौं भनेर लागेका हामीहरु उहाँ देहान्तबाट शोकाकुल छौं । व्यक्तिगत रुपमा मैले अभिभावक गुमाएँ ।
देशका लागि एकदमै सोच्ने मान्छे हो उहाँ, । देशमै रोजगारी सिर्जना गर्नुपर्छ भन्नेमा उहाँ सोचमग्न हुनुहुन्थो । पछिल्लो समय विशेष गरी हस्पिटालिटि क्षेत्रमा लगानी गर्न थाल्नुभएको थियो । होटलहरुमा लगानी गर्ने उहाँको सोच थियो । यसकारण देशलाई ठूलो नोक्सान भएको छ ।
यो अल्पायुको देहान्तले ‘बिग ड्रिम’ गर्ने व्यक्ति समाजले गुमायो । जीवनमा ठूलो उतारचढावका बाबजुद एउटा अल्पसंख्यिक समुदायबाट आएको व्यक्तिले ठूलो साम्राज्य बनाउनु भएको हो । सपना बुनेर त्यसैलाई पछ्याउनु भएको हो उहाँले । उहाँसँग भिजन थियो, सपना थियो र त्यो पूरा गर्न उहाँ लागि पर्नुभएको थियो ।
उहाँ राष्ट्रप्रेमी मान्छे हो । माओवादी द्वन्द्वकालमा पनि उहाँलाई हतास र निराश देखिँन । यस्तो हुँदै गर्छ, हामी सकारात्मक भएर अघि बढ्नुपर्ने सोच्नुहुन्थ्यो । राजनीतिक समस्या आफ्नो ठाउँमा हुँदै गर्छ, सबै देश यस्तै कालखण्डबाट माथि उठ्छन्, हामी काम गर्दै गर्नुपर्छ भन्ने सकारात्मक माइन्डसेट बोकेर हिँड्नुहुन्थ्यो । साँच्चै भन...
छिरिङ सर खाली ठाउँ देख्नुभयो भने भन्नुहुन्थ्यो, “यो त कमर्सियल ठाउँ हो, यहाँ त बिजनेस गर्न सकिन्छ । यसको प्रयोगबाट राज्यले कर उठाउँछ ।”
साँच्चै करको मामलामा उहाँ एमदमै सकारात्मक हुनुहुन्थ्यो । कर नउठाई राज्यले विकास गर्नै सक्दैन भन्ने उहाँको सोच थियो । राज्यको ढुकुटीमा नागरिकले तिरेको कर नभएसम्म राम्रो पूर्वाधार बन्ने नसक्ने उहाँको बुझाई थियो । स्पेसलाई अपरच्युनिटी देख्नुहुन्थ्यो उहाँ । उहाँको भिजन, योजनामा चल्नसके हामी सफल हुन सक्छौं जस्तो लाग्छ ।
उहाँलाई कोही मान्छे मन परोस् वा नपरोस् फरक थिएन । हामी गोकर्णमा गल्फ खेल्दै गर्दा एकजना कर्मचारीलाई हृदयघात भएको थियो । उहाँ उक्त घटनाप्रति चिन्तित हुनुभयो, उसको उपचार खर्च, परिवार एकैचोटि सम्झनुभयो उहाँले । हरेक व्यक्तिमा व्यक्तिगत सम्बन्ध बनाउनुहुन्थ्यो उहाँ ।
उहाँ सक्नेभन्दा नसक्ने तथा असहायलाई मद्दत गर्नुहुन्थ्यो । शवयात्रामा उर्लेको मावसागर उहाँको यही गुणको नतिजा हो । तितामिठा जस्तो भएपनि यो उद्योगको लागि आङछिरिङ एकदम खत्तम मान्छे हो, कसैले भन्न सक्दैन ।
मैले छिरिङलाई चिनेको २० वर्ष भयो, उसको कुनै पनि क्रियाकलाप सामान्य व्यक्तिको जस्तो थिएन । अत्यन्त असाधारण, विषम परिस्थितिलाई ह्यान्डल गर्न सक्ने व्यक्तित्व हो, आङछिरिङ । हामी उसलाई छिरिङ भन्थ्यौं ।
उसको कुनै प्रकृति साधारण मानिससँग मिल्दैन थियो । उसले हरेक व्यवसायी, व्यक्ति, समाज र देशलाई हेर्ने प्रकृति एकदमै भिन्न थियो । कुनै निर्णय लिन, काममा, सोच्ने प्रक्रियामा उसको राष्ट्र, राष्ट्रलाई हुने फाइदा, खेलकुदको विकास, पर्यटन पहिलो प्राथमिकतामा पर्थ्यो । ऊ नेपालमा हुने सबै काम नेपालीले नै गर्नुपर्छ भन्ने सोच राख्थ्य...
मेरो २० वर्षे मित्रतामा उसलाई कदापि तनावमा पाइनँ । बिसौं, तिसौं कम्पनी चलाइरहेको र अरु सोही संख्यामा व्यवसाय पाइपलाइनमा रहेको मान्छेले कहिले तनावमा काम गरेको देखिनँ । यो साधारणपन हो र ?
यही लयमा आफ्नो संस्थाको पनि राम्रो व्यवसाय हुनुपर्छ भनेर सोच्ने व्यक्ति हो, छिरिङ ।
मैले गल्फ खेल्न सुरु गरेपछि गल्फ कोर्समै छिरिङलाई चिनेको हुँ । गल्फमा ऊ अत्यन्त सफल र मिहिनेती खेलाडी हो । छिरिङ एक वर्षमै सिंगल ह्यान्डिक्याप भएको हो । साधारण व्यक्ति त्यस्तो हुनै सक्दैन ।
गल्फका कारण हाम्रो चिनजान भयो, ऊ मलाई दाजु भन्थ्यो भने उसलाई म भाइ भन्थें, नामले पनि बोलाउँदैनथ्यौंं हामी एकअर्कालाई ।
कतिपय प्रतियोगिता हामी सँगै खेलेका छौं । एउटा सानो कलले मान्छेले खेल बिगार्छ, तर ऊ यसको अपवाद थियो । सुरुदेखि अन्त्यसम्म फोनमा कुरा गरेर खेल्न सक्थ्यो । एउटा सट बिग्रिए रिकभरि गर्न सबैलाई गाह्रो हुन्थ्यो, तर ऊ प्रोफेसनल झैं खेल्थ्यो । ऊसलाई फरक पर्दैनथ्यो । ऊ हुनसक्ने बेस्ट सट निकाल्न सक्थ्यो ।
तसर्थ, उसलाई एउटा वाक्यमा सम्झिन सक्दिनँ । २० वर्षको सम्बन्धमा उसका केही कुरा नेगेटिभ देखिनँ । कुनै कुरालाई सहज रुपमा समाधान समाधान गर्न सक्ने व्यक्ति थियो, ऊ । उसको व्यवसाय ट्राभल, ट्रेड र पर्यटनबाट सुरु भएको हो । नेपालमा माओवादी द्वन्द्वकाल उत्कर्षमा पुगेको अवस्थामा पनि उसले हिम्मत हारेको थिएन । उसले उल्टै मसँग गोकर्...
गोकर्ण नेपालको एकमात्र १८ होल भएको गल्फकोर्स भएका कारण यसलाई मर्न दिन नहुने उसको सोच थियो । देशलाई चिनाउन सकिने भेन्यू भएका कारण र यसबाट व्यवसाय पनि गर्न सकिने भएका कारण ऊ यो कोर्स किन्न चाहन्थ्यो । जतिसुकै विषम परिस्थिति ह्यान्डल गर्न सकिने ऊ सोच राख्दथ्यो । यो सोच नै असामान्य हो ।
मैले ऊसँग स्नुकर खेल्न पाइनँ । तर, अन्नपूर्ण होटलमा बिहानदेखि बेलुकासम्म स्नुकर खेल्न सक्थ्यो ऊ, खेल्नेमात्र होइन, सबैभन्दा उत्कृष्ट थियो ऊ । विषम परिस्थितिमा पूर्ण ध्यान केन्द्रित गरी उच्चतम प्रतिफल निकाल्ने क्षमता उसमा थियो । मैले भाइजस्तो मित्र गुमाएँ, आज राष्ट्रले आकलन गर्न नसकिने अपुरणीय क्षति बेहोरेको छ ।
लो प्रोफाइलमा बस्न चाहने
उसको ट्रेकिङ व्यवसायमा प्रोफाइल हाइ गर्न जरुरत थिएन । साधारणपना उसको सामथ्र्य बन्यो । सोच्ने प्रक्रिया, निर्णय लिने क्षमता र सिचुएसन ह्यान्डल गर्ने क्षमता उच्च थियो उसमा, बाहिरी आवरण र भेषभुषामा ध्यान थिएन उसमा ।
तर, उसको पब्क्लिक रिलेसन प्रोफाइन नेपालमा एक नम्बरमा थियो, यसमा शंका थिएन । म मित्र भएपनि त्यहाँ भित्र छिर्ने प्रयास गरिनँ । ठूलो पीआर भएको पुष्टि उसको शवयात्रामा देखिएको जनलहरले प्रमाणित गर्दछ । म ऊ दिवंगत भएको दिनदेखि उसको घर नियमित गएको छु । त्यहाँ आउने मान्छे छिरिङलाई नजिकबाट चिन्नेदेखि कहिल्यै नचिनेका पनि छन् । सर...
ती मान्छे उसले भेटेका मात्र छैनन्, भित्रबाट आदर गरेका मान्छेमात्र थिएनन् । ४ वर्षअघि भेटेको र व्यक्तिव्य कदर आउनेको संख्या सयौं थियो । त्यति मान्छे कमाउनका कारण उसको सकारात्मक सोचमात्रै हो ।
गल्फ कोर्सभित्र आङछिरिङको सपना
एभरेस्ट बेसक्याम्प नजिक कोङ्दे भन्ने एउटा होटल छ । त्यहाँ उसले बल र गल्फको १ नम्बर उड, ड्राइभर लिएर गएको रहेछ । ५ हजार मिटरको उचाइमा उसलाई गल्फ खेल्न मन लागेछ । त्यसबेला रोयटर्सका गोपाल चित्रकार सँगै गएका रहेछन् । बिनायोजना चित्रकारले छिरिङले सट हानेको फोटो खिचेछन्, त्यो फोटो एमदम हिट भएछ । संसारका अधिकांश ठूला दैनिकको...
यसमा टाइगर उड्स सकारात्मक देखिए । त्यो रेस्पोन्स टाइगर उड्सको प्रेमसम्बन्धी स्क्यान्डलले अवरोध पुर्यायो । उड्स अन्डरग्राउन्ड भएपछि छिरिङको योजना स्क्राप भएको थियो । एउटा हातबाट फुस्किसकेको प्रतियोगितामा कमब्याक गर्न सफल बनेको थियो ऊ । मैले सोचेको थिइनँ । ६ ओभर खेलेको मान्छे ब्याकनाइनमा ३ अन्डर खेलेर प्रतियोगिता जितेको ...
गल्फ टुरिज्मलाई हाइटमा पुर्याउने सपना
गल्फ पर्यटनाई हाइटमा पुर्याउने सपनामा हामीले काम गर्न पाएनौं । अरु विभिन्न व्यवसायका समस्या समाधान गर्दागर्दै यसलाई साकार बनाउनै सकेन । नेपालको गल्फ प्रोमोट गर्नुपर्ने थाइल्यान्ड, कोरिया, जापान, चीन र सिंगापुरमा हो । यी देशमा गल्फ खेल एकदमै प्राथमिकतामा छ । कोरिया र जापानमा त तीन–पाँच महिना गल्फ खेल्नै सकिँदैन ।
तर, यहाँ १२ महिना नै खेल्ने मौसम छ । मैले उसलाई यही सुझाव दिन्थें । ऊ पनि भन्थ्यो, “दाइ, हामीले गर्नुपर्ने नै यही हो ।” तर यो सम्भव हुन सकेन । यही विषयमा उसको एउटा सपना थियो । ‘हाई–इन्ड’ टुरिजम विकास गर्नुपर्नेमा उसको जोड थियो । ठमेल आउने १–२ लाख खर्च गर्ने पर्यटन विकासमा ऊ धेरै बल दिँदैनथ्यो । ऊ चाहन्थ्यो, पर्यटक नेपा...
“बिडम्बना के छ भने, २–४ वटा पर्यटन गन्तव्य भएका सिंगापुर, थाइल्यान्डमा लाखौं पर्यटक जान्छन् । थोरै सपिङ, खाना, हस्पिटालिटी, इन्टरटेनमेन्ट ट्रेड दिँदा ती साना टापुमा लाखौं पर्यटक जान्छन् । तर, यहाँ टोलटोलमा पर्यटन गन्तव्य छन् । एउटा पोखरीलाई बेरबार पारेर पर्यटकीय गन्तव्य सिर्जना गर्न सकिन्छ,” ऊ भन्थ्यो । पशुपति, बौद्ध, ...
नभन्दै एकदिन उसले मलाई एउटा सपना सुनायो । गल्फको कुरा जोड्दै ऊ मलाई भन्थ्यो, “दाइ, कोर्स नै बनाउनु नपर्ने ठाउँ नेपालमा रहेछ, खप्तड ।” हो, छिमेकी देश भारतमा जहाँ गल्फ कोर्सको अभाव छ । जहाँ सप्ताहन्तमा बुकिङ खुलेको २ मिनेटमा कोर्स प्याक हुन्थे, ती अवसरलाई ऊ क्यापिटलाइज गर्न चाहन्थ्यो । खप्तड सोही अवसरको उत्कृष्ट विकल्प थ...
असाधारण क्षमताको धनी
उसको भिजन असाधारण थियो । यसो केही भट्टायो कि बिजनेस गरौं सोचिहाल्थ्यो । केहीले अवरोध गर्ला कि भन्नेमा ऊ सोच्दैनथ्यो । ऊ भन्थ्यो, “उचित वातावरण आफैं मिलाउने हो ।”
सम्झँदै जाँदा उसका राम्रो धेरै कुरा खोतल्न सकिन्छ । तर, उसको सोच नै यो देशलाई उचित पर्यटकीय गन्तव्य कसरी बनाउन सकिन्छ भन्ने थियो । हामी रमाइलो कुरा गथ्र्यौं, सकारात्मक सोचको ऊर्जा उसबाट लिन्थ्यौं । उसको स्किल सिक्थ्यौं । किनकी स–साना अवरोधलाई ऊ समस्या मान्दैनथ्यो । एउटा दुर्घटनामा परेर उसको खुट्टामा समस्या आउँथ्यो । तर...
आफ्नो समस्यालाई एकदिन पनि हाइलाइट गरेन । कुनै कमजोरी एक्स्प्रेस गरेन, जस्तोसुकै अफ्ठेरो पनि उसलाई सामान्य हुन्थ्यो । उसको असाधारण क्षमतामा इँटा थपिने अर्को गुण हो, फोन नम्बर सम्झिन सक्ने असाधारण क्षमता । ऊ कसैको फोन नम्बर सेभ गर्दैनथ्यो । जसको फोन पनि ऊ बटन थिचेरै डायल गथ्र्यो । उसलाई हजारौं नम्बर कण्ठस्थ हुन्थ्यो । उस...
एउटा दिमागका त्यति धेरै कुरा अकुमुलेट गर्न सक्ने भएकाले मलाई लाग्दथ्यो उसको दिमागको गुणस्तर नै अर्को थियो । उसको एकेडेमिक क्वालिफिकेसन मलाई ज्ञान छैन । विकट स्थानमा बसेको, विषम परिस्थितिमा हुर्केकाले उसले औपचारिक शिक्षा लिन पाएन ।
तर, उसको कम्युनिकेसन क्वालिटी एकदमै उच्चकोटीको थियो । नेपाली वा अंग्रजी दुवै भाषामा उसको राम्रो कमान्ड थियो । शब्द चयन, फ्रेज चयन उसको अतुलनीय थियो, ऊ उत्तिकै ह्युमरस थियो । यो उसले कहाँ सिक्यो, मलाई थाहा छैन । बौद्धिक स्तरमा एकदमै अब्बल थियो ऊ ।
End of preview. Expand in Data Studio

No dataset card yet

Downloads last month
5